काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण तथा पुनस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सार्ने प्रतिवद्धता व्यक्त गरेको छ। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले विकास साझेदारसँगको छलफलमा प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि काममा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताए। पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको…
राजविराज : अगामी मंसिरमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल)का नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बसेका छन्। राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाएको छ। जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाउँदै नेताहरूले आसेपासे र पहुँचवालालाई…
वासुदेव पौडेल पोखरा : ठाउँठाउँमा भत्के बिग्रेको बाटो, खोलामा धराप पुल, यसका बाबजुत पनि यतिबेला स्वदेशी एवं विदेशी पर्यटकको लर्को छ अन्नपूर्ण क्षेत्रमा। सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगको अन्नपूर्ण प्रथमको आरोहणसँगै चासो र चर्चा बनेको अन्नपूर्ण क्षेत्रमा पदयात्राकै सुरुवातको समय हेर्ने हो भने पनि ५१ वर्ष नाघिसकेको छ । समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार…
पोखरा : राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लंघनका घटनामा पीडितलाई राहत दिन आयोगले जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्न सक्ने बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको पोखरामा सुरु भएको अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था विषयक दुईदिने प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष शर्माले राज्य पक्ष वा गैरराज्य पक्ष जोसुकैबाट हुने त्यस्ता घटनामा अधिकारकर्मीसँग हातेमालो गर्दै दबाब दिन आयोग अग्रपंक्तिमा रहने…
बुटवल : गुल्मीको गुल्मीदरबार गाउँपालिकामा माइक्रोबस दुर्घटना भएको छ। बुटवलबाट गुल्मीको तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मीदरबार गाउँपालिकामा भीरबाट खसेर दुर्घटना भएको हो। बससँग ठोक्किएर दुर्घटना भएको बताइएको छ। माइक्रोबस भीरबाट करिव तीन सय मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् । माइक्रोबसमा १५ जना यात्रु रहेका बताइएको छ।
काठमाडौं : पाकिस्तानमा आगामी वर्ष जनवरीमा हुने वान डे दृष्टिविहीन विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीलाई साहस स्पोर्ट्सले प्रायोजन गरेको छ। सोमबार दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्ट्समा एमडी जनक न्यौपानले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ३ वर्षको लागि गरिएको न्यौपानेले बताए। जसअनुसार अबको ३ वर्षसम्म नेपालको दृष्टिविहीन क्रिकेट टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाडीले…
चितवन : चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भारतीय सीमा नाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो। मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी दिए। यसपटक मतदाताको आधारमा न्यूनतम ११…
चन्द्रकान्त खनाल बुटवल : गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। गुल्मीबाट बुटबल आइरहेको लु १ च ४५२२ नम्बरको जीप र बुटबलबाट तम्घास गइरहेको वा ३ ख ५५०१ नम्बरको माइक्रोबस ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा सात जनाको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवलबाट तम्घासका लागि…
नैरोबी : केन्याको निर्वाचन बोर्डले निर्वाचन हुन बाँकी ठाउँमा चाँडै निर्वाचन गर्ने तयारी गरेको छ। निर्वाचन बहिष्कार गरेको विपक्षी दलहरुले नियन्त्रणमा लिएका ठाउँमा तत्काल निर्वाचन गराउन वा राष्ट्रपति उहुरु केन्याटालाई विजयी भएको घोषणा गर्न पनि दबाब परेको छ। तर विपक्षी दलका नेता राईला ओडिङ्गका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध प्रदर्शन गरेका छन्। ओडिङ्गाले बहिष्कार गरेकाले केन्याटा जबर्जस्त विजयी हुने सुनिश्चित छ। …
काठमाडौं : 'आधा लभ'मार्फत् फिल्म निर्माणमा हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’को नयाँ पोष्टर सार्वजनिक भएको छ। फिल्मको सार्वजनिक पोष्टर निकै डरलाग्दो बनाइएको छ। अझ, नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ। पोष्टरबाटै के प्रष्ट हुन्छ भने ‘सुनकेसरी’ हरर फिल्म हो। यसअघि निर्माण पक्षले एक बालिका फिचरिङ फिल्मको फस्ट लुक पोष्टर सार्वजनिक गरेको थियो। ऋचाले…
ललितपुर : ललितपुर महानगरपालिकामा विभिन्न विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन भएका छन्। विषयगत कार्यालयबाट १३ जना कर्मचारी महानगरपालिकामा हाजिर हुन आएका छन्। उनीहरुको दरबन्दी सम्बन्धित कार्यालयमा नै रहेकाले व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए। महानगरपालिकामा जिल्ला शिक्षा कार्यालय, कृषि विकास कार्यालयलगायतका कार्यालयबाट कर्मचारी काजमा आएका छन्। उनीहरुलाई छुट्टै कोठा, टेबुललगायतको व्यवस्था गर्नसमेत कठीनाई भएको छ। सरकारले कर्मचारी समायोजनसम्बन्धी निर्देशिका…
काठमाडौँ : सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तयारी थालेको छ। सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरेका हुन्। नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो। मुलुकको…
काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयमा तानिएको छ। आपूर्ति मन्त्री जयन्त चन्दले सोमबार नै खड्कालाई मन्त्रालय तानेका हुन्। संसदीय समितिले आयल निगमको जग्गा खरिद प्रक्रियामा खड्काले अनियमितता गरेको ठहर गरेपछि सरकारले केही समयअघि उनलाई बर्खास्त गरेको थियो। सर्वोच्च अदालतमा पदबहालीको मुद्धा जितेपछि खड्का पुनः आयल निगमको कार्यकारी निर्देशकमा फर्किएका थिए। जग्गा खरिद प्रक्रियाको प्रमाण नष्ट…
ताईपेइ : ताइवानमा काम गर्ने अधिकांश कामकाजी मानिसले आर्थिकरुपमा आफूलाई कमजोर महसुस गर्ने गरेको पाइएको छ। सोमबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा काम धेरै तर तलब भने थोरै भएको अधिकांशले महसुस गरेको उल्लेख छ। सर्वेक्षणमा सहभागी एक हजार ७६ जनामध्ये ८६ प्रतिशतले काममा एकदमै धेरै तनाव र सेवासुविधामा निकै कन्जुस्याइँ भएको बताएका हुन्। उनीहरुले सेवासुविधा वृद्धि पनि निकै सुस्त गतिमा हुने गरेको…
बुटवल : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि नेपाली कांग्रेस सधैको प्रतिपक्ष बन्ने दाबी गरेका छन्। नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ज्ञवालीले निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमतका साथ सरकारको नेतृत्व गर्ने दाबी गरे। उनले सरकारको नेतृत्व पनि कांग्रेसले गर्न नसक्ने, बलियो प्रतिपक्ष पनि बन्न नसक्ने र अब कांग्रेस…
काठमाडौं : प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ काठमाण्डौंको न्युटन हाइस्कुल र मोरङ विद्यालय भलिबल कमिसन सोमवार प्रि–क्वाटरफाईनलमा प्रवेश गरेका छन्। न्यूटनले दोलखाको श्री सैलुङघ्याङलाई २५–१२, २५–१० को सोझो सेटमा हराउँदै प्रि–क्वाटरमा स्थान बनायो। पुरुषतर्फ नै मोरङ विद्यालय भलिबल कमिसनले धादिङको एडभान्स एकेडेमीलाई २५–९, २५–२२ को सोझो सेटमा हराउँदै प्रि–क्वाटरमा स्थान बनायो। दुवै टिम समूह विजेताको…
उदयपुर : उदयपुरको कटारीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या नौँ पुगेको छ। घाइते दुई जनाको उद्धार गरिएको छ। यात्रुको शव भीरमा नै अड्किएका कारण निकाल्न कठिनार्इ भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। कटारीबाट ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बरको जिप आज दिउँसो सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना भएको थियो। जिप भीरबाट पाँच सय मिटर…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष कमल थापासहित पाँच उम्मेदवार छनोट गरेको छ। नेपाली कांग्रेससँग प्रतिनिधिसभातर्फ ७ सिट लिने गरी तालेमलको सहमति गरेको राप्रपाले झापा तीनमा भने कांग्रेसका उम्मेदवार विरुद्ध उम्मेदवार खडा गरेको हो। आजै मात्र झापा तीनमा कांग्रेसले कृष्णप्रसाद सिटौलाको उम्मेदवारी सुनिश्चित गरेकोमा राप्रपाले पनि आजै आफ्ना उपाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको उम्मेदवारी सार्वजनिक गरेको हो। उम्मेदवारीसँगै कांग्रेस र राप्रपाको चुनावी तालमेल…
काठमाडौँ : सर्वोच्च अदालतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आज ओली र दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन्। अलग अलग मतपत्र छाप्ने कार्य अगाडि…
काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका सम्पूर्ण कार्यक्रममा रोक लगाउनुका साथै निकासा रोक्न निर्देशन दिएको छ। आयोगको आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता विपरीत हुने गरी व्यवस्थापिका–संसद्को कार्यकाल समाप्त भएपछि पूर्वसांसदले त्यस्ता कार्यक्रम कार्यान्यवन गर्ने, नयाँ कार्यक्रम छनोट गर्ने, रकम निकासा गर्नेलगायत कार्य गर्न नमिल्ने जनाउँदै ती कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो। …