PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

  • समुद्रको पानी पिउन योग्य हुने, वैज्ञानिकहरुले खोजे नयाँ विकल्प

    समुद्रको पानी पिउन योग्य हुने, वैज्ञानिकहरुले खोजे नयाँ विकल्प

    वैज्ञानिकहरुले समुद्रको पानीलाई पनि पिउन योग्य बनाउने नयाँ विकल्पको खोजी गरेका छन्। यस्तो विकल्पले लाखौँ मानिसलाई पानीबाट राहत मिल्ने अनुमान गरिएको छ।  ब्रिटेनका वैज्ञानिकहरुको एउटा टोलीले ग्रेफिनको एउटा यस्तो चाल्नो विकसित गरेका छन् जसले समुद्रको पानीबाट नुनलाई छुट्याउने छ। ग्रेफिन ग्रेफाइटको पातलो पट्टीजस्तो तत्व हो। ग्रेफिन अक्साइडको यो चाल्नो समुद्रको पानीबाट नुनलाई अलग गर्न निकै उपयोगी हुने बताइएको छ। पानीबाट नुन छुट्याउने…

    विस्तृतमा पढ्नुस्

  • प्रमोद खरेलको स्वरमा 'तिमीलाई पोल्ने चिन्ता'

    प्रमोद खरेलको स्वरमा 'तिमीलाई पोल्ने चिन्ता'

    काठमाडौं: गायक प्रमोद खरेलको स्वर रहेको गीत 'तिमीलाई पोल्ने चिन्ता लाग्छ' सार्वजनिक भएको छ। गीत म्युजीक भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा शिव पँलासको शब्द तथा सन्जु थापाको संगीत रहेको छ। गीतको भिडियोमा भिडीयो सनम कठायत र सृष्टि खड्काको अभिनय देख्न सकिन्छ। गीतको भिडियो निर्देशन संगीतकर्मी होम बहादुर घलेले गरेका हुन्। एभरेष्ट ग्यालरीको प्रस्तुती रहेको म्युजीक भिडियो उत्सव दाहालले…

    विस्तृतमा पढ्नुस्

  • देशमै व्यवसाय गर्नेलाई सरकारले दिन थाल्यो ५ प्रतिशत ब्याजमै ऋण, ७ करोडसम्म पाइने

    देशमै व्यवसाय गर्नेलाई सरकारले दिन थाल्यो ५ प्रतिशत ब्याजमै ऋण, ७ करोडसम्म पाइने

    काठमाडौं : देशमै व्यावसायिक कृषि गर्न चाहनुहुन्छ तर पैसा छैन? सरकारले युवालाई कृषिमा आकर्षित गर्दै विदेश पलायनलाई रोक्न पाँच प्रतिशत ब्याजमै कृषि ऋण दिने भएको छ। व्यावसियक रुपमा तरकारी तथा फलफूल, पशुपन्छी पालन, जडिबुटी, दुग्ध व्यवसाय, माछा पालन, च्याउ खेती, कृषि भण्डारण तथा वधशाला र मासुजन्य व्यवसाय गर्न चाहनेलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउन थालेको हो। सस्तो ब्याजको ऋण…

    विस्तृतमा पढ्नुस्

  • जेठ १९ मा तीन फिल्म पर्दामा, थपियो जालो पनि

    जेठ १९ मा तीन फिल्म पर्दामा, थपियो जालो पनि

    काठमाडौं : आउँदो जेठ १९ गतेका लागि तीन नेपाली फिल्म युनिटको रिलिज टार्गेट रहेको छ। फिल्म 'जालो'ले सोही दिनलाई प्रदर्शन मिति घोषणा गरेसँगै जेठ १९ रिलिजको सङ्ख्या थपिएको हो। यसअघि फिल्म 'रातो घर' र 'जोनी जेन्टलम्यान'ले आफ्नो रिलिज तय गरेको हो। फिल्म 'जालो'लाई अराज केशवले निर्देशन गरेका हुन्। त्यस्तै सुरज सुब्बा निर्देशित 'रातोघर' र नितीन चन्द निर्देशित 'जोनी जेन्टलमेन' पनि जेठ १९…

    विस्तृतमा पढ्नुस्

  • सिरियामा विषालु ग्यास आक्रमण, १८ जनाको मृत्यु

    सिरियामा विषालु ग्यास आक्रमण, १८ जनाको मृत्यु

    बेरुत : विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन्। सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले उनीहरु इडलिब प्रदेशको खान सेइखुनमा मारिएको जनाएको छ। ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ। बेलायतस्थित अनुगमनकर्ताको समूहले घटनाको सम्पूर्ण विवरण भने पाउन नसकिएको…

    विस्तृतमा पढ्नुस्

  • हिसिला यमीलाई करिश्मा मानन्धरको कसिलो साथ

    हिसिला यमीलाई करिश्मा मानन्धरको कसिलो साथ

    काठमाडौँ : आइतबार नयाँ शक्ति नेपालले निर्वाचन आयोग अगाडि आफ्नो दलीय चिन्हकै आधारमा निर्वाचनमा भाग लिन पाउनुपर्ने मागका साथ धर्ना दियो। धर्नामा प्रहरीले हस्तक्षेप गर्दै नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई सहित हिसिला यमी अनि अन्य नेता कार्यकर्ता पक्राउ गर्‍यो। पक्राउ गर्ने क्रममा प्रहरीको ट्रकबाट हिसिलाले नारा लगाइन् – 'यो देशलाई खारेज गर।'  सोमबार हिसिलाले घटनाबारे माफी माग्दै आफूले बेहोसीपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • माओवादी 'जनसत्ता'मा जग्गा पास गर्नेहरुको कहर, ३५ सय परिवार उठिबास

    माओवादी 'जनसत्ता'मा जग्गा पास गर्नेहरुको कहर, ३५ सय परिवार उठिबास

    खोज पत्रकारिता केन्द्रका लागि हरि गौतमको रिपोर्ट तत्कालीन विद्रोही माओवादीको करकाप र जोडबलमा ‘जनसत्ता’ मा घरजग्गा पास गरेर बसेका मध्यपश्चिम पहाडका हजारौं परिवार अहिले बिचल्लीमा छन्। रुकुमका मात्रै ३५ सय घरपरिवारको उठिबास हुँदैछ। ___ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जोगाउन २३ वैशाख २०७३ मा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको सहमतिको बुँदा नम्बर ५ को भित्री कथा के होला?…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङ समाप्त भएको कुलमानको घोषणा, वैशाखदेखि औद्योगिक क्षेत्रमा पनि चौबिसै घन्टा बिजुली

    लोडसेडिङ समाप्त भएको कुलमानको घोषणा, वैशाखदेखि औद्योगिक क्षेत्रमा पनि चौबिसै घन्टा बिजुली

    काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ फेरि नदोहोरिने घोषणा गरेका छन्। वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने उनले बताए। वर्षायाम सुरु भएसँगै उद्योगहरुमा हुँदै आएको लोडसेडिङ अन्त्य भइसकेको घिसिङको भनाइ छ। वर्षायाम मात्र होइन आगामी हिउँदमा समेत लोडसेडिङ हुन नदिने योजना तय गरिएको जानकारी दिँदै उनले भने, ‘आयातका लागि रक्सौल-परवानीपुर र कटैया-कुशाहा प्रशारण लाइन…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाल फेसन आइकन २०१७’ का प्रतियोगीका लागि प्रशिक्षण सुरु

    'नेपाल फेसन आइकन २०१७’ का प्रतियोगीका लागि प्रशिक्षण सुरु

    काठमाडौं: ‘नेपाल फेसन आइकन २०१७’का २० प्रतियोगीहरुका लागि प्रशिक्षण सुरु भएको छ। काठमाडौंमा भएको अडिसनबाट छानिएका प्रतियोगीले अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुटेको आयोजक रनवे नेपालकी सिइयो चाँदनी लामिछानेले जानकारी दिएकी छन्। महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ र फेसन जगतमा नयाँ आयाम थप्नुका साथै नेपाली प्लेटफर्ममा आवश्यक मोडल उत्पादन गर्ने मुख्य उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको छ। १०…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरका घरमा अब एउटै रङ, 'उज्यालो काठमाडौं' कार्यक्रमका यस्ता छन् योजना

    काठमाडौं महानगरका घरमा अब एउटै रङ, 'उज्यालो काठमाडौं' कार्यक्रमका यस्ता छन् योजना

    दिनेश खड्का काठमाडौं : काठमाडौं महानगरपालिकाले एउटै सडक खण्ड तथा गल्लीमा बनेका घरहरुमा एकै प्रकारको रङ लगाउन प्रोत्साहान गर्ने कार्यक्रम ल्याउने भएको छ। नवनियुक्त कार्यकारी प्रमुख ईश्वरराज पौडेलले तत्काल सुधारका कार्ययोजना सार्वजनिक गर्दै 'उज्यालो काठमाडौं' कार्यक्रममा 'रङ योजना' ल्याएका हुन्। सडकबाट देखिने घरका भाग (फेस) मा प्लास्टर र रङरोगन गर्न लगाउने महानगरको योजना छ। योजना अन्तर्गत निजी घर तथा व्यापारिक…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलबाट सुनसहित एक पक्राउ

    काठमाडौँ : सिराहा भोकाहा घर भई काठमाडौँ तिनकुने बस्ने २५ वर्षीय संजय कुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ। उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार्किङ एरियामा यात्रुसँग सुन संकलन गर्दै गरेको अवस्थामा १ सय ग्राम सुनसहित पक्राउ गरिएको हो।  शाहलाई प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सिनामंगलमा बुझाएको छ।

    विस्तृतमा पढ्नुस्

  • 'ट्युबलाइट'ले रिलिज अघि कमायो १५२ करोड

    'ट्युबलाइट'ले रिलिज अघि कमायो १५२ करोड

    सलमान खान अभिनित फिल्म 'ट्युबलाइट'ले फिल्म रिलिज हुनु अघि लगानी उठाएको छ। फिल्मले प्रि-रिलिज १५२ करोडको व्यवसाय गरेको हो। कबिर खान निर्देशित फिल्मको थिएट्रिकल राइट्स १३२ मा भारतको लागि बिक्री भएको हो। सेन्ट्रल इन्डिया सर्किट बाहेक अन्य थिएटरका लागि फिल्मको आधिकारिक राइट्स बेचिएको वेब दुनियाँले जनाएको छ। त्यस्तै फिल्मको म्युजिक राइट्सको पनि २० करोडामा बिक्री भएको छ। सोनी इन्टरटेनमेन्टले ट्युबलाइटको तीन…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट दुईको मृत्यु, पाँच घाइते

    सप्तरी : जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमानगर योगिनीमाई नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जय साफी र सोही नगरपालिका–५ बस्ने २२ वर्षीय रोसन कुमार झा रहेको प्रहरीले जनाएको छ।  मंगलबार मस्जिदबाट फर्कने क्रममा मस्जिद नजिकै कोशीटप्पुको जंगलबाट आएको जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका दुवै जनालाई सगरमाथा अञ्चल अस्पतालबाट थप उपचारको लागि धरान घोपा…

    विस्तृतमा पढ्नुस्

  • बेलायतसँग उपप्रधानमन्त्री निधिले मागे चुनावी सहयोग

    बेलायतसँग उपप्रधानमन्त्री निधिले मागे चुनावी सहयोग

    काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच आज भेटवार्ता भएको छ। गृहमन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो। भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनका विषयमा चासो व्यक्त गरे। त्यस क्रममा गृहमन्त्री निधिले निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल–भारत सञ्चारकर्मी मैत्री सङ्घ स्थापना हुने

    ललितपुर : नेपाल र भारतबीच जनस्तरमा रहेको सदियौँ पुरानो मैत्री सम्बन्धलाई अझ दरिलो बनाउन पत्रकार र आमसञ्चारको महत्वपूर्ण भूमिका रहेको तथ्यमाथि जोड दिँदै ‘भारत–नेपाल सम्बन्ध प्रवर्द्धनमा आम सञ्चारको भूमिका’ विषयक अन्तर्राष्ट्रिय गोष्ठी यहाँ आज समापन भएको छ। भारतको मध्य प्रदेशमा रहेको माखनलाल चतुर्वेदी पत्रकारिता तथा सञ्चार राष्ट्रिय विश्वविद्यालयद्वारा आयोजना गरिएको सो दुइदिने गोष्ठीको समापनका अवसरमा नेपाल–भारत मैत्री सम्बन्धलाई उन्नत बनाउने…

    विस्तृतमा पढ्नुस्

  • एमाले र राप्रपाका नेताहरुबीच भेटवार्ता

    काठमाडौँ : नेकपा एमाले र राप्रपाका नेताहरुबीच मङ्गलबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ।  भेटवार्तामा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल, बामदेव गौतम र सुभासचन्द्र नेम्वाङ र राप्रपाका तर्फबाट अध्यक्ष कमल थापा, दीपक बोहरालगायतका नेताहरुको सहभागिता रहेको थियो।  भेटवार्तापछि राप्रपाका अध्यक्ष कमल थापाले शिष्टाचार र अनौपचारिक भेटवार्ता भएको जानकारी गराए।

    विस्तृतमा पढ्नुस्

  • महानगरले एमबिए पढ्ने विद्यार्थीमार्फत कर अभियान चलाउने

    महानगरले एमबिए पढ्ने विद्यार्थीमार्फत कर अभियान चलाउने

    काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यवस्थापनका विद्यार्थी परिचालन गरी कर अभियान सञ्चालन गर्ने भएको छ। महानगरका नवनियुक्त कार्यकारी प्रमुख ईश्वरराज पौडेलले तीन महिनाभित्र अभियान सुरु गरी निरन्तरता दिने बताए। महानगर भित्रका सरकारी कलेजमा एमबिए र एमबिएस पढ्दै गरेका मार्फत कर उठाउन सकिने नयाँ क्षेत्र पहिचान एवं सबैलाई कर तिर्न प्रेरित गर्ने अभियान चलाउने उनको भनाइ छ। बिहानी सिफ्टमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीलाई…

    विस्तृतमा पढ्नुस्

  • सन्तोषभित्र 'चाखेर किन्न नपाइने जवानी'

    सन्तोषभित्र 'चाखेर किन्न नपाइने जवानी'

    काठमाडौं : इलामे गीतकार सन्तोष भक्त राजलवट एकल गीति संग्रह 'सन्तोष'का साथ आएका छन्। ६ वटा गीत समाविष्ट एल्बममा प्रेम-वियोग, इलामको प्राकृति सौन्दर्यलाई शब्दमा उनिएको छ। इलामका बाँसुरीवादक चुनीराम तिखत्रीको जीवनगाथालाई पनि उनले गीतमार्फत उजागर गरेका छन्। इलाममै रहेर गीतसंगीत साधनमा लागिरहेका राजलवटको यो तेस्रो गीति एल्बम हो। उनले यसअघि ‘दुखाइ’ र ‘हेल्लो ड्राइभर दाइ’ एल्बम सार्वजनिक गरेका थिए। 'सन्तोष'मा…

    विस्तृतमा पढ्नुस्

  • शाहको हत्यापछि असुरक्षा बढेको भन्दै जाजरकोटका एनजिओकर्मीले गाउँ छाडे

    जाजरकोट : असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन्। गैरसरकारी संस्था महासङ्घको निर्देशनअनुरुप उनीहरू गाउँ छाडेर सदरमुकाम खलङ्गा केन्द्रित भएका हुन्।  पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी भएको हत्यापछि यहाँ कार्यरत एनजीओकर्मीले असुरक्षा महसुस गरेका थिए। उनीहरू आतङ्कित बनेपछि गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम प्रभावित बनेका छन्।  प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र…

    विस्तृतमा पढ्नुस्

  • स्विटजरल्यान्डमा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा १९ नेपाली फिल्म प्रदर्शन हुने

    स्विटजरल्यान्डमा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा १९ नेपाली फिल्म प्रदर्शन हुने

    काठमाडौं : स्विटजरल्यान्डमा हुने ‘फ्रिवर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा नेपालबाट १९ नेपाली फिल्म प्रदर्शन हुने भएको छ। ‘न्यु टेरिटरी’ विधा अन्तर्गत १४ नेपाली फिचर फिल्म र ५ सर्ट फिल्महरुको विशेष प्रदर्शनी हुने भएको हो। फिचर फिल्म अन्तर्गत नेपालको पहिलो रंगीन चलचित्र कुमारी लगायत सिन्दुर, वासुदेव, कागबेनी, नुमाफुङ, मुकुन्डो, सुनगाभा, लुट, सेर्दाक, कालो पोथी, हु वील बी अ गुर्खा, सुन्तली, हाइवे, व्हाइट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell