PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

  • टिकटकबाट जुवा खेलाउने युवक समातिए, १५ दिनमा साढे ८ लाख रुपैयाँको खेल!

    टिकटकबाट जुवा खेलाउने युवक समातिए, १५ दिनमा साढे ८ लाख रुपैयाँको खेल!

    काठमाडौं : टिकटकबाट अनलाइन जुवा खेलाउने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वी रुकुम घर भएका ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलवार ललितपुरबाट नियन्त्रणमा लिएको हो। उनले विभिन्न मानिसलाई ई-सेवामार्फत रकम राख्न लगाएर जुवा खेलेको देखिएको छ। १५ दिनको अवधिमा मल्लले ८ लाख ५३ हजार रुपैयाँ बराबरको जुवा खेलाएको देखिएको छ। उनीविरुद्ध मलुकी अपराध संहिता…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

    काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री गिरीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। उनलाई ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री गिरीलाई नेकपा (एमाले) का २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाका सभामुखको लागि आज निर्वाचन हुँदै, घिमिरे र न्यौपानेबिच प्रतिस्पर्धा

    प्रतिनिधिसभाका सभामुखको लागि आज निर्वाचन हुँदै, घिमिरे र न्यौपानेबिच प्रतिस्पर्धा

    काठमाडौं : प्रतिनिधिसभाका सभामुख पदको लागि बिहीवार निर्वाचन हुँदैछ। बिहीवार बिहान ११ बजेदेखि निर्वाचन सुरु हुनेछ। बिहीवारको प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। सभामुखको निर्वाचनका लागि बुधवार मनोनयन भएको थियो। जसमा सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। घिमिरेको प्रस्तावक एमालेका…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

    बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। खेलको अन्तिम समयमा अग्रता जोगाउन नसक्दा युनाइटेड घरेलु टोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलको ४३ औं मिनेटमा युनाइटेडले खेलमा अग्रता बनाएका थियो। युनाइटेडलाई क्रिस्टियन एरिक्सनको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको प्यालेसलाई मिचेल…

    विस्तृतमा पढ्नुस्

  • जसिन्डा आर्डेर्नले आगामी महिना न्युजिल्यान्डको प्रधानमन्त्रीबाट राजीनामा दिने

    जसिन्डा आर्डेर्नले आगामी महिना न्युजिल्यान्डको प्रधानमन्त्रीबाट राजीनामा दिने

    जसिन्डा आर्डेर्नले आगामी महिना न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने बिहीवार घोषणा गरेकी छिन्। नेतृत्व गर्नका लागि अब आफूसँग ‘पर्याप्त क्षमता’ नभएको आर्डेर्नले बताएको छिन्। प्रधानमन्त्रीको रुपमा ‘चुनौतीपूर्ण’ छ वर्ष काम गर्दा परेका प्रभावबारे बताउँदा उनी भावुक भएकी थिइन्। उनले फेब्रुअरी ७ अघि नै लेबर पार्टीको प्रमुखबाट राजीनामा दिनेछिन्। उनको प्रतिस्थापनका लागि आगामी दिनमा मतदान हुनेछ। न्युजिल्याण्डमा १४ अक्टोबरमा आम निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • बर्सेनि थपिँदै ‘सहकारी ठगी’ मुद्दाको चाङ : छोटो समयमा धेरै नाफा खोज्दा निक्षेपकर्ताको बिचल्ली

    बर्सेनि थपिँदै ‘सहकारी ठगी’ मुद्दाको चाङ : छोटो समयमा धेरै नाफा खोज्दा निक्षेपकर्ताको बिचल्ली

    काठमाडौं : ‘तपाईँले सम्पर्क गर्दै गर्दा खेरी नै दुई वटा उजुरी आइसकेको छ,’ सहकारी विभागका गुनासो सुन्ने अधिकारी उपरजिस्ट्रार खिमानन्द आचार्यले भने। उनका अनुसार पछिल्लो समय विभागमा आफ्नो बचत डुबेको, सहकारीबाट विभिन्न बदमासी भएको भन्दै लिखित तथा मौखिक रुपमा गुनासो आउने क्रम बढेर गएको छ। सहकारी ठगीदेखि गुनासोको लागि सहकारी विभागमा मात्र होइन नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेलो सरकारदेखि…

    विस्तृतमा पढ्नुस्

  • पार्टीका सांसदलाई भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

    पार्टीका सांसदलाई भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

    काठमाडौं : नेपाली कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई मतदान गर्न ह्वीप जारी गरेको छ। न्यौपानेले सभामुखमा उम्मेवारी दिएपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदहरुलाई ह्वीप जारी गरेका हुन्। सभामुख चयनका लागि भोलि प्रतिनिधि सभामा मतदान हुँदैछ। सभामुखका लागि एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ। आफ्नो दलको उम्मेदवारलाई जिताउन भन्दै कांग्रेसले उक्त ह्वीप जारी गरेको हो। 'बैठकमा प्रतिनिधि सभामा…

    विस्तृतमा पढ्नुस्

  • उर्जा र भौतिकको सचिव साटफेर, ७ दिनभित्र हरेक मन्त्रालयले कार्ययोजना बनाउनुपर्ने सरकारको निर्णय

    उर्जा र भौतिकको सचिव साटफेर, ७ दिनभित्र हरेक मन्त्रालयले कार्ययोजना बनाउनुपर्ने सरकारको निर्णय

    काठमाडौं : सबै मन्त्रालयले ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नुपर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ। बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषकदको बैठकले न्यूनतम कार्यक्रमलाई कार्वान्वयनका लागि कार्ययोजना बनाउने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यस्तै मन्त्रिपरिषदले उर्जा मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधारमा र भौतिक पूर्वाधार मन्त्रालयका गोपाल प्रसाद सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गर्ने पनि निर्णय गरेको छ। उर्जा मन्त्रालयको कार्यभार…

    विस्तृतमा पढ्नुस्

  • ‘म्युजिक फर ह्युमानिटी’ : २५ जनवरीबाट सुरु हुँदैछ अष्ट्रेलियामा नेपथ्यको सांगीतिक यात्रा

    ‘म्युजिक फर ह्युमानिटी’ : २५ जनवरीबाट सुरु हुँदैछ अष्ट्रेलियामा नेपथ्यको सांगीतिक यात्रा

    काठमाडौं : सांगीतिक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ। जनवरी २५ (माघ ११) सुरु हुने उक्त कन्सर्ट अष्ट्रेलियाका आठ सहरमा आयोजना हुनेछ। ‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै एक महिना लामो देशव्यापी यात्रा गरेको थियो। अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रवर्द्धन गर्न सफल भएको जस पाएको थियो। सोही सांगीतिक यात्राबाट प्रेरित…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु

    युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु

    युक्रेनको राजधानी कीभको पूर्वी उपनगरमा रहेको नर्सरी स्कुल नजिकै हेलिकप्टर दुर्घटना हुँदा त्यहाँका आन्तरिक मामिला मन्त्रालयका तीन प्रमुख व्यक्तिको मृत्यु भएको छ। ४२ वर्षीय आन्तरिक मामिलामन्त्री डेनिस मोनास्टिरस्कीसहित राज्यमन्त्रीको मृत्यु भएको हो। ब्रोभरीमा बुधवार भएको दुर्घटनामा हेलिकप्टरमा सवार नौ जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित जमिनमा रहेका अन्य नौ जनाको पनि मृत्यु भएको थियो। मन्त्री मोनास्टिरस्की युद्ध सुरु भएदेखि युक्रेनले…

    विस्तृतमा पढ्नुस्

  • मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, विपक्षमा मत शून्य

    मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, विपक्षमा मत शून्य

    काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन्। बुधवार भएको मतदानमा उपस्थित १०२ सांसद सबैले पक्षमा मतदान गरेका छन्। विपक्षमा शून्य मत खसेको छ। १०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ। बुधवारको मतदानमा ३ जना सांसद अनुपस्थित रहे। २ जना सांसदविरुद्ध सर्वोच्चमा मुद्दा चलिरहेकोले उनीहरुको शपथ ग्रहण पनि रोकिएको…

    विस्तृतमा पढ्नुस्

  • सभामुखमा जितहारबारे सोध्दा इश्वरीको उल्टै प्रश्न : शुरुमै त्यस्तो सोध्नुभएको चाँहि महिला भएर हो कि?

    सभामुखमा जितहारबारे सोध्दा इश्वरीको उल्टै प्रश्न : शुरुमै त्यस्तो सोध्नुभएको चाँहि महिला भएर हो कि?

    काठमाडौं : सभामुखमा उम्मेदवारी दर्तापछि कांग्रेसकी ईश्वरी न्यौपानेले परिणाम आफ्नो पक्षमा आउने दाबी गरेकी छिन्। नयाँ बानेश्वरको ल्होत्से हलमा उम्मेदवारी दर्ता लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै न्यौपानेले निर्वाचन पछि नै परिणाम थाह हुने बताइन्। न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन्। यसअघि एमालेबाट देवराज…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसकी ईश्वरी न्यौपानेले दर्ता गरिन् सभामुखमा उम्मेदवारी

    कांग्रेसकी ईश्वरी न्यौपानेले दर्ता गरिन् सभामुखमा उम्मेदवारी

    काठमाडौं : नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवार दर्ता गरेकी छिन्। न्यौपानेेको प्रस्तावकमा कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन्।  सभामुखमा कांग्रेसले उम्मेदवारलाई सघाउन कांग्रेसले एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँगसमेत छलफल गरेको छ। एमालेका देवराज घिमिरेले यसअघि उम्मेदवारी दर्ता गरिसकेका छन्।

    विस्तृतमा पढ्नुस्

  • 'जेरी २' आना शर्मा पनि अनुबन्धित

    'जेरी २' आना शर्मा पनि अनुबन्धित

    काठमाडौं : फिल्म ‘जेरी २’ मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छिन्। निर्माण कम्पनी र अभिनेत्री आनाबिच मंगलवार लिखित सम्झौता भएको हो। फिल्ममा आनाको मुख्य रहने फिल्मका निर्माता सरोज न्यौपानेले जानकारी दिए। यस फिल्ममा आनासहित अनमोल केसी र पूर्णिका सिंजापति मुख्य भूमिकामा देखिनेछन्। हेमराज बिसी निर्देशित यो फिल्म सन् २०१४ मा रिलिज भएको हिट फिल्म ‘जेरी’को सिक्वेल हो। जसमा आना र अनमोलको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

    लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

    बुटवल : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाणले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई प्रदेश सभा नियमावली, २०७९ बमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराएका थिए। भने उपसभामुख खाणलाई सभामुख घर्ती शपथ गराएका हुन्। मंगलबार…

    विस्तृतमा पढ्नुस्

  • अझै भेटिएनन् कार दुर्घटनामा चोभारको खोलामा बेपत्ता चालक, यसरी खोजी गर्दै प्रहरी

    अझै भेटिएनन् कार दुर्घटनामा चोभारको खोलामा बेपत्ता चालक, यसरी खोजी गर्दै प्रहरी

    काठमाडौं : गत सोमबार साँझ कीर्तिपुरमा सवारी दुर्घटना हुँदा बेपत्ता भएका पुरुष अझै भेटिएका छैनन्। माघ २ गते साँझ कीर्तिपुर नगरपालिकास्थित चोभार जलविनायक नजिक भएको कार दुर्घटनामा एक जना बेपत्ता भएका थिए। बा ५ च ५६५४ नम्बरको कारमा रहेका चालक राजकुमार खत्रीको खोजी भइरहेको छ। कार वाग्मती नदीमा खसेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता पुरुषको खोजी गरिरहेको छ। बुधबार दिउँसो यो…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनी फुटबल टोली बंगलादेश आउँदै, मैत्रीपूर्ण खेलको तयारी

    अर्जेन्टिनी फुटबल टोली बंगलादेश आउँदै, मैत्रीपूर्ण खेलको तयारी

    लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली बंगालदेश आउने भएको छ। बंगलादेश फुटबल संघ (बीएफएफ) बीएफएफका अध्यक्ष काजी सलाउद्दिनले मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोली बंगलादेश आउने सम्भावना रहेको पत्रकार सम्मेलन गर्दै बताएका हुन्। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाले कतार विश्वकप जितिरहँदा बंगलादेशका अर्जेन्टिनी फुटबल समर्थक विश्वभरका सञ्चारमाध्यमको हेडलाइन बनेका थिए। विश्वकपपछि बीएफएफले विश्व च्याम्पियनलाई आमन्त्रण गर्न पहल सुरु गरेको जनाएको छ। 'अर्जेन्टिनाको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेद्वार बनाउने

    कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेद्वार बनाउने

    काठमाडौं : नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। आज ४ बजेभित्र सभामुखको उम्मेवारी दर्ता गरिसक्नुपर्ने कार्यतालिका रहेको छ। न्यौपानेले केही बेरमै सभामुखमा उम्मेदवारी दर्ता गर्ने कांग्रेस सांसद सीता गुरुङले जानकारी दिइन्। सभामुखमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सघाउने एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको प्रमुख सचेतकको जिम्मेवारीमा ज्ञानेन्द्र शाही

    राप्रपाको प्रमुख सचेतकको जिम्मेवारीमा ज्ञानेन्द्र शाही

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रवक्ताबाट हटाएको छ। केन्द्रीय कमिटी बैठकले शाहीलाई प्रवक्ताबाट हटाएको राप्रपाको विज्ञप्तिमा उल्लेख छ। प्रवक्ताको जिम्मेवारी मोहन श्रेष्ठलाई दिएको राप्रपाले जनाएको छ। 'ज्ञानबहादुर शाहीलाई पार्टी प्रवक्ता बाट पदमुक्त गरी प्रवक्ता तथा प्रचार प्रसार विभाग मोहन श्रेष्ठलाई लाई जिम्मेवारी दिइएको छ,' विज्ञप्तिमा भनिएको छ। राप्रपाले आजै शाहीलाई संदीय दलको प्रमुख सचेतक बनाएको छ। संसदीय…

    विस्तृतमा पढ्नुस्

  • मधेस कांग्रेसको नीति केन्द्रको जस्तै : मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

    मधेस कांग्रेसको नीति केन्द्रको जस्तै : मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

    जनकपुरधाम : नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले कांग्रेसले प्रदेश सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएका छन्। बुधबार प्रदेशसभाको बैठकमा सांसद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्। उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताए। सांसद यादवले कांग्रेस प्रतिपक्षी बेञ्चमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell