काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ। बदलीका कारण शुक्रबार बिहानदेखि नै उपत्यकाभित्र हल्ला वर्षा भएको छ। पश्चिमी वायुका कारण देशभरकै मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनदेखि भित्रिएको वायुका कारण आइतबारसम्म यसको असर देखिने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। शनिबार बेलुकासम्म उपत्यकाभित्र वर्षा हुने र उच्च हिमाली भागमा हिमपातसमेत हुने बताए। मौसम…
काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत भोली शनिबार र सोमबार हुने खेलमा नेपाल र केन्या दुवै सकेसम्म धेरै अंक जोड्ने तयारीमा छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलअघि दुवै टोलीले भारत भ्रमण गरेका थिए, र त्यसलाई सदुपयोग गर्ने तयारीमा छन् दुवै टोली। हामीसँग अब तीन राउण्डका खेल बाँकी छन्, त्यसैले हरेक अंक अन्तिम अंक तालिकाको लागि महत्वपूर्ण हुनेछ। नेपालका कप्तान…
काठमाडौँ : कञ्चनपुरको सीमान्त आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले नेपाली भूमिमा छिरेर गरेको नेपाली नागरिक गोविन्द गौतमको हत्याविरुद्ध विद्यार्थी संगठन सडकमा निस्किएका छन्। भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा गरेको ज्यादतीका विरुद्धमा विद्यार्थी संगठनहरु सडकमा ओर्लिएका हुन्। हिजो मात्र कञ्चनपुरको सीमावर्ती आनन्दबजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेको थियो। सीमा क्षेत्रको आनन्दबजारमा भएको…
काठमाडौँ : कञ्चनपुरमा बिहीबार भारतीय सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका नेपाली नागरिक गोविन्द गौतमलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ। घटनाबारे संसदलाई जानकारी दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार संसदमा भने, 'गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको सदनलाई जानकारी गराउन चाहन्छु।' स्वर्गीय गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने, राहतस्वरुप १० लाख परिवारलाई प्रदान गरिने र सन्तानलाई पठनपाठनको निःशुल्क व्यवस्था सरकारले मिलाउने…
काठमाडौँ : ट्राफिक प्रहरीले आइतबार उपत्यकाभित्र मनाइने फागुपूर्णिमा (होली) का लागि विशेषसुरक्षा योजना ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब मिङमार लामाका अनुसार फागुका दिन प्रहरीले सवारी दुर्घटना नियन्त्रण गर्न यस्तो योजना ल्याएको हो। सवारी नियम उल्लङ्घन गर्नेका सवारी साधन नियन्त्रणमा लिइने तथा कागजात फिर्ता गर्नका लागि एक घन्टाको कक्षा अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था बनाएको लामाले बताए। उपत्यकाका ५३…
काठमाडौँ : सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ। नयाँ संविधानअनुसार स्थानीय तह निर्धारण आयोगले बनाएको प्रतिवेदन परिमार्जनसहित सरकारले राजपत्रमा प्रकाशित गरेको हो। संविधानअनुसार यो प्रतिवेदन प्रकाशित भएपछि आजैदेखि स्थानीय तह खारेज हुन्छन्। गाउँ विकास समितिका कामकारबाही आजैदेखि अन्तरीम भएका छन्। स्थानीय निकायलाई हटाएर संविधानअनुरुप स्थानीय तह बनेपछि आजैदेखि कार्यान्वयनमा आएको हो। मन्त्रिपरिषदले यही फागुन २२ मा ७…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य करण केसी बयोधा अस्पताल भर्ना भएका छन्। पेटमा निरन्तर दुखाई र वान्ता आउने समस्याका कारण उनलाई शुक्रबार अस्पतान भर्ना गरिएको टीमका टेक्निकल एलालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। परीक्षणका क्रमम करणलाई एपेन्डिक्स देखिएपछि उनको शल्यक्रिया गर्नुपर्ने भएको छ। स्वास्थ्यमा समस्या देखिएसँगै करण आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शनिबार र सोमबार केन्याविरुद्ध हुने…
काठमाडौँ : नेकपा एमालेले सञ्चालन गरेको मेची-महाकाली अभियानमा अवरोध पुर्याउँदा सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु हुनेको सङख्या ५ पुगेको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थप एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ। जमुनी–१ कटवीका इनरदेव यादवको उपचराको क्रममा शुक्रबार मृत्य भएको जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रमुख पुष्पबहादुर कटुवालले पहिलोपोष्टलाई जानकारी दिए। सोमबार नै…
काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सिपी गजुरेलले प्रचण्डले राजश्वमा ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन्। भक्तपुरको रफत सञ्चार पुगेका गजुरेलले आज प्रचण्ड सरकारको चर्को आलोचना गरे। ‘प्रचण्डले देशको राजश्वमा ब्रम्हलुट गरिरहेका छन्, एनसेलको कर छलीलाई दिन लागेको छुट त्यसको उदाहरण हो,’ गजुरेलले भने, ‘मन्त्रालयका सचिवले समर्थन गर्न नसक्ने बताउँदा बताउँदै जसरी पनि छुट दिलाउन लागि पर्नु इतिहासकै कमिशनखोरी सरकार भनेर…
काठमाडौँ : होलीका अवसरमा नेपाल टेलिकमले विभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ। कम्पनीको चाडपर्व अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब डेटा प्याक र एसएमएस प्याक रहेका छन्। रिचार्ज कार्डमा डेटा बोनसअन्तर्गत दुई सयको रिचार्ज कार्डमा दुई सय एमबी डेटा, पाँच सयको रिचार्ज कार्डमा पाँच सय एमबी डेटा र एक हजारको रिचार्ज कार्डमा एक हजार एमबी डेटा दुई दिनसम्म…
काठमाडौं : दरबार मार्गस्थित पाँचतारे होटल अन्नपुर्णको तेस्रो तलामा एक विदेशीले कोठा लिएका छन्। टाइ सुट लगाएका होटल स्टाफ समयमै एयरपोर्ट पुग्नु पर्ने दबावका कारण ब्रेकफाष्ट छिटो लिन अंग्रेजीमा हतार लगाउँदै उनको कोठा ढकढकाउन पुग्छन्। पाहुना नेपालीमा जवाफ दिन्छन्- हुन्छ, आउँदैछु। खाजा लगाइ दिनुहोस् न। 000 आफु कार्यरत कम्पनी एसजेभीएन (सतलज) ले नेपालमा निर्माण गर्न लागेको अरुण तेस्रो जलविद्युत परियोजनाका…
चितवनः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताएका छन्। जिल्ला विकास समिति महासङ्घ नेपालले आयोजना गरेको पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको वातावरण तयार नहुने बताए। उनले आगामी माघसम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न नभए संविधान खारेजी हुने बताउँदै सबै दल निर्वाचन गराउने वातावरण…
राजविराज (सप्तरी) : प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ। मोर्चाको बन्दको कारण सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प…
काठमाडौं : चलचित्र पत्रकार संघ नेपालको नव अध्यक्षमा सन्दीप सापकोटा विजयी भएका छन्। उनी प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मतले हराउँदै विजयी बनेका हुन्। संघको सातौं महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको हो। बुधबार काठमाडौँमा सम्पन्न निर्वाचनबाट उपाध्यक्ष संगठन दिनेश सिटौला निर्बिरोध विजयी भए। त्यस्तै उपाध्यक्ष कार्यक्रममा अषेश अधिकारीलाई हराउँदै श्याम अर्याल विजयी भएका हुन्। महिलातर्फ भने शारदा थापालाई हराउँदै गीता अधिकारी…
काठमाडौं : सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ। स्थानीय तहमा ६३ जिल्लाको वडा सहित विभाजन गरिएको छ। बाँकी १२ जिल्लाको भने वडा विभाजन गरिएको छैन। स्थानीय तहको संख्या पछि थपिएको २ नम्बर प्रदेशका ८ जिल्ला, काठमाडौं, नुवाकोट, मनाङ र बझाङ जिल्लाका स्थानीय तहको भने वडा विभाजन गर्न बाँकी छ। 'स्थानीय विकास सचिवज्यूले प्रतिवेदन ल्याएर बुझाउनुभएको थियो…
काठमाडौँ : सरकारले नयाँ संविधान अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठनको तयारी सुरु गरेको छ। सरकारले आयोगको गठनका लागि आवश्यक विधेयक तयार गरी संसद सचिवालयमा दर्ता गराएको हो। आयोगले प्रदेशसभा निर्वाचनका लागि सात प्रदेशमा पनि निर्वाचन क्षेत्र निर्धारण गर्नेछ। प्रदेशहरुमा आयोगले प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको दोब्बर संख्या अर्थात् ३ सय ३० क्षेत्र…
काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स फर्दर पब्लिक अफरिङ (एफपिओ) र फर्वार्ड कम्युनिटी माइक्रो फाइनान्सको प्राथमिक शेयर (आइपिओ) मा आवेदन दिने लगानीकर्ताको पैसा बिहीबारबाट फिर्ता हुने भएको छ। नेपाल लाइफको एफपिओमा आवेदन दिँदा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एस डेभलपमेन्ट, ज्योति विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, पूर्णिमा विकास…
काबुल : अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ। काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ। चिकित्सकहरुले लगाउने सेतो कोटको पहिरनमा आएका बन्दुकधारीहरुले सरदार दाउद खान अस्पतालमा गरेको यसआक्रमणमा परी ३८ व्यक्तिको मृत्यु हुनुको साथै ७० भन्दा बढी घाइते भएका छन्। छ घण्टासम्म लगातार जारी रहेको यस आक्रमण प्रायः डाक्टर,…
विश्व फुटबलमै उत्कृष्ट पुनरागमन गर्दै स्पानिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४-० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै ६-१ को शानदार जित हासिल गर्यो। घरेलु मैदान नोउ क्याम्पमा सर्जि रोवर्टोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि बार्सिलोना समग्रमा ६-५ ले विजयी भएको हो। युरोपकै प्रतिष्ठित क्लब…
मनाङ : फागुन सकिनै लाग्दा पनि मनाङमा हिमापात भइरहेको छ। अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने मनाङमा हिमपात जारी रहेकाले चिसो हटिसकेको छैन। हिमपातसँगै परेको पानीले मनाङवासीका साथै अन्नपूर्ण पदमार्ग पुगेका पर्यटक प्रभावित बनेका छन्। यस्तै बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले बाजुराको ११ गाविसमा हिमपात भएको छ। मौसम परिवर्तन र बर्सात सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपात सुरु भएको…