काठमाडौं : नेकपा एमालको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेपालगन्जमा हुन लागेको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। बाँके सदरमुकाम नेपालगन्जको गोनाना भन्ने ठाउँमा प्रहरीले गोली चलाएको छ। प्रहरीमाथि ढुंगामुढा भएपछि दुई राउन्ड गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइफायर गर्नुपरेको बताए। 'सुरुमा…
मनाङ : गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन्। हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन्। अन्नपूर्ण पदमार्ग हुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन्। बाटोमा हिउँ पन्छाउँदै पर्यटक आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन्। हिउँ पर्न रोकिए पनि ठाउँठाउँमा गएको हिमपहिरोका कारण बाटो अवरुद्ध भएको छ। हिउँसँगै…
काठमाडौं: सन् २०१७को नोभेम्बरमा बेलायतमा हुने 'फेस अफ द वल्ड २०१७' मा नेपालका लागि प्रतिनिधि छानिए। काठमाडौंमा सम्पन्न फेस अफ द वल्ड नेपाल–२०१७ मा काठमाडौंका रोजेन सुवेदी तथा महोत्तरीकी स्नेहा जर्घा छानिएका हुन्। प्रतियोगिताको २०१६ को संस्करणमा पियुष कर्णले नेपालको प्रतिनिधित्व गर्दै सेकेण्ड रनर्स अप ईन्टरनेशनल तथा बेस्ट रनवे अवार्ड जितेका थिए। अहिले उनी फेस अफ द वल्डको नेशनल डाइरेक्टरको…
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा आफूले पाउने तलब नलिने भएका छन्। चुनावी अभियानकै क्रममा राष्ट्रपति भएपछि आफूले कुनै तलब र सुविधाहरु नलिने घोषणा गरेका ट्रम्पले आगामी डिसेम्बरमा आफ्नो वार्षिक तलब दान दिने ह्वाइट हाउसका प्रवक्ताको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ। उनले आफ्नो वार्षिक तलब चार लाख डलर अर्थात चार करोड रुपैयाँभन्दा बढी रकम कुनै च्यारिटीलार्इ दान…
ग्वाटेमाला सिटी : मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनःस्थापना केन्द्रमा गत बुधबार बिहान भएको भीषण आगलागीमा परी ४० किशोरीको मृत्यु भएपछि त्यहाँका समाज कल्याणमन्त्री कार्लोस रोडास्ले सोमबार राजीनामा दिएका छन्। उनले आफूले घटनालगत्तै राजीनामा नदिएको र दुर्घटनाबाट बाँचेका व्यक्तिलाई उपचारको व्यवस्था र शरणार्थीस्थलको व्यवस्था मिलाएरमात्र राजीनामा गरेको बताएका छन्। सो आगलागी बालिका तथा किशोरी बसोबास गर्ने आश्रयस्थलतर्फ भएको थियो।…
सन् २०१२ मा आएको 'इंग्लिश विंग्लिश' हिन्दी फिल्ममा एक आत्मविश्वासी महिलाको भूमिका निभाइसकेकी श्रीदेवी फेरि आमाको भूमिकामा देखिने भएकी छिन्। उनले हालै सामाजिक सञ्जालमा आफ्नो नयाँ आउने फिल्म 'माँ' को पोस्टर सेयर गरेकी छिन्। पोस्टरमा श्रीदेवीको भूमिका निकै शक्तिशाली देखिन्छ। यो फिल्मको डाइरेक्सन रवि उद्यवारले गरिरहेका छन् भने यसको प्रोड्युस श्रीदेवीका पति प्रोड्युसर बोनी कपूरले गरिरहेका छन्। फिल्ममा श्रीदेवीको साथमा अक्षय…
काठमाडौं: बिहीबार मार्च १६ बाट 'मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव' सुरु हुने भएको छ। मानवअधिकार चलचित्र केन्द्र र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा महोत्सवको पाँचौं संस्करण हुने भएको हो। 'मेरो पनि अधिकार' छ भन्ने मूल नाराका साथ हुने चार दिन लामो महोत्सव काठमाडौं नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न हुनेछ। आयोजकका अनुसार प्रदर्शन हुने फिल्महरुले मानवता र मानवा अधिकारसँग…
काबुल : अफगानिस्तानको पाक्टिका प्रान्तको पूर्वी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा सोमबार कम्तीमा १० जना हक्कानी लडाकूहरुको मृत्यु भएको छ। गृहमन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सोमबार साँझ हक्कानीका एकजना उच्च तहका कमाण्डर र अरु नौजना लडाकू मारिनुका साथै दुईजना घाइते भएका छन्। घटनामा मारिनेहरुको विस्तृत विवरण सुरक्षा निकायले अहिलेसम्म सार्वजनिक गरेको छैन। घटनास्थल राजधानी काबुलदेखि १५५ किलोमिटर दक्षिणतर्फ पर्दछ। तालिवानी समूहसँग नजिक…
काठमाडौं : ह्युण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१७ आगामी शनिबार गोकर्ण गल्फ क्लबमा हुने भएको छ। ह्युण्डाईको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको आयोजनामा हुने उक्त एक दिने प्रतियोगिता १८ होलमा खेलाइनेछ। सय जना गल्फरहरुले सहभागिता जनाउने अनुमान गरिएको प्रतियोगिता स्टेबल फर्म्याट ३ बाई ह्यान्डीक्यापको आधारमा सञ्चालन हुनेछ। यस्तै होल इन प्रतियोगिताको मुख्य आकर्षकको रुपमा रहेको छ भने होल इन…
रुपेश कुमार कर्ण एमालेको हठ, मधेसी मोर्चाको अवरोध र सरकारी अदुरदर्शिताको परिणामले निम्त्याएको दु:खद् सप्तरी घटना अहिले सामाजिक सञ्जाल, पत्रपत्रिका, टिभी हरेकतिर छाएको छ। नेपाली समाज, युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, नागरिक समाज ध्रुवीकृत भएका छन्। विश्लेषण गर्दा सो घटनाले मधेस मात्र नभई सारा नेपाली समाज अतिवादी सोचको शिकार भएको हो कि भन्ने भान हुन्छ। झन् सामाजिक सञ्जालमा व्यक्त विचारहरुले हामी…
काठमाडौं : आगामी शनिबार (चैत ५ गते)देखि हुने भनिएको धनगढी प्रिमियर लिग डीपिएलको मिती तीन साता पछि सरेको छ। नयाँ मितीअनुसार प्रतियोगिता अब चैत २७ गतेदेखि बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ। यसअघि चैत ५ देखि १९ गतेसम्म सञ्चालन हुने तय थियो। एसीसीले इमर्जिङ टीम्स कप २०१७ को खेल तालिका सार्वजनिक गरेसँगै उक्त प्रतियोगितामा नेपालले पनि भाग लिने भएका कारण…
काठमाडौँ : व्यवस्थापिका-संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्तावसम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रस्ताव महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण विडारीले प्रस्तुत गरेका थिए। संसद्को अर्को बैठक चैत २ गते दिउँसो १ बजे बस्नेछ।रासस
काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो राष्ट्रिय निर्णायक सेमिनार तथा रिफ्रेसर कोर्स मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ। विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो। पहिलो चरण्मा मध्यमाञ्चलबाट सेमिनारमा ८५ तथा रिफ्रेसर कोर्समा १ सय ७१ गरी जम्मा २ सय ५६ जना सहभागी छन्। तीनदिने कोर्स कोरियन प्रशिक्षक क्वान…
काठमाडौँ : प्रहरी हिरासतबाट २६ वर्षअघि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट ध्याङफेदी ६ घर भई हाल काठमाडौँको बौद्धमा बस्दै आएका ४९ वर्षीय फुर्पा लामालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो। लामाले आफ्नै गाविसका २ जना बालिकालाई ललाइफकाई काठमाडौं ल्याएका थिए। त्यसपछि वीरगञ्जको बाटो बिक्री गर्ने मनसायले भारतको मुम्बई लैजाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनी २०४७…
काठमाडौँ : समयानुकूल नदी व्यवस्थापनको सन्दर्भमा कार्य गर्न तथा पारिस्थितिक प्रणालीको पुनःरोद्धार, जैविक विविधता संरक्षण तथा पुनःस्थापनको लागि रणनीति एवं ढाँचा तर्जुमा गर्न सहयोग पुर्याउने उद्देश्यले यही चैत ३ देखि ६ गतेसम्म त्रिशुली नदी किनारमा दोस्रो नदी शिखर सम्मेलनको आयोजना गरिने भएको छ। नदीसँग सरोकार राख्ने सरकारी, निजी, गैरसरकारी, विकास साझेदार तथा आश्रित समुदायको सहभागितामा हुने सो सम्मेलनले नदी व्यवस्थापन…
काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन राजनीतिक रुपमा मात्र फिर्ता लिने तयारी गरेको छ। गत फागुन २५ गते पाँच बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै मोर्चाले सात दिने अल्टिमेटम दिएर माग पूरा नभए स्वतः समर्थन फिर्ता हुने बताएको थियो। अब भने मोर्चाले संसद्मा जानकारी नगराई आन्दोलनमा जाने तयारी थालेको हो। तमलोपा कार्यालय, बिजुलीबजारमा आज बसेको मधेसी मोर्चा…
काठमाडौँ : निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सञ्चालन गर्ने भएको छ। आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट सुरु गरेको दुईदिने मतदाता शिक्षा ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालमा ८० प्रतिशत मतदाता निर्वाचन शिक्षामा अशिक्षित रहेकाले मतदाता शिक्षालाई अभियानकै रुपमा लगिने बताए। उनले मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखेर हरेक मतदान केन्द्रमा कम्तीमा तीनजना मतदाता शिक्षा कार्यकर्ता…
काठमाडौँ : उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी छाडेका पूर्व राष्ट्रिय अध्यक्ष तथा प्रकाशचन्द्र लोहनीलाई माइक्रो ब्लगिङ साइट ट्विटरबाट जवाफ फर्काएका छन्। लोहनीले पार्टी छाड्दै गर्दा थापा माथि पार्टीलाई सत्ता राजनीतिको हतियार बनाएको, एकतापछि सानो झुण्डको रुपमा पार्टी चलाएको लगायतका ११ बुदेँ आरोप लगाएका थिए। थापाले सोमबार बिहानै ट्विट गर्दै लोहनीको धारणाको खण्डन गरेका हुन्। थापाले जवाफमा…
फलेवास (पर्वत) : बाजागाजा र भोजभतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार इष्टमित्र र आफन्तजनको साथमा माझफाँट–६ स्थित बेहुलाको घरमा नै विवाह गर्ने तयारीसहित मण्डपमा बेहुला बेहुली बसिरहेका बेला डिलबहादुरकी जेठी पत्नी कुमारी परियारले जिल्ला प्रहरी…
काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत पाँचौं चरणको दोस्रो खेलमा नेपालले केन्यासँग घरेलु मैदानमा खेल्दैछ। टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ। नेपालले यो समाचार तयार पार्दासम्म केन्याको दुई विकेट लिएको छ। दुवै विकेट मेहबुब आलमले लिएका हुन्। आलमले पहिलो विकेटमा केन्या एलेक्स ओवाण्डालाइ क्याच आउट गराउन सफल भए। त्यस्तै दोश्रो विकेटको रुपमा गोण्डोरियालाइ बोल्ड आउट गराए।…