काठमाडौं: सरकारले चालु आर्थिक वर्षमा ६.९४ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्यसहित आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ।अर्थमन्त्रालयले आइतबार साँझसम्म आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछ। अर्थमन्त्रालय स्रोतका अनुसार संसदबाट नीति तथा कार्यक्रम पारित भएपछि आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ।आर्थिक सर्वेक्षण औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने वा वेवसाइटमा राखेर सार्वजनिक गर्ने टुंगो लागेको छैन। चालु आर्थिक वर्षको बजेटमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको…
पोखराः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको बाधक नेपाली कांग्रेस भएको आरोप लगाएका छन्। प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राजनीतिक सममतिका लागि अरु दल तयार भएको अवस्थामा कांग्रेसले मधेसीलाई उक्साएर सहमतिमा भाँजो हालेको आरोप लगाएका हुन्। आफूले राजनीतिक गतिरोधको निकासका लागि राष्ट्रिय सहमतिको सरकारको कुरा गर्दा कांग्रेस झस्किएको बताए। उनले सहमतीय सरकारमा आफ्नो पार्टीले…
काठमाडौं : नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेशन शो 'हर्ट कुटोर फेशन फियस्टा' हुने भएको छ। क्रिजोना नेटवर्क प्रालि काठमाडौंको आयोजनामा हुन लागेको कार्यक्रममा फेशन शो का साथै डिजाईनहरुबीचको प्रतिस्पर्धा र मेकअप सोकेस समेत हुनेछ। डिजाईनर प्रतिस्पर्धामा २५ जनाको सहभागिता गराईने छ। जेरा मोडेल्स क्रियटिभ लण्डन, डिएमिना म्यागेजिन इटालीको सहकार्यमा नेपाली फेशन इन्डष्ट्रिजलाई अन्तर्राष्ट्रिय फेशन इन्डष्ट्रिजसंग सम्बन्ध बढाउने मूख्य उद्देश्यले…
भरतपुरः नेकपा माओवादी केन्द्रकी भरतपुर महानगरपालिकाका मेयर उम्मेद्वार रेणु दाहालले एमाले उम्मेद्वार देवी ज्ञवालीसँगको दूरी छोट्याउँदै एक हजार ४३ मतान्तरमा झारेकी छिन्। यो समाचार तयार पार्दासम्म जारी मत गणनामा रेणु दाहालको मत ३९ हजार तीन सय ३० छ। त्यस्तै, एमालेका देवी ज्ञवालीको मत ४० हजार तीन सय ७३ छ। भरतपुरमा अब केवल ८ हजार मत गन्न बाँकी रहेको छ। उप प्रमुखमा…
काठमाडौंः साझा पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुख र उपप्रमुखमा पराजित आफ्ना उम्मेदवार किशोर थापा र निरूपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ। साझा पार्टीले विज्ञप्ती जारी गरी पार्टी निर्माणको प्रक्रिया सुरु गरिएको ६ हप्तामै कहीँ कतै सङ्गठन निर्माण नगरी उम्मेदवारी दिंदा पनि कडा प्रतिस्पर्धामाझ दुवै उम्मेदवार तेस्रो–चौथो स्थानमा आउनु मतदाताले पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिइएको तथ्यको स्पष्ट सङ्केत भएको बताएको…
काठमाडौंः सुगम संगीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर...’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोातामाझ आएका छन्। रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता निराजन प्रधानसँग अनस्क्रिन रोमान्स गरेकी छन्। हरि लम्सालद्वारा संगीतबद्ध यो गीतमा सञ्जिव थापाका शब्द सुन्न सकिन्छ। संगीतकार लम्सालले नै यो गीतको संगीत संयोजन गरेका हुन्।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुनियाँको कुनै पनि शक्तिले दोस्रो चरणको निर्वाचन रोक्न नसक्ने बताएका छन्। संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, 'दोस्रो निर्वाचनमा अहिले अन्यौल भयो भन्नुभयो। दोस्रो चरणको निर्वाचन भएरै छाड्छ।' सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले चुनावको सुनिश्चितता जनाएका हुन्। प्रतिपक्षीलाई विश्वासमा लिन सकेका कारण नै दुई…
काठमाडौं : महानगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको कार्यकाल आगामी १७ गतेबाट सुरु हुने भएको छ। आगामी १७ गते राष्ट्रिय सभागृह हलमा प्रमुख निर्वाचन अधिकृतबाट सपथ लिनेछन्। त्यही दिनबाट महानगरका निर्वाचित पदाधिकारी र सदस्यको कार्यकाल सुरु हुने छ। 'महानगरपालिकाका नवनिर्वाचित सबैको दुईप्रति पासपोर्ट साइजको फोटो मागिएको छ,' काठमाडौंका प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले भने, 'आगामी १७ गते उहाँहरुलाई प्रमाणपत्र प्रदान गर्ने र…
काठमाडौं : विभागी प्रतिष्ठाको लडाइँको रुपमा रहेको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ७ विकेटले पराजित गर्दै प्राइम मिनिस्टर कप समूह बी को विजेता बनेको छ। यसअघि नै आर्मी र पुलिसले समूहमा लगातार दुई खेल जित्दै अन्तिम चारमा स्थान बनाइसकेको छ। तर समूह विजेताको होडमा आर्मी पुलिसमाथि हावी भएको हो। पहिलो इनिङ्समा बलर हावी बनेपछि दोस्रो इनिङ्समा ११० रनको सामान्य लक्ष्य…
राजेन्द्र आचार्य भरतपुरः चितवनको भरतपुर महानगरपालिकामा ६ हजार २ सय ५ मत गणना गर्न बाँकी रहेका बेला नेकपा एमालेतर्फबाट मेयर पदका उम्मेद्वार देवी ज्ञावाली माओवादी केन्द्रकी रेणु दहाल भन्दा ७ सय ८४ मतले अगाडि रहेका छन्। एमालेका ज्ञवालीले अहिलेसम्मा जम्मा ४० हजार ९ सय ८० मत प्राप्त गरेका छन् भने दाहालले ४० हजार १सय ९६ मत प्राप्त गरेकी छन्। भरतपुर…
सप्तरी : इटहरीमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। बिष्णुपुर गाउँपालिकामा परिचालन गरीएको प्रहरी टोलीले चेक जाँचका क्रममा सोही ठाउँमा बसोबास गर्ने १९ बर्षिय आदित्य शर्माको साथबाट एक थाल पेस्तोल र दुर्इ राउन्ड गोली बरामद गरेको छ। प्रहरीले आदित्यबाट लागुऔषध गाँजा र जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत समुहको पर्चा समेत फेला पारेको बताएको छ। आदित्यसँग संलग्न भएको आरोपमा…
राजेन्द्र आचार्य चितवनः गतवर्ष जेठ २२ गते नेपाल महिला संघ चितवनको अध्यक्ष बनेकी पार्वती शाह झण्डै एक वर्ष पुग्नै लाग्दा उनी भरतपुर महानगरको उपमेयर बन्ने निश्चित भएको छ। मेयरमा देवी ज्ञवाली र रेणु दाहालकाबीच तीव्र प्रतिस्पर्धा भइरहँदा शाहको भने लगभग जित निश्चित भएको छ। शाह यतिवेला ६ हजार ३ सय ९९ मतले अगाडि छिन् । अब दुई वडामा ६…
भरतपुर : उम्मेदवारबीच अन्तर कम हुँदै रोमाञ्चक बनिरहेको भरतपुर महानगरपालिकाका अन्तिम दुई वडाको मत गन्ने प्रकृया सुरु हुनासाथ मत गणना अवरुद्ध भएको छ। वडा नम्बर १९ को मत गणना सुरु गर्ने क्रममा मुचुल्का उठाउने डायरीमा लेखिएको सिल नम्बर र मतपेटिकामा रहेको सिल नम्बर फरक परेपछि मत गणना प्रभावित भएको हो। मत गणना रोकिएपछि समस्या सुल्ट्याउन छलफल सुरु भएको छ। मत…
बिबिसी फस्ट लेडीको बारेमा त तपार्इले सुन्नुभएकै होला। तर, फस्ट जेन्टलमेनको बारेका सुन्नु भएको छ? लक्जमबर्गको प्रधानमन्त्री जेवीयर बीटलका श्रीमान गाथीयर डेस्टीने त्यहाँका फस्ट जेन्टलम्यान हुन्। नेटो कन्फ्रेन्सको एक तस्विर इटरनेटमा चर्चित भएको छ, जसमा गाथीयर तस्विरमा नेटो नेताहरुका श्रीमती र प्रमिकासँग पोज दिर्इरहेका देखिन्छन्। ब्रसेल्समा आयोजित नेटो कन्फ्रेन्समा प्रतिनीधिका श्रीमतीका लागि विशेष डीनर गरार्इएको थियो। यस डीनरमा डोनाल्ड ट्रम्पकी…
काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले दशौं गणतन्त्र दिवसमा अवसरमा आइतबार राष्ट्रपति भवन शीतलनिवासमा चियापान समारोह आयोजना गरिन्। चियापान समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेता, कलाकारलगायतको सहभागिता रहेको थियो ।
काठमाडौंः सरकारले राजश्वमा नीतिगत परिवर्तन नगरी पुरानै कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ। विपक्षी दलको दबाबका कारण सरकारले नयाँ कार्यक्रम र राजस्व दरमा खासै हेरफेर नगरी बजेट ल्याउने तयारी गरेको हो। सदाझैं यसपाली पनि मदिरा र चुरोटमा अन्तशुल्क बढाइनेछ। मूल्य अभिवृद्धि करको सीमामा हेरेफेर नगरी आयकरको स्ल्याव चलाउने पक्षमा सरकार छ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा…
भरतपुर : सबैको चासोको केन्द्रमा रहेको भरतपुर महानगरपालिकामा स्थगित भएको मत गणना फेरि सुचारु भएको छ। मतपेटिकामा र डायरीमा उल्लेख भएको नम्बर फरक रहेको विवादपछि स्थगित भएको मत गणना नम्बर भेटिएपछि फेरि सुरु भएको हो। हल्लामै रोकिएको मत गणना फेरि सुरु भएको हो। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अब दुई स्थानको मात्र मत परिणाम आउन बाँकी छ। भक्तपुरको चाँगुनारायण नगरपालिका…
काठमाडौं : मन्त्रिपरिषद् बैठकले ७ सय ५९ कैदीलाई कैद मिनाहा गर्ने निर्णय गरेको छ। गणतन्त्र दिवसको अवसरमा उनीहरुको कैद मिनाहा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए। मन्त्रिपरिषद्ले कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो। त्यस्तै मन्त्रिपरिषद्को बैठकले गणतन्त्र दिवसको अवसरमा नेपाल रत्न पदकबाट स्वर्गीय विश्वेश्वरप्रसाद कोइराललाई सम्मानित गर्ने निर्णय समेत गरेको छ।
काठमाडौं: दुई दिनअघि काठमाडौं महानगरको मुख्यालयको ढोकैमा थुपारिएको फोहोर र खल्ड्याङखुल्डुङ सडक देखिन्थ्यो। दुई दिनपछि आइतबार त्यही महानगरको कार्यालय पुग्दा फोहोर कन्टेनरमा कोचिँदै थियो भने खाल्टाखुल्टी कालोपत्रले पुरिँदै थियो। काठमाडौं महानगरपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएकै दिन महानगरले आफ्नो मुहारमा लिपपोत तीब्र बनायो। महानगरको मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। केही दिनमा उनले यहाँको सत्ता सम्हाल्दै छन्। त्यसैले महानगर कार्यालय नवनिर्वाचित…
नरहरि पौड्याल पोखराः पोखरा लेखनाथ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आइतवार सपथ तथा पदभार ग्रहण गरेका छन्। मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङसहित ३३ वटै वडाका निर्वाचित जनप्रतिनिधिले सपथसंगैं पदभार ग्रहण गरेका हुन् । मेयर र उपमेयरलाई निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले पद तथा गोपनियताको सपथ गराएका थिए भने वडा सदस्यहरुलाई मेयर जिसीले सपथ गराएका थिए। महानगरपालिकामा एक मेयर, एक उपमेयरसहित सबै…