PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

  • निर्वाचन पर्यवेक्षकको योग्यता : २१ वर्ष उमेर, कम्तीमा प्लस-टु पास

    निर्वाचन पर्यवेक्षकको योग्यता : २१ वर्ष उमेर, कम्तीमा प्लस-टु पास

    काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७४ को पर्यवेक्षणका लागि कम्तीमा २१ वर्ष उमेर र प्लस-टुसम्मको योग्यता प्रस्ताव गरेको छ। विगतमा पर्यवेक्षण गरेका संस्थासँगको छलफलमा आयोगले यस्तो प्रस्ताव गरेको हो।  निर्वाचन पर्यवेक्षण निर्देशिका तयार पार्न आयोगले आज सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको राखेका थियो। अन्तरक्रिया कार्यक्रमलाई प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सहयोगीको भूमिका निर्वाह गर्न…

    विस्तृतमा पढ्नुस्

  • ​ट्रेन्डिङ नम्बर १ मा 'भद्रगोल'

    काठमाडौं: हास्य टेलिश्रृंखला 'भद्रगोल' नेपालका लागि युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ। अपलोड भएको पहिलो दिनदेखि नै नेपाल टेलिभिजनबाट प्रशारण हुने सो टेलिशृङ्खला ट्रेन्डिङमा बसेको हो। मार्च १० मा युट्युबमा राखिएको होली विशेष भद्रगोल सोमबारसम्ममा  ५ लाख २२ हजार भन्दा बढी पटक हेरिएको छ। मिडिया हबको आन्तरिक समस्याका कारण केही समय बन्द भएको भद्रगोल पुन: प्रसारणमा आएको हो। युट्युबमा राखिएका…

    विस्तृतमा पढ्नुस्

  • हङकङमा 'नेपथ्य हंगकंग साँझ’ सम्पन्न

    हङकङमा 'नेपथ्य हंगकंग साँझ’ सम्पन्न

    हङकङमा नेपाली सांगीतिक कार्यक्रममा सम्पन्न भएको छ। 'नेपथ्य हंगकंग साँझ’ नाम दिइएको कार्यक्रममा नेपाली संगीत ब्यान्ड ‘नेपथ्य’ले विशेष प्रस्तुती दिएको हो। आइतबार युन लुंग थिएटरमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई होली केन्द्रित बनाउँदै ब्यान्डका गायक अमृत गुरुङले भने,‘आज होलीको दिन म तपाइँहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु। शब्द र संगीतको यो रंगमा उता नेपालको माया भरिएको छ।’ तमु ट्हो ह्युलले…

    विस्तृतमा पढ्नुस्

  • विश्व बैंकका निर्देशक र योजना आयोगका उपाध्यक्षको भेट, लगानीको सुरक्षामा विश्व बैंकको चासो

    काठमाडौँ : नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग सोमबार भेट गरेका छन्। भेटका अवसरमा नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैंकको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ। उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, स्थानीय चुनावपछि राजनीतिक स्थितिमा सुधार आउने र देश…

    विस्तृतमा पढ्नुस्

  • नयाँ स्मार्ट लाइसेन्स वितरण सुरु

    भक्तपुर : यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले आजदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ।  कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा सुरु गरी सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दै आएको थियो। आजदेखि नयाँ लाइसेन्सका लागि दरखास्त लिन सुरु गरिएको बताउँदै कार्यालय प्रमुख अनोज घिमिरेले आगामी शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • पारस खड्काले जसलाई भने – 'तपाईँ लक्की, आउनुभएकाले खेल जितियो'

    पारस खड्काले जसलाई भने – 'तपाईँ लक्की, आउनुभएकाले खेल जितियो'

    काठमाडौँ : केन्यासँगको खेल ११८ बल बाँकी छँदै सात विकेटले जितेपछि मैदानमा जताततै खुसियाली छाएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित कप्तान पारस खड्का पनि टिममेटलाई बधाई दिँदै थिए। यत्तिकैमा उनको नजर खेलाडीको आफन्त र पाहुनाहरु बस्ने दीर्घातर्फ गयो। ह्विलचेयरमा बसिरहेका एक वृद्धलाई देख्ने बित्तिकै उनी मैदानबाट हुर्रिँदै मिडिया बक्स नजिकै रहेको पाहुना दीर्घातर्फ पुगे। हालखबर सोधे। अनि भने –…

    विस्तृतमा पढ्नुस्

  • अब अमेरिकी बोइङका जहाज चीनमा बन्ने, एकवर्षमा एक सय वटा जहाज उत्पादन गर्ने सम्झौता

    अब अमेरिकी बोइङका जहाज चीनमा बन्ने, एकवर्षमा एक सय वटा जहाज उत्पादन गर्ने सम्झौता

    काठमाडौं : अमेरिकी जहाज निर्माता कम्पनी बोइङ र चिनियाँ एभिएसन म्यानुफ्याक्चरर कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना लिमिटेड (सिओएमएसी) बीच बोइङको ७३७ मोडेलको जहाज उत्पादन गर्ने सम्झौता भएको छ। चीनको पूर्वी राज्य झुसान सिटीमा रहेको सिओएमएसीको कारखानामा जहाज बनाउने सम्झौता भएको छ। सिओएमएसीले सन् २०१८ भित्र जहाज हस्तान्तरण गर्ने सिन्हवाले जनाएको छ। यो बोइङ ७३७ मोडेलको जहाज पहिलो पटक अमेरिका बाहिर…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा होलीको उल्लास, हेर्नुस् १५ फोटोमा

    राजधानीमा होलीको उल्लास, हेर्नुस् १५ फोटोमा

    काठमाडौँ  : वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश लिएर आउने फागु पर्व (होली) आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइँदैछ। आज देशभरि नै विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि मानिसहरु समूहमा होली खेलेर रमाइलो गरिरहेका छन्।  ट्राफिक प्रहरीले आइतबार उपत्यकाभित्र मनाइने फागुपूर्णिमा (होली) का लागि ट्राफिक व्यवस्था कडा बनाएको छ। प्रहरीले होलीका दिनमा हुने अवाञ्छित गतिविधिलाई…

    विस्तृतमा पढ्नुस्

  • होलीमा नियम मिचेर सवारी चलाए दिनभर ट्राफिकको नियन्त्रणमा

    होलीमा नियम मिचेर सवारी चलाए दिनभर ट्राफिकको नियन्त्रणमा

    काठमाडौँ : तपाईँ आज जथाभावी रुपमा सवारी गुडाइ रहनु भएको त छैन? ट्राफिक नियम मिचेर सवारी चलाइरहनु भएको छ भने तपाईँको सवारी साधान आइतबार दिनभर ट्राफिक नियन्त्रणमा हुन सक्नेछ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार कारबाहीमा पर्ने सम्पूर्ण सवारीलाई दिनभर नियन्त्रणमा लिने जनाएको छ। एक पटक कारबाहीमा परेपछि २४ घन्टासम्म प्रहरीले कारबाही गर्दैन। आजको दिनमा नियमविपरित सवारी चलाएर दुर्घटना हुने सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • साढे तीन हजार नागरिकमा हात्तीपाइलेको जीवाणु

    फलेवास (पर्वत) : हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गतको आठौँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुनेभएको छ।  सातौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि पुनः आठौँपटक अभियान सञ्चालन गर्न लागिएको छ। पर्वतमा अझै पनि हात्तीपाइले रोगको सङ्क्रमण भएका साढे दुई प्रतिशत जनसङ्ख्या रहेकाले सातौँपटक अभियान सञ्चालन गर्नुपरेको हो। कुल जनसङ्ख्यामध्ये तीन हजार ४१८ जनामा हात्तीपाइलेको जीवाणु रहेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • इतिहास शिरोमणि आचार्यको स्मरण

    इतिहास शिरोमणि आचार्यको स्मरण

    पोखरा : नेपालको इतिहास लेखनमा विशेष योगदान पुर्‍याएका इतिहास शिरोमणि बाबुराम आचार्यको आज पोखरामा स्मरण गरिएको छ।  पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९ औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए।  कार्यक्रममा प्रा.डा. दिलबहादुर क्षेत्रीले नेपालमा इतिहास लेखनको थालनी आचार्यले गरेको बताउँदै जहानियाँ राणा शासनकालमा पनि उनले आफ्नो निष्ठा…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासङ्घ पाल्पा शाखाको अध्यक्षमा अर्याल

    रामपुर (पाल्पा) : नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको अध्यक्षमा राजेशकुमार अर्याल निर्वाचित भएका छन्। अर्याल यसभन्दा अगाडि पनि शाखा अध्यक्षमा निर्वाचित भएका थिए।  शनिवार राति अबेरसम्म भएको अधिवेशनले महासङ्घका खुल्ला उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा मुना घिमिरे, सचिवमा किरण कौशल तथा सहसचिवमा कृष्ण कार्की र अनिल लिगल, कोषाध्यक्षमा नरभूपाल विक रहेका छन्।  त्यस्तै सदस्यमा कृष्ण पोखरेल, चूरामणि न्यौपाने, यज्ञमूर्ति तिमिल्सिना,…

    विस्तृतमा पढ्नुस्

  • ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा

    पोखरा : जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ।  कार्यालयले ती मोटरसाइकलका चालकलाई नियमानुसार अधिकतम कारबाही गरी मोटरसाइकलको ध्वनिलाई पहिलाकै स्वरुपमा ल्याई अब उप्रान्त त्यस्तो नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए।  यस्तै कार्यालयले विभिन्न मोटरसाइकल वर्कसपका ५५ मिस्त्रीलाई सवारीसाधनमा ध्वनि परिवर्तन गर्न नहुने र यदि…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली क्षेत्रमा रोकिएन हिमपात, जनजीवन कष्टकर

    कर्णाली क्षेत्रमा रोकिएन हिमपात, जनजीवन कष्टकर

    जुम्ला : बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ।  शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो। चिसोले स्थानीयवासीलाई आवतजावत गर्न असहज भएको छ। लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक पक्की भएकाले छोटो दूरीका गाडी गुड्न सामान्य सुरसार गरे पनि गाडी चढ्ने यात्रु नै…

    विस्तृतमा पढ्नुस्

  • सदनबाटै मुलुकलाई समाधान दिनुपर्छ : नेता रिजाल

    सदनबाटै मुलुकलाई समाधान दिनुपर्छ : नेता रिजाल

    म्याग्दी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मुलुकलाई संसद्बाटै समाधान दिनुपर्ने बताएका छन्।  नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता रिजालले मधेस केन्द्रित दलले हठ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने विचार व्यक्त गर्दै एमालेले संविधान संशोधन नमान्ने र मधेस केन्द्रित दलले हाल निर्वाचन नमान्ने अवस्था रहेकाले दलबीचको सम्झौताले…

    विस्तृतमा पढ्नुस्

  • राजधानीको होलीमा विदेशी पर्यटकको रमाइलो, हेर्नुस् १० फोटोमा

    राजधानीको होलीमा विदेशी पर्यटकको रमाइलो, हेर्नुस् १० फोटोमा

    काठमाडौँ : नेपाल घुम्न आएका विदेशी पर्यटकहरु पनि रङ्गहरुको पर्व 'होली' मनारहेका छन्। राजधानीका ठमेल, दरबारमार्ग, बसन्तपुर, पाटनढोकालयागतका विभिन्न स्थानमा उनीहरु नेपालीसँग तथा आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै गरेका देखिन्छन्।  विदेशी पर्यटकसँग मेलमिलाप र सद्‍भाव बढाउँदै होली खेल्नका लागि त्यस क्षेत्रका स्थानीयवासी पनि उत्साहित भएका छन्।  उनीहरु भेटिएका नेपालीहरुलाई अविर लगाइदिँदै ‘हेप्पी होली’ भनिरहेका छन्। नेपालीहरुले लगाइदिएको अविर पनि…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामले भने- एनसेलबारे मन्त्रिपरिषद् निर्णय भ्रष्टाचार मात्र हैन राष्ट्रघात हो

    बाबुरामले भने- एनसेलबारे मन्त्रिपरिषद् निर्णय भ्रष्टाचार मात्र हैन राष्ट्रघात हो

    काठमाडौँ : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एनलेस बिक्री प्रकरणमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई भ्रष्टाचार मात्र नभएर राष्ट्रघात भएको बताएका छन्। भट्टराईले आज विज्ञप्ति जारी गरी विदेशी लगानीको दूरसञ्चार कम्पनीको बिक्रीमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपन्चमा भएको मन्त्रिपरिषद् निर्णयलाई राष्ट्रघात भनेका हुन्।  'एउटा कर अधिकृत (शाखा अधिकृत स्तर) ले गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्रीपरिषद्‍मा ठाडो प्रस्ताव लगी निर्णय गराउनु…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन : झापामा १५ मुख्य केन्द्र

    स्थानीय तह निर्वाचन : झापामा १५ मुख्य केन्द्र

    बनियानी (झापा) : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा भएका १५ स्थानीय तहमा सबैमा मुख्य निर्वाचन केन्द्र तोकिएको छ । निर्वाचन अधिकारी गोपाल आचार्यका अनुसार जिल्लाका आठ नगरपालिका र सात गाउँपालिकामा निर्वाचन केन्द्र तोकिएको हो, जसमा एक सय ३१ वटा वडा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।  ती केन्द्रमध्ये नगरपालिकामा मेचीनगर, दमक, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, कनकाई, शिवसताक्षी र गौरादह…

    विस्तृतमा पढ्नुस्

  • जुफाल विमानस्थलमै थन्कियो मकालु जहाज

    दुनै (डोल्पा) : मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ।  नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न भएर इन्जिन चालु नभएपछि विमानस्थलमै रोकिएको मकालु एयरलाइन्सका डोल्पा स्टेसन प्रमुख प्रताप शाहीले बताए।  एयरलाइन्स व्यवस्थापनका राज श्रेष्ठको भनाइलाई उद्धृत गर्दै शाहीले भने, 'म आएर जहाज जाँच गर्दा ब्याट्रीमा खराबी…

    विस्तृतमा पढ्नुस्

  • आधाभन्दा बढी अमेरिकी अझै पनि ट्रम्पप्रति आशावादी

    आधाभन्दा बढी अमेरिकी अझै पनि ट्रम्पप्रति आशावादी

    वासिङ्टन : अमेरिकाका आधाभन्दा बढीअर्थात् ५४ प्रतिशत नागरिक अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आशावादी नै रहेका छन्।  पछिल्लो एक सर्वेक्षणको नतिजाअनुसार ट्रम्पले अमेरिकालाई राम्रो र सम्बृद्ध गराउने उनीहरुले विश्वास व्यक्त गरेका छन्।  तर विगतका सर्वेक्षणको नतिजासँग तुलना गर्दा यसरी आशावादी हुनेको सङ्ख्या पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसको भन्दा कम रहेको छ।  ओबामाका लागि आशावादी हुनेको सङ्ख्या ६१ प्रतिशत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell