PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

  • ​'बद्रीनाथकी दुल्हनिया'ले कमायो दुई दिनमा २७ करोड

    ​'बद्रीनाथकी दुल्हनिया'ले कमायो दुई दिनमा २७ करोड

    फिल्म 'बद्रीनाथकी दुल्हनिया'ले प्रदर्शनको सुरुवात देखिनै आक्रमक व्यापार गरेको छ। बरुण धवन र आलिया भट्ट स्टारर फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार बाह्र करोड पच्चिस लाखको बक्स अफिस कलेक्शन गरेको थियो। त्यस्तै दोस्रो दिन शनिबार फिल्मको कलेक्शन २०% ले बढ्यो। शनिबार मात्र फिल्मले १४ करोड पचहत्तर लाख उठाएको छ। फिल्म बिक्रेता एवं समिक्षक तरण आदर्शले ट्विटर मार्फत फिल्मको ग्रसर अमाउन्ट सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • एसएसबीको गोली प्रहारबाट ज्यान गुमाएका गौतमको शवयात्रा, ४ फोटोमा

    एसएसबीको गोली प्रहारबाट ज्यान गुमाएका गौतमको शवयात्रा, ४ फोटोमा

    कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले प्रहार गरेको गोली लागेर ज्यान गुमाएका कञ्चनपुरका गोविन्द गौतमको शवयात्रामा सयौं स्थानीय सहभागी भएका छन्।   सेती अञ्चल अस्पताल धनगढीबाट उनको शवयात्रा सुरु भएको हो। त्यहाँबाट उनको शवलाई कञ्चनपुरको पुर्नवास नगरपालिकामा पुर्‍याइनेछ। त्यहीँ उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम छ। अन्त्येष्टिमा उनलाई ११ तोपको सलामी पनि दिइनेछ। गौतमलाई सरकारले सहिद घोषणा गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाको मुसा प्रवृतिको विरोध गर्दै लोहनीले छाडे राप्रपा : देशको संकटलाई सत्तामा हालिमुहाली गर्ने मौका बनाएको आरोप

    कमल थापाको मुसा प्रवृतिको विरोध गर्दै लोहनीले छाडे राप्रपा : देशको संकटलाई सत्तामा हालिमुहाली गर्ने मौका बनाएको आरोप

    काठमाडौं : उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्दै कमल थापा अकस्मात सरकारमा गएकोमा अशन्तुष्टी जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले पार्टी छाडेका छन्। उनले थापामाथी ११ बुँदे गम्भिर आक्षेप लगाउँदै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका हुन्। उनले बुझाएको राजीनामा पत्रमा पार्टीको नीति लत्याएर राजनीतिक सौदाबाजी गरेर सरकार टिकाउन पार्टी नेतृत्व सत्तामा गएको, मधेस समस्यालाई पार्टीका अध्यक्षले…

    विस्तृतमा पढ्नुस्

  • रेखा थापा र माओवादी नेता नारायणकाजीको यस्तो होली

    रेखा थापा र माओवादी नेता नारायणकाजीको यस्तो होली

    काठमाडौं : रङको पर्व होलीले यतिबेला गाउँसहर रंगिएको छ। विशेषगरी युवायुवतीहरुले यो पर्वलाई झन् रंगीन बनाएका छन्।   हरेक क्षेत्रका व्यक्तिलाई यो पर्वले छोएको छ। यसैबीच नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाली फिल्मकी चर्चित अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले पनि होली खेले। खुसी साटासाट गरे।   'भेटघाटको बाहाना पनि होली' भन्दै रेखाले नारायणकाजीसँगको होलीफोटो यसरी फेसबुकमा…

    विस्तृतमा पढ्नुस्

  • कलाकारको रंगीन मूड : कसले कसरी मनाए, हेर्नुस् फोटोमा

    कलाकारको रंगीन मूड : कसले कसरी मनाए, हेर्नुस् फोटोमा

    काठमाडौं : वसन्त ऋतुको आगमनसँगै भित्रिएको फागु पूर्णिमाले सबैतिर उल्लास थपेको छ। आज रङको पर्व होलीमा सबै जना रमाइरहेका छन्। सबै क्षेत्रका व्यक्तिलाई रङले छोएको छ। उनीहरु आपसमा रङ दलेर खुसी र सद्भाव साटासाट गरिरहेका छन्।   नेपाली कला क्षेत्रलाई त होलीले नछुने कुरै भएन। कलाकारितामा स्थापित र यही क्षेत्रमा करिअर बनाउँदै गरेका केही कलाकारको होली मूडलाई यहाँ प्रस्तुत गरेका…

    विस्तृतमा पढ्नुस्

  • होली मनाउने क्रममा जथाभावी लोला हान्ने दुई सयभन्दा बढी पक्राउ

    काठमाडौं : जथाभावी लोला फ्याँक्ने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने र मादक पदार्थ सेवन गर्ने २ सय १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।   होली पर्वको अवसरमा यस्ता गतिविधिमा लागेका र झैझगडामा संलग्न उनीहरु काठमाडौंको विभिन्न स्थानबाट समातिएका हुन्। होलीलाई मर्यादित बनाउन र शान्ति सुव्यवस्था कायम राख्न उनीहरुलाई नियन्त्रणमा लिनुपरेको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले बताए। अहिलेसम्मम काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि सेनाका होमलालाई

    तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि सेनाका होमलालाई

    कपिलबस्तु : नेपाली सेनाका होमलाल श्रेष्ठले तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन्। सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलबस्तु फर्केको दिन फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा आयोजना गरिएको म्याराथनमा ४२ दशमलव १९५ किलोमिटरको दुरी होमलालले २ घण्टा २२ दशमलव ३६ सेकेण्डमा पूरा गरे। ‘म पहिले अल्टा रनर थिए, म्याराथनको ट्रेनिङ गरेको २ वर्षअघिबाट हो। बुद्ध जन्मस्थलमा आएर…

    विस्तृतमा पढ्नुस्

  • दिदीबहिनी कप महिला भलिबलको उपाधि न्यूडायमण्डलाई

    दिदीबहिनी कप महिला भलिबलको उपाधि न्यूडायमण्डलाई

    कुश्मा : न्यूडायमण्ड एकेडेमीले प्रथम दिदीबहिनी कप महिला राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी सशस्त्र प्रहरी बलको एपीएफलाई ३–१  को सेटमा पराजित गर्दै न्यूडायमण्ड च्याम्पियन बनेको हो। पहिलो सेट गुमाएपनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै न्यूडायमण्डले यस वर्ष चौथो पटक महिला भलिबलको उपाधि जितेको हो। न्यूडायमण्डले तीन पटक फाइनलमा एपीएफलाई हराएको थियो भने  एक…

    विस्तृतमा पढ्नुस्

  • नेपालगन्ज गोल्डकप : मनाङलाई हराउँदै रुपन्देही–११ सेमिफाइनलमा

    नेपालगन्ज : मनाङ मर्स्याङदीलाई हराउँदै रुपन्देही-११ नेपालगन्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको स्थिती उल्टाउँदै रुपन्देहीले मनाङलाई २-१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि ७५ औँ मिनेटमा सुशील लामाले गोल गर्दै मनाङलाई अग्रता दिलाए। तर मनाङले उक्त अग्रता कायम राख्न नसक्दा रुपन्देहीले उत्कृष्ट पुनरागमन गर्‌यो। खेलको ८७ औं मिनेटमा रुपन्देहीका लागि उत्तम…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट समर्थकले गरे त्रिवि मैदानमा सफाई, ७ फोटो

    क्रिकेट समर्थकले गरे त्रिवि मैदानमा सफाई, ७ फोटो

    काठमाडौं : नेपाल र केन्याबीच शनिबार भएको आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलपछि नेपाली क्रिकेट सपोटर सोसाइटी एनसीएसएसले कीर्तिपुरस्थित त्रिवि मैदानमा सरसफाई गरेका छन्। करिब १५ हजार भन्दा बढी दर्शक उपस्थित भएर शनिबार खेल हेरेका थिए। त्यसक्रममा भएको जम्मा भएको फोहोरलाई एनसीएसएसको टोलीले आइतबार कीर्तिपुर पुगेर सफाइ गरेका हुन्। पहिलो दिनको खेलपछि त्यहाँ करिब एक ट्रक फोहोर निस्केको एनसीएसएसका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • खेलको अनिश्चितताका बीच पारसले गरे मैदानको अवलोकन

    खेलको अनिश्चितताका बीच पारसले गरे मैदानको अवलोकन

    काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीच बिहान साढे नौ बजे सुरु हुने भनिएको खेल कीर्तिपुर मैदानमा वर्षाका कारण यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन। मैदानमा छाता ओढेर ठूलो संख्यामा दर्शक उपस्थित भएका छन्।  घाम  र बादलको लुकामारीबीच पारसले मैदानको अवस्था अवलोकन गरेका छन्। हेर्नस् फोटो   

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रहरीको गोलीबाट नेपालीको मृत्युपछि अशान्त कञ्चनपुरको सीमा क्षेत्र सामान्य बन्दै

    भारतीय प्रहरीको गोलीबाट नेपालीको मृत्युपछि अशान्त कञ्चनपुरको सीमा क्षेत्र सामान्य बन्दै

    काठमाडौं : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोलीबाट नेपाली युवाको मृत्यु भएपछि अशान्त बनेको कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ।   त्यहाँ सर्वदलीय छलफल बसिरहेको छ। राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी, बजार व्यवस्थापन समितिका पदाधिकारी लगायत छलफलमा जुटेका हुन्।   अहिले घटनास्थल क्षेत्रमा ६ सय नेपाली सुरक्षाकर्मी खटाइएको छ। शुक्रबार जस्तो तनावको अवस्था अहिले नरहेको…

    विस्तृतमा पढ्नुस्

  • राजधानीका सार्वजनिक यातायात ‘स्मार्ट पुस्ता’ लक्षित, स्मार्ट कार्डदेखि एपसम्म

    राजधानीका सार्वजनिक यातायात ‘स्मार्ट पुस्ता’ लक्षित, स्मार्ट कार्डदेखि एपसम्म

    दिनेश खड्का काठमाडौं : राजधानीका सार्वजनिक यातायातमा ‘स्मार्ट पुस्ता’लार्इ लक्षित गरेर सुविधा थप्ने प्रतिस्पर्धा सुरु भएको छ। सरकारले ठूला सवारी साधनलार्इ प्रोत्साहन गर्दै ८० प्रतिशतसम्म राजस्व छुट दिएपछि सुविधा थप्ने प्रतिस्पर्धा सुरु भएको हो। सार्वजनिक यातायातमा एलइडी टेलिभिजन, एप, स्मार्ट कार्डलगायतका सेवा संचालनमा आएको छ। साझाले अत्याधुनिक सेवा राखेर बस संचालनमा ल्याएपछि निजी यातायात कम्पनी अनुशरण गर्न बाध्य भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बाबु-छोराबीचको द्वन्द्वलाई लिएर बन्ने भो 'ब्ल्याक'

    बाबु-छोराबीचको द्वन्द्वलाई लिएर बन्ने भो 'ब्ल्याक'

    काठमाडौं : दुई पुस्ताबीचको द्वन्द्वलाई लिएर फिल्म 'ब्ल्याक' निर्माण हुने भएको छ।   कमलादीस्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै फिल्मको औपचारिक घोषणा गरिएको हो। आश्मा फिल्मस्को प्रस्तुति रहने फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गर्न लागेका हुन्।   आ–आफ्नो मान्यतामा अडिग रहने बाबु र छोरा पुस्ताको आन्तरिक द्वन्द्व नै फिल्मको मुख्य कथा रहेको स्क्रिप्ट राइटर मौनता श्रेष्ठले बताए।   फिल्ममा आकाश श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • काजकास्तानका अर्बपति यासिनोभ नेपाल भ्रमणमा

    काजकास्तानका अर्बपति यासिनोभ नेपाल भ्रमणमा

    काठमाडौं : काजकास्तानका अर्बपति व्यापारी तथा नेशनल बैंक अफ काजकास्तानका चेयरम्यान ग्यालिमझ्यान यासिनोभ नेपाल भ्रमणमा आएका छन्। निजी विमान लिएर उनी काजकास्तानबाट दिल्ली हुँदै काठमाडौं आएका हुन्। एक साताको निजी भ्रमणमा यासिनोभ नेपाल आएका हुन्। उनको चार्टर्ड जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वेमा राखिएको छ। दश जनाको परिवार र एक जना बेलायती सहयोगी लिएर उनी मार्च  फागुन २४ गते नेपाल…

    विस्तृतमा पढ्नुस्

  • झरी छिचोल्दै नेपाल र केन्या भिड्दै, नेपाल ब्याटिङमा

    झरी छिचोल्दै नेपाल र केन्या भिड्दै, नेपाल ब्याटिङमा

    काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदानमा जारी खेलमा नेपालले ५ विकेट गुमाउँदै ६९ रन बनाएको छ।   वर्षाका कारण ३८ ओभरमा झारिएको खेलमा सुनील धमला ३ रन बनाएर सुरुमै क्याच आउट भएका थिए। त्यसपछि ज्ञानेन्द्र मल्ल २७ रनमा आउट भए। यस्तै सागर पुन १० रन बनाएर बाहिरिए। सागर पुनपछि ब्याटिङ सम्हाल्न आइपुगेका शरद भेषावकरले पनि ३ रनभन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • धर्मारायो नेपाली इनिङ, ६ विकेट गुमाउँदा मात्र ७१ रन

    धर्मारायो नेपाली इनिङ, ६ विकेट गुमाउँदा मात्र ७१ रन

    काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपाल र केन्याबीचको खेलमा नेपालको छैठौँ विकेट पतन भएको छ। कप्तान ज्ञानेन्द्र मल्ल २७ रन बनाएर आउट भएपछि लगातार नेपालको विकेट पतन भैरहको छ।  ओपनर सुनील धमला ३ रन बनाएर क्याच आउट भएका थिए। लगत्तै ज्ञानेन्द्र आउट हुन पुगे। त्यसपछि सागर पुन १० रनमा, शरद् भेषावकर ३ रनमा आउट भए। बिनोद भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • बागमती सफाइको दुई सय हप्ता : राष्ट्रिय सरसफाइ अभियानसम्बन्धी १० बुँदे घोषणापत्र जारी

    बागमती सफाइको दुई सय हप्ता : राष्ट्रिय सरसफाइ अभियानसम्बन्धी १० बुँदे घोषणापत्र जारी

    काठमाडौँ : सरकारले बाग्मती सफाइ महाअभियानको २०० औँ हप्ता पारेर राष्ट्रिय सरसफाइ अभियानसम्बन्धी १० बुँदे घोषणापत्र आज जारी गरेको छ।  सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी जारी गरेको उक्त घोषणपत्र आगामी नयाँ वर्षदेखि प्रारम्भदेखि नै लागू गरी अभियानका रुपमा सञ्चालन गर्नुपर्ने उल्लेख छ।    घोषणापत्रमा देशभारिका सबै कार्यालय सङ्घ, संस्था र निकायले प्रत्येक महिनाको पहिलो शुक्रबार दिउँसो २ देखि ३ बजेसम्म आआफ्नो…

    विस्तृतमा पढ्नुस्

  • बन्द गराउँदै हिँडेका नेकपाका १३ कार्यकर्ता पक्राउ

    काठमाडौं : कञ्चनपुरमा नेपाली नागरिक गोविन्द गौतमको हत्याको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वले नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव न्युन परेको छ।   भारतीय हस्तक्षेपको विरोध जनाउँदै आज नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको हो। तर बन्दको परवाह नगरी बजार पसलहरु खुलेका छन्। राजधानीमा कुनै प्रभाव परेको छैन।   बन्दका क्रममा प्रहरीले पोखराका विभिन्न स्थानबाट १३ बन्दकर्तालाई पक्राउ गरेको छ।  …

    विस्तृतमा पढ्नुस्

  • घरेलु भूमिमा केन्याविरुद्ध नेपालको प्रदर्शन फितलो, ८ विकेट गुमाउँदा सय रनमात्रै

    घरेलु भूमिमा केन्याविरुद्ध नेपालको प्रदर्शन फितलो, ८ विकेट गुमाउँदा सय रनमात्रै

    काठमाडौं : घरेलु भूमिमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको जारी खेलमा नेपालको प्रदर्शन फितलो देखिएको छ।   वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलमा नेपालले ८ विकेट गुमाउँदा एक सय रन मात्र बनाएको छ।   कप्तान ज्ञानेन्द्र मल्ल २७ रन बनाएर आउट भएपछि लगातार नेपालको विकेट पतन भइरहको छ। ओपनर सुनील धमला ३ रन बनाएर क्याच आउट भएका थिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell