नवलपरासी : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन्। नवलपरासी(बर्दघाट सुस्ता) पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नम्बर ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता छन् भने सबैभन्दा कम प्रदेश नम्बर ६ मा कूल आठ लाख…
बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को साता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुले बताएका छन्। उनीहरुले अहिलेको अवस्थामा हुने चीन भ्रमणले विश्वव्यापी रुपमा विकसित आर्थिक एजेण्डाहरुका साथै राजनीतिक विषयहरुमा पनि विशेष अर्थ राख्ने बताएका छन्। राष्ट्रपति ट्रम्प आगामी साता चीन भ्रमणका लागि आउँदैछन्। चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्प…
सुरेश क्षेत्री मानव शरीरमा हुने रोगहरु मध्ये ग्याष्ट्रिक पनि एक हो। खानपानको असन्तुलन र हेलचेक्राइ गरेमा यो रोग लाग्दछ। चिकित्सकीय भाषामा ‘प्रिभ्रेन्सन इज बेटर द्यान क्युर’ भनिन्छ। त्यसैले रोग लाग्नुभन्दा पहिले सावधानी अपनाए रोग लाग्दैन्। ७५ प्रतिशतभन्दा बढी मानिसलाई खानपिनको कारणा ग्याष्ट्रिक भएको देखिन्छ। अहिले ग्याष्ट्रिक नभएको मानिस नेपाली हुन सक्दैन भन्ने गरिन्छ। यो एकदम गलत हो। खानपिनमा सन्तुलन गर्यो…
चन्द्रकान्त खनाल बुटवल : रुपन्देहीमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ भने तीन सय ४८ डेंगुका बिरामी भेटिएका छन्। डेंगुबाट दुई महिलाको मृत्यु भएको हो। अस्पतालले मृतकको नाम भने सार्वजनिक गरेको छैन। चालु आर्थिक वर्षको असोज १५ गतेसम्म लुम्बिनी अञ्चल अस्पतालमा २५ जना डेंगुका बिरामी भेटिएका थिए। असोजको १६ गते लुम्बिनी अञ्चल अस्पतालमै ११ जना डेंगुका बिरामी थपिए। त्यस्तै असोजको १६…
संजीतकुमार मण्डल गौशाला : मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको ‘सामाचकेवा’ पर्व गएराति सम्पन्न भएको छ। कात्तिक पञ्चमीका दिनदेखि सुरु भई दश दिनसम्म यो पर्व चलेको थियो। शुक्रबार राति पूर्णिमाका दिन धुमधामका साथ विभिन्न नदी, पोखरी तथा ताल तलैयामा गएर सामाचकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ। मिथिलाञ्चलमा दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ– आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दश…
कृष्ण अधिकारी नयाँदिल्ली : विश्वव्यापीरुपमै वातावरणीय, जनस्वास्थ्य र स्वच्छ ऊर्जाको चुनौतीको रुपमा रहेको घरभित्रको वायु प्रदूषणको समस्यालाई न्यूनीकरणतर्फ ठोस कदम नचालिए भयावह स्थिति आउनसक्ने भन्दै विश्वका वातावरण तथा ऊर्जाविद्हरुले गहिरो चिन्ता व्यक्त गरेका छन् । भारतको नयाँदिल्लीमा गत साता सम्पन्न स्वच्छ भान्छा र घरभित्रको वायु प्रदूषणसम्बन्धी ‘क्लिन कुकिङ फोरम २०१७’ मा सहभागीहरुले घरभित्रको वायु प्रदूषणको समस्याबाट मुक्त हुन आधुनिक स्वच्छ ऊर्जाको…
काठमाडौं : काठमाडौंको दरवारमार्गमा दुई मोटरसाइकल एक आपसमा जुध्दा चार जना घाइते भएका छन्। शेर्पा मल नजिकै नारायणहिटी दरवार संग्रालयबाट एकै दिशामा आएका मोटसाइकले दुर्घटनामा परेका हुन्। घाइतेमध्ये बाइकको पछाडि बसेकी महिलाको अवस्था गम्भीर छ। अन्य दुई भने सामान्य घाइते भएका छन्। घाइतेहरुलाई अपचारको लागि अस्पताल लगिएको छ।
काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको जन्मघरमा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठका कार्यकर्ताले कालो झन्डा गाडेका छन्। भट्टराईका सहयोगी रमेश भट्टराईका अनुसार गए राति भट्टराईको गोर्खा खोप्लाङस्थित घरमा मोटरसाइकलमा गएका माओवादी कार्यकर्ताले कालो झन्डा गाडेका हुन्। तीन वटा मोटरसाइकलमा पुगेका श्रेष्ठका कार्यकर्ताले कालो झन्डा गाडेर फर्केका हुन्। कम्युनिस्ट गठबन्धनबाट अलग भएका डाक्टर बाबुराम भट्टराई गोर्खा क्षेत्र नम्बर २ बाट…
चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का चितवन जिल्ला अध्यक्ष बद्री तिमल्सिना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। चितवनको माडीमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन्। तिमिल्सिना माओवादीमा प्रवेश गरेपछि चितवन ३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डे समस्यामा परेका छन्।
काठमाडौं : यू-१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। बंगलादेश भ्रमणमा रहेको नेपाली यू-१९ टोली शनिबार घरेलु टोली बंगलादेश यू-१९ संग १२३ रनले पराजित भएको हो। पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। २२८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १०४ रनमा अलआउट भएको हो। बंगलादेश भ्रमणमा पहिलो खेल खेलेका…
हवाना : क्युबामा हुन लागेको आम निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नोभेम्बर २६ तारिखमा हुने निर्वाचनका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले जनाएको छ। आयोगले जारी गरेको वक्तव्यका अनुसार कुल उम्मेदवारमध्ये ३५.४ प्रतिशत उम्मेदवारहरु महिला रहेका छन्। त्यसैगरी झण्डै ६६.४४ प्रतिशत उम्मदेबारहरु दोहोर्याएर चुनावी मैदानमा उत्रिएको पनि आयोगले जनाएको छ। क्युबामा उम्मेदवारहरुलाई…
म्याड्रिड : स्पेनका एक जना न्यायाधीशले बर्खास्त गरिएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिएका छन्। नेता कार्ल पुईग्डेमोन्टलाई अदालतमा उपस्थित हुन आदेश दिदा उपस्थित नभएपछि न्यायाधीशले उनीहरुलाई पक्राउ गर्न आदेश दिएका हुन्। संविधानको उल्लङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन आन्दोलन गरेको विषयमा सोधपुछ गर्न न्यायाधीशहरुले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएका थिए। स्पेनले विद्रोह, देशद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग…
काठमाडौं : १६ देखि २७ वर्ष उमेर समुहका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन–२०१७’ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ। मंसिर १७ गते हुने ग्राण्ड फिनालेका लागि काठमाडौंमा सम्पन्न अडिसनबाट २० जना युवतीहरु छनोट भएका छन्। पहिलो चरणको अडिसनमा कोरियोग्राफर कला सुब्बा र गायक तथा संगीतकार धनीराम राई निर्णायकको रुपमा…
काठमाडौं : चर्चित लोकगायिका कोमल वलीले प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्रमा दिएको उम्मेदवारी फिर्ता लिने नलिने अन्योलमा परेकी छिन्। एमाले नेताहरु उम्मेदवारी फिर्ता लिन पटक पटक आग्रह गरेपछि के गर्ने दोधारमा भएको बताइन्। पहिलो पोस्टसँगको कुराकानीमा वलीले भनिन् अहिलेसम्म उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगिसकेको छैन। एमाले नेतासँग छलफल भइरहेको छ। आफूले एमाले पार्टी नछोडेको तर,…
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचपछि नेपाली कांग्रेसको हालत प्रजापरिषद्जस्तै हुने दाबी गरेका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता नेपालले नेपाली कांग्रेस पतनको बाटोमा हिंडेको आरोप लगाए। उनले भने,‘कांग्रेस आफ्नै अहंकार, कार्यशैली, नेतृत्वको अक्षमता, अदुरदर्शीता र पूर्वाग्रही कारणले नेपालको राजनीतिमा आफैं पतनको बाटोमा गयो, अब कांग्रेसको पतनलाई कसैले रोक्न सक्दैन, जनता पनि कांग्रेसको पतन नै चाहन्छन्।’ उनले आफूहरुको गठबन्धनले…
काठमाडौं : चीनको सान्यामा सम्पन्न ग्लोबल योगा एक्सचेन्स कार्यक्रममा नेपालबाट नेपालबाट पुष्करराज पन्त लगायत चारजना नेपाली योग गुरुहरुको समेत प्रदर्शनी रहेको थियो। २५ देखि २९ नोभेम्बरसम्म चीनको सान्यामा सम्पन्न पाँच दिने योगा एक्सचेन्ज कार्यक्रमा नेपाल, अमेरिका, भारत, चीन लगायत विश्वका २० भन्दा बढी मुलुकबाट आएका झण्डै २०० योग प्रशिक्षकको सहभागिता थियो। उनीहरुले हजारौं योगप्रमीहरुका अगाडी योग सम्बन्धी स्वास्थ्य संरक्षण एवं उपचार पद्धतिका…
वसन्तराज उप्रेती - काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद प्रसाद उप्रेती ट्रष्टको सहकार्यमा काठमाडौं सिनामंगलमा अत्याधुनिक एयरवस ३३०-३०० मा उड्डयन संग्रहालय आजबाट सञ्चालनमा आएको छ। पच्चिस अर्ब चौसठ्ठी करोड नेपाली रुपैयाँ पर्ने टर्किस एयरको उक्त एयरवस त्रिभुवन विमानस्थलस्थित अवतरण गर्ने क्रममा दुर्घटनामा परेपछि ग्राउण्डेड थियो। त्यसैको प्रयोग गरी उड्डयन संग्राहलय बनाउने अवधारणा आएको ट्रष्टका प्रमुख कार्यकारी अधिकृत वेद…
काठमाडौं : भियतनामको हो चि मिन शहरमा भइरहेको एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पदक जित्नबाट चुकेकी छिन्। ४८ केजी तौल समूहमा शनिबार भएको क्वाटरफाइनल खेलमा मंगोलियाकी जार्गन ओर्छिबाटसँग अंकको आधारमा पराजित भएपछि ललिता पदक जित्नबाट बञ्चित भएकी हुन्। उक्त खेल ललिताले जितेको भए नेपालले कम्तीमा कांस्य पदक पक्का गर्ने थियो। ललिताले यसअघि सिगांपुरकी लिना हुँ जिन…
काठमाडौं : तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्दराज जोशीले चुनाव लड्न नपाउने भएका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका जोशीविरुद्ध शुक्रवार तनहुँ जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। उजुरीको छानविन गर्दा जोशी उम्मेद्वारका लागि अयोग्य ठहरिएको आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगले उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशितसमेत गरेको छ। जोशीविरुद्ध नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र…
काठमाडौं : न्युटन हाईस्कुल र शिवम् न्यूडायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन्। महिलामा न्यूडायमण्ड एभरेष्ट तथा पुरुषमा न्युटन र सेक्रेटहार्ट फाइनलमा पुगेका हुन्। दुवै फाइनल खेल आइतबार हुनेछ। शनिवार भएको पुरुषतर्फको पहिलो सेमिफाइनलमा बालुवाटरको न्युटन हाईस्कुलले कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी माथी ३–० को सहज जित निकाल्यो। न्युटनले लिटिलबुद्धलाई २५–१७,२५–१६, २५–१८ को सोझो…