भक्तपुरः सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सबै एक ढिक्का भएर लाग्नु पर्ने बताए। मध्यपुर ब्याइज ब्याण्डले मध्यपुरथिमिको गठ्ठाघरमा विजया दशमी तथा दीपावलीको अवसरमा आयोजना गरेको ओपन रोड शो को उद्घाटन गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचनलाई भब्यताका साथ सफल गरेर मुलुकमा देखिएको राजनीतिक अन्र्यौलता, अस्थिरता र राजनीतिक वादविवाद अन्त्य गरी मुलुकको…
काठमाडौं: पहिलो ‘अनलाइन गायन प्रतियोगिताको’को विजेता सुमन श्रेष्ठ बनेका छन्। गायक पदम राईको ‘फुल टिपे काँडा वनको’ बोलको कभर गीतको अनलाइन प्रतियोगिता घोषणा गरिएको थियो। दिइएको गीतलाई अडियो अथवा भिडियोमा कभर गरेर आयोजकलाई पठाउन आह्वान गरिएको थियो। सोही गीतको विजेताहरुलाई प्रमाणपत्रसँगै नगद पुरस्कार हस्तान्तरण भएको हो। रुबुशा क्रियटिभ वर्कको आयोजनामा भएको प्रतियोगिताको उपाधी विजेता सुमन नगद पुरस्कार ५० हजार प्राप्त…
काठमाडौं: गायक तथा संगीतकार शिव परियारको नयाँ गीती भिडियो सार्वजनिक भएको छ। 'वर्षौं भो छोडेको' बोलको गीत भिडियोसहित युट्युबमार्फत रिलिज गरिएको हो। गीतमा कवि तथा गीतकार श्वेता मैनालीका शब्दमा रहेको छ। त्यस्तै संगीत भने गायक परियार स्वयंमले दिएका हुन्। मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक गीत 'नभेटी नभेटी'को भाग दुईको रुपमा यो गीत सार्वजनिक गरेको बताइएको छ। ब्रायन राईको निर्देशन…
काठमाडौः एएफसी यू १६ च्याम्पिनसिप छनोट खेलअन्तर्गत भारत र नेपालले एक–एक गोल गरेका छन्। समूह डीको दोस्रो खेलमा नेपालका बिजेश चौधरीले ७६ मिनेटमा गोल गरेका हुन्। पछि भारतले ८३ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । यसअघिको खेलमा नेपाल डिफेन्स च्याम्पियन इराकसँग १–० गोल अन्तरको हार व्यहोर्नु परेको थियो । भारतले भने अघिल्लो खेलमा प्यालेस्टाइनमाथि ३–० को जीत निकालेर बलियो…
काठमाडौं : एएफसी यू-१६ च्याम्पिनसीप छनोट खेलअन्तर्गत भारत र नेपालले बराबरी दुई गोल गरेका छन्। समूह डीको दोस्रो खेलमा नेपालका बिज्रेश चौधरीले दुई गोल गरेका थिए भने भारतका तर्फबाट पनि ८३ औँ ८८ औँ मिनेटमा दुई गोल भएको थियो। यसअघिको खेलमा नेपाल डिफेन्स च्याम्पियन इराकसँग १–० गोल अन्तरको हार व्यहोरेको थियो। भारत अघिल्लो खेलमा प्यालेस्टाइनमाथि ३–० को जीत निकालेर बलियो अवस्थामा…
काठमाडौं : गृह मन्त्रालयले काठमाडौंलगायतका मुख्य सहरको प्रत्येक टोलमा प्रहरी पठाउने अवधारणासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ गरेको छ। शुक्रवार राजाधानीमा र्याली सहित गृहमन्त्री जनार्दन शर्माले अभियानको शुभारम्भ गरेका हुन्। गृहमन्त्री शर्माका अनुसार काठमाडौं सहितका मुख्य सहरहरुका टोलमा प्रहरी पठाएर ‘टोल सुरक्षा समिति’ गठन गरिने छ। ‘अब सहरका प्रत्येक टोलहरुमा सुरक्षा समिति गठन गरिने छ, जसमा समाजका जिम्मेवार व्यक्तिहरु सदस्य…
मेक्सिको सिटीः मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकालाई जीवितै उद्धारगर्ने समय समाप्त भएको बताइएको छ। तीन दिन अघि गएको भूकमपमा परी मेक्सिकोमा २७२ जनाको मृत्यु भइसकेको बताइको छ। यो सङ्ख्या अझै बृद्धि हुने अनुमान गरिएको छ। भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २०० भन्दा बढी व्यक्ति हराईरहेका बताइएको छ। राजधानी र अरु कैयौँ सहरमा भूकम्पका कारण भत्किएका भवनको…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँगै धर्म निरपेक्षताको विषयको जनमत संग्रह पनि गराउने माग गरेको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि रणनीति निर्माण गर्न बसेको केन्द्रीय समिति बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँगै धर्म निरपेक्षताको विषय पनि जनमत संग्रहमा लैजान माग गरेको हो। स्थानीय तहको निर्वाचनमा नराम्ररी पराजित भएको कमल थापा नेतृत्वको पार्टीले विभाजनको घाउ पूर्नका लागि…
काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष दशैंको टीका नलगाउने भएका छन्। देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने पूर्वराजाका निजी सचिव फणि पाठकद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ। आफूलाई केही हप्ता आराम गर्नुपर्ने र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज भएकाले यो निर्णय गरेको पूर्वराजा शाहले बताएका छन्। विज्ञप्तिमा आफ्नो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित…
काठमाडौंः यस वर्षको मदन पुरस्कार घनश्याम कँडेल र जगदम्बाश्री पुरस्कार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ। मदन पुरस्कार गुठीले एक कार्यक्रम गरी उनीहरुलाई पुरस्कार प्रदान गरेको हो। मदन पुरस्कार गुठीको बैठकले अन्तिममा छानिएका ९ कृतिमध्ये कँडेलको कृति ‘धृतराष्ट्र’लाई उत्कृष्ट ठहर्याएको थियो। २०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपल्ट वि.सं २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’,…
उदयपुरः उदयपुरको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा शुक्रबार एक भाले हात्ती मृत फेला परेको छ । स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका र प्रहरी र जिल्ला वन कार्यालयको टोली जंगलमा पुगेको थियो। जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णु भण्डारीले दुई दिनअघि नै हात्ती मरेको हुन सक्ने बताए। अहिले प्रहरी र वनका कर्मचारीले अध्ययन थालेको र अनुसन्धानपछि…
काठमाडौँः हुलाक सेवा विभागअन्तर्गत नेपाल फिलाटेलिक ब्युरोले विभिन्न प्रकारका नयाँ हुलाक टिकट प्रचलनमा ल्याएको छ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ओखलढुंगाको पोकली झरना, नेपाली खाना परिकार (योमरी, सेलरोटी अनर्सा र लाखामरी), परम्परागत गरगहना (तिलहरी, बाला, कल्ली र बुलाकी), राष्ट्रिय झण्डा र निर्वाचन आयोगको प्रतीक चिह्नअंकित नयाँ हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाए । त्यसैगरी जनकविकेशरी धर्मराज थापा र राजनीतिकर्मी…
काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ । शुक्रबारदेखि सुरु भएको सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो । प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बैठकमा छलफल हुने पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए। …
काठमाडौँ : निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको दस्तखत नमूना यही असोज २२ गतेसम्म पेश गर्न सूचना जारी गरेको छ। आयोगका अनुसार त्यस्तो नमूना दस्तखत सम्बन्धित राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा प्रदेश समितिका पदाधिकारीको हुनुपर्नेछ। प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य निर्वाचन तथा प्रतिनिधिसभा…
हेटौँडाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन खर्चिलो र बोझिलो बन्दै गएको बताएका छन्। हेटौँडामा शुक्रबार आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनले आर्थिक अराजकता ल्याउन सक्ने खतरा रहेको औल्याउँदै सबै चुनाव समानुपातिक प्रणालीबाट गर्नुपर्ने बताए। उनले पाँच वर्षसम्म स्थिर सरकार चलाउने व्यवस्था भए राजनीतिक स्थिरता कायम भई आर्थिक उन्नतितर्फ मुलुकको ध्यान केन्द्रित गर्न सकिने भन्दै इमान्दरिताका साथ काम…
मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ३ हरकपुरमा आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ। स्थानीय चन्द्रबहादुर राईको काठको किराना पसल भएको दुई तले घरमा बिहीबार बिहान आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए। मृत्यु हुनेमा चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र…
काठमाडौं : तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म औपचारिक रुपमा १८ स्थानको नतिजा आइसकेको छ। १८ मध्ये कांग्रेसले ६, एमालेले चार स्थानमा जित हासिल गरेको छ। यस्तै, माओवादी र लोकतान्त्रिक फोरमले दुई/दुई स्थानमा जित निकालेका छन्। यस्तै संघीय समाजवादी फोरम तथा राजपाले दुई/ दुई स्थानमा जित हासिल गरेका छन्। जारी मतगणनामा कांग्रेसको अग्रता छ। नेपाली कांग्रेसले अहिलेसम्म पाँच…
ठोरी : पर्साको ठोरी गाउँपालिका ५ मा एमालेको प्यानल विजयी भएको छ। वडा अध्यक्षमा एमालेका रामबहादुर पाख्रिनको प्यानल विजयी भएको हो। पाख्रिनले ५६४ मत ल्याएका छन्। पाख्रिनको जितसँगै ठोरी गाउँपालिकाको ५ वडामा माओवादीले ३ तथा कांग्रेस र एमालेले १/१ वडाध्यक्ष जितेका छन्। पाख्रिनले माओवादीका अष्टबहादुर लोप्चनलाई १०८ मतले पराजित गरेका हुन्। लोप्चनले ४५६ मत ल्याएका छन्। एमालेका तर्फबाट महिला सदस्यमा…
काठमाडौं : घरघरमा घटस्थापनासँगै हिन्दु नेपालीको महान चाड दशैँ सुरु भएको छ। यससँगै नवरात्रसमेत सुरु भएको छ। लिपपोत गरेर चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ। घटस्थापनाका दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि जमरा राखिन्छ। जमरा राख्न आज बिहान ९ः४१ बजेको साइत थियो। घटस्थापनाको अघिल्लो…
काठमाडौं : घरघरमा घटस्थापना साथै हिन्दु नेपालीको महान चाड दशैंसँगै नवरात्रसमेत सुरु भएको छ। चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने प्रचलन रहदै अाएकाे छ। यस दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि जमरा राखिन्छ। जमरा राख्न आज बिहान ९ः४१ बजेको साइत थियो।