कमल रायमाझी भैरहवा : आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य फेरि रोकिएको छ। विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सबकन्ट्रयाक्टर नेपाली ठेकेदार कम्पनी नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलार्ई कामबापतको ६० करोड ५ लाख ५४ हजार ६१५ रुपैयाँ ९१ पैसा तिर्नुपर्ने पैसा नतिरेको दाबी गर्दै यो विवाद निकालिएको हो। चिनियाँ निर्माण…
काठमाडौं : विद्युत व्यवस्थापनको कुलमान सूत्रबाट त पूरै देश कायल छ। तर उनको त्यो सूत्र के हो? धेरै कमलाई मात्रै थाहा छ। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको सूत्र हो, भइरहेकै आयोजनाबाट पनि अधिकत्तमभन्दा अधिकत्तम विद्युत उत्पादन। र, त्यो विद्युत पनि सबैभन्दा बढी चाहिएको समयमा मात्रै उत्पादन। उनको त्यो विद्युत व्यवस्थापनसम्वन्धी सूत्रको एउटा सानो उदाहरण प्राप्त भएको छ। विगतका…
४२ हजार फिटको उचाइमा उडिरहेको टर्की एयरलाइन्सको विमानमा एक महिलाले बच्चा जन्माएकी छिन्। विमान गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै इस्तान्बुल जाने क्रममा थियो। विमानमा रहेकी ती गर्भवती महिलालाई विमान टेकअफ हुनेवित्तिकै प्रसव पीडा सुरू भएको थियो। विमानका केबिन क्रु र केही यात्रीले मदत गरेपछि ती महिलाले बच्चालाई जन्म दिएकी थिइन्। बोइङ ७३७ विमान बुर्किनाफासोको राजधानी वागाडुग पुगेपछि ती महिला र बच्चालाई अस्पताल पुर्याइएको थियो।…
काठमाडौं : वरीयता विवादका कारण तीन सातादेखि बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएका छन्। प्रधानमन्त्रीले बोलाएको बैठकमा वरीयता विवादका कारण उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि भने नजाने भएका छन्। निधि निकट स्रोतले भन्यो ‘वरिष्ठताका विषयमा उठाएको अडान कायम राख्दै मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने निर्णय भएको छ।’ पछिल्लो तीन सातायता…
काठमाडौं : उपप्रधानमन्त्रीको वरीयताका कारण पटकपटक सर्दै आएको मन्त्रिपरिषद् बैठक आज पनि नबस्ने भएको छ। दिउँसो ३ बजेका लागि डाकेको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो ३ बजेका लागि सारेका हुन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेका बेला अर्का उपप्रधानमन्त्री कमल थापालाई दोस्रो हैसियतमा राखेका प्रधानमन्त्री दाहालले त्यही कारण तीन सातायता मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन्। चैत…
काठमाडौं: गायक रोजिन पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ। 'सम्बन्ध नयाँ' बोलको गीत भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको हो। केशव जंग पाण्डेको शब्दमा तयार गीतलाई कल्याण सिंहले संगीतावद्द गरेका छन्। गायकको यसअघि यो दशैं, मन यो रम्छ, आकाशमा उड्दैछु म लगायत गीत सार्वजनिक छन्। संचारकर्मी समेत रहेका रोजिनले आफ्नै युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा गायक…
काठमाडौं : नेपाल-अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा अमेरिकी दूतावासले सांस्कृतिक मेला आयोजना गरेको छ। जावलाखेल स्थित स्टाफ कलेजमा शनिबार सम्पन्न मेलामा विभिन्न क्षेत्रका युवाले चित्रकला, साङ्गीतिक प्रस्तुति, ब्रेकडान्स, स्केटबोर्ड स्टन्ट एवं कविता वाचन गरेका थिए। मेलामा अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरका साथै नेपालका विभिन्न साङ्गीतिक समूह एवं कलाकारको सहभागिता थियो। अमेरिकी दूतावास एवं सामाजिक संस्थाहरुले स्टल…
सामाजिक सञ्जाल फेसबुकले आफ्नो व्यावसायिक प्लेटफर्म 'वर्कप्लेस' को फ्री भर्सन चाँडै ल्याउने घोषणा गरेको छ। वर्कप्लेस फेसबुकको व्यवसायिक मेसेजिङ सेवा हो। वर्कप्लेसको प्रयोग कारोबार जगतमा एक निश्चित समूहभित्र च्याट गर्न तथा फाइल सेयर गर्नको लागि हुन्छ। फर्चुनको रिपोर्ट अनुसार, फेसबुकले पछिल्लो वर्ष वर्कप्लेसको पेड भर्सन ल्याएको थियो। र पछिल्लो हप्ता यसको फ्री भर्सनको घोषणा गरेको हो। 'यस फ्री स्टेन्डर्ड भर्सनमा कुनै एक व्यक्तिले दोश्रो व्यक्तिसँग…
काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको भनाइ मान्ने हो भने धनगढी प्रिमियर लिग डीपिएल नेपालकै सबैभन्दा ठूलो क्रिकेट टुर्नामेन्ट हो। उनै पारस पेटको शल्यक्रियापछि यसै टुर्नामेन्टमार्फत क्रिकेट मैदानमा पुनरागमन गर्दैछन्। यो राजधानी काठमाडौं बाहिर हुँदैछ। नेपालमा पहिलो पटक पूर्ण अक्सन (खेलाडी लिलामी) को आधारमा टिम तयार पारिएको र सर्वाधिक पुरस्कार राशी भएको टुर्नामेन्ट हो- डीपिएल। धनगढीलाई क्रिकेटको शहरको…
अमेरिकी सेनाले हमला गर्नमा सक्षम युद्धपोतलाई कोरियाली प्रायद्वीपतिर बढ्नको लागि आदेश दिएको छ। हमला गर्नमा सक्षम कार्ल विनसन टुकडीमा युद्धपोतका अतिरिक्त एयरक्राफ्ट क्यारियर पनि समावेश छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको पारमाणविक धम्कीसँग जुध्न अमेरिका एक्लै सक्षम रहेको बताएका छन्। अमेरिकी प्यासिफिक कमानका प्रवक्ता डेभ बेनहमले यस विषयमा भने, 'यस क्षेत्रको सबैभन्दा ठूलो खतरा उत्तर कोरिया हो, किनभने ऊ गैरजिम्मेवार छ…
कायरो : इजिप्टको टान्टा सहरमा रहेको चर्चमा आइतबार बम विस्फोट गराइएको छ। विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ। घटनामा अन्य ५९ जना घाइते भएका छन्। स्थानीय समयानुसार आइतबार बिहान १० बजे सो विस्फोट भएको थियो। घटनास्थल कायरोदेखि १२० किलोमिटर उत्तरतर्फ पर्दछ। यसैबीच पाकिस्तानको पञ्जाव प्रदेशमा पाँच जना लडाकू र एक जना सुरक्षाकर्मी मारिएका…
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा पनि मतदान केन्द्र तोकिन थालेको छ। मतदान केन्द्र तोक्न बाँकी रहेको प्रदेश नम्बर-२ का ८ जिल्ला मध्ये ४ जिल्लाको केन्द्र तोकिएको हो। अब २ नम्बर प्रदेशका सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तहमा मात्र मतदान केन्द्र तोक्न बाँकी छ। '८ मध्ये ४ जिल्लाको मतदान केन्द्र सिफारिस भएर आयोगमा आइसकेको छ,' निर्वाचन…
काठमाडौं : राजधानीको एक गेस्ट हाउसमा युवक मृत अवस्थामा फेला परेका छन्। त्रिवि शिक्षण अस्पतालअगाडि नारायण रिजालले सञ्चालन गरेको डाँफे गेस्ट हाउसको कोठा नं १०५ मा ३२ वर्षीय अजय यादव मृत फेला परेका हुन्। उनी कपिलवस्तु हरिहरपुरका हुन्। कोठाको बायाँपट्टिको ढोकामा उनी पछ्यौराको पासो लगाई झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो। यादव शनिवार दिउँसो २ बजेदेखि होटलको कोठा बुक गरी…
काठमाडौं: नेपाली फिचर फिल्म 'सेतो सूर्य' सिंगापूरमा भएको 'फ्रिवर्ग फिल्म फेस्टिभल'मा चार विधामा पुरस्कृत भएको छ। नेपालका १९ फिल्म प्रदर्शन भएको अवार्ड कार्यक्रममा सेतो सूर्यले अन्तराष्ट्रिय प्रतिस्पर्धमा सहभागिता जनाएको थियो। फिल्मले स्पेसियल मेन्सन अफ द जुरी, अडियन्स च्वाइस अवार्ड, इक्युमेन्सियल अवार्ड र द डन क्विजोटे अवार्ड प्राप्त गरेको हो। जसमध्ये इक्युमेन्सियल अवार्ड बिकास उन्मुख देशका विषय उठाइएको फिल्मलाई दिने अवार्ड…
काठमाडौं : फिल्म 'लभ लभ लभ'ले आयोजना गरेको प्रेमकथा प्रतियोगिताको विजयी घोषणा गरिएको छ। एक महिनाअघि घोषणा गरिएको 'आफ्नो प्रेमकथा पठाउनुहोस्, एक लाख पुरस्कार जित्नुहोस्' प्रतियोगिताअन्तर्गत पाटनकी एलिशा महर्जनको कथा उत्कृष्ट घोषित भएको हो। डेढ सय प्रतिस्पर्धीबाट एलिशाको 'लभस्टोरी' छानिएको फिल्म निर्माता शर्मिला पाण्डेले जानकारी दिइन्। पाण्डेले एलिशालाई एक लाख नगद पुरस्कार हस्तान्तरण गरिन्। काठमाडौंमा आइतबार आयोजित कार्यक्रमबीच फिल्म निर्माण…
आइपीएल-१० अन्तर्गत शुक्रबार भएको खेलमा कोलकता नाइट राइडर्स (केकेआर) ले गुजरात लायन्सलाई १० विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ। कप्तान गौतम गम्भीरसँग नियमित ओपनिङ गर्दै आएका रोविन उथापाको स्थानमा ओपनिङ गरेका क्रिस लायनले आइपीएलमा आफ्नो पहिलो अर्धशतक बनाउनुका साथै उत्कृष्ट प्रदर्शन गरेपछि केकेआरले शानदार जित हासिल गरेको हो। केकआरले लायन्सले दिएको १८४ रनको लक्ष्य विना क्षति १४.५ ओभरमा पूरा…
जितेन्द्र मल्ल कसले बिगार्यो घरबार? अनुसन्धान जारी छ भगवान्, मदिरा या प्यार? अनुसन्धान जारी छ अन्तिम इच्छामा छोराले बेपत्ता बाको खबर सोध्यो अझै पनि भन्छ सरकार अनुसन्धान जारी छ यौटा गरिब रातारात अमीर भएको खबर आयो गरेछ उसले कुन व्यापार? अनुसन्धान जारी छ गोजी रित्तिँदा फैलिन्छन्, भरिँदा मुठ्ठी बन्छन् यी हात के होला यसको उपचार? अनुसन्धान जारी छ उसले चोरेर…
रेमिट्यान्सको प्रभावबाट निम्तिएको आर्थिक-सामाजिक बदलाव र जीवन मनोदशाको शब्दचित्रको रुपमा ‘रेमिटल्याण्ड’ आएको छ। यो उपन्यास वैदेशिक रोजगारीमा जानेहरुको कथामात्र होइन परदेशिएकाहरुको वियोगमा छटपटाउने आफ्नाहरुको अन्तरकथा पनि हो। उपन्यासको विषय, नेपाली समाजमा रेमिट्यान्सको सकारात्मक/नकारात्मक पाटो र नेपाली साहित्यमा वैदेशिक रोजगारको उपस्थितिबारे उपन्यासकार श्याम सिंघकसँग फणीन्द्र संगमले गरेको छोटो वार्ता : पछिल्लो समय वैदेशिक रोजगार र रेमिट्यान्सबारे साहित्यमा पनि चर्चा हुन थालेको…
काठमाडौं : गएराति काठमाडौंको गोकर्णेश्वर-१५ स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ। राति पौने ११ बजे तीव्र गतिमा गुडिरहेको बा ५५ प ७८३३ नम्बरको मोटरसाइकल दुर्घटन हुँदा चालक पेम्वा शेर्पा र पछाडि सवार सुरेश मुखिया घाइते भएका हुन्। घाइते दुवैलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको छ। घाइते मध्ये चालक शेर्पाको अवस्था…
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज बैंकक जाँदैछन्। नियमति स्वास्थ्य जाँचका उनी उनी थाइ एयरको विमानबाट दिउँसो १ बजे थाइल्यान्डको बैंकक प्रस्थान गर्न लागेका हुन्। 'उहाँ नियमित स्वास्थ्य जाँचको लागि जान लाग्नुभएको हो। अरु कुनै कार्यक्रम छैन,' ओलीका सहयोगी रमेश आचार्यले पहिलोपोस्टलाई बताए। उनका अनुसार अध्यक्ष ओलीको बैंकक बसाइ करिब एक साताको हुनेछ। उनले केही समययता…