PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • प्रमुख दलका शीर्ष नेता, को कहाँबाट चुनाव लड्दैछन्?

    प्रमुख दलका शीर्ष नेता, को कहाँबाट चुनाव लड्दैछन्?

    काठमाडौँः मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। प्रमुख दलहरुले बुधबार नै उम्मेदवार टुंगो लगाइसकेका छन्। प्रमुख दलका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लागिसकेको छ। संवैधानिक व्यवस्थाअनुसार योपटक एक उम्मेदवार एक निर्वाचन क्षेत्र रहनेछ। जसकारण शीर्ष नेताले यसअघि दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए पनि यस पटक एकमात्र निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन्।…

    विस्तृतमा पढ्नुस्

  • ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

    ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

    नवलपरासी: पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पूर्वकावासोती नगरपालिकामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–८ बस्ने वर्ष २६ का बलराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय, कावासोतीले जानकारी दिएको छ।  कावासोती नगरपालिकाको फलफूल चोकदेखि एक किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता

    प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता

    काठमाडौँ: नेपाल आयल निगमले प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिएको छ। मूल्यबृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गरिएको आपूर्तिमन्त्री जयन्त चन्दले बताए। निगमले बिहीबारदेखि हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले पेट्रोल र डिजेलमा दुई रुपैयाँ तथा मट्टितेलमा डेढ रुपैयाँ मूल्य बढाएको थियो। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्य…

    विस्तृतमा पढ्नुस्

  • भारतमा वैवाहिक समारोहमा  विद्युत ट्रान्सफर्मर विष्फोट,१३ जनाको मृत्यु

    भारतमा वैवाहिक समारोहमा  विद्युत ट्रान्सफर्मर विष्फोट,१३ जनाको मृत्यु

    नयाँदिल्ली : वैवाहिक समारोह भइरहेको ठाउँमा विद्युत ट्रान्सफर्मर विष्फोट  हुदाँ भारतमा १३ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा एक जना गर्भवती महिलासमेत रहेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा परी घाइते भएका वा पोलिएका मध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।  स्थानीयबासिन्दाले ट्रान्सफर्मर मर्मत गर्न आफूहरूले पटक पटक विद्युतका कर्मचारीलाई आग्रह गरेको भएपनि उनीहरूले बेवास्ता गरेको…

    विस्तृतमा पढ्नुस्

  • रवीन्द्र मिश्रले दर्ता गराए काठमाडौँ १ बाट उम्मेदवारी, २ मा सूर्यराज आचार्यको मनोनयन

    रवीन्द्र मिश्रले दर्ता गराए काठमाडौँ १ बाट उम्मेदवारी, २ मा सूर्यराज आचार्यको मनोनयन

    काठमाडौँ: दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मनोनयन सुरु भएको छ। ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभाका लागि अहिले मनोनयन भइरहेको छ। मनोनयन अपराह्न ५ बजेसम्म हुनेछ। विवेकशीला साझा लगायतका साना दलका प्रतिनिधिहरु दर्ता स्थलमा आइसकेका छन्। अन्य ठूला दलका नेता तथा कार्यकर्ता भने मनोनयनस्थल आइपुगेका छैनन्। विवेकशीला साझाका तर्फबाट रवीन्द्र मिश्रले काठमाडौँ १ मा प्रतिनिधिसभातर्फ मनोनयन…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा तीन लाख ४६ हजार मतदाता

    सप्तरीमा तीन लाख ४६ हजार मतदाता

    राजविराज : आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चार वटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्। यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको मतदाता संख्या तीन लाख…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर भोला रिजालको गीतमा टिका पहारीको अभिनय

    डाक्टर भोला रिजालको गीतमा टिका पहारीको अभिनय

    काठमाडौं : डाक्टर भोला रिजालको गीत ‘म छाहारी हुँ तिम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ। बुधबार युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा पाका अभिनेता टिका पहारीको मुख्य फिचरिङ रहेको छ। भोला रिजालको शब्द रहेको गीतमा बि.पि. वाग्लेको स्वर तथा संगीत रहेको छ। म्युजिक भिडियोमा टिका पहारीसँगै सरिता गिरी तथा बालकलाकार अनुभव रेग्मीको पनि अभिनय देख्न सकिन्छ। राजन लामाले खिचेको भिडियोलाई निर्देशन भने…

    विस्तृतमा पढ्नुस्

  • तनहुँको आँबुखैरेनीमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

    तनहुँको आँबुखैरेनीमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

    दमौली : पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलको ठक्करबाट  तीनजनाको मृत्यु भएको छ।  काठमाडौँबाट पोखरा गइरहेको वा३८प ५९७५ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना र एक पैदल यात्रुको मृत्यु भएको हो।  मृत्यु हुनेमा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुरका २० वर्षीय निकेष सिंह र पछाडि बस्ने सोही ठाउँका १९ वर्षीय सविन अधिकारी तथा पैदल…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, हेर्नुस् सूची

    यी हुन् कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, हेर्नुस् सूची

    काठमाडौँ: नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको छ। ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभामा आज मनोनयन हुँदैछ। कांग्रेसले राप्रपा र मधेशी दलसँग तालमेल गरेका केही क्षेत्र बाहेक सबैमा उम्मेदवार चयन गरेको छ।  कांग्रेसले चितवन ३ मा राप्रपाका विक्रम पाण्डेलाई सघाउने गरी उम्मेदवारी दिएको छैन। यस्तै, काठमाडौँ ७ मा कांग्रेसले प्रतिनिधि र प्रदेशसभा दुबैमा…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा सभा र र्‍यालीसहित वाम र लोकतान्त्रिक गठबन्धनले उम्मेद्वारी दर्ता गर्दै  

    चितवन :  चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले सभा र र्‍याली सहित उम्मेद्वारी दर्ता गर्दैछन्। वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनोनयन दर्ता हुनुअघि चितवनमा चुनावी सभालाई सम्वोधन गर्दैछन्। गठबन्धनले बुधबार भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्न संयुक्तरुपमा र्याली निकाल्ने र चुनावी सभा गर्ने कार्यक्रम तय भएको जानकारी गराएको थियो। रिजालचोकबाट संयुक्त र्‍याली निकालेर…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा लोकतान्त्रिक गठबन्धन भङ्ग

    काभ्रेमा लोकतान्त्रिक गठबन्धन भङ्ग

    बनेपा : काभ्रेपलाञ्चोकमा मनोनयनकै दिन आज लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ। उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्न भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। उहाँले प्रतिनिधि सभाको क्षेत्र नं एकमा रेशम लामा र प्रदेश सभातर्फ राजेन्द्र केसी र चन्द्र जिम्वाको उम्मेदवारी निश्चित भएको उल्लेख गर्दै अन्य उम्मेदवारका विषयमा निर्णय…

    विस्तृतमा पढ्नुस्

  • ग्याष्ट्रिक पीडित हुनुहुन्छ ? मुटुरोग पनि हुन सक्छ

    ग्याष्ट्रिक पीडित हुनुहुन्छ ? मुटुरोग पनि हुन सक्छ

    काठमाडौं : तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा ६० लाखभन्दा बढी मुटुरोगीहरु छन्। यो संख्या दिनप्रतिदिन बढ्दो छ। २४ लाख महिला र ३६ लाखभन्दा बढी पुरुषहरु मुटुरोगबाट पीडित छन्। तनावपूर्ण जीवनशैली र विलाशीपन नै मुटुरोगी बढ्नुको पहिलो कारण भएको चिकित्सकहरु बताउँछन्। चुरोट सेवन गर्ने, शारीरिक व्यायम नगर्ने र खानपानमा ध्यान नदिने मानिसहरुमा मुटुरोग देखिने गरेको मुटुरोग विशेषज्ञ यादवदेव भट्ट सुनाउँछन्।…

    विस्तृतमा पढ्नुस्

  • बलिउड डेब्यु गर्ने खबरको खण्डन गरिन् श्रृष्टीले

    बलिउड डेब्यु गर्ने खबरको खण्डन गरिन् श्रृष्टीले

    पूर्व मिस नेपाल एवंम् अभिनेत्री श्रृष्टी श्रेष्ठले आफ्नो बलिउड डेब्यु बारे लेखिएको खबर झुटो भएको बताएकी छिन्। श्रेष्ठले नेपालको बैतडीमा छायांकन हुने भनिएको फिल्म ‘सन्दिप ‍और पिंकी फरार’मा अभिनय गर्ने भन्दै समाचारहरु सम्प्रेषण भएका थिए। तर ती समाचारहरुलाई साचो मान्ने आधारहरु भने थिएनन्। यसै बिच विहीबार श्रृष्टीले आफ्नो सामाजिक सञ्जालहरुमार्फत आफू बलिउडमा देखिने खबर गलत भएको स्पष्टिकरण दिएकी हुन्। फेसबुकमा…

    विस्तृतमा पढ्नुस्

  • किन भयो प्रचण्डको उम्मेदवारी मनोनयनमा ढिलाई ?

    किन भयो प्रचण्डको उम्मेदवारी मनोनयनमा ढिलाई ?

    चितवन :  चितवन क्षेत्र नम्बर तीन (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवारविरुद्ध नेकपा एमालेका रामप्रसाद न्यौपानेले बागी उम्मेदवारी दिने भएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै माओवादीविरुद्ध न्यौपानेले उम्मेदवारी दिन लागेका हुन् जसका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी मनोनयनमा ढिलाई भएको छ। बिहान ११ बजे चुनावी सभालाई सम्वोधन गरी मनोनयन दर्ता गराउन जाने भनिएपनि प्रचण्ड भरतपुर महानगरपालिकाका मेयरको निवासमा बसिरहेका…

    विस्तृतमा पढ्नुस्

  • पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली

    पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली

    विराटनगर : नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताएका छ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग विचारधाराको आधारमा राजनीतिक दल स्थापना हुनु पर्नेमा अधिकांश दलहरु जनताको हितमा नभई स्वार्थका आधारमा स्थापना भएकामा चिन्ता व्यक्त गरे।  निर्वाचनपछि प्रधानमन्त्री पद आफूलाई दिने गरी नेकपा (माओवादी केन्द्र) सँग सहमति नभएको स्पष्ट पार्दै राष्ट्रियताको संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको उम्मेदवारी मनोनयन वारेसनामामार्फत

    प्रधानमन्त्री देउवाको उम्मेदवारी मनोनयन वारेसनामामार्फत

    काठमाडौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने  भएका छन्।  पार्टीकातर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए।  आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा इन्धन बोकेको ट्यांकरमा बम आक्रमण, १५ जनाको मृत्यु

    अफगानिस्तानमा इन्धन बोकेको ट्यांकरमा बम आक्रमण, १५ जनाको मृत्यु

    अफगानिस्तानः इन्धन बोकेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा अज्ञात समूले बम हमला गरी कम्तीमा पनि १५ जनाको हत्या गरेको छ।  तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो। बम आक्रमणपछि ट्यांकर विष्फोट भएको र आगलागीमा परी वरपर रहेका मानिस जलेर मरेका हुन्।  तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधबार राति हमला भएको हो। तेल ट्यांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा…

    विस्तृतमा पढ्नुस्

  • चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छः सञ्चारमन्त्री बस्नेत

    चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छः सञ्चारमन्त्री बस्नेत

    काठमाडौँ :  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन्।  चीन दक्षिण एशिया मेला सचिवालय, नेपाल चीन कार्यकारिणी परिषद् र युनान इन्टरनेशनल एक्पोजिसन अफेयर्स ब्यूरोको आयोजनामा आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘चीन दक्षिण एशिया मेला’ उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपालको उद्योग र व्यापारलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।  संविधान निर्माण पछि स्थानीय तहको निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अध्यक्ष कमल थापाले गरे मकवानपुर १ बाट उम्मेदवारी दर्ता

    राप्रपा अध्यक्ष कमल थापाले गरे मकवानपुर १ बाट उम्मेदवारी दर्ता

    हेटौँडा :  उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीन नम्बर  प्रदेशअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्न थापा राप्रपा पार्टी कार्यालयबाट जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।  उम्मेदवारी दर्तापछि थापाले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छनोट गर्ने…

    विस्तृतमा पढ्नुस्

  • किन डिभी चिट्ठा प्रणाली बन्द गर्ने पक्षमा छन् राष्ट्रपति ट्रम्प ?

    किन डिभी चिट्ठा प्रणाली बन्द गर्ने पक्षमा छन् राष्ट्रपति ट्रम्प ?

    वासिङटन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन्।  मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरी हमला गर्ने नागरिक यही प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले यस्तो प्रणाली नै खारेज गर्नुपर्ने उनले बताए। राष्ट्रपति ट्रम्पले यसअघि पनि चिट्ठामार्फत ग्रीन कार्ड प्रदान गरिने डाइभरसीटी भिसा (डीभी) सम्बन्धी प्रणाली नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell