PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

  • म्यानमारको उपनिर्वाचनमा सुकीको दल एनएलडीलाई बहुमत

    म्यानमारको उपनिर्वाचनमा सुकीको दल एनएलडीलाई बहुमत

    याङगोन : प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको दल ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी) ले संसदमा खाली १९ सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा झन्डै आधा सदस्य विजय गराउन सफल भएको यहाँको निर्वाचन आयोगले आइतबार जनाएको छ।  सुकीको एनएलडीले १९ सदस्यमध्ये नौ सदस्य जितेको छ भने आदिवासी नेता खुन हटुन ओको सान नेसनल लिग फर डेमोक्रेसी (एसएनएलडी) ले दुई प्रतिनिधिसभा सदस्यसहित छ…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प प्रभावित १७ जिल्लामा आजदेखि पहिलो किस्ता, कास्कीको लुम्लेबाट वितरण सुरु हुँदै

    भूकम्प प्रभावित १७ जिल्लामा आजदेखि पहिलो किस्ता, कास्कीको लुम्लेबाट वितरण सुरु हुँदै

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान बापतको पहिलो किस्ता बितरण सुरु गर्ने भएको छ। लाभग्राही सूचीमा समावेश भएकाहरुलाई प्राधिकरणले घर बनाउन दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बितरण गर्न लागेको हो।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान बितरण सुरु गर्दैछन्। कास्कीका…

    विस्तृतमा पढ्नुस्

  • ‘यौन उत्पीडन’को फेसबुक लाइभ, एक नाबालक पक्राउ

    ‘यौन उत्पीडन’को फेसबुक लाइभ, एक नाबालक पक्राउ

    अमेरिकी शहर सिकागोमा १४ वर्षीय एक किशोर यौन उत्पीडनको अरोपमा पक्राउ परेका छन्। १५ वर्षीय युवतीमाथि सामूहिक यौन उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन्। यौन उत्पीडन घटनाको फेसबुकमा लाइभ स्ट्रिमिङ गरिएको थियो।  नावालक भएका कारण प्रहरीले ती युवकको नाम सार्वजनिक गरेको छैन। तर, अपराधिक क्रियाकलापमा उनीविरुद्ध मुद्दा लगाइको छ। ‘चाइल्ड पोर्नोग्राफी’को प्रचारप्रसार गरेको आरोपमा मुद्दा चलाइएको छ। अघिल्लो महिनाको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको पहिलो मेयरको अनुभव : ‘काम गर्दा जेल जानुपर्‍यो’

    काठमाडौँको पहिलो मेयरको अनुभव : ‘काम गर्दा जेल जानुपर्‍यो’

    जनकमान श्रेष्ठ  २००७ सालमा प्रजातन्त्र आएपछि २०१० भदौ १७ गते स्थानीय निकायको निर्वाचन भयो। जनताले आफ्ना जनप्रतिनिधि चुन्ने त्यो पहिलो अवसर पाएका थिए। म त्यतिबेला काठमाण्डौं नगरपालिका वडा नं २ बाट प्रत्यक्ष निर्वाचित भएको थिएँ। काठमाडौँमा  जम्मा १८ वटा मात्र वडा थिए। जसमध्ये ६ वटा वडामा कम्युनिष्ट पार्टि, ५ वडामा प्रजा परिषद्, ३ वडामा नेपाली काङ्ग्रेस, १ वडामा गोरखा परिषद्…

    विस्तृतमा पढ्नुस्

  • पाइलटले 'चितुवा' देखेको सूचना दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध

    पाइलटले 'चितुवा' देखेको सूचना दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै चितुवा छिरेको हल्ला फैलिएपछि करिब १५ मिनेट विमानस्थल अवरुद्ध भएको छ। बुद्ध एयरलाइन्सका पाइलटले बिहान ७ बजेतिर चितवा देखेको सूचना दिएपछि ८ बजेदेखि सवा ८ बजेसम्म विमानस्थलको सम्पूर्ण उडान-अवतरण बन्द गरिएको थियो। 'पाइलटले देखेको चितवा हो कि बिरालो भन्ने अझै निश्चित भएको छैन,' विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने। अहिले विमानस्थलमा पाइलटले देखेको भनिएको चितुवाको खोजी…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा पाँच करोड लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु

    बाबियाचौर : म्याग्दी जिल्लामा यस वर्ष रु पाँच करोडभन्दा बढीको लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ।  जिल्ला समन्वय समितिमार्फत निर्माण सुरु भएका झोलुङ््गे पुल आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रघुगङ्गामा तीन, धौलागिरिमा दुई, अन्नपूर्ण, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालीकामा एक–एक वटा झोलुङ्गे पुल निर्माण हुने समितिका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए।  उनका…

    विस्तृतमा पढ्नुस्

  • जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख राहत

    गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ।  आइतबार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मलाका विश्रामवादीलाई बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले राहतस्वरुप रु १० लाखको चेक हस्तान्तरण गरे।  जङ्गली हात्तीले कुल्चिँदा एकमात्र छोराको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयवासी सडकमा उत्रिएर…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन अब निर्वाचनपछि : माधव नेपाल

    संविधान संशोधन अब निर्वाचनपछि : माधव नेपाल

    पोखरा : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन्।  प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोग पनि वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले…

    विस्तृतमा पढ्नुस्

  • आलोकको यात्रा उपन्यास 'अरुण एक्सप्रेस'माथि अन्तरक्रिया

    आलोकको यात्रा उपन्यास 'अरुण एक्सप्रेस'माथि अन्तरक्रिया

    काठमाडौं : पवन आलोकको यात्रा उपन्यास 'अरुण एक्सप्रेस'माथि अन्तरक्रिया गरिएको छ। नेपाल स्रष्टा समाजले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले विविध विधामा कलम चलाए पनि आलोकको लेखन वैशिष्ट्य अरुण एक्सप्रेसमा विशेष रुपमा झल्किएको बताए। वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले नेपाली साहित्यमा यात्रा उपन्यासमा एउटा नयाँ विधाको कृति आएकाले यसले महत्व राख्ने भनाइ राखे। प्राध्यापक डा. गोविन्दमान…

    विस्तृतमा पढ्नुस्

  • 'घर फर्क' भन्दै पन्ध्रौं कृतिका साथ आए देवी क्षेत्री

    'घर फर्क' भन्दै पन्ध्रौं कृतिका साथ आए देवी क्षेत्री

    काठमाडौँ : डा. देवी क्षेत्री दुलालको १५औँ साहित्यिक कृति उपन्यास ‘घर फर्क’को  विमोचन गरिएको छ। राजधानीमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ कवि वैरागी काइँलाले कृतिको सार्वजनिकीरण गरे। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका कवि वैरागी काइँलाले मोफसलमा बसेर नियमित उत्कृष्ट कृति सार्वजनिक गर्न सक्नु डा. दुलालको साहसिक कार्य भएको उल्लेख गरे। आफ्नो वंशकै थातथलोमा जन्मिएकादुलालले त्यहीँको सांस्कृतिक, सामाजिक र भौगोलिक यथार्थलाई…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान जनगणना : एक पतिका ६ पत्नी र ५४ सन्तान

    पाकिस्तान जनगणना : एक पतिका ६ पत्नी र ५४ सन्तान

    पाकिस्तानको बलुचिस्तानमा चलिरहेको जनगणनाका क्रममा एउटा परिवारमा ५४ सन्तानको जन्म भएको तथ्याङ्क भेटिएको छ।  जन्मिएका सन्तानहरुमा १२ को मृत्यु भइसकेको छ भने ४२ अहिले जीवित नै छन्। बिबिसी उर्दू संवाददाता मोहम्मद काजमीका अनुसार ५० भन्दा बढी सन्तान जन्माउने हाजी अब्दुल मजीद बलुचिस्तानको नुश्की जिल्लाका वासिन्दा हुन्। नुश्की क्वेटाबाट लगभग १३० किलोमिटरको दूरीमा पूर्वतर्फ अफगानिस्तानको सिमानामा रहेको छ। अब्दुल मजीदको उमेर…

    विस्तृतमा पढ्नुस्

  • अचम्म नमान्नुस्, आउँदैछ बिनापेट्रोल चल्ने 'सुपर बाइक'

    अचम्म नमान्नुस्, आउँदैछ बिनापेट्रोल चल्ने 'सुपर बाइक'

    बिना पेट्रोल चल्ने 'सुपर बाइक' हुन सक्छ? के तपाईँले यस्तो सोच्नुभएको छ? लग्जरी कार बनाउने कम्पनी पोर्सले यस्तो बाइक बनाएर देखाएको छ। स्पेनिस डिजाइनर माग्युल ऐन्जल बारीले यस्तो बाइकको डिजाइन गरेका छन्। उनी यसलाई सडकमा ल्याउने अन्तिम तयारी गरिरहेका छन्। यस बाइकको नाम हो- पोर्स ६१८। यो बाइक ९११ टर्बो, ९१८ र ९१९ को डिजाइनमा आधारित छ। बिजुलीबाट चल्ने यो बाइक पावर क्रुजर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियभन्दा जातीय र क्षेत्रीय भावना ल्याउन खोजियो : ओली

    राष्ट्रियभन्दा जातीय र क्षेत्रीय भावना ल्याउन खोजियो : ओली

    काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय भावनाभन्दा जात, भूगोल र क्षेत्रको भावना ल्याउन खोजिएको बताएका छन्।  समसामयिक अध्ययन केन्द्रले आयोजना गरेको ‘वर्तमान संविधान र राष्ट्रियता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले जात, भूगोल, क्षेत्रको भावना ल्याउन खोजिएकाले अहिले राष्ट्रियता चाहिएको बताए।  उनले राष्ट्रियताका सवालमा कसैसँग कुनै पनि किसिमको सहमति गर्न नसकिने भन्दै सबै दल राष्ट्रियतामा एकमत…

    विस्तृतमा पढ्नुस्

  • इराकमा मार्च महिनामा ५४३ सर्वसाधरणको मृत्यु : राष्ट्रसंघ

    इराकमा मार्च महिनामा ५४३ सर्वसाधरणको मृत्यु : राष्ट्रसंघ

    बग्दाद : इराकमा मार्च महिनाभरि भएका आतंकवादी आक्रमण, सेना तथा विद्रोही समूहसँग भएका झडपमा गत महिना अर्थात् मार्चमा ५४३ जना सर्वसाधारणको मृत्यु भएको छ। मार्चमा विभिन्न घटनामा ५६१ जना घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ।  राष्ट्रसंघको सहयोग सम्वन्धी शाखाले शनिबार जारी गरेको विज्ञप्तिमा उक्त मृतक तथा घाइतेको संख्यामा सुरक्षाकर्मीतर्फको तथ्याङ्क समावेश गरिएको छैन। इराकी सेनाले सेनातर्फको क्षतिबारे सूचना नदिएकाले सेनातर्फ…

    विस्तृतमा पढ्नुस्

  • कोलम्वियामा भारी वर्षापछि बाढीपहिरो, २०० जनाभन्दा बढीको मृत्यु

    कोलम्वियामा भारी वर्षापछि बाढीपहिरो, २०० जनाभन्दा बढीको मृत्यु

    एजेन्सी : कोलम्वियाको दक्षिण पश्चिम इलाकामा भारी वर्षातपछि गएको पहिरोमा परी दुई सय भन्दा बढीको ज्यान ज्यान गएको छ। रातभर भएको वर्षापछि पुटुमायो प्रान्तमा गएको पहिरोका कारण ठूलो जनधनको क्षति भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। रेडक्रसका अधिकारीहरुका अनुसार पहिरोमा २२० जना हराइरहेका छन्। २०२ जना घाइते भएका छन्। स्थानीय अस्पतालहरुमा घाइतेको भीड लागेको छ। राष्ट्रपति जुआन मान्युल सान्तोसले पहिरो प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • मतदाता परिचयपत्र छपाइ आजदेखि, प्रदेश २ मा मतदाताको नामावली नै टुंगिएन

    मतदाता परिचयपत्र छपाइ आजदेखि, प्रदेश २ मा मतदाताको नामावली नै टुंगिएन

    काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र छपाइ आजदेखि सुरु गर्ने भएको छ। आइतबार बस्ने आयोगको बैठकले फागुन ९ गतेसम्म संकलित मतादाताको अन्तिम नामावली प्रकाशनका लागि अनुमोदन गरेसँगै परिचयपत्र र नामावली छपाइ सुरु हुनेछ। तर, प्रदेश २ का ८ जिल्लाको मतदाता नामावली भने अझै अन्तिम टुंगो लागेको छैन। नामावली टुंगो नलागेसम्म प्रदेश २ को मतदाता नामावली र…

    विस्तृतमा पढ्नुस्

  • चट्याङबाट ३ जनाको ज्यान गयो

    चट्याङबाट ३ जनाको ज्यान गयो

    काठमाडौं : शनिबार पानीसँगै परेको चट्याङबाट विभिन्न ठाउँमा धनजनको क्षति भएको छ। सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी छिन्। घरमा खाना पकाउँदै गर्दा चट्याङ परी उनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन्। उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोग घेर्न गएका बाबुरामसहित नेता-कार्यकर्ता पक्राउ, हेर्नुस् १२ फोटोमा

    निर्वाचन आयोग घेर्न गएका बाबुरामसहित नेता-कार्यकर्ता पक्राउ, हेर्नुस् १२ फोटोमा

    काठमाडौँ : निर्वाचन आयोगको कार्यालयमा धर्ना दिन पुगेका नयाँ शक्तिका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रमा डा. भट्टराईसहितका पार्टी केन्द्रीय परिषद्का नेताहरु उपस्थित भई कान्तिपथस्थित निर्वाचन आयोगमा धर्ना दिन पुगेका थिए। आइतबार बिहान ९ बजेदेखि पार्टीले आयोगको केन्द्रीय कार्यालयअगाडि धर्ना कार्यक्रम सुरु गरेको थियो। सो क्रममा धर्नामा सहभागी संयोजक भट्टराईसहित नेतृ हिसिया यमी लगायतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर…

    विस्तृतमा पढ्नुस्

  • चीनमा मुसलमानहरुको लामो दाह्रीमाथि प्रतिबन्ध

    चीनमा मुसलमानहरुको लामो दाह्रीमाथि प्रतिबन्ध

    बिबिसी  चीन सरकारले शिन्जियाङ प्रान्तमा इस्लामिक चरमपन्थविरुद्धको अभियानका क्रममा वीगर मुस्लिम समुदायमाथि नयाँ प्रतिबन्ध लगाएको छ। 'असामान्य' रूपले लामो दाह्री राख्न, सार्वजनिक स्थानमा नकाब लगाउन, तथा सरकारी टिभी च्यानल हेर्न नपाउनेजस्ता नियम लगाएको छ। चीनको शिन्जियाङ प्रान्तमा बसेका वीगर मुसलमान समुदाय चीन सरकारले आफूहरुमाथि भेदभाव गरेको आरोप लगाउँदै आएका छन्। केही वर्ष यता यस प्रान्तमा रक्तपातपूर्ण सङ्घर्षहरु हुँदै आएका छन्। चिनियाँ सरकारले भने यस हिंसाको…

    विस्तृतमा पढ्नुस्

  • आख्यानकार नारायण ढकाललाई हृदयचन्द्रसिंह सम्मान

    आख्यानकार नारायण ढकाललाई हृदयचन्द्रसिंह सम्मान

    काठमाडौँ : साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’ आख्यानकार नारायण ढकाललाई प्रदान गरेको छ। वरिष्ठ प्रगतिवादी समालोचक निनु चापागाईंले सो सम्मान शनिबार आयोजित कार्यक्रममा ढकाललाई प्रदान गरे। सम्मानित स्रष्टा ढकालले हृदयचन्द्रसिंहकै पाठशालाको मार्क्सवादी वैचारिकताअनुसार सामाजिक रूपान्तरण अभियान र साहित्यिक आन्दोलनमा आफू क्रियाशील रहेको बताए। ढकालका ‘शहरयन्त्र’, ‘इरफान अलि’, ‘बहिर्गमन’, ‘आत्महन्ता’, नारायण ढकालका कथा’लगायत कथासङ्ग्रह र ‘पीत संवाद’, ‘दुर्भिक्ष’,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell