PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • एएफसी यू-१९ क्वालिफायर : नेपाल कीर्गिस्तानसँग पराजित

    एएफसी यू-१९ क्वालिफायर : नेपाल कीर्गिस्तानसँग पराजित

    काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित भएको छ। समूह ए को पहिलो खेलमा नेपाल मंगलबार आयोजक कीर्गिस्तानसँग २-० ले पराजित भएको हो। कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि बोरुबाएभ गुल्जिगिटी र शुकुरोभ अलीमार्दोभले गोल गरे। खेलको २२औँ मिनेटमा बोरुबाएभले गोल गर्दै कीर्गिस्तानलाई अग्रता दिलाएका थिए। निर्धारित समयसम्म १-० ले पछि परेको नेपालले इन्जुरी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौँ  : नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ।  उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले सम्झौतापत्रमा हस्तारक्षर गरे।  सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक सहकार्य, प्रविधिमा सहकार्य विस्तारका लागि तेस्रो मुलुकमा पनि…

    विस्तृतमा पढ्नुस्

  • न्यू क्यालेडोनियामा ६.८ रिक्टर स्केलको भूकम्प

    न्यू क्यालेडोनियामा ६.८ रिक्टर स्केलको भूकम्प

    सिड्नी : न्यू क्यालेडोनियाको तटीय क्षेत्रमा मङ्गलबार ६.८ रिक्टर स्केलको भूकम्प गएको छ।  राजधानी नोउमेयाबाट २५३ किलोमिटर टाढा रेहको स्थानको २९ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ।  प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रका अनुसार तत्काल सुनामी चेतावनी भने दिइएको छैन।रासस/एएफपी  

    विस्तृतमा पढ्नुस्

  • पेरिस सम्झौतामा अमेरिका सहभागी हुने चीनको अपेक्षा

    पेरिस सम्झौतामा अमेरिका सहभागी हुने चीनको अपेक्षा

    बेइजिङ :  चीनले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि सहभागी हुने विश्वास व्यक्त गरेको छ। जलवायु परिवर्तनसम्वन्धी विश्वव्यापी समस्याको समाधानका लागि लड्न अमेरिकाले पनि सहयोग गर्ने चीनका एक जना वरिष्ठ कुटनीतिज्ञले विश्वास व्यक्त गरेका हुन्।  जलवायु परिवर्तन सम्वन्धी चीनियाँ विषेश दूत सि झेन्हुअले पत्रकार सम्मेलनमा भने,‘चीनले जलवायु परिवर्तनका वारेमा अमेरिकासँगको सहकार्य बढाउँदै लैजान चाहेको छ।’ पेरिस सम्झौतामा विश्वका सवैजसो देशहरुले सन् २०१५ मा…

    विस्तृतमा पढ्नुस्

  • अम्बिका गुरुङको नयाँ गीति भिडियो सार्वजनिक

    अम्बिका गुरुङको नयाँ गीति भिडियो सार्वजनिक

    काठमाडौं: गीतकार तथा कवियित्री अम्बिका गुरुङको नयाँ गीती भिडियो सार्वजनिक भएको छ। गुरुङको शब्द रहेको ‘जून जस्तै शीतल’ बोलको गीत सोमबार साझ आधा दर्जन नेपाली टेलिभिजनमार्फत सार्वजनिक भएको हो। गीतमा गायक सुमन केसीको स्वर छ। शंकर थापा यो गीतका संगीतकार हुन् भने उदयराज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन्। अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा राजपा र फोरमबीच सिट बाँडफाँटः राजपा १५, फोरमलाई १७ सिट

    प्रदेश २ मा राजपा र फोरमबीच सिट बाँडफाँटः राजपा १५, फोरमलाई १७ सिट

    काठमाडौं :  राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले प्रदेश २ का प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले पाएको छ। प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ। पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'फाटेको जुत्ता'को नयाँ पोस्टर, दयाहाङ राईको फिचरिङ

    फिल्म 'फाटेको जुत्ता'को नयाँ पोस्टर, दयाहाङ राईको फिचरिङ

    काठमाडौं: फिल्म फाटेको जुत्ता युनिटले एकपछि अर्को गर्दै सस्पेन्स राखेको कलाकारहरु सार्वजनिक गर्दै छ। प्रचारका लागि फिल्म युनिटले वर्षा राउत, दयाहाङ राई लगायतलाई पोस्टरमार्फत रिभिल गरिदैछ। फिल्म युनिटले रिलिज मितिको काउन्ट डाउन सहित मङ्गलबार नयाँ पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा दयाहाङ राईको फिचरिङ रहेको छ। जसमा उनी धार्मिक रुपमा देखिएका छन्। यसअघि प्रियङ्का कार्कीले दयाहाङसँग बसेको फोटो सहित फेसबुक पोस्ट…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले भन्यो– ढुंगेल पक्राउ शान्ति सम्झौताको मर्मविपरित, तत्काल रिहाई गरियोस्

    माओवादी केन्द्रले भन्यो– ढुंगेल पक्राउ शान्ति सम्झौताको मर्मविपरित, तत्काल रिहाई गरियोस्

    काठमाडौँ :  नेकपा माओवादी केन्द्रले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ।  माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै ढुंगेललाई तत्काल रिहाईको माग गरेकी हुन्। उनले भनिन्,‘द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ। उहाँको तत्काल रिहा गरिनुपर्छ।’  ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि कांग्रेसले जित्नुपर्छ : प्रधानमन्त्री

    लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि कांग्रेसले जित्नुपर्छ :  प्रधानमन्त्री

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै प्रधानमन्त्रीले  कांग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि कांग्रेस विजयी हुनुपर्ने बताए। कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'पञ्चायत'ले पायो अन्तराष्ट्रिय अवार्ड

    फिल्म 'पञ्चायत'ले पायो अन्तराष्ट्रिय अवार्ड

    फिल्म 'पञ्चायत'ले अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा दुई अवार्ड हात पारेको छ। अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको हो। त्यस्तै फिल्मको लागि अभिनेत्रीले नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। फेस्टिभलमा विश्वका २ सय १६ फिल्महरु सहभागी थिए। फिल्म पञ्चायतमा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ। रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी…

    विस्तृतमा पढ्नुस्

  • ढुंगेल पक्राउको प्रतिक्रिया : वाइसीएलले कांग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल्ने 

    ढुंगेल पक्राउको प्रतिक्रिया : वाइसीएलले कांग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल्ने 

    काठमाडौं :  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले पूर्वसभासद् बालकृष्ण ढुंगेल पक्राउ निर्वाचन भाँड्ने षड्यन्त्र भएको बताएको छ। वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले विज्ञप्ती जारी गरी द्वन्द्वकालीन मुद्दा ब्यूँताएर देशैभरका कांग्रेस र राप्रपाका नेताविरुद्ध मुद्दा हाल्ने पहल कदमी लिन ७७ वटै जिल्लाका आफ्ना कमिटीहरुलाई निर्देशन दिएका छन्। वाइसीएलले द्वन्दकालका घटना ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’मार्फत हेरिनुको साटो नेता ढुंगेललाई पक्राउ गरेर बिस्तृत…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमा रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, चार जनाको मृत्यु

    बंगलादेशमा रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, चार जनाको मृत्यु

    बङ्गलादेश :  बङ्गलादेशमा रोहिङ्गा शरणार्थी चढेको डुंगा पल्टिंदा मङ्गलबार कम्तीमा चार जनाको मृत्यु भएको छ।  खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन्।  शाम्लापुर गाउँ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिङ्गा शरणार्थीहरु बसोबास गर्दै आइरहेको गाउँ हो।  गत अगष्टदेखि म्यानमारबाट लाखौं  रोहिङ्गा डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आइपुगेका छन्।  एक जना स्थानीय प्रहरी प्रमुख अबुल…

    विस्तृतमा पढ्नुस्

  • एसीसी युथ एसिया कप : नेपालको समूहमा भारत, बंगलादेश र मलेसिया

    एसीसी युथ एसिया कप : नेपालको समूहमा भारत, बंगलादेश र मलेसिया

    काठमाडौं : यही नोभेम्वर ९ देखि मलेसियामा हुने एसीसी युथ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसीसीले जारी गरेको खेल तालिका अनुसार नेपाल, भारत, बंगलादेश र आयोजक मलेसिया समूह ए मा रहेको छ। यस्तै पाकिस्तान, श्रीलंका र अफगानिस्तान समूह बी मा छन्। एसीसी वेस्टर्न रिजनको च्याम्पियन टिमले समूह बी मा प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नोभेम्वर ११ मा…

    विस्तृतमा पढ्नुस्

  • यू-१८ राष्ट्रिय भलिबल : भक्तपुरको स्प्रिङडेल क्वाटरफाइनलमा

    यू-१८ राष्ट्रिय भलिबल : भक्तपुरको स्प्रिङडेल क्वाटरफाइनलमा

    काठमाडौं : प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलवार भएको महिलातर्फको प्रि–क्वाटरफाईनल खेलमा स्प्रिङडेल स्कुलले महोत्तरीको भानुभत्त मेमोरियल स्कुललाई २–० को सोझो सेटमा हरायो। पहिलो सेट २५–१७ ले जिते पनि स्प्रिङडेलले दोश्रो सेटमा २७–२५ को कठिन जित निकालेको थियो। स्प्रिङडेलले पुरुषतर्फ पनि काठमाण्डौको एन्जल्सहार्टलाई २–० को सोझो सेटमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा तीन वटा मिनि फुटबल पिच बन्ने, एएफसीको ३ करोड सहयोग

    नेपालमा तीन वटा मिनि फुटबल पिच बन्ने, एएफसीको ३ करोड सहयोग

    काठमाडौं : एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा नेपालमा तीन वटा मिनि फुटबल पिच बन्ने भएको छ। जसमध्ये एउटा काठमाडौंमा र बाँकी दुई मोफसलमा निर्माण हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एएफसी प्रेसिडेन्ट इनिटिएटिभ अन्तर्गत बन्न लागेको मिनि पिचका लागि एएफसीले ३ लाख अमेरिकी डलर (३ करोड नेपाली रुपैयाँ बराबर) सहयोग उपलब्ध गराउने भएको छ। प्रत्येक मिनि पिचका लागि…

    विस्तृतमा पढ्नुस्

  • आणविक परीक्षणका क्रममा दुई सय उत्तर कोरियाली मारिएको खुलासा

    आणविक परीक्षणका क्रममा दुई सय उत्तर कोरियाली मारिएको खुलासा

    टोकियो : उत्तर कोरियाको आणविक परीक्षणस्थलमा अकस्मात विष्फोट हुँदा सुरुङमा पुरिएर करिब दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।  पुङ्गे–रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौँ तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको जापानी टेलिभिजन असाहीले उत्तर कोरियाली गोप्य स्रोतको हवाला दिँदै उल्लेख गरेको छ। …

    विस्तृतमा पढ्नुस्

  • ढुंगेलको गिरफ्तारीले स्तब्ध बनायो : नेत्रविक्रम चन्द

    ढुंगेलको गिरफ्तारीले स्तब्ध बनायो : नेत्रविक्रम चन्द

    काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धकालीन मुद्दाको नाममा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तारपछि जेल चलान गरिएको घटनालाई शान्ति सम्झौताको मर्म विपरितको काम भएको जनाएको छ।  महासचिव चन्दद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिका क्रममा भएका घटनालाई व्यक्तिको नाममा अलग गरेर हेर्ने र अपराधीकरण गर्ने विषय नै गलत भएको उल्लेख गरिएको छ।  विज्ञप्तिमा भनिएको छ, “ढुंगेलको गिरफ्तारीले जनयुद्धलाई साथ दिने…

    विस्तृतमा पढ्नुस्

  • ढुंगेल पक्राउकाबारेमा मौन रहँदै प्रचण्डले भने -जनताको अधिकारका पक्षमा छौं

    ढुंगेल पक्राउकाबारेमा मौन रहँदै प्रचण्डले भने -जनताको अधिकारका पक्षमा छौं

    काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसको अधिकार स्थापित गराउन आफ्नो पार्टी अझै बढी क्रियाशिल भएर लाग्ने बताएका छन्। मंगलबार आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टीका विभिन्न स्तरका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले वाम एकताले मधेश र मधेशी जनताको अधिकारमा प्रतिकूल असर नगर्ने स्पष्ट पारे। अध्यक्ष प्रचण्डले भने, ‘एमालेसहितका पार्टीहरुसँग पार्टी एकता र वाम…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते

    दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते

    नयाँदिल्ली : भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। “आइतबार बेलुका ४० जना यात्रु बोकेको टेम्पो थोरे सेत्तिहाल्ली गाउँ नजिकै रुखमा ठोक्किएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले भने। दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार गरेर नजिकैको अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रवादी संगठित हुनुपर्छः सञ्चारमन्त्री

    लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रवादी संगठित हुनुपर्छः सञ्चारमन्त्री

    भक्तपुर :  सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताएका छन्।  भक्तपुरमा नेपाली कांग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै मन्त्री बस्नेतले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरे।  वाम गठबन्धनका नाममा नेपाली कांग्रेसलाई सिध्याउन खोज्ने दलसँग कांग्रेस विचलित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell