PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • एएफसी यू-१९ क्वालिफायर : पेनाल्टी चुकाउँदा नेपाल युएईसंग पराजित, समूह चरणबाटै बाहिरियो

    एएफसी यू-१९ क्वालिफायर : पेनाल्टी चुकाउँदा नेपाल युएईसंग पराजित, समूह चरणबाटै बाहिरियो

    काठमाडौं : अभिषेक रिजालले ९०औँ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा मा युएईसंग १-० ले पराजित भएको छ। लगातार तेस्रो हारपछि नेपाल क्वालिफायरमा एक खेल बाँकी छदै बाहिरिएको छ। रिजालको पेनालटी प्रहार युएईका गोलरक्षकले डाइभ हान्दै रोकेका थिए। कीर्गिस्तानको बिस्केकमा भएको खेलमा युएईलाई दोस्रो जित दिलाउन ७२औँ मिनेटमा खलफान हसनले गरेको गोल नै निर्णायक बन्यो।…

    विस्तृतमा पढ्नुस्

  • तीन किलो चरेशसहित कैलालीको गोदावरीबाट तीनजना पक्राउ

    तीन किलो चरेशसहित कैलालीको गोदावरीबाट तीनजना पक्राउ

    भीमदत्तनगरः प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आज कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागूऔषध चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।  लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले अत्तरिया बजारबाट चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सरेशराम विक, गणेश भट्टराई र यज्ञबहादुर सिंह छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको भारदहमा जिप दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ  भने दुई जना घाइते भएका छन्। काठमाडौँबाट झापाको दमक गइरहेको मे १ ज २७९१ नम्बरको बोलेरो जिप दुर्घटना  हुँदा सुनसरी इनरुवा नगरपालिका–३ का २८ वर्षीय इन्द्रदेव उराउको मृत्यु भएको हो। सडकमा हिंडिरहेका गाई गोरु बचाउने क्रममा जिप सडकबाट पल्टेको थियो।रासस   

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी समायोजन नियमावलीको मस्यौदा तयार, परामर्शका लागि अर्थ र कानुन मन्त्रालयमा

    कर्मचारी समायोजन नियमावलीको मस्यौदा तयार, परामर्शका लागि अर्थ र कानुन मन्त्रालयमा

    काठमाडौँ :  सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ‘कर्मचारी समायोजन नियमावली–२०७४’ को मस्यौदा तयार पारेको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणिकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो।  तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानुन तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।  नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका…

    विस्तृतमा पढ्नुस्

  • स्टेभेन एन'जोन्जी पहिलो पटक फ्रान्सको फुटबल टोलीमा

    स्टेभेन एन'जोन्जी पहिलो पटक फ्रान्सको फुटबल टोलीमा

    स्टेभेन एन'जोन्जी २८ वर्षको उमेमरमा पहिलो पटक फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा स्थान बनाउन सफल भएका छन्। प्रशिक्षक डिडियर डेसच्याम्पसले वेल्स र जर्मनी विरुद्ध हुने फ्रेण्ड्ली म्याका लागि घोषणा गरेको २४ सदस्यी टोलीमा जोन्जी आटाएका हुन्। ला लिगामा सेभियाबाट खेल्दे जोन्सीले यस  सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यस्तै म्यानचेष्टर युनाइटेडबाट खेल्ने युवा फरवार्ड एन्टोली मार्सियलले पनि टिममा स्थान बनाएका छन्। स्टुटगार्डका…

    विस्तृतमा पढ्नुस्

  • प्रशासनको आग्रह : कात्तिक मसान्तभित्र अनुमति प्राप्त हतियार बुझाउनुस्

    प्रशासनको आग्रह : कात्तिक मसान्तभित्र अनुमति प्राप्त हतियार बुझाउनुस्

    काठमाडौँ :  जिल्ला प्रशासन कार्यालय काठमाडौँले कानुनीरुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार (बन्दुक, पेस्तोल) निर्वाचन अवधिभर कात्तिक मसान्तभित्र अनिवार्यरुपमा बुझाउन सर्वसाधारणसँग अनुरोध गरेको छ।  कार्यालयले सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी तथा कानुनबमोजिम लिन पाउने हतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारका विष्फोटक, रसायनिक, विषालु पदार्थ, लाठी, खुकुरी, बन्दुक पेस्तोलजस्ता हतियार लिएर हिँड्न, प्रदर्शन गर्न वा गराउन पनि पूर्णरुपले निषेध गरेको छ। …

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको केन्द्र बारपाकमा पुगेर बाबुरामले भने, चुनाव जिताए सडक कालोपत्रे

    भूकम्पको केन्द्र बारपाकमा पुगेर बाबुरामले भने, चुनाव जिताए सडक कालोपत्रे

    प्रशन्न पोखरेल  गोरखा : भूकम्पले घर भत्किएपछि बनाएको टहरोमा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त झण्डा राख्दै बारपाकका मनबहादुर घलेले भने,‘स्थानीय तह निर्वाचनमा जुन पार्टीले असहयोग गर्यो उसैको झण्डा धुरीमा सजाउनुपर्यो।’  नेपाली कांग्रेस बारपाक कार्यसमितिका सभापतिसमेत रहेका घले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका थिए। अहिले उनी कांग्रेस र नयाँ शक्तिको संयुक्त प्रचार प्रसारमा जुटेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • लोक राईको आधुनिक गीतमा राजेश पायल राईको स्वर

    लोक राईको आधुनिक गीतमा राजेश पायल राईको स्वर

    काठमाडौं: गीतकार लोक राइको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। ‘लोकको मायालु’ बोलको गीत भिडियो सहित युट्युबमार्फत रिलिज भएको हो। लोक राईको शब्द रहेको गीतमा राजेश पायल राईको स्वर रहेको छ भने दिनेश सुब्बाले संगीत दिएका छन्। कुमार थापाको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक तथा फोटो पत्रकार नबिन बाबु गुरुङले निर्देशन तथा छायांकन गरेका हुन्। सगर थापा…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा रोचक भिडन्त : सातजना पूर्वमन्त्री चुनावी मैदानमा

    सिरहामा रोचक भिडन्त : सातजना पूर्वमन्त्री चुनावी मैदानमा

    लहान : मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।  जिल्लामा प्रनिनिधि सभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभामा दुईजना पूर्वमन्त्री चुनावी दौडमा छन्।  सिरहा क्षेत्र नम्बर ४ मा फोरम–राजपा गठबन्धनकोतर्फबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी…

    विस्तृतमा पढ्नुस्

  • यू-१८ राष्ट्रिय भलिबल : न्यूडायमण्ड र एभरेष्ट सेमिफाइनलमा

    यू-१८ राष्ट्रिय भलिबल : न्यूडायमण्ड र एभरेष्ट सेमिफाइनलमा

    काठमाडौं : शिवम् न्यूडायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको क्वाटरफाइनलमा नैकापको न्युडायमण्डले चितवनको मेधैली स्पोर्टस् एण्ड एजुकेशन क्लबलाई ३–० को सोझो सेटमा हरायो। राष्ट्रिय खेलाडीद्वय प्रतिभा माली र सेटर कृपा अधिकारी रहेको न्यूडायमण्डले मेधैली स्पोर्टस्माथी २५–११,२५–१६, २५–८ को सहज जित निकालेको हो। नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारका सैनिक अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको प्रस्ताव

    म्यानमारका सैनिक अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको प्रस्ताव

    वासिङटन : अमेरिकी संसदमा डेमोक्रेटिक तथा रिपब्लिक पार्टीमा प्रभावशाली मानिने पाँचजना संसद सदस्यले म्यानमारको रोहिङ्ग्या समुदाय लक्षित मानव अधिकार उल्लङ्घनमा सम्लग्न रहेको आरोप लागेका उच्च सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेका छन्।  म्यानमारको राखिने राज्यमा अल्पसङ्ख्यक मुशलमान रोहिङ्ग्या समुदायलाई लक्षित गरी यस बर्षको अगस्ट २५ पछि चलाएको सैन्य अभियानमा सयौँ जनाको मृत्यु भएको र करिब छ लाख जना विस्तापित भएका थिए। …

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा एकीकृत चुनावी अभियान सञ्चालन गर्ने

    वाम गठबन्धनले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा एकीकृत चुनावी अभियान सञ्चालन गर्ने

    काठमाडौँ : पार्टी एकताको लक्ष्यसहित बृहत् चुनावी गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले काठमाडौँ उपत्यकामा संयुक्तरुपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन्।  शनिबारदेखि नै संयुक्त रुपमा त्यस्तो चुनावी अभियान सञ्चालन गर्न लागिएको गठबन्धनले जनाएको छ। संयुक्त चुनावी अभियान चलाउने विषयमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शुक्रबार निर्वाचन क्षेत्र नं ५ मा आयोजना गरिएको चुनाव प्रचार अभियानमासमेत सो कुराको खुलासा…

    विस्तृतमा पढ्नुस्

  • बागी उम्मेदवारको घेरामा ‘हाई प्रोफाइल’ नेता, को कसको बागी?

    बागी उम्मेदवारको घेरामा ‘हाई प्रोफाइल’ नेता, को कसको बागी?

    काठमाडौँः दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मनोनयन भएको छ। गठबन्धनका कारण टिकट व्यवस्थापनमा परेको समस्याले धेरै स्थानमा बागी उम्मेदवारी परेका छन्। टिकट नपाएका केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। बागीको चुनौती झेल्नेमा प्रमुख दलका शीर्ष नेता नै छन्।  रामचन्द्रविरुद्ध गोविन्दराज भ्रष्टचार आरोपित कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • धनकुटामा थपिए १० हजार मतदाता, १० मतदान केन्द्र पनि थप

    धनकुटामा थपिए १० हजार मतदाता, १० मतदान केन्द्र पनि थप

    धनकुटा: दोस्रो चरणमा हुने भनिएको मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि धनकुटामा १० वटा मतदान केन्द्र थप भएको छ। जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार धनकुटामा ११७ मतदानस्थलमा १५३ मतदान केन्द्र निर्धारण गरिएको छ। तीन नगरसहित सात स्थानीय तह रहेको जिल्लामा कूल एकलाख पाँचहजार १८८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी केशव पौडेलले बताए। पौडेलका अनुसार जिल्लामा नौ…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् एमालेका समानुपातिक उम्मेदवार, हेर्नुस् सूची

    यी हुन् एमालेका समानुपातिक उम्मेदवार, हेर्नुस् सूची

    काठमाडौँ: आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा ९एमाले० ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थियो । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् । एमाले केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • आर्सनल युरोपा लिगको नकआउट चरणमा, एभरटन बाहिरियो

    आर्सनल युरोपा लिगको नकआउट चरणमा, एभरटन बाहिरियो

    इंगलिस क्लब आर्सनल युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ। रेड स्टार बेलग्रेडसंग गोलरहित बराबरीमा रोकिएपनि आर्सनल समूह चरणको दुई खेल बाँकी छदै नकआउट चरणमा प्रवेश गरेको हो। ४ खेलबाट १० अंक जोडेको आर्सनल समूह ए को शीर्ष स्थानमा छ। हारपछि पनि ५ अंक रहेको बेलग्रेड दोस्रोमा छ। यस्तै बाटेबारिसोभलाई ५-२ ले हराउदै…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा

    फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिजअन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म 'फाटेको जुत्ता' र 'धनवान' एकसाथ देशभर रिलिज भएका हुन्। अर्जुन कुमार निर्मित फिल्म 'फाटेको जुत्ता'लाई निकेश खड्काले निर्देशन गरेका हुन्। फिल्ममा निरज महर्जनको कथा रहेको छ। फिल्ममा सौगात मल्ल र प्रियङ्का कार्कीसँगै बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहेको…

    विस्तृतमा पढ्नुस्

  • गाभिन विलियमसन बेलायतको रक्षामन्त्रीमा नियुक्त

    गाभिन विलियमसन बेलायतको रक्षामन्त्रीमा नियुक्त

    लण्डन :  बेलायतकी प्रधानमन्त्री टेरिजा मेले यौन प्रकरणमा पूर्व रक्षामन्त्री माइकल फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गरेकी छन्।  प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टीका मुख्य सचेतक रहेका ४१ वर्षीय विलियमसन बेलायतको संसद सदस्यका रूपमा सन् २०१० मा पहिलो पटक प्रतिनिधित्व गरेका थिए।  एक महिला पत्रकारसँग १५ वर्ष अघि अभद्र व्यवहार गरेको आरोप लागेका पूर्व रक्षामन्त्री फालनले पदबाट बुधबार राजीनामा दिएका थिए। …

    विस्तृतमा पढ्नुस्

  • ड्राइभिङ लाइसेन्सको लिखित तयारीमा सघाउन वेबसाइट

    ड्राइभिङ लाइसेन्सको लिखित तयारीमा सघाउन वेबसाइट

    काठमाडौं: ड्राइभिङ लाइसेन्सको लिखित तयारी अब अनलाइनबाटै गर्न सकिने भएको छ। विभिन्न तयारी कक्षाहरु धाउनु र किताबहरु किनेर पढ्नुभन्दा सहज तरिका ध्यानमा राख्दै अनलाइन तयारी कक्षा सुरु भएको हो। माकुरा क्रियसन्सले उक्त सेवा सुरु गरेको छ। यसअघि माकुराले ड्राइभिङ लाइसेन्स मोबाइल एप सुरु गरेको थियो। उक्त एपको सफलता पश्चात कम्पनीले लाइसेन्सको तयारी प्रक्रियाको सहजताको लागि वेबसाइटलाई माध्यमबाट बनाएको हो। 'हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • बिजुक्छेले भने–राष्ट्रिय राजनीतिमा सक्रिय नै हुन्छु, सन्यास लिएको छैन

    बिजुक्छेले भने–राष्ट्रिय राजनीतिमा सक्रिय नै हुन्छु, सन्यास लिएको छैन

    भक्तपुर :  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारी मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन्।  रफत सञ्चार क्बलद्वारा भक्तपुरमा आज आयोजित साक्षात्कारमा बिजुक्छेले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिमा सक्रिय रहने बताए।  वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रिय रुपमा रहने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell