PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

  • सभामुख चयनका लागि मतदान हुँदै

    सभामुख चयनका लागि मतदान हुँदै

    काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदको लागि मतदान प्रक्रिया सुरु भएको छ। सभामुखको निर्वाचनका लागि बुधवार मनोनयन भएको थियो। जसमा सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। अहिले सांसदहरु मतदान गरिरहेका छन्। घिमिरेको प्रस्तावक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ तथा समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा मुक्त रङ्गमञ्ज, राजेश हमालले भने : कला यस्तो अनावश्यक चिज हो, जसको सबैलाई आवश्यकता छ

    मोरङमा मुक्त रङ्गमञ्ज, राजेश हमालले भने : कला यस्तो अनावश्यक चिज हो, जसको सबैलाई आवश्यकता छ

    विराटनगर : अभिनेता राजेश हमालले कला एउटा अनावश्यक चिज भए पनि यो सबैका लागि आवश्यक भएको बताएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकामा शिल्पी थिएटरको मुक्त रङ्गमञ्चको शिलान्यास गर्दै हमालले भने, ‘कला एउटा यस्तो अनावश्यक चिज हो, जसको सबैलाई आवश्यकता छ।’ हमालले कला क्षेत्र यसो हेर्दा झुटको खेतीजस्तो देखिने भए पनि कलाले मानिसलाई त्यही झुटबाट जीवनको सत्य पत्ता लगाउन मद्दत गर्ने पनि बताए।…

    विस्तृतमा पढ्नुस्

  • सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए

    सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए

    काठमाडौं : काठमाडौंमा एक युवकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। आज बिहान सुन्धरास्थित सिभिल महलको पहिलो तलामा २९ वर्षीय युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। शरीरमा आगो लागेको देखेपछि सिभिल मलका कर्मचारीले आगो निभाएका थिए। त्यसपछि लगतै पुगेको प्रहरीले युवकलाई अस्पताल पुर्‍याएको थियो। ट्रमा सेन्टरमा उपचार नभएपछि उनलाई कीर्तिपुर अस्पतालमा लगिएको छ। उनको आत्महत्याको कारण…

    विस्तृतमा पढ्नुस्

  • सात भाइको कथा सुनाउँदै चित्रबहादुर केसीले उठाए रवि लामिछानेमाथि प्रश्न : नयाँ आउनुपर्छ भन्थे, नयाँको स्थिति देखिहालियो

    सात भाइको कथा सुनाउँदै चित्रबहादुर केसीले उठाए रवि लामिछानेमाथि प्रश्न : नयाँ आउनुपर्छ भन्थे, नयाँको स्थिति देखिहालियो

    काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले संसदमा नयाँ दलमाथि प्रश्न उठाएका छन्। हलो बनाउन मिल्ने रुख र सात भाइको कथा सुनाउँदै केसीले नयाँ दलका नयाँ मन्त्रीहरुको ताल यस्तै भएको दाबी गरेका हुन्। यसपटकको सांसद डरलाग्दो देखिएको बताउँदै आएका केसीले बिहीवारको सदनमा पनि यही भनाई दोहोर्‍याए। 'यसभन्दा पहिले पनि सभामुखको निर्वाचन गरेको अनुभव हुन्छ,' केसीले भने, 'यसपाली पहिलेपहिले…

    विस्तृतमा पढ्नुस्

  • सिडिओका लागि गृहले तयार गर्‍यो कार्यविधि : स्थायी ठेगाना भएको जिल्लामा सरुवा नहुने, तोकियो योग्यताको मापदण्ड

    सिडिओका लागि गृहले तयार गर्‍यो कार्यविधि : स्थायी ठेगाना भएको जिल्लामा सरुवा नहुने, तोकियो योग्यताको मापदण्ड

    काठमाडौं : गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा, पदस्थापन र काज सरुवा गर्नको लागि कार्यविधि तयार पारेको छ।राजनीतिक दलको आडमा सिडिओको सरुवा हुने भएकाले यसलाई नियन्त्रणको लागि कार्यविधि तयार गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। कार्यविधिमा सिडिओ हुनको लागि योग्यता, प्राथमिकता, सरुवा गरिने नगरिने मापदण्ड, सरुवा गरिने जिल्लाहरूको वर्गीकरण लगायत विषयहरू उल्लेख गरिएको छ। जिल्लाहरुलाई क, ख र ग गरेर वर्गीकरण…

    विस्तृतमा पढ्नुस्

  • जनमोर्चाले छातीमा मुड्की हानेर कांग्रेसकी न्यौपानेलाई समर्थन गर्छ : चित्रबहादुर केसी

    जनमोर्चाले छातीमा मुड्की हानेर कांग्रेसकी न्यौपानेलाई समर्थन गर्छ : चित्रबहादुर केसी

    काठमाडौं : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सभामुखमा कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई समर्थन गर्ने जनाएको छ। बिहीवार केसीले सदनमा उक्त भनाई राखेका हुन्। जनमोर्चाले छातीमा मुड्की हानेर न्यौपानेलाई समर्थन गर्ने बताएका हुन्। 'जनमोर्चाले छातीमा मुड्की हानेर कांग्रेसको ईश्वरी न्यौपानेलाई समर्थन गर्छ,' केसीले भने।

    विस्तृतमा पढ्नुस्

  • गोङ्गबुबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ

    गोङ्गबुबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ

    काठमाडौं : गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले ७३१ थान राहदानी बरामद गरेको छ। वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट ७३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • माइकल ज्याकसनमाथि 'बायोपिक' बन्ने

    माइकल ज्याकसनमाथि 'बायोपिक' बन्ने

    माइकल ज्याकसनको जीवनमा आधारित फिल्म ‘माइकल’ बन्ने भएको छ। हलिउड स्टुडियो लायन्सगेटले माइकलमाथि बायोपिक बनाउन लागेको डेडलाइनमा उल्लेख छ। एन्टोइन फुक्वाले निर्देशन गर्ने फिल्मको कथा ‘स्काइफल’ लेखक जोन लोगानले लेखेका हुन। ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’ का निर्माता ग्राहम किङले यस फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग सहकार्य गर्नेछन। जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन्। यो फिल्म…

    विस्तृतमा पढ्नुस्

  • सिके राउतले संसदमा सम्झाए बलिदानी दिवस : मौन धारण गर्न लगाउँदा माओवादी, एमाले र राप्रपाका सांसद उठेनन्

    सिके राउतले संसदमा सम्झाए बलिदानी दिवस : मौन धारण गर्न लगाउँदा माओवादी, एमाले र राप्रपाका सांसद उठेनन्

    काठमाडौं : आज मधेश बलिदानी दिवस। मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा विगत १६ वर्षदेखि आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा मनाइँदै आइएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउतले आज प्रतिनिधिसभामा यो दिवसको उल्लेख गरे। राज्यले मधेशलाई दिनुपर्ने सम्मान नदिएको भन्दै उनले मधेशको लागि बलिदानी दिनेको कदर गर्दै मौन धारण गर्न सभासमक्ष अपील गरे। राउतले आफैले सांसदहरुलाई उभिएर शहीदहरुप्रति मौन…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सीके राउतको प्रश्न : थोत्रा विमान सञ्चालकलाई पक्रेर कारवाही गर्न केले रोकेको हो?

    संसदमा सीके राउतको प्रश्न : थोत्रा विमान सञ्चालकलाई पक्रेर कारवाही गर्न केले रोकेको हो?

    काठमाडौं : नेपाल जनमत पार्टीका अध्यक्ष सीके राउतले पोखरामा भएको यती एअरको विमान दुर्घटनाबारे सदनमा प्रश्न उठाएका छन्। मोटरसाइकल दुर्घटनामा मोटरसाइकल धनीलाई कारबाही हुने उल्लेख गर्दै राउतले थोत्रा विमान सञ्चालकलाई पनि कारवाही हुनुपर्ने बताएका हुन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई माथि प्रश्न गर्दै यसमा ध्यान दिनसमेत आग्रह गरे। 'आज पनि मोटरसाइकलले ठोक्किएर मृत्यु भयो भने प्रहरीले के गर्छ? पहिले धनीलाई…

    विस्तृतमा पढ्नुस्

  • ढोक्साबारे ओलीलाई विश्वप्रकाशको चेतावनी : माछा र ढोक्साको कथा बुनेर पिँजडा कसिलो नबनाउनुस्

    ढोक्साबारे ओलीलाई विश्वप्रकाशको चेतावनी : माछा र ढोक्साको कथा बुनेर पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माछाको कथा बुनेर सत्ताको पिँजडा कसिलो नबनाउन चेतावनी दिएका छन्। प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएपछि ओलीले कांग्रेसलाई खाली खोलामा ढोक्सा नफाल्न चेतावनी दिएका थिए। बिहीवारको संसदमा सभामुखमा आफ्नो दलकी उम्मेदवार ईश्वरी न्यौपानेको पक्षमा मत माग्दै शर्माले कांग्रेसले ढोक्सा नथापेको दाबी गरेका हुन्। उनले ओली…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु

    निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु

    काठमाडौं : निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि-रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ। गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि-रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले बताए। आयोगले तोकिए बमोजिमको प्रमाण लिई…

    विस्तृतमा पढ्नुस्

  • के फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो आज पनि संसद भवनमा छिरेका छन्?

    के फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो आज पनि संसद भवनमा छिरेका छन्?

    काठमाडौं : फरार रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कुइरी प्रहरीको खोजी सूचीमा छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्ने निर्देशन दिएको एक साता बढी भइसकेको छ। तर महतो अझै पक्राउ परेका छैनन्। उनी पक्राउ पर्न नसक्नुले नेपाल प्रहरीको क्षमतामा मात्र होइन गृहमन्त्री लामिछानेको आदेशमा पनि संदेह देखाएको छ। गृहमन्त्री लामिछानेको पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • हवाई सुरक्षाप्रति सरकार गम्भीर छ : मन्त्री सुदन किराती

    हवाई सुरक्षाप्रति सरकार गम्भीर छ : मन्त्री सुदन किराती

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले पोखरा विमानस्थल नजिकै बिहान १०:५० बजे सो विमान दुर्घटना भई सेती नदीको खोजमा खसेको र विमानमा चालक दलसहित ७२ जना सवार रहेको बैठकलाई जानकारी दिए।   हालसम्म ७१ यात्रुको शव फेला परेको र…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोग लागेका एमाले सांसद पक्राउबारे गृहमन्त्री रवि लामिछाने : विधि र पद्धतिभन्दा बाहिर जाँदिनँ

    हत्या अभियोग लागेका एमाले सांसद पक्राउबारे गृहमन्त्री रवि लामिछाने : विधि र पद्धतिभन्दा बाहिर जाँदिनँ

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विधि र पद्धति बाहिर गएर गृहमन्त्रालयले सांसद पक्राउ गर्न नसकिने जनाएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखमा एमालेका देवराज घिमिरेलाई मत माग्दै यस्तो भनाई राखेका हुन्। कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोगमा फरार रहेका सांसदले मत हाल्न पाउने नपाउने बारे निर्क्यौल गरेरमात्र सदन अघि बढाउन माग गरेका थिए। गृहमन्त्रीलाई समेत प्रश्न गर्दै खतिवडाले…

    विस्तृतमा पढ्नुस्

  • आमनेसामने हुँदैछन् मेस्सी र रोनाल्डो, रियाद अलस्टार र पीएपसजी आज भिड्दै

    आमनेसामने हुँदैछन् मेस्सी र रोनाल्डो, रियाद अलस्टार र पीएपसजी आज भिड्दै

    युभेन्टस र बार्सिलोनामा छँदा पछिल्लो पटक आमनेसामने भएका पोर्चुगिच स्ट्राइकर क्रिस्टयानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आज आमनेसामने हुँदैन्। साउदी अरेबियामा आज बेलुकी हुने खेलमा रोनाल्डोले रियाद अलस्टार्स र मेस्सीले पीएसजीबाट खेल्नेछन्। पछिल्लो पटक यी दुई खेलमा सन् २०२० मा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र युभेन्टन्टस बीचको खेलमा आमनेसामने भएका छन्। साउदी अरेबियास्थित फाहद इन्टरनेशनल स्टेडियममा यो खेल…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

    प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

    काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै विपक्षमा उभिएको आफ्नो दलले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई सदनमा प्रतिनिधित्व गर्ने दुई दल (नेमकिपा…

    विस्तृतमा पढ्नुस्

  • हत्या आरोपमा फरार सांसदले मत हाल्न पाउने नपाउने छिनोफानोपछि मात्र सदन अघि बढाउन कांग्रेस सांसद खतिवडाको माग

    हत्या आरोपमा फरार सांसदले मत हाल्न पाउने नपाउने छिनोफानोपछि मात्र सदन अघि बढाउन कांग्रेस सांसद खतिवडाको माग

    काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी सभामुखको निर्वाचनमा भाग लिन पाउनेबारे प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठक शुरु हुनसाथ कांग्रेस सांसद खतिवडाले हत्या अभियोगमा फरार रहेका सांसदको मतदान प्रक्रियामा सहभागी हुन नपाउने कि पाउने निर्क्यौल गरेरमात्र सदन सञ्चालन अघि बढाउन माग गरेका हुन्। 'अहिले सभामुखको निर्वाचन हुँदैछ। सभामुखको निर्वाचन हुने बेला यस संसदमा हत्याको…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया मिलाउन प्रधानमन्त्रीको निर्देशन

    विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया मिलाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये केही यात्रुको शवलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परीक्षणको लागि राखिएको छ। सोको बारेमा जानकारी लिन बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री दाहाल बिहीवार बिहान अस्पताल पुगेर शव परीक्षणको बारेमा जानकारी लिएका हुन्। उनले शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने गरि प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सभामुख चयनका लागि प्रतिनिधिसभामा निर्वाचन प्रक्रिया सुरु (लाइभ)

    सभामुख चयनका लागि प्रतिनिधिसभामा निर्वाचन प्रक्रिया सुरु (लाइभ)

    काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। सभामुखको निर्वाचनका लागि बुधवार मनोनयन भएको थियो। जसमा सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। घिमिरेको प्रस्तावक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ तथा समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell