PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

  • निर्वाचनमा खटिने कर्मचारीले मतदान गर्न नपाउने, सर्वोच्चले दिएन अन्तरिम आदेश

    निर्वाचनमा खटिने कर्मचारीले मतदान गर्न नपाउने, सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीले मतदान गर्न पाउनुपर्ने मागमा अन्तरिम आदेश दिन नपर्ने आदेश दिएको छ।  न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज मतदानमा खटिएका कर्मचारीलाई संविधान र कानुनबमोजिम मतदानमा सम्मिलित गराउने सम्बन्धमा नेपालको संविधान विपरीत नहुने गरी निर्वाचन आयोगले स्वयं त्यसतर्फ विचार गर्ने हुँदा अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश…

    विस्तृतमा पढ्नुस्

  • म पर्यटक उम्मेदवार होइनः ढुङ्गाना, पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्यः बस्नेत

    म पर्यटक उम्मेदवार होइनः ढुङ्गाना, पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्यः बस्नेत

    भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन्।  रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा ढुंगानाले आफू भक्तपुरकै भएकाले पर्यटक नभन्न आग्रह गरे। उनले भने, “भक्तपुर म हुर्केबढेको पढेको ठाउँ, यहाँ मेरो जग्गा जमिन छ, त्यसैले म पर्यटक वा पाहुना उम्मेदवार होइन।”  देशभर वाम गठबन्धन बनेका…

    विस्तृतमा पढ्नुस्

  • आन्द्रे पिर्लोद्वारा फुटबलबाट सन्यासको घोषणा

    आन्द्रे पिर्लोद्वारा फुटबलबाट सन्यासको घोषणा

    आफ्नो समयका उत्कृष्ट मिडफिल्डर आन्द्रे पिर्लोले फुटबलबाट सन्यासको घोषणा गरेका छन्। इटलीका पूर्व अन्तर्राष्ट्रय खेलाडी समेत रहेका पिर्लोले एमएलएस क्लब न्यूयोर्क सिटीका लागि अन्तिम खेल खेलेपछि फुटबल खेल्न छाड्ने घोषणा गरेका हुन्। उनको क्लब न्यूयोर्क एमएलएसको सेमिफाइनल प्लेअफमा कोलम्बस क्रुसंग दुई लेगको खेलमा पराजित भएपछि पिर्लोले सन्यास घोषणा गरे। ३८ वर्षियो पिर्लोले इटलीका लागि ११६ क्याप जितेका थिए भने सन्…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलको चार गोल

    प्रिमियर लिग : लिभरपुलको चार गोल

    प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ४-१ ले पराजित गरेको छ। अवे मैदानमा लिभरपुललाई सहज जित दिलाउन मोहम्मद सलाहले २ गोल गरे भने जोएल मतिप र एलेक्स च्याम्बरलाइनले एक-एक गोल गरे। वेष्टहमका लागि मानुएल लान्जिनीले एक गोल फर्काए। जितपछि ११ खेलबाट १९ अंक जोडेको लिभरपुल अंक तालिकामा छैंटौँ स्थानमा उक्लिएको छ। चेल्सी आर्सनल र बरनलीको पनि समान…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : अल्कासेरको दुई गोलमा बार्सिलोनाको जित

    ला लिगा : अल्कासेरको दुई गोलमा बार्सिलोनाको जित

    लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा अपराजिया यात्रा कायम राख्दै सेभियालाई पराजित गरेको छ। फ्रान्सेस्को अल्कारसेरको दुई गोल मद्दतमा बार्सिलोनाले गएराती सेभियालाई २-० ले हरायो। २३औँ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका अल्कासेरले ६५औँ मिनेटमा विजयी गोल गरे। सेभियाका लागि ५९औँ मिनेटमा गुइडो पिजारोले बराबरी गोल फर्काएका थिए। सिजनको दशौँ जितपछि ११ खेलबाट ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • झापाका ११ वर्षीय बालक लक्ष्मण हत्याका आरोपी पुर्पक्षका लागि थुनामा

    झापाका ११ वर्षीय बालक लक्ष्मण हत्याका आरोपी पुर्पक्षका लागि थुनामा

    बनियानी: झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधीर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • किन भइरहेको छ इरानमा अमेरिकी राष्ट्रपति ट्रम्पको विरोध?

    किन भइरहेको छ इरानमा अमेरिकी राष्ट्रपति ट्रम्पको विरोध?

    तेहरान: इरानको राजधानी तेहरानमा अमेरिकाविरुद्ध नाराबाजी गर्दै हजारौ इरानी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध शनिबार प्रदर्शन गरेका छन्। सन् १९७९ मा अमेरिकी राजदूतावासलाई नियन्त्रणमा लिएको दिनको सम्झनामा गरिएको प्रदर्शनमा अमेरिकी वर्तमान राष्ट्रपतिको विरोध गर्दै केही स्थानमा अमेरिकी झण्डासमेत जलाइएको थियो। इश्लामिक आन्दोलन शुरु भएको ४४४ दिनको बन्धक समस्याका कारण निम्तिएको दुई देशबीचको कुटनैतिक समस्या आजका दिनसम्म पनि निरन्तर…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् प्रदेशसभा रोज्ने ‘हेभिवेट’ उम्मेदवार

    यी हुन् प्रदेशसभा रोज्ने ‘हेभिवेट’ उम्मेदवार

    काठमाडौँः संघीय संरचनामा पहिलो पटक हुन लागेको प्रदेशसभा निर्वाचनमा केन्द्रीय संसद्का चर्चित अनुहार पनि प्रतिस्पर्धामा छन्। प्रदेशको मुख्यमन्त्रीको आकांक्षामा कतिपय प्रदेशको चुनावी मैदानमा छन्। कतिपय प्रतिनिधिसभामा टिकट पाउन नसकेपछि राजनीतिक यात्रालाई निरन्तरता दिन प्रदेश रोज्न बाध्य भएका छन्। प्रदेशसभा रोज्ने ‘हेभिवेट’ पात्र सबैभन्दा बढी एमालेमा छन्। केन्द्रको संसदीय भूमिकामा अब्बल ठहरिएका माओवादी केन्द्रका केही नेताहरु प्रदेश झरेका छन्। कांग्रेसका थोरैमात्र…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदीले दिए प्रतिपक्षी दल कांग्रेसलाई ‘धमिरा’को संज्ञा

    भारतीय प्रधानमन्त्री मोदीले दिए प्रतिपक्षी दल कांग्रेसलाई ‘धमिरा’को संज्ञा

    नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन्। उत्तर भारतको हिमाञ्चलस्थित कङ्ग्राको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गरेका हुन्। भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न पनि मोदीले आग्रह गरेका छन्। प्रधानमन्त्री मोदीले भने,…

    विस्तृतमा पढ्नुस्

  • नेपालले महाउज्जल राष्ट्रदीप विभूषण प्रदान गरेका साउदी राजकुमार विन तलाल भ्रस्टाचार आरोपमा पक्राउ

    नेपालले महाउज्जल राष्ट्रदीप विभूषण प्रदान गरेका साउदी राजकुमार विन तलाल भ्रस्टाचार आरोपमा पक्राउ

    एजेन्सीः भ्रस्टाचार मुद्दा छानविनका क्रममा साउदी अरेवियाका राजकुमार अल वालिद विन तलालसहित ११ राजकुमार पक्राउ परेका छन्। पक्राउ पर्नेमा चार बाहलवाला मन्त्री र दश पूर्वमन्त्री पनि छन्।  पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन। आरोपको विवरण पनि सार्वजनिक गरिएको छैन।  तर, डेलीमेलले स्थानीय स्रोत उद्रृत गर्दै साउदी राजकुमार अल वालिद विन तलाल पक्राउ परेको दाबी गरेको छ। न्यूयोर्क टाइम्सको अनलाइन…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्व संकटले कांग्रेस कमजोर : प्रचण्ड

    नेतृत्व संकटले कांग्रेस कमजोर : प्रचण्ड

    चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस आफ्नै कारण कमजोर हुँदै गएको बताएका छन्। चितवनको चनौलीमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्वको संकटका कारण कांग्रेस कमजोर बन्दै गएको बताए। उनले भने,‘इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाएको छ। तर, पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ। अब तपाईँहरु वामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस्। तपाईँहरु…

    विस्तृतमा पढ्नुस्

  • खोटाङका उत्तरी र दक्षिणी क्षेत्रमा मोबाइल अवरुद्ध

    खोटाङ :  खोटाङको उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ।  दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि मोबाइल सेवा अवरुद्ध भएको हो। लामो समयसम्म नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रका सेवाग्राही मारमा परेका छन्। दक्षिणी क्षेत्रको जन्तेढुंगा गाउँपालिका– ५ चिसापानीस्थित होङ पोखरीमा रहेको रिपिटर टावरमा जडान गरिएको ब्याट्री बिग्रिएपछि…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा हात्तीको बथानले दुई घर भत्कायो, भण्डारण गरेको अन्न सखाप

    कञ्चनपुरमा हात्तीको बथानले दुई घर भत्कायो, भण्डारण गरेको अन्न सखाप

    कञ्चनपुर :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर जंगली हात्तीको बथानले भत्काएको छ।  हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो। हात्तीको बथानले घरभित्र राखेको अन्न खानुका साथै अन्य सामान नष्ट गरेको छ। घरभित्र सुतेका बासिन्दाले भने भागेर ज्यान जोगाएका छन्। हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाएका थिए। स्थानीय बासिन्दाको घरको आँगनमा राखिएका धानसहितको…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा पनि पाइन्छ सुगमको स्वास्थ्य सेवा

    कर्णालीमा पनि पाइन्छ सुगमको स्वास्थ्य सेवा

    जुम्ला :  कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको ‘दुर्गम कर्णाली’ भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ।   त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ। नवप्रवेशीलाई कर्णालीमा अशिक्षा, भोकमारी, गरिबी, कुपोषण र कष्टकर जिन्दगी छ भन्ने प्रभावले चिन्तित तुल्याउँछ।  अझ त यहाँ जन्मनेहरुले खानै पाउँदैनन र बाँचेकाहरु ३६ वर्ष नपुग्दै मर्छन् भन्ने छाप अहिलेसम्म पनि जीवित पारिएको छ।  जसरी कर्णालीको भूगोल,…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षाको कारण देखाउँदै लेवनानका प्रधानमन्त्रीले दिए राजिनामा

    सुरक्षाको कारण देखाउँदै लेवनानका प्रधानमन्त्रीले दिए राजिनामा

    लेबनान :  लेबनानी प्रधानमन्त्री सायद हरीरीले मुलुकमा इरानको ‘हस्तक्षेप’ र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै राजिनामा दिएका छन्। साउदी अरबको अल अरेबीया समाचार सञ्जालमार्फत प्रसारण गरिएको सम्बोधनमा उनले इरानी प्रधानमन्त्रीको पदबाट राजिनामा दिएको घोषणा गरेका हुन्। दुई पटक लेवनानको प्रधानमन्त्रीमा निर्वाचित हरीरीले भने,‘मेरो जीवनमा खतरा निम्ताउने षड्यन्त्र भएको महसुस भएपछि मैले राजिनामा दिएको छु।’ हरीरीका पिता रफिकको पनि प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • कला संग्रौलाको छोटो फिल्म ‘बुट्टे जामा’ उत्कृष्ट

    कला संग्रौलाको छोटो फिल्म ‘बुट्टे जामा’ उत्कृष्ट

    काठमाडौं: हाइलाइट्स नेपाल र अस्कर इन्टरनेसनल कलेजको संयुक्त आयोजना रहेको पहिलो सर्ट फिल्म प्रतिस्पर्धामा कला संग्रौला निर्देशित ‘बुट्टे जामा’ पहिलो बन्न सफल भएको छ। अस्कर इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा विजयी फिल्मको नाम घोषणा गरिएको हो। अन्तिम प्रतिस्पर्धामा रहेका दस फिल्ममध्येबाट ‘बुट्टे जामा’ उत्कृष्ट बन्न सफल भएको हो। नविन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले उत्कृष्ट फिल्मको छनोट गरेको…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएलमा युएईसंग खेल्नु अघि नेपालले अमेरिकासंग क्रिकेट खेल्ने

    डब्लुसिएलमा युएईसंग खेल्नु अघि नेपालले अमेरिकासंग क्रिकेट खेल्ने

    काठमाडौं : नेपाली क्रिकेट टिमको प्रशिक्षक छाडेपछि पुबुदु दानायके पहिलो पटक नेपाली क्रिकेट टोली विरुद्ध रणनिति बनाउने भएका छन्। अमेरिकाले युएई र ओमानको टुरमा नेपाल र केन्यासंग खेल्ने खेल तालिका बनाएपछि आगामी डिसेम्वरमा नेपाल र अमेरिकाले मैत्रीपूर्ण खेल खेल्ने भएका हुन्। वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत युएई विरुद्धको अन्तिम चरणको खेल अघि नेपालले अमेरिकासंग खेल्न लागेको हो। नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • ६ वटा संसदीय क्षेत्र रहेको मोरङमा ६ लाख ४४ हजार मतदाता 

    ६ वटा संसदीय क्षेत्र रहेको मोरङमा ६ लाख ४४ हजार मतदाता 

    विराटनगर :  मोरङमा आगामी प्रतिनिभिसभा तथा प्रदेश सभा निर्वाचनका लागि ६ लाखभन्दा बढी मतदाता छन्। एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका भएको मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता छन्।  स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले गरेको मतदाता संकलनका क्रममा  ७० हजार २८२ मतदाता थपिएका हुन्। ६ वटा संसदीय क्षेत्र भएको मोरङमा सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा एक लाख २७…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेताको दवावपछि कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी

    एमाले नेताको दवावपछि कोमल वलीले फिर्ता लिइन् उम्मेदवारी

    काठमाडौं :  चर्चित लोक गायिका कोमल वलीले उम्मेदवारी फिर्ता लिएकी छन्। प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी वलीले उम्मेदवारी फिर्ता लिएकी हुन्। पहिलोपोस्टसँगको कुराकानीमा वलीले भनिन्, ‘अहिले भर्खरै मात्र उम्मेद्वारी फिर्ता लिएको हुँ।’ उनलाई उम्मेदवारी दिएको समयदेखि नै केही एमाले नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। केही समय अगाडि मात्र नेकपा एमालेमा प्रवेश गरेकी…

    विस्तृतमा पढ्नुस्

  • कमल संघर्षलाई यस वर्षको 'जोगमाया चापागाईं गजल पुरस्कार'

    कमल संघर्षलाई यस वर्षको 'जोगमाया चापागाईं गजल पुरस्कार'

    काठमाडौं: जोगमाया चापागाईं गजल पुरुस्कार २०७४ गजलकार कमल संघर्षलाई प्रदान गरिएको छ। गतवर्ष प्रकाशित गजल संग्रह 'सडक'लाई कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिनुका साथै पुरस्कृत गजलकार कमल संघर्षको गजल वाचन समेत सम्पन्न भयो। जोगमाया चापागाईं प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारमा २५ हजार राशी र ताम्रपत्र रहेको थियो। जोगमाया चापागाईं प्रतिष्ठानले हरेक वर्ष गजल लेखनमा सक्रिय रहेका मध्यबाट एकजनालाई पुरस्कार प्रदान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell