PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

  • बाग्मती सफाइ अभियानको दुई सयौँ हप्ता विशेष कार्यक्रम गरी मनाइयो

    बाग्मती सफाइ अभियानको दुई सयौँ हप्ता विशेष कार्यक्रम गरी मनाइयो

    काठमाडौँ : बाग्मती सफाइ महाअभियानको दुई सयौँ हप्ता पुगेको अवसरमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ।  सुन्दरीजलदेखि चोभारसम्मको पदयत्रामा सहभागी भएका हजारौँ पदयात्रीले सफाइलाई मुलुकभर निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।  सरसफाइ अभियानका क्रममा हालसम्म आठ हजार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको बताइएको छ।  पदयात्रामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता सुवास नेम्बाङलगायत नेपाल…

    विस्तृतमा पढ्नुस्

  • बागमतीको फोहर सफा गरेझैं राजनीतिक फोहर हटाउनुपर्छ : प्रधानमन्त्री

    बागमतीको फोहर सफा गरेझैं राजनीतिक फोहर हटाउनुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागमती सफाइ महाअभियानले गति लिएजस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताएका छन्।   बागमती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा आज शङ्खमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सफाइ अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताए। ‘नेपाल प्राकृतिक रुपमै सुन्दर देश हो। यो देश मौलिक पहिचान, सँस्कृति र परम्पराको धनी छ,' उनले…

    विस्तृतमा पढ्नुस्

  • विधानसभा चुनाव : युपी र उत्तराखण्डमा बिजेपी अगाडि, पञ्जाबमा कांग्रेस, गोवा-मणिपुरमा टक्कर

    विधानसभा चुनाव : युपी र उत्तराखण्डमा बिजेपी अगाडि, पञ्जाबमा कांग्रेस, गोवा-मणिपुरमा टक्कर

    भारतको उत्तरप्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको प्रारम्भिक परिणाम केन्द्रीय सत्ताधारी दल भारतीय जनाता पार्टीको पक्षमा आएको छ।  सुरुवाती परिणाम अनुसार उत्तरप्रदेशमा भाजपा धेरै अगाडि छ। पञ्जावमा कांग्रेसले अकाली दल र बिजेपीको गठबन्धनलाई पछाडि पारेको छ। उत्तराखण्डमा पनि भाजपा अगाडि देखिन्छ। मणिपुरमा कांग्रेस र भाजपाबीच कडा प्रतिष्पर्धा देखिन्छ। गोवामा भने सुरुवाती गणनामा कांग्रेस अगाडि देखिन्छ। 

    विस्तृतमा पढ्नुस्

  • वर्षाका कारण नेपाल र केन्याको खेल प्रभावित, छाता ओढेर खेल कुर्दै दर्शक

    वर्षाका कारण नेपाल र केन्याको खेल प्रभावित, छाता ओढेर खेल कुर्दै दर्शक

    काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र केन्याबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। नेपालको ब्याटिङ जारी रहेका बेला वर्षाले खेल रोकिएको हो। खेल रोकिनु अघि मैदानमा नेपाल ३६ ओभरमा ८ विकेटको क्षतिमा  ११२ रन बनाएर खेलिरहेको थियो। सोमपाल कामी १५ र शक्ति गौचन १८ रन बनाएर खेलिरहेका थिए। सिनियर म्याचमा डेब्यु गरेका ओपनर सुनील धमला ३…

    विस्तृतमा पढ्नुस्

  • पञ्जावमा कांग्रेसको राज फर्कँदा नवजोत सिद्धु गदगद

    पञ्जावमा कांग्रेसको राज फर्कँदा नवजोत सिद्धु गदगद

    कपिल शर्मासँग जोडि बनाएर भारतीय टेलिभिजनमा राज गरिरहेका भारतीय राष्ट्रिय टोलीका पूर्व सदस्य नवजोत सिंह सिद्धु पञ्जावको राजनीतिमा अहिले चर्चाको शिखरमा छन्। उनी चर्चामा आउनुको कारण हो विधान सभा निर्वाचनको परिणाम । प्रारम्भिक परिणाममा पञ्चावमा सरकार चलाइरहेको शिरोमणी अकाली दल र भारतीय जनता पार्टीको गठबन्धन तेस्रो स्थानमा खुम्चिएको छ। परिमाण कांग्रेसको पोल्टामा जाँदा सिद्धु गदगद छन्। केही महिना अगाडिसम्म उनी…

    विस्तृतमा पढ्नुस्

  • राखी सावंतको एमएमएस लिक भयो, सामाजिक सञ्जालमा भाइरल

    राखी सावंतको एमएमएस लिक भयो, सामाजिक सञ्जालमा भाइरल

    पटक-पटक विवादमा आइरहने भारतीय अभिनेतृ राखी सावंतको भिडियो भाइरल भएको छ। एक कोठामा लुगा फेरिरहेको भिडियो लिक भएपछि भाइरल भएको हो। राखिले भने सो भिडियो आफ्नो नभएको दावी गर्दै कसैले अर्कैको भिडियोमा छेडछाड गरेर आफ्नो अनुहार राखिदिएको दावी गरेकी छिन्। एमएमएस ह्वाटएप्समा सार्वजनिक भएपछि भाइरल भएको थियो। आइटम गीतबाट हिन्दी फिल्मी जगतमा प्रवेश गरेकी उनी ब्यबहारका कारण पटक-पटक विवादमा आउने…

    विस्तृतमा पढ्नुस्

  • मुजफ्फरपुरको चट्याङले भारतबाट आयातित विद्युत अवरुद्ध, वर्षाका कारण काठमाडौँमा लोडसेडिङ भएन

    काठमाडौँ : भारतको मुजफ्फरपुरमा चट्याङको कारण बिजुली आयात अवरुद्ध भए पनि शुक्रबारदेखि परेको वर्षाले लोडसेडिङ हुन पाएन।   नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार शुक्रबार राति १२ बजे चट्याङ लागेर मुजफ्फरपुर-ढल्केबर प्रशारण लाइन अवरुद्ध भएको हो। उक्त लाइनबाट १४५ मेगावाट बिजुली आयात हुँदै आएको छ।   ढल्केबर-खिम्ती प्रशारण लाइन मार्फत काठमाडौं समेत यो बिजुली ल्याइएको थियो। भारतबाट आयात रोकिए…

    विस्तृतमा पढ्नुस्

  • चैत्र ३ भित्र स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोगको निर्देशन

    चैत्र ३ भित्र स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोगको निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले हाल कायम रहेका ७४४ वटा एकाइमा आगामी चैत ३ गतेभित्रमा तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।  आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। साथै, आयोगले यसरी कर्मचारी खटनपटन हुनुअघि तत्कालैबाट निर्वाचनसम्बन्धी कार्य गर्न संघीय मामिला…

    विस्तृतमा पढ्नुस्

  • एनसेल कर प्रकरण : सरकारलाई टेलियाको जवाफ- 'हामी नेपालमा कर तिर्दैनौं'

    एनसेल कर प्रकरण : सरकारलाई टेलियाको जवाफ- 'हामी नेपालमा कर तिर्दैनौं'

    काठमाडौं : एनसेल स्वामित्व हस्तान्तरणको कर विवादमा टेलियासँग लाभकर असुल गर्ने नेपाल सरकारको निर्णयमा स्वीडेनको कम्पनी टेलियाले प्रतिक्रिया दिएको छ।   स्वीडेनको अनलाइन पोर्टल एसभिडीलाई जवाफ दिँदै टेलियाकी प्रवक्ता जोहन्ना ह्यान्सनले भनेकी छन्, 'हाम्रो भनाइमा कुनै परिवर्तन छैन, हामीसँग कर माग्न नेपालसँग कुनै पनि कानुनी आधार छैन। पहिलेदेखि हामीले जे भन्दै आएका थियौं, अवस्था त्यही हो, यो पैसा हामीले तिर्ने…

    विस्तृतमा पढ्नुस्

  • महानगरका प्रमुखले साढे ७ लाख खर्च गर्न पाउने : आयोगले तोक्यो खर्चसीमा, कसको कति?

    महानगरका प्रमुखले साढे ७ लाख खर्च गर्न पाउने : आयोगले तोक्यो खर्चसीमा, कसको कति?

    काठमाडौं : निर्वाचन आयोगको स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले प्रयोग गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ।   आयोगको आज बसेको बैठकले वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन प्रचारप्रसार लगायतका कार्यमा खर्चको हद तोकेको हो। मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालसम्मको खर्च सीमा आयोगले निर्धारण गरेको हो। महानगरपालिका, उपमाहानगरपालिका तथा गाउँपालिकाका सदस्यले कति खर्च गर्न पाउने भनेर आयोगले सूची…

    विस्तृतमा पढ्नुस्

  • सप्तरी घटनाका मृतक पाँचै जनाको शवयात्रा

    राजविराज (सप्तरी) : प्रहरीको गोली प्रहारबाट सप्तरीमा मृत्यु भएका पाँच जनाको आज शवयात्रा गरिएको छ।  मृतक पाँचै जनाको पार्थीव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले राजविराजको गजेन्द्रचौकमा भावपूर्ण श्रदाञ्जलि दिएका छन्।  नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • 'अल्पविराम' लिएर आइन् कवि समा श्री

    'अल्पविराम' लिएर आइन् कवि समा श्री

    काठमाडौं : साहित्यकार समा श्रीको कवितासंग्रह 'अल्पविराम' शनिबार राजधानीमा सार्वजनिक गरिएको छ।    कवि तथा साहित्यकार चेतन कार्की, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, कवि निभा शाहले पुस्तक सार्वजनिक गरे।   संग्रहमाथि आफ्नो धारणा राख्दै साहित्यकार कार्कीले छन्द वा मुक्त जुनसुकै भए पनि कविको अभिव्यक्तिले नै कविताको सामर्थ्य पुष्टि हुने बताए। जहाँ बसेर लेखे पनि मानवीय संवेदना एकै…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली

    कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली

    चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन्।  पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उनले बताए।  अध्यक्ष ओलीले भने–'अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ। भारतको बलियो छु, भन्ने घमण्ड हो। अर्काको सीमानामा पस्न पाइँदैन।…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिको ‘हिमाल-पहाड-तराई/मधेस राष्ट्रिय अभियान’, देशका ७ स्थानमा सभाको तयारी

    नयाँ शक्तिको ‘हिमाल-पहाड-तराई/मधेस राष्ट्रिय अभियान’, देशका ७ स्थानमा सभाको तयारी

    काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालले आगामी चैत महिनामा ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ।   संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा शनिबार बसेको पार्टीको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। हिमाल, पहाड र तराई/मधेसलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दबाब…

    विस्तृतमा पढ्नुस्

  • ​​अटमस ध्वनिसहित नयाँ मल्टिप्लेक्स

    ​​अटमस ध्वनिसहित नयाँ मल्टिप्लेक्स

    काठमाडौंमा: काठमाडौंमा नयाँ मल्टिप्लेक्स फिल्म हल बीएसआर संचालनमा आएको छ। शुक्रबारदेखि गोंगबुस्थित बीजी मलमा थिएटरको औपचारिक सुरुवात भएको हो। निर्देशक एवं अभिनेता नीर शाहले हलको शुभारम्भ गरेका हुन्। बीएसआरमा १ सय ५० र १ सय ४० गरि दुई अलग अडिटोरियम छन्। बीजी मलको पाँचौं र छैठौं तलामा संचालित मल्टिप्लेक्समा नेपालमै पहिलोपटक अटमस ध्वनी प्रविधि जडान गरिएको छ। फिल द थ्रील,…

    विस्तृतमा पढ्नुस्

  • कप्तान ज्ञानेन्द्र र कोच टमाटाले औँल्याएका केन्यासँग हारका तीन कारण

    कप्तान ज्ञानेन्द्र र कोच टमाटाले औँल्याएका केन्यासँग हारका तीन कारण

    काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पाँचौ चरणको पहिलो खेलमा नेपाल घरेलु मैदानमै केन्यासँग ५ विकेटले पराजित भयो। यो हारसँगै ८ टोली सम्मिलित च्याम्पियनसिपमा शीर्ष चारमा पर्दै वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुने नेपाललको सम्भावना कठिन बनेको छ। नेपालले केन्यासँगै कीर्तिपरस्थित त्रिवि मैदानमा सोमवार दोस्रो खेल खेल्दैछ। केन्यासँग हारेपछि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र कोच जगत टमाटाले औल्याएका…

    विस्तृतमा पढ्नुस्

  • न्युडायमण्ड र एपीएफ दिदीबहिनी कप भलिबलबको उपाधिका लागि भिड्ने

    कुश्मा : पर्वतमा जारी प्रथम दिदीबहिनी कप राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्युडायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफ भिड्ने भएका छन्। शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई २५–११, २५–१५ र २५–१८ को सोझो सेटमा हराउादै फाइनलको यात्रा तय गर्‌यो। दोस्रो सेमिफाइनलमा न्युडायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै चिरपरिचत प्रतिद्वन्दि एपीएफसँगको उपाधि भिडन्त पक्का…

    विस्तृतमा पढ्नुस्

  • भाइराजा स्मृति क्रिकेट प्रतियोगिताको उपाधि रोयल स्पोर्ट्स क्लबलाई

    नेपालजन्ग : भाइराजा स्मृति क्रिकेटको उपाधि रोयल स्पोर्ट्स क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा टाइगर स्पोर्ट्स क्लबलाई ७ विकेटले हराउँदै रोयल स्पोर्ट्स क्लबले उपाधि जितेको हो। १२१ रनको लक्ष्य रोयल स्पोर्ट्स क्लबले १७.१ ओभरमा पुरा गरेको हो। रोयलका लागि अफाक शेखले अविजित ३०, कप्तान सुवेन्दु पाण्डेले ३५, तथा प्रेम तामाङ्गले १७ रनको योगदान दिए। टाइगरका लागि सिद्दान्त राज शाहीले…

    विस्तृतमा पढ्नुस्

  • बन्ने भयो 'छक्कापन्जा २'

    बन्ने भयो 'छक्कापन्जा २'

    काठमाडौं: हास्य कलाकार दीपकराज गिरीले फिल्म 'छक्कापन्जा २' घोषणा गरेका छन्। वर्षकै सर्वाधिक ग्रसरको रेकर्ड बनाउन सफल फिल्म छक्कापन्जाको सिक्वेल बनाउने उनले आइतबार फेसबुक स्टाटसमार्फत जनाएका हुन्। फिल्मको दोस्रो संस्करणमा पनि छक्कापन्जाकै युनिट दोहोरिने उनको दाबी छ।  फिल्मलाई निर्देशन पनि दिपाश्री निरौलाले गर्नेछिन्। दीपकराजले छक्कापन्जामा दर्शकले औंल्याएका कमजोरीहरु सुधार्ने प्रयत्न फिल्मको सिक्वेलमा गर्ने जनाएका छन्। हाल प्रिप्रोडक्श्नको काम भइरहेको फिल्म आउँदो…

    विस्तृतमा पढ्नुस्

  • कट्रिनाको ठाउँ लिइन् करिना कपूरले, गरिन् चार खानको सम्मान

    कट्रिनाको ठाउँ लिइन् करिना कपूरले, गरिन् चार खानको सम्मान

    बलिउडको चर्चित अवार्ड कार्यक्रम 'जि सिने अवार्ड' मा अभिनेत्री करिना कपूरले चार खानलाई सम्मान हस्तान्तरण गरिन्। कलाकारितामार्फत बलिउड इन्डस्ट्री र विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याएको भन्दै सलमान खान, शाहरुख खान, आमिर खान र सैफ अलि खानलाई जि सिने अवार्डले आयोजकले सम्मान प्रदान गरेको हो। करिनाले यी चारै कलाकारसँग रिल लाइफमा काम गरेकी छिन्। जसमध्ये सैफ उनको रियल लाइफ पति हुन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell