काठमाडौं : नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन्। प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताए। मन्त्रालयअन्तर्गत सुरु भएर अघि बढ्न…
काठमाडौं : सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ। नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेकी हुन्। कृषिमा लगानी अभिवृद्धि गरि उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ। कृषि लगानी दशक आर्थिक वर्ष २०८०-८१ देखि २०८९-९० सम्म सञ्चालन…
जनकपुर : मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्। मंगलबार प्रदेशसभामा भएको मतदानमा १०५ जना सांसद कायम रहेकोम १०३ जना सांसदले मतदान गरेका थिए। सभामुखको लागि नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार बनेका थिए। मण्डलको पक्षमा ७४ मत पर्दा उनको विपक्षमा २९ मत परेको हो। मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदबाहेक बाँकी प्रदेशसभा सदस्यहरुले मतदान गरेका…
काठमाडौं : सरकारलाई समर्थन गरेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि सोमवार नै उच्चस्तरीय राजनीतिक संयन्त्रको र मंगलवार सर्वदलीय बैठक बोलाएका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले। को को छन् बैठकमा? सरकारलाई संसदमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै समर्थन गरेका थिएनन्। त्यसबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय…
काठमाडौँ: प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा विभागीय टोली एपीएफ सुदूरपश्चिम प्रदेशसँग पराजित भएको छ। इटहरीस्थित जनता क्रिकेट पार्क मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले ४ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रनको स्कोर खडा गरेको थियो। एपीएफका लागि ममता चौधरीले सर्वाधिक अविजित…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन्। गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारी पत्र बुझाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। ८७…
काठमाडौं : पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर-७२ विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ। एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए। 'एटीआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ', उनले भने, 'विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
हेटौंडा : वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। मङ्गलबार भएको मतदानमा ११० सदस्यीय बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका छन्। विश्वासको मतका लागि उनलाई ५६ मत भए पुग्थ्यो। उनको विपक्षमा ३ जनाले मात्रै मत दिए। सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं विश्वासको मतमा सहभागी भएनन्। प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल…
काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका हुन्। यस्तै, उनले हवाई सुरक्षामा विशेष ध्यान दिने समेत…
काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। आज मात्रै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्। उहाँले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिएका थिए। मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गरेका थिए। स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका…
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अमेजन प्राइमको वेब सिरिज ‘दहाड’ मा प्रहरीको भूमिकामा देखिने भएकी छिन्। सो वेब सिरिज रिलिज अघि नै बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियर हुनेछ। यसरी फेस्टिभलमा प्रिमियर हुने यो पहिलो भारतीय वेब सिरिज हो। एक्सेल मिडिया एन्ड इन्टरटेनमेन्ट र टाइगर बेबी द्वारा निर्माण गरिएको वेब सिरिजमा रीमा कागती र रुचिका ओबेरोयको निर्देशन छ। बर्लिनमा प्रिमियर हुने ‘दहाड’ ले…
काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले पदबहाली गरेकी छिन्। शीतल निवासमा शपथग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहणपछि उनले पहिलो निर्णयमा हस्ताक्षरसमेत गरिन्। पौड्याल राष्ट्रियसभा सांसद हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेकी हुन्। पदबहालीपछि उनले जनतालाई सेवा प्रवाह सहज बनाउने आफ्नो पहिलो प्राथमिकता भएको बताइन्। 'मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई…
काठमाडौं : रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गरेका छन्। उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले स्वागत गरे। नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाए। भने,'मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभइ समग्र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्वपूर्ण सावित हुनेछ। राष्ट्रको सम्मुन्नति…
काठमाडौं : मन्त्रिपरिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको वरियता पाँचौँ भएको छ। उपप्रधान तथा उर्जा जलस्रोत तथा सिँचाई मन्त्री नियुक्त भएका लिङ्देन ४ जना उपप्रधानमन्त्री मध्ये पुछारमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वरियताको पहिलो क्रममा छन् भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल दोस्रो, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। दाहालले ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको हुन्। प्रचण्डले नेता पुनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकसँग उनको अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी…
काठमाडौं : सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकिएको छ। उक्त निर्वाचनको लागि मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्मका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। भोलि दिउँसो सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन र पुस ५ गते ११ बजे बैठक सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढने संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक सुरु भएको १५ दिन भित्र सभामुख चयन…
काठमाडौं : उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा, जल र सिँचाइको क्षेत्रमा काम गर्नको लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन्। आज शीतल निवासमा शपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्दै लिङ्देनले पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन्। पाँच वर्षसम्म योजनाबद्ध रुपमा काम गर्नको लागि कार्यदल गठन गर्ने निर्णय गरेको लिङ्देनले बताए। मन्त्रालयको सहसचिवको नेतृत्वमा तीन सदस्य कार्यदल गठन गरिएको उनले बताए। कार्यदलले विगतका योजना र…
काठमाडौं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छिन्। आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्। पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुवात गरिन्। उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताइन्। देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक सिंह र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा भण्डारीले मन्त्रीहरुलाई शपथग्रहण गराएपछि प्रचण्डलाई राज्यमन्त्रीलाई शपथग्रहण गराएका हुन्। सिंह राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् भने कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ हुन्। यस्तै, माओवादी केन्द्रबाट संस्कृति,…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु शपथ लगत्तै पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका छन्। आज दिउँसो शीतल निवासमा शपथ लिएर निस्किएपछि मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका हुन्। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, दीपक बोहरा, धुब्रबहादुर प्रधान, बिक्रम पाण्डे र दिपक बहादुर सिंह मन्त्री भएका हुन्। लिङदेन उपप्रधान सहित उर्जामन्त्री बनेका हुन्। त्यस्तै बिक्रम पाण्डे सहरी विकासमन्त्री र प्रधान कानुन मन्त्री बनेका छन्। सिंह भने उर्जा राज्यमन्त्री हुन्।