काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको संशोधित विधान अनुसार ३७ जिल्ला तहको निर्वाचनको भएको छ। क्यानमा आबद्द रहेका कूल ३९ मध्ये ३७ जिल्लाको नेतृत्व चुनिसकेका छन्। तर विवादका कारण उत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुर क्यानले भने नेतृत्व पाउन सकेका छैनन्। क्यानमा महासचवि अशोक नाथ प्याकुरेलले ३७ जिल्लाको निर्वाचन भइसकेको तर दुई जिल्लामा अभिवेशन नभएको खबर प्राप्त गरेको पहिलोपोस्टलाई जानकारी…
क्रिश्टिना अक्लाएर र महमुद अल बुराई नैरोबी र दुबईः अमेरिकी मुलका क्यानेडाली लेखक जेन याकोवले सहरहरूलाई कुनै समय राष्ट्रिय समृद्धि र आर्थिक विकासको इन्जिनका रूपमा व्याख्या गरेका थिए। तर आजभोलि सहरी वाासिन्दाबीच नै गरीबी बढ्दो छ। सहरका ३३ प्रतिशत बस्ती नै फोहोर छन्। ‘ग्लोबल कार्वडाइअक्साइड’ उत्सर्जनको करिब ७५ प्रतिशत सहरी क्षेत्रबाट हुन्छ। यस खालका तथ्याङ्कले हामीलाई सोच्न बाध्य पारेको छ…
भक्तपुर : आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा एमाले भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन्। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन्। भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं १ को…
काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी(क्रान्तिकारी)को आज बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ। दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने कमिटीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचारप्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए। अनेरास्ववियुका अध्यक्ष…
काठमाडौ : करिब एक महिनादेखि राजिव गुरुङ (दीपक मनाङे) मनाङमा छन्। उनी चुनाव प्रचार प्रसारमा तिव्र लागेका छन्। नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका मनाङेको दैनिक नै अहिले गाउँगाउँ पुगेर भोट माग्ने रहेको छ। उनले हामीसँगको कुराकानीमा भने,‘अहिले म बृद्धबद्धा र आमसर्वसाधरणसँग छलफल र बैठकमा जुटेको छु।’ बुधबार उनी माथिल्लो मनाङ पुगेका थिए। हिउँदको समयमा गुम्बामा बसी धर्मकर्म गर्नेहरुलाई भेट्दै…
काठमाडौं : विहीबार, २ नोभेम्बरबाट 'फिल्म साउथ एसिया' सुरु हुँदैछ। यो डकुमेन्ट्री महोत्सवको २० वर्षे इतिहासमा यो पटक सर्वाधिक धेरै डकुमेन्ट्री देखाइने भएको छ। अडिशनका लागि आएका ३०० मध्ये ६३ डकुमेन्ट्री प्रदर्शन हुने भएका हुन्। तीन दिन लामो डकुमेन्ट्री महोत्सवमा प्रदर्शन हुने फिल्महरुको थिम महिला अधिकार, लैङ्गिकता र समानता, कला, वर्क एण्ड लेभर, मानव अधिकार गरी चार विषयमा विभाजन गरिएको…
विराटनगर : नेपालका सडक बालबालिकालाई फकाएर भारत पुर्यार्इ श्रमका लागि विक्री गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार जोगबनी रेल वे स्टेसनबाट १४ वर्षका तीन बालक लैजादै गर्दा मोरङ प्रहरीले दुर्इ नेपाली र एक भारतीयलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङको मोतीपुर घर भई सुनसरीको इटहरी बस्ने ३८ वर्षीय राजु भण्डारी, इटहरीकै २८ वर्षीय सुरज ऋषिदेव र भारतको…
काठमाडौं: 'मिस युनिभर्स' सौन्दर्य प्रतियोगितामा नेपालले पहिलोपटक सहभागीता जनाउँदै छ। व्यक्तिगत पहल र हिडन ट्रिजरको व्यवस्थापनमा 'मिस अर्थ नेपाल २०१२' का नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन्। लस भेगसमा हुने मिस युनिभर्स प्रतियोगितामा नग्माले लगाउने डिजाइनहरु बुधबार कार्यक्रम आयोजना गरी प्रदर्शन गरियो। कार्यक्रममा उनले मिसु श्रेष्ठ, बीना घले र आस्तिक शेरचनले डिजाइन गरेको लुगा साथै विजय महर्जन र बीना…
काठमाडौं: मिस नेपालको आयोजक द हिडेन ट्रेजरले आफ्नो २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गर्यो। सन् २०१२ की मिस अर्थ नग्मालाई द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले ताज पहिराएर ५ वर्षपछि मिस युनिभर्स नेपाल घोषणा गर्नुको कारण बेग्लै थियो। नग्माको व्यक्तिगत प्रयासले नेपालमा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको फ्रेन्चाइज भित्रिएको…
पोखरा : मुस्ताङका कृषकले यस वर्ष ४२ करोड बराबरको स्याउ बिक्री गरेका छन्। उनीहरुले उत्पादन गरेका स्याउ काठमाडौं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका व्यापारीले बगैँचामा पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए। थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए। मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो सय तोकिएको थियो। स्याउको…
काठमाडौं : थ्री स्टार एकेडेमी र ग्यासियर कलेज प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ बुधवार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको प्रिक्वाटरफाइनल खेलमा बुढानिलकण्ठको थ्री स्टारले झापा विद्यालय भलिबल कमिसनलाई २५-२१,२५-१५ को सोझो सेटमा हरायो। त्यस्तै कोटेश्वरको ग्लासियर कलेजले धादिङको एड्भान्स एकेडेमीलाई २५–१०, ३१–२९ को सेटमा हराउँदै अन्तिम आठको यात्रा सुनिश्चित गर्यो।…
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै आतङ्कवादी क्रियाकलापलाई परास्त गर्ने प्रतिबद्धता जनाएको छन्। अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि दिएको प्रतिक्रियामा उनले सो कुराको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ। संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको सडकमा एक जनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठ जनाको ज्यान लिएको थियो। न्यूयोर्कको म्यानह्याटनमा गराइएको…
चितवन : चितवनमा बिहीबारदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिए। कात्तिक १६ देखि १८ गतेसम्म आयोजना हुने सम्मेलनमा करिब तीन सय विशेषज्ञ चिकित्सकको सहभागिता रहने जनाइएको छ। रौनियारका अनुसार सम्मेलनमा भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की…
काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टरार्इले गोरखाको निर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले हेरिरहेको दाबी गरेका छन्। गोरखाको सिरानचोक गाउँपालिकाको थालाजुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक भट्टरार्इले भने– गोरखा २ नम्बर क्षेत्रको निर्वाचनलाई देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय जगतले नै हेरेको छ।’ कांग्रेससँगको गठवन्धनलाई प्रयोगको रुपमा हेरिरहेकोसमेत उनले बताए। उनले आफूले निर्वाचनमा पराजित भए कुनै फरक नगर्ने बताए। उनले भने, ‘म…
काठमाडौं : नेपालका खेलाडी प्रेरणा कोईराला र सनोनी तामाङको जोडी केशा ग्रुप एनएलटिए नेपाल एशियन यु–१४ र्याङिकङ टेनिस च्याम्पियनसिपको महिला डबल्समा विजेता बनेका छन् । अखिल नेपाल लन टेनिस संघको आयोजना तया अन्तर्राष्ट्रिय लन टेनिस महासंघको सहयोगमा भएको च्याम्पियनसिपको सर्किट १ अन्तर्गतेको खेलमा प्रेरणा र सलोनीको जोडीले नेपालकै ईशा श्रेष्ठ र श्रवणी श्रेष्ठको जोडीलाई फाईनलमा ६–१, ६–१ को सोझो सेटमा…
काठमाडौं : एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। च्याम्पियनसपमा सहभागी हुन नेपाली बक्सिङ टोली बुधबार आयोजक देश भियतनामको हो चि मिन शहर पुगेका छन्। थाइल्यान्डको बैंककमा दुई साताको विशेष तयारीपछि नेपाली टोली भियतनाम पुगेको हो। च्याम्पियनसिपमा नेपालका ललिता महर्जनले ४८ केजी तौल समूहमा, विमला श्रेष्ठले ५४ केजी, संगीता सुनारले ६० केजी र पुनम…
सुर्खेत : सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। सुर्खेतबाट कुपिण्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जिप फर्कने क्रममा अपरान्ह चार बजेतिर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यका अनुसार चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ की ३५ वर्षीया धनमाया नेपालीको घटनास्थलमै मृत्यु…
काठमाडौँ : शिक्षा ऐनको नवौँ संशोधन तत्काल बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मन्त्रिपरिषद्, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाई उपभोक्ताहित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँ, सुनसरीका शिक्षक सन्तोष भट्टराई र अधिवक्ता रीता भण्डारीले आज दायर गरिएको रिटमा योग्यता र दक्षता पुगेका नागरिकलाई शिक्षक पदमा प्रतिस्पर्धा गर्न र उम्मेदवार हुनबाट रोक लगाएर व्यक्तिको मौलिक हकमा अनुचित बन्देज…
विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँग कुराकानी गर्दै गच्छदारले वामपन्थी दलहरुबीच चुनाव एकता भएकाले सो एकताको सामना गर्न सैद्धान्तिक र राजनीतिकरुपमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक मोर्चा गठन भएको स्पष्ट पारे। अहिले लोकतान्त्रिक पद्धतिमाथि खतरा उत्पन्न भएको प्रसंग उल्लेख गर्दै गच्छदारले वामपन्थी गठबन्धनले साम्यवादी विचारधारामार्फत संसदीय पद्धतिलाई बदलेर कार्यकारी…
सोलुखुम्बु : सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम सुरु भएको छ। नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो। सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले स्थलगतरुपमा प्रारम्भिक चरणको काम सुरु गरेको छ। विभागका अधिकृतसहित तीन जनाको टोली खटाएर गत बुधबारदेखि काम थालनी गरिएको हो। कात्तिक ७ गते सोलुखुम्बु आएको टोलीले भारतीय सर्वेक्षकले करिब ६० वर्ष अघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण…