काठमाडौं : नेकपा एमालेबाट सभामुखमा देवराज घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन्। प्रस्तावक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन्। भोलि सभामुखको निर्वाचन हुँदैछ। यसका लागि संघीय संसद सचिवालयमा आज दिउँसो १ बजेबाट उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। उम्मेदवारको अन्तिम नामावली दिउँसो सवा ४ बजे…
काठमाडौं : नेकपा एमालेबाट प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्। घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रस्ताव गरेका हुन्। समर्थकमा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन्। भोलि हुने सभामुखको निर्वाचनका लागि आज १ देखि ४ वजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली…
काठमाडौंः स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र सोही महानगरपालिका-१८ ईनर्वा मनियारी टोल बस्ने १७ वर्षीय किशोर रहेका छन्। वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट…
काठमाडौं : गायक-गायिका दम्पत्ती उदितनारायण झा र दीपा झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा दीपा झाले उक्त रकम कोष संयोजक बसुन्धरा भुसाललाई प्रदान गरिन्। झासँगै कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा र स्वस्तिमा खड्काले पनि कोषलाई आर्थिक सहयोग गरेका छन्। दीपकले १ लाख एक सय ११, दीपाश्री निरौलाले…
काठमाडौं : फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। निर्माण टिम र विपिनबिच बुधवार लिखित सम्झौता भएको हो। फिल्मकी निर्देशक झरना थापाले विपिन फिल्ममा अनुबन्धित भएको जनाएकी हुन्। फिल्ममा विपिनसँगै, सुहाना थापा र धीरज मगरको मुख्य भूमिका रहनेछ। सुहाना इन्टरटेन्मेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन जनकपुर र मनाङ आसपासमा गरिनेछ। फिल्मको छायाङ्कन माघ २० गतेदेखि सुरु हुने…
काठमाडौं : नेपाली कांग्रेसले सभामुखमा उम्मेदवार दिने तयारी गरेको छ। यसबारे निर्णय लिन कांग्रेसले दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक डाकेको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बारहीमा बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले मनोनयन दर्तासम्म अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको थियो। अन्तिम निर्णय भने संसदीय दलको कार्यसमितिले गर्न कांग्रेस सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेले बताए। 'सभामुखमा…
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुखमा उम्मेद्वारी दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न सकेन। बुधवार सभापति शेरबहादुर देउवा निवास धुम्बारहीमा पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा कुनै निष्कर्ष नभएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। 'पदाधिकारी बैठकमा छलफल भयो। हिजो सर्वदलीय बैठकमा भएको कुरा पनि राख्नुभयो,' प्रवक्ता महतले भने, 'दर्ता समय केही बाँकी छ। अन्य सहयोगी दलसँग पनि छलफल…
जनकपुरधाम : मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन्। सभामुख मण्डललाई प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार बिहान पद तथा गोपनीयताको शपथ गराएका हुन्। यस्तै उपसभामुख राउत ईशरलाई सभामुख मण्डलले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गराएका छन्। शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विनाविभागीय मन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति…
काठमाडौं : नेकपा एमालेले सभामुखमा देवराज घिमिरेलाई अघि बढाउने तयारी गरेको छ। भोलि सभामुखको निर्वाचन हुँदैछ। यसका लागि संघीय संसद सचिवालयमा आज दिउँसो १ बजेबाट उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। उम्मेदवारको अन्तिम नामावली दिउँसो सवा ४ बजे प्रकाशन हुने कार्यतालिका रहेको छ। घिमिरे झापा-२ बाट निर्वाचित सांसद हुन्। प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्नेमा सबैभन्दा ठुलो दल एमाले…
काठमाडौं : आज सुनको मूल्य घटेको छ। बुधवार सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। मंगलवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा…
काठमाडौं: बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ। जनवरी २० मा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन्। हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा…
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक अहिले जारी छ। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित अस्थायी निवासमा कांग्रेस पदाधिकारी बैठक भइरहेको हो। बैठकमा प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे कुराकानी भइरहेको बताइएको छ। प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि बुधवार मनोनयन हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका सभामुखको निर्वाचन…
सन् १९९२ देखि २०१३ सम्म इङ्ग्लिस प्रिमियर लिगमा १३ वटा ट्रफी जितेको म्यानचेस्टर युनाइटेडले त्यसताका दबदबा बनाएको थियो। युनाइटेड टिममा विश्वभरका उत्कृष्ट खेलाडी थिए र टिमबाहिर उत्तिकै समर्थक। सन् २०१३ मा म्यानेजर एलेक्स फर्ग्युसनले संन्यास लिएपछि युनाइटेडका समर्थकहरुले आफ्नो साम्राज्य भत्किएको देखे। एउटै सहरमा अर्को फुटबल टोलीले शक्ति विस्तार गर्न सुरु गरिसकेको थियो : म्यानचेस्टर सिटी। शनिवार लिगको खेलमा बलियो…
सांघाई: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन अर्को महिना बेइजिङको भ्रमणमा आउने भएका छन्। गत वर्ष बालीमा भएको जी २० समिटका क्रममा दुई देशका राष्ट्रपतिबीच भएको सहमति अनुसार ब्लिंकन बेइजिङ आउन लागेका हुन्। भ्रमणको तयारीमा दुबै देशका अधिकारीहरु लागेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले ब्लिंकन फेब्रुअरीको सुरुवातमै बेइजिङ भ्रमणमा आउने जानकारी गराएका हुन्। उनले फेब्रुअरीको ५-६ मा बेइजिङ भ्रमण गर्ने रिपोर्टहरु…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण पदमा सहमति गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दाहालले नेपाली कांग्रेसलाई पनि सहमतिमा आउन भनेका हुन्। 'महत्वपूर्ण पदमा सहमति गरौं सबै दलले भनेर प्रधानमन्त्रीले भन्नुभयो,' प्रचण्डको सचिवालयका एक सदस्यले भने। आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद दिन आयोजना गरिएको बैठकमा दाहालले फेरि पनि आफूलाई कांग्रेसले सहयोग…
कैलाली : सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेपाल एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन्। उपसभामुख चयनका लागि मंगलवार साँझ बसेको प्रदेश सभा बैठकबाट चौधरी निर्वाचित भएकी हुन्। चौधरीको पक्षमा २८ र एकीकृत समाजवादीकी माया पन्तको पक्षमा २३ मत खसेको थियो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सदस्य आवश्यक पर्छ। चौधरी एमालेसहित, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा उपसभामुख निर्वाचित भएकी…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलको सहमतिअनुसार नै अगाडि बढ्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दाहालले संवैधानिक पदमा सहमति जुटाउन बैठक आह्वान गरेको बताएको उनको सचिवालयले जनाएको छ। 'सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव माग्नुभएको…
काठमाडौं : नेकपा माओवादीका सांसद हितबहादुर तामाङले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अस्वभाविक ढंगले मुलधारको राजनीतिमा आएको बताएका छन्। मंगलवार काठमाडौंको बौद्धमा सैलुङअनलाइनले आफ्नो सातौं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले उक्त विचार राखेका हुन्। राजनीतिमा लामो लामो समयदेखिको लगानी चाहिने उल्लेख गर्दै स्थापना भएको ६ महिना नपुग्दै रास्वपाले अप्रत्यासित जित निकालेको बताए। यतिमात्र नभएर रास्वपाले उपप्रधान तथा…
काठमाडौं : बालिका बलात्कारको आरोपको मुद्दा खेपिरहेका कलाकार पल शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन्। न्यायधीश कमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने भन्दै अन्तिम फैसला सुनाएको जिल्ला अदालत तनहुँले जनायो। कलाकार शाहलाई नवलपुर जिल्ला अदालतले पनि जबरजस्ती करणीमा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद सजाए सुनाएको थियो। नवलुपर जिल्ला अदालतले शाहलाई २५ हजार जरिबानाको सजाय सुनाएको थियो। पीडितलाई १०…
बुटवल : लुम्बिनी प्रदेशको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाँण निर्विरोध निर्वाचित भएकी छन्। मंगलबार दिउँसो १ बजे बसेको प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुख र उपसभामुख चयन गरेको हो। सभामुखमा भने नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध निर्वाचित भइसकेका थिए। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले उक्त बैठकमा सभामुखमा घर्ती र उपसभामुखमा खाँण निर्वाचित भएको जानकारी दिए। उपसभामुखमा…