काठमाडौं : किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता चैत ५ गते हुने भएको छ। काठमाडौं हक्की क्लब र नेपाल हक्की संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको दोश्रो संस्करण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। प्रतियोगितामा विदेशी एकसहित ८ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जनाएका छन्। एकदिने प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ नेपालबाट वीरगन्ज हक्की क्लब,…
काठमाडौं : नेकपा एमालेले कुनै पनि बहानामा निर्वाचन भाँड्न नहुने धारणा राखेको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको प्रमुख तीन दलको बैठकमा एमाले नेताहरुले सप्तरी घटनाको न्यायिक छानविन गर्न पनि सरकारसमक्ष माग गरेका छन्। बैठकपछि उपाध्यक्ष वामदेव गौतमले एमालेको अभियानलाई बिथोल्न खोज्दा पनि सरकारले गम्भीर रुपमा नलिएको बताए। बैठकमा कांग्रेस मौन देखिएको भन्दै उनले महन्थ ठाकुर, उपेन्द्र…
सुन्दरताको न कुनै खास अर्थ हुन्छ, न त यसलाई सीमाभित्र नै राखेर हेर्न सकिन्छ। र पनि सुन्दरतासम्बन्धी केही मानक दृष्टिकोण बनाएर यसबारे अध्ययन, अवलोकन गर्न सकिन्छ। संसारमा बेलाबखत् सुन्दरतासम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि हुँदै आएका छन्। यी १० महिला २०१६ को सबैभन्दा सुन्दर महिलामा छनोट भएका छन्। यो सूचीमा अमेरिकाकी नायिका तथा गायिका सेलेना गोमेजलाई पहिलो नम्बरमा राखिएको छ। १० फोटोमा हेर्नुस्…
भक्तपुर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दल र सुरक्षा निकायले योजनाबद्ध रुपमा सप्तरी घटना गराएको गम्भीर आरोप लगाएका छन्। रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कारमा अध्यक्ष यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको आरोप लगाए। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सुरक्षा निकायले नियोजित रुपमा सप्तरी घटना गराएको…
काठमाडौँ : नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताएका छन्। किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज आयोजना गरेको ‘बुद्ध र नारी मुक्ति’ विषयक गोष्ठीमा उनले बुद्धकालीन समयमा नारीप्रति रहेको विभेदलाई न्यूनीकरण गर्न प्रजापति गौतमीको नेतृत्वमा ५०० नारीलाई बुद्ध शिक्षाको दीक्षा दिइएको बताए। राजदूत परेराले नेपालमा…
काठमाडौं : सप्तरी घटनापछि तीन दिनका लागि मेची-महाकाली राष्ट्रिय अभियान स्थगन गरेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ। आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अभियान फागुन २७ गतेदेखि हेटौंडाबाट पूर्ववत् सञ्चालन गर्ने लगायतका पाँच निर्णय गरेको हो। राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्ध कार्यकर्तालाई स्पष्ट पार्न राजधानीमा बृहत् भेलाको आयोजना समेत गर्ने निर्णय गरिएको…
नेपालगन्ज : बाँके फुटबल सङ्घको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ। यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय नेपालगन्ज रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ८ टीमको सहभागिता रहने आयोजकले जनाएको छ। जसमा मनाङ मर्स्याङदी क्लब, सिएमजी संकटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाली सेना, रुपन्देही-११, सुदूरपश्चिम-११ र नेपालगन्ज-११ रहेका छन्। प्रतियोगिताका लागि कुल २७ लाख…
बाहुबली फिल्म रिलिज भएको डेढ़ वर्षभन्दा पनि बढी भइसकेको छ। यो फिल्म हेर्ने हरेकका मनमा गडेको एउटा प्रश्न हो- 'कटप्पाले बाहुबलीलाई किन मारे?' फिल्मको पहिलो भाग हेरेदेखि अहिलेसम्म सबैका मनमा यो प्रश्न घुमिरहेको छ। यही प्रश्नको जवाफ खोज्नको लागि दर्शकले फिल्मको दोश्रो भागको तीब्र प्रतीक्षा गरिरहेका छन्। तर दोस्रो भाग रिलिज हुनुभन्दाअघि नै सामाजिक संजालमा यसबारे थुप्रै अनुमान, चर्चा, परिचर्चा तथा…
कुश्मा : प्रथम रेडियो दिदीबहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल दप्रतियोगीताको उद्घाटन खेलमा एपीएफ विजयी भएको छ। विभागीय भिडन्तमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो। बुधवार भएको समूह ए को पहिलो खेलमा एपीएफले पुलिसलाई २५–१४, २५–१६ र २५–१७ को सेटमा पराजित गरेको हो। यता समूह ख अन्तर्गत बुधबारै हुने भनिएको न्यूडायमण्ड र पश्चिमाञ्चलबीचको खेल भने खराब मौसमका कारण…
इटहरी : विभागीय टोली सशस्त्र प्रहरी क्लबको एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ। इटहरीको डिभीएम ग्लोबल स्कुलको खेलमैदानमा बुधबार सम्पन्न फाइनलमा सुदूरपश्चिमाञ्चललार्इ ८ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र ५७ रन बनाउन सक्यो। सम्झना खड्काले नटआउट १६ रन बनाउनु बाहेक…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले श्रीलंकामा हुने 'एसएफटी साउथ एसिया-जापान यु-१६ फुटबल एक्सचेन्स प्रोग्राम'मा सहभागिता जनाउने नेपाली यु-१५ फुटबल टोलीलाई बिदाइ गरेको छ। एन्फा कम्प्लेक्समा बुधबार एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ, काव महासचिव सन्जिव मिश्र, सिइओ इन्द्रमाल तुलाधर लगायतले २४ सदस्यी नेपाली टोलीलाई बिदाइ गरेका हुन्। सुनिल कुमार श्रेष्ठ मुख्य प्रशिक्षक रहेको टोलीको वयवस्थापकमा मधुसुदन उपाध्याय रहेका छन्।…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा 'एएफसी वूमन्स फुटबल डे' मनाएको छ। इन्टरनेशनल वूमन्स डे को अवसरमा एएफसी को वार्षिक क्यालेण्डर अनुसार र एएफसी वूमन्स डे मनाइएको हो। कार्यक्रममा विभिन्न विद्यालयबाट विद्ययार्थीहरुको उपस्थिती रहेको थियो। यस वर्ष एएफसीका ३० सदस्य राष्ट्रले महिला फुटबल सम्बन्धी विभिन्न खालका कार्यक्रम आयोजना गरेको थियो। एएफसी वूान्स डे को उद्घाटन…
काठमाडौं : फुटबल विकास खेलाडी उत्पादनको मेरुदण्ड मानिने ए डिभिजन लिग नेपालमा नभएको ३ वर्ष भइसकेको छ। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फा र एसियाली फुटबल संघ एएफसीबीच नेपालमा लिग कसरी गर्ने भनेर बारम्वार छलफल पनि भइरहेको छ। बुधबार पनि एएफसी लिग डेपलपमेन्ट एक्सपर्ट र नेपालका ए डिभिजन क्लबीच एन्फा कम्प्लेक्समा यसै विषयमा छलफल भएको छ। एएफसी…
काठमाडौं : सरकारले चार जनाको ज्यान जानेगरी राजविराजमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका चार जनाको परिवारलाई १० लाखको दरले राहत रकम दिने निर्णय गर्दै घटनाको छानविनका लागि १५ दिनको समय दिएर समिति गठन गर्ने निर्णय गरेको हो। जाँचबुझ आयोग एेन अनुसार गठन गरिने समितिको जिम्मेवारी गृह…
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारलाई दिएको रिफरेन्स रेटभन्दा पनि एक रुपैयाँ ५८ पैसा झरेर डलरको मूल्य तय भएको छ। राष्ट्र बैंकले १०६ रुपैयाँ १८ पैसा तोके पनि बैंकहरुले १०४ रुपैयाँ ६० पैसासम्म कारोबार गरिरहेका छन्। भारतीय रुपैयाँ बलियो बन्दै गएपछि अमेरिकी डलर कमजोर भएको हो। भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (भारु १०० बराबर नेपाली १६० रुपैयाँ) भएका कारण…
काठमाडौं : मेची-महाकाली अभियानकोक्रममा सप्तरीमा प्रहरीको गोली लागेर ४ जनाको ज्यान गएपछि एमालेले तीन दिन अभियान स्थगित गर्दै सो घटनाबारे आफ्नो दृष्टिकोण विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ। मेची–महाकाली राष्ट्रिय अभियान भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र अभियानमा लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको बेला राजविराजमा भएको घटना दुखद। संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको एमालेलाई प्रवेश निषेधको धम्की दिने,…
काठमाडौं : गृह मन्त्रालयले मंगलबार मध्यरात विज्ञप्ति जारी गरेर सप्तरीमा भएको घटनाबारे सरकारी धारणा सार्वजनिक गरेको छ। विज्ञप्तीमा प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर आमसभामा सहभागीमाथी आक्रमण गर्न खोजेको, ढुगामुढा गर्दै पेट्रोल बम समेत प्रहार गरेको दावी गरेको छ। उसले हवाई फायर र रबर बुलेट चलाउँदा समेत स्थिति नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले घुँडामुनी गोली हान्न आदेशदिँदा दुखद घटना भएको बताएको छ। मधेसी…
नेपालगन्ज : आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले घोषणा गरेसँगै बाँके जिल्लाका राजनीतिक दललाई चुनावी रापले तताएको छ। जिल्लाका नेता, कार्यकर्ता अहिलेदेखि नै आ–आफ्नो पार्टीको एजेन्डा लिएर गाउँगाउँ र टोलटोलमा पस्न थालेका छन्। स्थानीयबासी लामो प्रतिक्षापछि नेता भेट्न पाउँदा मख्ख परेका छन्। जिल्लाका सडक, चोक, गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाउन…
जेनेभा : पाँच वर्ष नपुग्दै मृत्यु भएकामध्ये झन्डै एकचौथाई बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ। सङ्गठनले सोमबार सार्वजनिक गरेका पछिल्ला दुई वटा प्रतिवेदनका अनुसार गत एक वर्षमा ५ वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको छ। वातावरणीय प्रदूषणअन्तर्गत घरभित्र तथा बाहिर हुने धुवाँ, धुलो, असुरक्षित पानी र सरसफाईको कमजोर…
अनन्त न्यौपाने/पहिलोपोस्ट विराटनगर : नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा सोमबार सप्तरीको कार्यक्रमपछि स्थिती असहज बन्यो। प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा चार जनाको निधन भयो । घटनापछि एमालेको आकस्मिक स्थायी समिति बैठकले अभियान तीन दिन स्थगित गरेको छ। कार्यक्रम स्थगितपछि सम्भावित सुरक्षा चुनौती मध्यनजर गरी शीर्ष नेताहरु सुरक्षति स्थल पुगेका छन्। राति १० बजेसम्म सप्तरीमै सशस्त्र प्रहरी क्याम्पमा बसेका एमाले…