काठमाडौं: परामर्शदाता छनोटमा २७ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका नलसिङगाड जलविद्युत आयोजनाका निलम्वित कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले अख्तियारमाथि गम्भीर आरोप लगाएका छन्। अदालतमा विचाराधीन मुद्दामा न्यायिक काम कारवाहीलाई समेत प्रभावित पार्नेगरी दैनिक पत्रिकामा विज्ञप्ति (विज्ञापन) प्रकाशन गरी अख्तियार जल माफियाको चंगुलमा परेर आफुमाथि मुद्दा लगाएको आरोप कुँवरले लगाएका हुन्। परामर्शदाता छनोटमा कुनै अपारदर्शी काम नभएको भन्दै…
अमेरिकाले सिरियाका केही इलाकामा मिसाइल आक्रमण गरेको छ। बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिम क्षेत्रमा भएको रसायनिक हमलाको जवाफमा अमेरिकाले सिरियाको केही क्षेत्रमा आक्रमण गरेको छ। अमेरिकी आक्रमणलाई रसायनिक हमलाको जवाफका रुपमा हेरिएको छ। पेन्टागनका अनुसार पूर्वी भूमध्यसागर क्षेत्रमा आक्रमण गरिएको हो। आक्रमण भएको क्षेत्र रसायनिक आक्रमणका केन्द्र भएको बताइएको छ। एक टेलिभिजन सम्वोधनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण भएको क्षेत्र रसायनिक…
काठमाडौं : फिल्म 'डायरी'को निर्माण पक्षले प्रदर्शनका लागि घोषणा भएको मितिभन्दा पनि ढिला ट्रेलर सार्वजनिक गरेको छ। फिल्म चैत ११ गते नै सार्वजनिक हुने भनिएको थियो। तर बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्म युनिटले बल्ल युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो। रेखा थापा अभिनित फिल्म ‘पँलास’ रिलिज मितिसँग जुधेका कारण डायरीले रिलिज मिति सारेको हो। फिल्लमले रिलिजको नयाँ टार्गेट आउँदो जेठ…
काठमाडौं: ‘लिटिल स्टार २०१७'का लागि ७२ प्रतियोगी प्रशिक्षणमा जुटेका छन्। एनोवेसन इवेन्ट म्यानेजमेन्ट र सोविज मिडिया ग्रुपको सहकार्यमा आयोजना भएको बालबालीकाको सौदर्य प्रतियोगीताको अडिशन पछिको वर्कसप सुरु भएको हो। संगीत, गायन, नृत्य, व्यक्तित्व बिकास, सामाजिक उत्तर दायित्व, बाल अधिकार लगायत विषयमा उनीहरुलाई प्रशिक्षण दिइने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका अध्यक्ष महेश केसीले बताए। तीन सातासम्म चल्ने प्रशिक्षणमा अभिनेता जीवन गिरी, यशराज…
नेपालगन्ज : क्रियटिभ ह्यान्ड्स, सिद्धार्थ ग्रुप, सेलिब्रेटी खबर डटकम र क्रियटिभ ग्रुपको आयोजनामा आजदेखि यहाँ सप्ताहव्यापी नेपालगन्ज महोत्सव सञ्चालन गरिएको छ। महोत्सवको पहिलो दिन आज भएको १५ किमीको साइकल दौड प्रतियोगितामा प्रकाश बोहरा, गोविन्दप्रसाद रिजाल र गगनसिंह थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भए। विजेतालाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य–सचिव जीवेन्द्रदेव गिरी र अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक…
काठमाडौं: फिल्म घामपानीको सेलो गीत सार्वजनिक भएको छ। क्षेत्री युवती र तामाङ केटाको प्रेमकथामा आधारित फिल्मको दोस्रो गीत युट्युबमार्फत बिहिबार सार्वजनिक भएको हो। फिल्म समिक्षक दीपेन्द्र लामाले निर्देशनमा डेब्यु 'घामपानी'बाट गरेका हुन्। फिल्ममा कथा पनि उनकै रहेको छ। जातीय विभेदका कारण पैदा हुने पारिवारिक साथै सामाजिक सम्बन्धमा पर्ने असरको कथा 'घामपानी' हो। फिल्मको कथा पनि लामाले नै लेखेका हुन्। एउटा…
मोरङ : प्रहरीले रंगेली नगरपालिका–९ तित्री टोल बस्ने २६ वर्षीय दिपेन्द्र कुमार शाहलाई १० किलो ४ सय ग्राम अवैध चाँदीका तयारी गरगहनासहित पक्राउ गरेको छ। सोही टोलस्थित रंगेली–तित्री भित्री सडकखण्डमा पूर्वबाट दक्षिणतर्फ जाँदै गरेको मे ७ प ६७४ नंबरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिहीबार चालक दिपेन्द्र कुमार शाहको झोलामा उक्त अवैध चाँदीका गरगहनाहरु फेला पारी नियन्त्रणमा लिएको प्रहरीले…
काठमाडौं: यो हप्ता फ्राइडे रिलिजअन्तर्गत एक मात्र नेपाली फिल्म सार्वजनिक भयो। फिल्म 'अपरिचित' आजबाट प्रदर्शनमा आएको हो। जुना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रज्वल गिरी, धुव्र कोइराला, सारिका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष्ण बर्देवालगायतको अभिनय रहेको छ। रुपेश थिङको निर्देशनमा बनेको लभ स्टोरी जानराको फिल्मले सिंगल स्क्रिनका लागि मात्र शो पाएको छ। नेपाली फिल्मतर्फ लप्पन-छप्पन र बलिउडतर्फ नाम सबाना र बर्दीनाथकी दुल्हनियाँ…
काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि संसद् बैठक बहिष्कार गरेको छ। संविधान संशोधन प्रकृया कार्यसूचीमा नपरेको भन्दै मोर्चाले आजको लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक बहिष्कार गरेको हो। शुक्रबार बसेको बैठकको सुरुमै कार्य प्रारम्भपछि मोर्चाका नेता तथा सासंद अकवल अहमद शाहले संसद्मा बोल्दै बहिष्कार गरेका थिए। शाहले संविधान संशोधन प्रकृया टुङगोमा नपुर्याएसम्म बैठकमा सहभागी नहुने र स्थानीय तहको निर्वाचनसमेत नहुने दाबी गरे।…
काठमाडौं: भूटानी शरणार्थीहरुको जीवन कथामाथि बनेको फिल्म ‘देश खोज्दै जाँदा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। फिल्मको अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको हो। भुटानी शरणार्थीको संघर्षको कथा ट्रेलरमा देखाइएको छ। फिल्म युनिटले रिलिज मिती भने जेठ १२ घोषणा गर्यो। साहित्यकार प्रकाश आङदेम्बेले निर्देशन गरेका फिल्म पाँचवर्षभन्दा लामो समयको अध्ययन र अनुसन्धानपछि तयार भएको निर्देशकको दाबी छ। ‘दुई दशकभन्दा लामो समयसम्म नेपालमा…
काबुल : अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ। अफगानिस्तानको सेना, प्रहरी र गुप्तचर संस्थाले संयुक्त रुपमा गरेको सुरक्षा कारबाहीका क्रममा २४ को अवधिमा उनीहरुको मृत्यु भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मारिनेहरु तालिवानी र इस्लामिक स्टेट (आइएस) का लडाकुहरु रहेको सेनाको दाबी छ। देशभरका ३४ प्रदेशमध्ये १३ प्रदेशमा सुरक्षा…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत एच इ यु होङबीच शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीच रहिआएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका विषयमा कुराकानी भएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। भेटवार्तामा नेपाल सरकारका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।
रत्ननगर : पूर्वी चितवनको खैरहनीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका–५ कुमरोजस्थित भित्री सडकमा ना ११ प ४५६१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक सोही ठाउँका ५० वर्षीय जियन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो। रासस
काठमाडौँ : लोकसेवा आयोगले अन्तर्वार्ता भएको ६ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नगर्दा परीक्षामा सहभागी उम्मेदवार मर्कामा परेका छन्। आयोगले स्वास्थ्य सेवातर्फको पाचौँ तहको हेल्थ असिस्टेन्ट पदको गत कात्तिकमा अन्तर्वार्ता सम्पन्न गरेपनि नतिजा अहिलेसम्म प्रकाशन नगर्दा उम्मेदवार मर्कामा परेका हुन्। अन्तर्वार्ता भइसकेको अवस्थामा आयोगले अझैसम्म नतिजा ननिकाल्दा आफुहरु अन्योलमा रहेको पीडित उम्मेदवार शंकर विष्टले बताए। उनका अनुसार आयोगले सोही तहको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारबाट स्टिभ बेननलाई हटाएका छन्। ट्रम्पका राजनीतिक सल्लाहकारका रुपमा लामो समयदेखि कार्यरत बेननलाई ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि गत जनावरीमा सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेका थिए। उनको नियुक्तिलाई आलोचकहरुले परिषद्लाई राजनीतिकरण गर्ने आशंका गर्दै आएका थिए। सल्लाहकारबाट हटाइए पनि बेननको बरियतामा कुनै फेरबदल नभएको ह्वाइटहाउसले स्पस्ट पारेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लेनमाथि निगरानी…
इलाम : इलाममा भइरहेको माइभ्याली गोल्डकपको दोस्रो सेमीफाइनल खेलमा आज रमपम झापा-११ र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने भएका छन्। आज विजयी हुने टिमले २६ गते आर्मीसँग फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। बुधबारको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको थियो। १० खेलाडीमा सीमित पुलिसमाथि आर्मी हाबी भएको थियो। खेलको विजेताले ४ लाख ५० हजार र उपविजेताले २…
नारायण अधिकारी चितवन : अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन संरक्षण गरी राखिएको गिद्धलाई नयाँ ठाउँमा लगेर प्रकृतिमा छाडिने भएको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरा खोरमा राखिएकामध्ये ६ वटा पोथी गिद्धलाई नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा यही वैशाख २ गते छाडिँदैछ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन…
काठमाडौँ : संसदमा विजयकुमार गच्छदार नेतृत्वको पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी भन्दा शक्तिशाली बनेको छ। गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले अन्य दुई साना दललाई पार्टीमा भित्र्याएसँगै पाँचौँ हैसियत कामय गरेको हो। एकतासँगै पार्टीको नाम नेपाल लोकतान्त्रिक पार्टी भएको छ। साथै उसको संसदमा सिट संख्या १७ पुगेको छ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको सिट मात्र १५ छ।…
काठमाडौँ: गायिका अर्पणा श्रेष्ठले एल्बम 'पूर्णेको जुन' मार्फत झण्डै ५ वर्षपछि म्युजिक इन्डस्ट्रीमा कमब्याक गरेकी छिन्। उनलाई कमब्याकमा चर्चित गायक सुगम पोखरेलले साथ दिएका छन्। अर्पणा र सुगम पोखरेलको नयाँ गीत समेत सार्वजनिक भएको छ। गीतमा महेश ज्ञवालीले संगीत दिएका छन् भने शब्द युबराज काफ्लेको छ। गीतको भिडियो सचिन थापाले निर्देशन गरेका हुन्। गायिका श्रेष्ठले नयाँ गीतबाट आफू आशावादी रहेको…
काठमाडौँ : अरुकै एटिएम कार्डको डाटा चोरी गरी पैसा झिक्ने गिरोहलाई सहयोग गरेको अभियोगमा पोखराको टिका रिसोर्ट लेकसाइडका सञ्चालक पक्राउ परेका छन्। महानगरीय प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको टोलीले रिसोर्टका सञ्चालक टीका पौडेललाई पोखराको लेकसाइडबाट पक्राउ गरी बुधवार साँझ महाशाखा ल्याइएको महाशाखा प्रमुख एसएपी दिनेस अमात्यले बताए। 'चैत ८ गते उपत्यकाभित्र पक्राउ गरेका ८ जनालाई उनले आफ्नो स्वाइप मेसिन प्रयोग गर्न…