काठमाडौः सरकारले स्थानीय तहसम्बन्धी पूर्ण विवरण निर्वाचन आयोगलाई बुझाएको छ। मंगलबार बुझाएको प्रतिवेदन अपूर्ण भएकाले सरकारले आज त्यसलाई पूर्णता दिएर वडा विभाजनसहितको पूर्णप्रतिवेदन आयोगलाई बुझाएको हो। स्थानीय तहको संख्या आयोगको सिफारिसपछि थपिएका दुई नम्बर प्रदेशका आठ जिल्लाहरु, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा काठमाडौँ, नुवाकोट, मनाङ र बझाङ जिल्लाका स्थानीय तहको भने वडा विभाजन टुंग्याइएको…
काठमाडौं : चोटका कारण पूर्ण रुपमा फिट नरहेका नेपाली राष्ट्रिय फुटबल टीमका फरवार्ड नवयुग श्रेष्ठ मार्च २८ चैत १५ मा फिलिपिन्सविरुद्ध हुने एसियन कप छनोट खेलका लागि टीममा नहुने भएका छन्। नेपाललाई पछिल्लो तीन अन्तर्राष्ट्रिय उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका नवयुग फिलिपिन्सविरुद्ध हुने खेलका लागि भने नेपाली टोलीमा हुने छैनन्। बायाँ खुट्टाको हड्डी फ्याक्चर भएपछि आराम गरिरहेका नवयुग उक्त खेलसम्म…
काठमाडौँ : फागुपूर्णिमा (होली)मा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख छविलाल जोशीले फागुलाई लक्ष्य गरी राजधानीमा एक हजार सुरक्षाकर्मी परिचालन गरिएको र फागुको दिन एक सय सात ठाउँमा सुरक्षा जाँचका लागि प्रहरी खटाइने जानकारी…
फलेवास : राष्ट्रिय जनावर गाई काटेर खाएको आरोपमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन्। पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्वतले गौबध मुद्दामा पाँच आरोपितलाई पक्राउ गरी १९ फागुनमा पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दाका आरोपितलाई…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनले महिला सहभागितालाई थप बढाउने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले निर्वाचनबाट महिला सहभागिता थप बढ्नेमा आफु विश्वस्त रहेको बताएका हुन्। स्थानीय तह निर्वाचनसम्वन्धी ऐनले गाउँपालिका र नगरपालिकाको प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार अनिवार्य गरेको छ। यस्तै वडा सदस्यमा महिलाको प्रतिनिधित्वलाई अनिवार्य बनाएको छ। …
काठमाडौँ : वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन फिर्ता लिन सात दिनको अल्टिमेटम दिएको मधेशी मोर्चा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज परामर्श हुँदैछ। घोषित चुनाव स्थगन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी छ। मोर्चाको अल्टिमेटमको भोलिपल्टै प्रधानमन्त्रीले मोर्चाका नेतालाई परामर्शमा बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बोलाइएको छ। संविधान संशोधनअघि चुनाव सम्भव…
बैतडी : बैतडीको मेलौलीमा विसं २०५७ मा दुर्गम तल्लोस्वराड क्षेत्रका १० भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म चिकित्सकको दरबन्दी पूर्ति नहुँदा सो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्यकेन्द्रबाट प्राप्त गर्ने सेवा पाउन सकेका छैनन्। स्थानीयबासी केशवसिंह भाटका अनुसार २०६८ सालमा एकजना करारका चिकित्सकले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुरमा सेवा दिएका थिए। त्योबाहेक…
काठमाडौँ : नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हुँदै आएको सङ्घर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व छ। राष्ट्रपति विद्यादेवी भण्डारी यसलाई सुखद संयोगका रुपमा लिन्छिन्। यद्यपि, नेपाली महिलाका लागि अहिले पनि निकै ठूलो सङ्घर्ष गर्नुपर्ने स्थिति छ। नेपालको संविधानले राजनीतिक रुपमा प्रतिस्पर्धामा जाने एउटा ढोका खोलिदिएको तर बराबरी र हाराहारी जाने स्थिति…
काठमाडौं : सप्तरीको अवस्था सामान्य बनाउने विषयमा स्थानीय प्रशासनले वार्ता सुरु गरेको छ। राजविराजमा सोमबार प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या चार पुग्दै गर्दा जिल्ला प्रशासन कार्यालयले मधेसी मोर्चाका स्थानीय नेताहरुसँग वार्ता सुरु गरेको हो। एमालेले राजविराजमा सभा गर्दै गर्दा प्रहरीसँग झडप हुँदा मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो। सोही घटनालाई लिएर सप्तरी बन्द गरिएको छ। जनजीवन प्रभावित भएकाले अवस्था…
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले तीनबुँदे सम्झौता सात दिनभित्र कार्यन्वयन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। मोर्चाले सरकारलाई आज ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र माग सम्बोधन गर्न भनेको छ। प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा सप्तरीमा प्रहरीद्वारा हत्या गरिएकाहरुलाई सहिद घोषणा गरी तिनका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेहरुको उपचार खर्च सरकारले नै बेहोर्नुपर्ने, विरोध कार्यक्रमका दौरान विभिन्न स्थानहरुमा गिरफ्तार गरिकाहरुलाई…
बर्दिवास : महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहरबस्तीको सहयोगार्थ बर्दिवास जनता बहुमुखी क्याम्पस र जनता माध्यमिक विद्यालय बर्दिवासले संयुक्त रुपमा रु ६२ हजार ६ सय ५५ सहयोग रकम बुझाएका छन्। क्याम्पस र माविका छात्रछात्राले आफ्नो खाजा खर्चबाट बचाएका रकम, शिक्षक र व्यवस्थापन समितिबाट प्राप्त सहयोगसमेत गरी क्याम्पस र माविका तर्फबाट संयुक्त रुपमा मङ्गलबार साँझ बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली…
काठमाडौं : सरकारले विभिन्न सेवा समूहका राजपत्र अनंकित द्धितीय श्रेणी (खरिदार) सरहका ७६९ कर्मचारी पदपूर्तिको दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगले बुधबार सूचना प्रकाशन गरी प्रशासन, न्याय सेवा, सरकारी वकिललगायतमा पदपूर्ति आह्वान गरेको हो। एसएलसी तह वा सो सरह उत्तीर्ण भएकाले दरखास्त फारम भर्न पाउनेछन्। आयोगले क्षेत्रीय र अञ्चल कार्यालयमार्फत दरखास्त आह्वान गरेको हो। आवेदन भर्न चाहनेले आउँदो चैत १५…
काठमाडौं : कृषि विकास बैंकको प्रशासन सेवामा जागिर खुलेको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि ४० जनाको माग गरिएको हो। व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका लागि माग गरिएको ४० जनामा खुलाबाट २२, महिला ५, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, अपांग १ र पिछडिएको क्षेत्रबाट १ जना लिइनेछ। सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन…
काठमाडौः संस्कृत भाषाका महान् कवि तथा नाटककार कालिदासको चर्चित नाटक 'शकुन्तला' राजधानीमा मञ्चन गरिएको छ। चेल्सी इन्टरनेशनल एकेडेमी र विद्या संस्कार स्कुलका विद्यार्थीहरुले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा यस नाटकका दुई वटा शो प्रस्तुत गरेका हुन्। राजा दुष्यन्तले मृगको शिकार गर्न बन डुल्दै गरेको घटनाबाट सुरु भएको नाटकमा राजाको शकुन्तलासँग भेट हुन्छ। यी दुई पात्रको प्रेम कथामा नाटक आधारित छ। शिकार खेल्दा भेटिएका…
पर्सा : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ। मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन्। बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन्। व्यापारी र…
भावना शर्मा/पहिलोपोस्ट काठमाडौं : ७०/७५ वर्ष नाघेपछि जो कसैको चाहना हुन्छ- आरामदायी दैनिकी बिताउने, नाती नातिनासँग रमाउने। कामको स्ट्रेस त परै जाओस् होहल्ला र भिडभाड समेत नरुचाउने हुँदै जान्छ, जब शरीरलार्इ बुढ्यौलीले गाँज्दै लैजान्छ। तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जो ८५ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय र चलायमान रहन सक्छन्। कतिबेलै थाक्दैनन् र कामबाट फुर्सद समेत लिन जान्दैनन्। यस्तै…
काठमाडौं : सप्तरी घटनायता मधेस आन्दोलित बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको 'राष्ट्रिय एकता यात्रा' स्थगित भएको छ। चुनावको लागि अनुकूल वातावरण सिर्जना गर्न भन्दै राप्रपाले चैत ७ गतेदेखि एकता यात्राको तयारी गरेको थियो। सप्तरीमा सोमबार भएको घटना र त्यसबाट उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै यात्रा स्थगित गरेको पार्टीले जनाएको छ। 'हाल मुलुकमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र चुनावको निमित्त अनुकूल…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवस २०१७ का अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छिन्। राष्ट्रपतिले आज दिएको सन्देशमा विद्यमान सामाजिक परम्परा, धार्मिक अन्धविश्वास एवम् पुरुषप्रधान मानसिकताबाट ग्रसित मूल्य मान्यताको प्रभावले महिलाहरु शैक्षिक, सामाजिक एवम् आर्थिक रुपले पछि परेकाले पुरुषको तुलनामा महिलाहरुको स्थान कमजोर रहेको बताएकी छिन्। नेपालको संविधानमा महिला हकहितको सुनिश्चितता गरिएको बताउँदै उनले आवधिक योजना तथा कार्यक्रमहरुमा…
'बाहुबली' फिल्ममा नायिकाले निभाएको भूमिका निकै सशक्त थियो। यस फिल्ममा महिलाले देखाएको साहसका कारण पनि फिल्मले फरक किसिमको चर्चा बटुल्यो। बल र बुद्धिका सन्दर्भमा महिलाको यो भूमिका बाहुबली र भल्लाल देवभन्दा कुनै कोणबाट कम देखिँदैन। शिवगामी, जसलाई राम्याले निभाइन्, देवसेना, जसलाई अनुष्का सेट्टीले निभाइन् र अवन्तिका जसलाई तमन्ना भाटियाले पर्दामा जीवन्त तुल्याइन्। यिनै महिलाहरुका तर्फबाट 'बाहुबली' टीमले महिला दिवसको शुभाकामना दिएको…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले हिंसाको राजनीति छाड्दै मर्यादित र संयम हुन दलहरुलाई आग्रह गरेका छन्। निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले आफूहरु छोटो समयमै निर्वाचन गराउन लागिपरेको अवस्थामा दलहरु नै मुठभेडमा उत्रिनु सुखद संकेत नभएको बताए। 'यस्तो अवस्थामा दल, सञ्चार क्षेत्र लगायत सबै नागरिकको उत्तिकै सहयोग र साथ चाहिन्छ,' उनले भने,…