PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

  • चुनावपछि विकासले गति लिन्छ : प्रधानमन्त्री

    चुनावपछि विकासले गति लिन्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावपछि गाउँको विकास र सम्वृद्धिले गति लिने बताएका छन्। बलम्बुमा चन्द्रागिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। उनले तोकिएको मितिमै चुनाव हुने भन्दै त्यसका लागि सबैको सहयोग अपरिहार्य भएको बताए। उनले चुनावपछि स्थानीय तहमै संगठित रुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै महत्वपूर्ण रहेको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ सरकारले दर्ता गरेको नयाँ संविधान संशोधन प्रस्ताव

    यस्तो छ सरकारले दर्ता गरेको नयाँ संविधान संशोधन प्रस्ताव

    काठमाडौँ : सरकारले नयाँ संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको छ। पुरानो संशोधन विधेयक आजै संसदबाट सरकारले फिर्ता लिएको थियो। नयाँ संशोधनमा संङ्घीय आयोग गठन गर्ने र त्यसको कार्यक्षेत्र मन्त्रिपरिषद्ले तोके बमोजिम हुने उल्लेख छ। के के छ संशोधन्मा हेर्नुस् -   

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वर-कलङ्की सडकखण्डको निर्माण तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    कोटेश्वर-कलङ्की सडकखण्डको निर्माण तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको स्थलगत निरीक्षण गरेर तत्काल निर्माण कार्य अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन्।  निर्माण कार्यमा भइरहेको ढिलाइप्रति स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि उनले आज सडकखण्डको स्थलगत निरीक्षण गरेका हुन्।  कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा ढिलाइ भएपछि सवारी आवागमनमा समस्या हुनुका साथै धुवाँ धुलोका कारण जनजीवन प्रभावित भएको छ। निर्माण व्यवसायीले कार्य…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा टेलिकमले ल्यायो रिचार्ज बोनससहितका अफर

     नयाँ वर्षमा टेलिकमले ल्यायो रिचार्ज बोनससहितका अफर

    काठमाडौं : नेपाल टेलिकमले नयाँ वर्षका लागि रिचार्ज, डाटा र नाइट भ्वाइसमा अफर ल्याएको छ। नयाँ योजनामा रिचार्जमा १५ प्रतिशतसम्म बोनस, साढे चार पैसासम्ममा एक एमबी डाटा र २५ रुपैयाँमा साढे दुई मिनेट कल सुविधाका योजना छन्। धेरै रिचार्ज धेरै बोनस टेलिकमले रिचार्ज बोनसअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताले एमपोस तथा रिचार्ज कार्ड मार्फत सय र दुई सय रुपैयाँको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ आइजीको पहिलो दिन, हेर्नुस् ७ फोटोमा

    प्रहरी मुख्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित प्रहरी अधिकृतहरु।  फोटो : प्रदीपराज वन्त, रासस

    विस्तृतमा पढ्नुस्

  • संविधानको धारा २१५ मा भएको एउटा 'मिस्टेक' जुन संशोधन हुँदैछ

    संविधानको धारा २१५ मा भएको एउटा 'मिस्टेक' जुन संशोधन हुँदैछ

    काठमाडौँ : मंगलबार सरकारले दर्ता गराएको संविधान संशोधनमा एउटा यस्तो धारा संशोधनको प्रस्ताव गरिएको छ जुन राजनीतिक दलहरुले अजेण्डा बनाएका थिएनन्।  दलहरुले मुद्दा नबनाएपनि सरकारले संविधानको मिस्टेक सच्याउन धारा २१५ को उपधारा ९ संशोधन गर्न प्रस्ताव गरेको हो। स्थानीय तहको निर्वाचन भएर यदि कुनै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पद रिक्त भएको भए धारा २ सय १५ को उपधारा ९ राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • नयाँ संशोधन : स्थानीय तहको के के अधिकार कटौति हुँदैछ?

    नयाँ संशोधन : स्थानीय तहको के के अधिकार कटौति हुँदैछ?

    काठमाडौँ : सरकारले संविधान संशोधनका लागि दर्ता गरेको नयाँ विधेयकमा स्थानीय तहका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुखको अधिकार कटौती गर्न प्रस्ताव गरिएको छ। संविधानको धारा ८६ को उपधारा २ को (क) मा रहेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभा गठनका लागि मतभार फरक पर्ने गरी मतदान गर्न पाउने अधिकार कटौती गर्न प्रस्ताव गरेको हो। राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • रुकुममा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्व 

    रुकुममा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्व 

    रुकुम : यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन्। शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन्। फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।  चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ। नेपाल टेलिकमका सबै फोन अवरुद्ध भएपछि…

    विस्तृतमा पढ्नुस्

  • सात करोड बचत उठाएर सहकारी सञ्चालक फरार, एक सञ्चालक प्रहरीद्वारा पक्राउ

    सात करोड बचत उठाएर सहकारी सञ्चालक फरार, एक सञ्चालक प्रहरीद्वारा पक्राउ

    अजयकुमार साह  महेन्द्रनगर : धनुषामा बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको संख्या बढ्दैछ। जनकपुरस्थित धनुषा र महोत्तरीको विभिन्न ठाउँमा सञ्चालन भइरहेको एक सहकारी संस्था एक्कासी बन्द भएपछि रकम बचत गर्ने सर्वसाधारण चिन्तामा परेका छन्।  सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणबाट बचतका लागि दैनिकरूपमा उठाइँदै आएको करिब रु सात करोड उठाएर सहकारी बन्द गरी सञ्चालक…

    विस्तृतमा पढ्नुस्

  • इजिप्टको चर्चमा भएको बिस्फोटमा मर्नेको संख्या ३७ पुग्यो

    इजिप्टको चर्चमा भएको बिस्फोटमा मर्नेको संख्या ३७ पुग्यो

    इजिप्ट : इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन्।  आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले आफ्नो अमाक न्युज एजेन्सीमार्फत् जिम्मेवारी लिएको छ।  आइतबार नाइल डेल्टाको सहर टान्टामा रहेको सेन्ट जर्ज चर्चमा प्रार्थनाका लागि जम्मा भएका दर्शनार्थीलाई लक्षित गरी गराइएको पहिलो विस्फोटमा २६ जनाको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • म्याद नाघेको औषधिले उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद सजाय

    म्याद नाघेको औषधिले उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद सजाय

    काठमाडौं : म्याद नाघेको औषधि बिक्रीबाट उपभोक्ताको ज्यान गए जन्मकैदको सजाय हुनेगरी संसद्को विधान समिति मातहतको उपसमितिले मौजुदा औषिधि ऐन संशोधनको प्रतिवेदन तयार पारेको छ। ऐनको दफा २२(क) को व्यवस्था संशोधन गरी ज्यान मरेको अवस्थामा ज्यान मारे सरह कैदको व्यवस्थामा थप सजाय उपसमितिले प्रस्ताव गरेको हो। प्रस्तावित मुलुकी फौजदारी संहितासँगै कार्यान्वयन हुनेगरी गर्न लागिएको संशोधन पारित भएमा म्याद गुज्रेको औषधिले…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कार गर्ने दुई जनालाई दश र आठ वर्ष जेल सजाय 

    बालिका बलात्कार गर्ने दुई जनालाई दश र आठ वर्ष जेल सजाय 

    गाईघाट : बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोग प्रमाणित गर्दै उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ।  यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५ हजार दण्डजरिवाना…

    विस्तृतमा पढ्नुस्

  • एयरपोर्टमै पक्राउ परे नेपाल एयरलाइन्सका क्याप्टेन, ९३ हजार अमेरिकी डलर बरामद

    एयरपोर्टमै पक्राउ परे नेपाल एयरलाइन्सका क्याप्टेन, ९३ हजार अमेरिकी डलर बरामद

    काठमाडौं : ९३ हजार अवैध अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले पक्राउ परेका छन्। काठमाडौं-दुबई फ्लाइटका लागि विमानस्थल प्रवेश गर्ने क्रममा आइतबार राति क्याप्टेन अवालेको साथबाट सो परिमाणको अमेरिकी डलर फेला परेको हो। उनी नेपाल एयरलाइन्सको आरए-२२९ जहाजका क्याप्टेन हुन्। विमानस्थलबाट पक्राउ गरी राति नै उनलाई महानगरीय वृत्त गौशाला पुर्‍याइएको थियो। थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी…

    विस्तृतमा पढ्नुस्

  • ५४ अर्ब भारु 'स्रोत नखुलेको आम्दानी' भेटियो, माफियाको लगानी सुनचाँदीमा

    ५४ अर्ब भारु 'स्रोत नखुलेको आम्दानी' भेटियो, माफियाको लगानी सुनचाँदीमा

    एजेन्सी नयाँदिल्ली : भारत सरकारले ५०० र १००० दरका नोट प्रतिबन्धपछि जनवरी १० सम्म ५४ अर्ब भारु (८६ अर्ब ४० करोड नेपाली रुपैयाँ) बराबरको स्रोत नखुलेको आम्दानी (अनडिस्क्लोज्ड इनकम) फेला परेको जनाएको छ। सरकारले नोटबन्दीपछि पुराना नोटहरुलाई वैध बनाउनका लागि 'माफिया' हरुले कस्ताकस्ता उपायहरु अपनाए भन्ने जानकारी सर्वोच्च अदालतलाई दिँदै त्यसबीचमा सुन खरीदबिक्री उच्च भएको विवरणसमेत उपलब्ध गराएको छ। नोटबन्दीको…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको बिगुमा सशस्त्र प्रहरीको जीप दुर्घटना, हवल्दारको मृत्यु

    दोलखाको बिगुमा सशस्त्र प्रहरीको जीप दुर्घटना, हवल्दारको मृत्यु

    काठमाडौ‌ं : दोलखाको बिगु गाउँपालिका वडा नं. ७ मा सशस्त्र प्रहरी चढेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिगु गाउँपालिका ७, झमासीमा बिहान करिव ८ बजे जीप दुर्घटनामा परेको हो।  सशस्त्र प्रहरी चढेको बा ९ च ९३६० नम्बरको हाइलक्स जीप दुर्घटनामा परेको हो। दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार मोहनबहादुर घिमिरेको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रविन कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सैनिकको खुलासा- 'पहिचानका लागि लादेनको टाउको जोड्नुपरेको थियो'

    अमेरिकी सैनिकको खुलासा- 'पहिचानका लागि लादेनको टाउको जोड्नुपरेको थियो'

    अमेरिकी नौ सेनाको टिमका एक पूर्व सदस्यले ओसामा बिन लादेनको मृत्युसित जोडिएको आश्चर्यजनक खुलासा गरेका छन्। नेवी सिल टिमका सुटर रोबर्ट ओनिलले आफूले हानेको गोलीले ओसामाको टाउको फुटेको र पछि अनुसन्धान गर्ने क्रममा पहिचानका लागि फेरि टाउको जोडेको बताएका छन्।  आफ्नो नयाँ किताबमा रोबर्टले सेप्टेम्बर ११ को आतङ्ककारी हमलाका मास्टरमाइण्ड ओसामालाई केही मिटरको परबाट आफूले गोली हानेको कुरा पनि उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले दाङ जान रोके निधिलाई : बस्ला त मन्त्रिपरिषद् बैठक?

    प्रधानमन्त्रीले दाङ जान रोके निधिलाई : बस्ला त मन्त्रिपरिषद् बैठक?

    काठमाडौँ : नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न दाङ जान लागेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीको आग्रहमा रोकिएका छन्। हिजो कैलालीबाट कांग्रेसले सुरु गरेको चुनाव केन्द्रित आमसभामा सहभागी हुन दाङ जान टिकटसमेत लिएर बसेका निधि प्रधानमन्त्रीले कुरा गर्ने प्रस्ताव राखेपछि टिकट रद्द गरेर बसेका हुन्। बिहान ११ बजे प्रधानमन्त्री र उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। सरकारमा दोस्रो हैसियतमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने, 'प्रदेशमा कर तिरेपछि केन्द्रमा तिर्नुपर्दैन'

    प्रधानमन्त्रीले भने, 'प्रदेशमा कर तिरेपछि केन्द्रमा तिर्नुपर्दैन'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संघीय ढाँचामा उद्योग व्यवसायीले दोहोरो तेहेरो कर तिर्नु नपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई राजधानीमा आज सम्बोधन गर्दै उनले एक प्रदेशमा कर तिरेपछि अर्कोमा तिर्नु नपर्ने बताए। संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पूँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने उनको भनाइ छ। प्रधानमन्त्रीले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात…

    विस्तृतमा पढ्नुस्

  • दुई फिल्मको रिलिज टार्गेट तय, को जुध्दैछ अनमोल केसीसँग?

    दुई फिल्मको रिलिज टार्गेट तय, को जुध्दैछ अनमोल केसीसँग?

    काठमाडौं : आउँदो वर्ष २०७४ का लागि रिलिज डेट तय गर्ने फिल्मको लर्को लागेको छ। दुई फिल्मले आइतबार मात्र आफ्नो फिल्मको रिलिज टार्गेट तय गरेका छन्। फिल्म ‘पिँजडा ब्याक अगेन’ र ‘झ्यानाकुटी’को रिलिज मिति घोषणा गरिएको हो। एक्सन स्टार निखिल उप्रेतीको डेब्यु फिल्म पिँजडाको सिक्वेल पिँजडा ब्याक अगेन युनिटले माघ ५ लाई टार्गेट गरेको हो। दसैंको बिदामा रिलिज गर्ने भनिए…

    विस्तृतमा पढ्नुस्

  • खैरो हेरोइनसहित झापामा दुई पक्राउ

    खैरो हेरोइनसहित झापामा दुई पक्राउ

    झापा : प्रहरीले लागूऔषध खैरो हेरोइनसहित झापामा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–१० बस्ने २० वर्षीय राजिव पौडेल र १८ वर्षीय आकाश रणपहेली रहेका छन्। आइतबार प्रहरीले उनीहरुको साथबाट ५ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो। मेचीनगर नगरपालिका–६ पुरानो भन्सार कार्यालय अगाडि लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ९३६५…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell