बैतडी : नेपाल पत्रकार महासंघ शाखा बैतडीको छैटौँ अधिवेशनले प्रेमसिंह भाटको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ। सोमबार सम्पन्न जिल्ला शाखाको अधिवेशनबाट भाट सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन्। दुई उपाध्यक्षमा अमर भट्टराई र लक्ष्मी बिजले सर्वसम्मत चयन भएका छन्। यस्तै छैटौँ अधिवेशनबाट सचिवमा नरि बडु र सह-सचिवमा मिलनप्रकाश ढुङ्गाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै नयाँ कार्यसमितिको…
काठमाडौं : सबैभन्दा आकर्षक रोजगार गन्तव्य कोरिया जानको लागि पास गर्नुपर्ने भाषा परीक्षा जेठ २७ र २८ गते हुने भएको छ। यो भाषा परीक्षामा सहभागी हुन चैत ९ गतेदेखि १८ गतेसम्म फाराम भर्नुपर्नेछ। वैदेशिक रोजगार विभाग इपिएस शाखाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै परीक्षा र भाषा परीक्षाको आवेदनबारे जानकारी दिएको हो। शाखाका अनुसार आवेदकले अनलाइनमार्फत फाराम भर्न पाउनेछन्। …
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौं झिकाएका छन्। मंगलबार बिहानै फोन गरेर प्रधानमन्त्री दाहालल सोमबारको घटनाबारे बुझ्न प्रधानमन्त्रीले प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन्। उनीहरुको हेरफेर भने भएको हैन। प्रधानमन्त्रीले गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन्। प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले घटनाबारे जानकारी…
काठमाडौं : वैदेशिक रोजगार लगायत विभिन्न सिलसिलामा विदेश पुगेका मध्ये दुई सय ३१ जना जेलमा रहेको तथ्य सम्बन्धित निकायले प्रधानमन्त्रीलाई पेश गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारी र विदेशमा अलपत्र नेपाली समस्याबारे सरोकारवालासँगको परामर्शका क्रममा उक्त तथ्य प्रधानमन्त्रीसामु पेश गरिएको हो। अर्थ, परराष्ट्र तथा श्रम मन्त्री र सचिवसँगको छलफलमा कुवेत, साउदी अरब, मलेसिया, कतार, युएई, ओमान, दक्षिण कोरिया,…
प्रिमियर लिग अन्तर्गत सोमबार भएको एक मात्र खेलमा चेल्सी विजयी भएको छ। लण्डन डर्बी भिडन्तमा चेल्सीले वेष्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको हो। जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको टोटनहम माथि १० अंकको स्पष्ट अग्रता बनाएको छ भने उपाधि यात्रालाई सहज बनाउँदै लगेको छ। वेष्टह्यामको मेदानमा चेल्सीलाई जित दिलाउन एडेन हाजार्डले पहिलो र डिएगो कोस्टाले दोस्रो हाफमा…
स्पानिस ला लिगा अन्तर्गत सोमबार भएको एक मात्र खेलमा तेस्रो स्थानको सेभिया अलाभेजसँग बराबरीमा रोकिएको छ। गोलरक्षक सर्जि रिकोले सामान्य गल्ती गर्दा सेभियाले अलानभेजसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। बराबरी पछि सेभियाले बार्सिलोना र रियल मड्रिडसँग अंक दुरी कप पार्ने अवसर गुमाएको छ। पाब्लो सारावियाको पासमा विसम बेन येडरले २३ औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए।…
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो वर्तमान समयका सबैभन्दा आकर्षक नेताका रुपमा परिचित छन्। ४५ वर्षे जस्टिनको व्यक्तित्वको जादूले संसारका उनीभन्दा चर्चित व्यक्तिहरुलाई समेत प्रभावित पारेको छ। माथिको फोटोमा जस्टिन जर्मन चान्सलर एञ्जेला मर्केलसँगै देखिएका छन्। एञ्जेलाको गहिरो नजर जस्टिनमाथि गडेको प्रस्टै देख्न सकिन्छ। मर्केलका आँखालाई गहिरिएर हेर्दा जस्टिनको सुन्दरताको जादूले ठूलाबडालाई पनि लठ्याउने खालको देखिन्छ। जस्टिन हालै अमेरिका भ्रमणमा गएका थिए।…
धुलिखेल : राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकमा गाडी जाँदा स्थानीयले अबीरजात्रा गरेका छन्। गाउँमा पहिलो पटक यात्रुबाहक गाडी पुग्दा स्थानीयले अबीरजात्रा गरेका हुन्। जिल्ला सदरमुकामबाट १६ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको बल्थली गाविस र महाँकालचौर गाविसको सिमानामा पर्ने टोड्केमा अहिलेसम्म ठूलो गाडी पुगेको थिएन। आइतबार मात्रै सो ठाउँसम्म पहिलो पटक बिहेको जन्तीसहित गाडी पुग्दा स्थानीयवासीले चालकलाई खादा र अबीर लगाई स्वागत गरेका…
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विज्ञप्तिमार्फत नेकपा एमालेको मेची-महाकाली अभियान क्रममा सप्तरीमा प्रहरीसँगको झडपमा गोली लागेर मारिएको सूचीमा राखेको दिगम्बर यादव अस्पतालमा जिउँदै भेटिएका छन्। मोर्चाले सोमबार बेलुका जारी गरेको विज्ञप्तिमा 'प्रहरीले दमनकारी कार्य गरी हत्या गरेको' भन्दै यादवको नाम समेत मृतकको सूचीमा राखेको थियो। सोमबार बेलुका नै गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने यादवको नाम थिएन। गृहले…
दिनेश खड्का काठमाडौं : राजधानीको सार्वजनिक यातायातमा सुविधा सम्पन्न ठूला सवारी साधन राख्न प्रतिस्पर्धा सुरु भएको छ। साझा यातायातले वार्इफार्इ, एलइडी टेलिभिजन लगायतका सुविधा दिएर सेवा सुरु गरेपछि प्रतिस्पर्धा सुरु भएको हो। साझापछि त्यस्तै सुविधा दिएर निजी क्षेत्रबाट महानगर यातायात र सिटी मेट्रो यातायातले त्यस्तै सुविधासहित सेवा थालेका छन् भने केही कम्पनी नयाँ बस ल्याउने तयारीमा छन्। चाबहिल-कोटेश्वर चल्ने…
काठमाडौं : सप्तरीमा भएको झडपमा तीन जनाको ज्यान गएपछि गृह मन्त्रालयले घटनाबारे बुझ्न शसस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई समेत काठमाडौं डाकेको छ। नेकपा एमालेको मेची-महाकाली अभियानमा अवरोधका भएपछि तीन जनाको ज्यान गएपछि प्रधानमन्त्री पुष्षकमल दाहालले स्थानीय सुरक्षा प्रमुखलाई डाक्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशन अनुसार सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दिवेश…
चितवन : स्थानीय निकायको निर्वाचनको घोषणा गरिएसँगै चितवनको सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ। प्रजिअ नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा निकाय कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएको बताए। अनुमति नलिइएका घरेलु र अन्य हतियारसमेत बुझाउन आग्रह गरिएको छ। एक साताको समयमा त्यस्ता हतियार नबुझाइएमा सुरक्षा निकायले खोजीलाई तीव्रता दिएर…
भारतीय फिल्म इतिहासमा सन् १९१३ मा पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' बनेको थियो। त्यसपछि फिचर फिल्मको विकासमा बलिउडले निकै गति लियो। केही फिल्म कोसेढुङ्गा साबित भए जसले बलिउडको दशा र दिशा दुवै फेरिदिए। केही फिल्म यस्ता जसले कृतिमान राखे। पहिलो अडियो भिजुअल फिल्म फिल्म विज्ञ अमृत गंगरले बिबिसी हिन्दीलाई दिएको जानकारी अनुसार बलिउडको टाइमलाइन जस्ताको त्यस्तै प्रस्तुत गर्न गाह्रो छ। तर…
कठमाडौं: फिल्म 'पलाँस'को नयाँ गीत सार्वजनिक भएको छ। 'मजा लाग्छ मलाई' बोलको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। चैत १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको यो दोस्रो गीत सार्वजनिक भएको हो। भिडियोमा फिल्मका मुख्य दुई कलाकार रेखा थापा र आयुब केसी देखिएका छन्। भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। अर्जुन पोखरेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र युवराज चौंलागाईंको स्वर…
काठमाडौं: तीन जनाको ज्यान जानेगरी सप्तरीमा भएको घटनाबारे अमेरिकाले आफ्नो प्रतिकृयादिँदै अहिसात्मक र लोकतान्त्रिक प्रक्रियामा संलग्न हुन आग्रह गरेको छ। नेपालस्थित अमेरिकी दुतावासले विज्ञप्तिमार्फत सप्तरीमा भएको झडपप्रति गम्भिर चिन्ता ब्यक्त गर्दै राजनीतिक बहसमा हिंसाले ठाउँ नपाओस् भनेको छ। उसले नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रहगर्दै सबै प्रदर्शनकारी र दलहरुलाई अहिंसात्मक रुपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न हुन आग्रह गरेका छन्। नेपाल…
काठमाडौं : एमालेको मेची-महाकाली अभियानकोक्रममा भएको झडपमा तीन जनाको मृत्यु भएको विरोधमा मधेसी मोर्चा आन्दोलनमा उत्रिएपछि असहज अवस्था बनेको भन्दै स्थानीय प्रशासनले राजविराजमा कर्फ्यु जारी गरेको छ। (फोटो: उपेन्द्र महतो ) मोर्चा कार्यकर्ताहरुले सरकारी कार्यालयमा आक्रमण गर्ने र प्रहरीसँगको झडपका घटना बढेपछि सुरक्षाको अवस्था नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराजमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ। ( फोटो: www.hariyopati.com)…
काठमाडौं : सप्तरीको सीमा सुरक्षा कार्यालयका प्रमुख एसपी जयबहादुर खड्काको सरुवा भएको छ। सोमबार भएको झडपमा सशस्त्रको तर्फबाट बढी बल प्रयोग भएको देखिएपछि गृह मन्त्रालयको निर्देशनमा सशस्त्र मुख्यालयले उनलाई काठमाडौं बोलाएर उनको स्थानमा एसपी रामाधर यादवलाई पठाएको छ। एमालेको मेची-महाकाली यात्राको क्रममा सोमबार राजविराजमा भएको झडपमा तीन जनाको ज्यान गएपछि सुरक्षा निकायले बढी बल प्रयोग गरेको भन्दै आलोचना भएपछि गृह…
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छवटा मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा सोमबार हस्ताक्षर गरेका छन्। यसअघि मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशमा सात वटा देश रहेका र परिमार्जन गरिएको यस नयाँ…
लहान : लहानका विभिन्न स्थानमा बजार बन्द गराउँदै हिँड्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ जना कार्यकर्तालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन्।
काठमाडौँ : नेपाली कांग्रेसका सांसदहरुले सप्तरी घटनाको न्यायिक छानविनको माग गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने १९ कांग्रेस सांसदहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी गोली चलाउने प्रहरी प्रशासनलाई निलम्बन गरी दोषीमाथि कारबाहीको माग गरेका हुन्। मधेसको समस्या राजनीतिक समस्या भएको जनाउँदै उनीहरुले त्यसलाई राजनीतिक रुपमा नै हल गर्न पनि भनेका छन्। 'एमालेको मेची महाकाली अभियानको नाममा गरिएको कार्यक्रम…