काठमाडौँ : नेकपा एमालेका नेता भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीय सचिव महेश विष्टले जानकारी गराए। चिकित्सकको सल्लाहअनुसार पूर्व उपप्रधानमन्त्री अधिकारी थाई एअरवेजमार्फत उपचारका लागि बैंकक गएका हुन्। पूर्वअर्थमन्त्री समेत रहेका उनको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने विष्टले बताए। अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा…
काठमाडौं : विश्व चेस महासंघ फिडेको आयोजनामा हुने 'फिडे वर्ल्ड कप-२०१७' को लागि एसियन जोनल ३.२ चेस च्याम्पियनसिप नेपालमा हुन भएको छ। नेपालमा दोस्रो पटक आयोजना हुन लागेको उक्त च्याम्पियनसिप यही चैत ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। फिडेको वर्ल्ड चेस च्याम्पियनसिप २०१६-२०१८ साइकल अन्तर्गत आगामी सेप्टेम्वर २ देखि २८ सम्म जर्जियाको टिवीलिसीमा हुने वर्ल्ड कपको लागि एसियन छनोट नेपालमा…
फलेवास (पर्वत) : गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा र्याफ्टिङ सुरु भएको छ। जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ। जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन्। लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका छन्। स्वेदशी पर्यटकको आवागमनसमेत बढेको नदी पथप्रदर्शक रवीन गुरुङले बताए।…
काठमाडौँ : राजधानीको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका आरआरका उम्मेदवार समेत रहेका टपेन्द्रबहादुर शाहीले दायर गरेको मुद्दामा अदातलले निर्वाचन गराउन आदेश दिएको हो। शाहीले गत फागुन २३ गते मुद्दा दायर गरेका थिए। यसअघि फागुन १४ गते त्रिभुवन विश्वविद्यालले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने घोषणा गरेको…
काठमाडौँ : सरकारले ७ सय ४४ स्थानीय निकायलाई एक/एक करोड रुपैयाँको दरले अनुदान घोषणा गरेको छ। उनीहरुले न्यूनतम पूर्वाधारको तयारी गर्न पाउन् भनेर यो रकम दिन लागेको उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। सरकारले हालै चार महानगर, १३ उपमहानगर, २४६ नगर र ४९१ गाउँपालिका घोषणा गरेको थियो। उनीहरुको संरचनागत विकासका लागि बिउ पूँजीको रुपमा यो रकम दिन लागेको महराले बताए।…
काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँ राजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक अभियान भएको बताएका छन्। नयाँ दिल्लीमा आज आयोजित ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’ मा ‘बुलेट टु ब्यालेट’ विषयमा सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन्। उनले विगत दुई दशकमा नेपालको…
इस्लामाबाद : पाकिस्तानमा आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ। पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलो पटक जनगणना हुन लागेको बताए। दुई चरण गरी आगामी मे १५ तारिखसम्म यस जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष राखिएको बताइएको छ। तथ्याङ्क सङ्कलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक राष्ट्रिय…
काठमाडौः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागि हुने दललाई निर्वाचन चिन्ह प्रदान गर्ने विषयमा महान्यायाधिवक्तासँग परामर्श गरेको छ। निर्वाचन आयोगले कान्तिपथस्थित कार्यालयमा डाकेर महान्यायाधिवक्ता रमन श्रेष्ठसँग पारमर्श गरेको हो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सहित अन्य आयुक्तहरुले महान्याधिवक्ता रमनकुमार श्रेष्ठ तथा नायब महान्यायाधिवक्ता किरण पौडेलसँग निर्वाचनमा भाग लिने दलहरुले प्राप्त गर्ने निर्वाचन चिह्न र दलहरुको मर्यादाक्रमका विषयमा छलफल गरेका…
काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आतङ्कवाद विश्वव्यापी रुपमा गम्भीर चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्। भारतको नयाँदिल्लीमा मंगलबारदेखि सुरु भएको प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा गृहमन्त्री निधिले अन्तर्राष्ट्रिय समुदायका लागि सुरक्षा चासो सबैभन्दा चिन्ताको विषय भएको उल्लेख गरे। उनले आतङ्कवादी समूहले आफ्नो प्रभाव विस्तार गर्न खाजेकाले त्यसको रोकथामका लागि…
काठमाडौँ : पाँच महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक आह्वान गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले चैत १० गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्। बैठकमा संसदमा विचाराधीन संविधान संशोधन प्रक्रिया, आसन्न स्थानीय तह निर्वाचन र पार्टीको संगठनात्मक विषयलगायतमा छलफल हुनेछ। गत कात्तिक ९ गतेपछि सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएका थिएनन्। कांग्रेसलाई संस्थागत ढंगले अघि बढाउन सभापति नै बाधक बनेको,…
प्रिमियर लिग च्याम्पियन लेस्टर सिटी स्पानिस क्लब सेभियालाई समग्रमा ३-२ ले पराजित गर्दै युरोपको प्रतिष्ठित क्लब फुटबल युरोपियन च्याम्पियन्स लिग (युसिएल)को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अवे मैदानमा पहिलो लेग २-१ ले गुमाएको लेस्टरले मंगलबार घरेलु मैदानमा २-० को जित हात पार्दै अन्तिम आठमा स्थान बनाएको हो। किंग पावर स्टेडियममा लेस्टरलाई जित दिलाउन कप्तन वेस मोर्गान र मानर्क अलब्रिगटनले गोल गरे। …
शेरबहादुर सिंह भीमदत्तनगर (पुनर्वास) : कञ्चनपुर पुनर्वास–८ का हस्तबहादुर शाहीलाई गाउँकै युवक गोविन्द गौतमको मृत्युको समाचार पत्याउन गाह्रो भएको छ। एक साताअघि मात्रै उनीसँग आनन्द बजारमा भेट हुँदा भएको कुराकानी हस्तबहादुरले बिर्सन सकेका छैनन्। त्यो भेट नै गोविन्दसँगको अन्तिम भेट बन्न पुग्यो। गत फागुन २६ गते बिहान ८ बजे आफूसँग भेटेर कुरा गरेको करिब तीन घन्टामै भारतीय सीमा…
काठमाडौं : बंगलादेशमा यही मार्च २५ देखि सुरु हुने एसीसी इमर्जिङ टिम्स कपका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। बुधबार घोषणा गरिएको नेपाली टोलीमा ३ नयाँ अनुहारले स्थान पाएका छन् भने सिनियर खेलाडीहरु बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीलाई आराम दिइएको छ। मोहम्मद आसिफ शेख, दीलिप नाथ र दीपेश श्रेष्ठले १५ सदस्यीय टोलीमा स्थान…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ। सरकारलाई दिएको समर्थन फिर्ताका लागि मोर्चाले दिएको सातदिने अल्टिमेटम हिजो सकिएको र अर्को आन्दोलनको तयारीमा रहेका बेला प्रधानमन्त्रीले नेताहरुलाई बोलाएका हुन्। गत फागुन २५ गते पाँच बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै मोर्चाले सात दिने अल्टिमेटम दिएर माग पूरा नभए स्वतः समर्थन फिर्ता हुने बताएको…
ब्राजिलको एउटा फुटबल क्लबका गोलकिपर जेलबाट मुक्त भएपछि अहिले आलोचना खेपिरहेका छन्। यी गोलकिपरलाई सन् २०१० मा आफ्नी पूर्व प्रेमिकाको हत्या गरेको घटनामा दोषी ठहर्याइएको थियो। ब्रुनो नामबाट चर्चित ब्रुनो फर्नान्डिसलाई सोमबार बोआ इस्पोर्ट (बोआ स्पोर्ट्स) ले रिहा गरेको छ। उनको रिहालाई लिएर सामाजिक सञ्जालमा गम्भीर प्रतिक्रिया व्यक्त भइरहेका छन्। सन् २०१३ मा ब्रुनोलाई २२ वर्षको लागि जेल सजाय सुनाइएको…
वीरगन्ज : बाराको महागढीमाई नगरपालिकामा स्थानीयहरुले आज बिहान तालाबन्दी गरेका छन्। नगरपालिकाको साविक वडा नं ६ पत्रहट्टी र वडा नं ९ बबुआइनलाई नयाँ संरचनाअनुसार वडा नं ६ मा गाभेको विरोधमा स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको महागढीमाई नगरपालिकाका वासिन्दा मिश्रीलाल शाहले बताए। आफूहरुले छुट्टाछुट्टै वडाको लागि माग गर्दासमेत सरकारले बेवास्ता गरेको वडावासीहरुको आरोप छ।
वीरगञ्ज : सशस्त्र प्रहरी पर्साले भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवस्थामा साढे १२ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। सीमा सुरक्षा कार्यलय पर्साअन्तर्गत बोडर आउट पोष्ट भिस्वाको टोलीले गोप्य सूचनाको अधारमा पर्सा, जयमंगलापुर वडा नं ३ बस्ने प्रभु यादवलाई पक्राउ गरेको हो। साइकलमा चरेस लोड गरी भिस्वाबाट भारतीय बजार सिकटातर्फ जाँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका यादवलाई…
काठमाडौं : नेपाल राष्ट्र बैंकले गैरसरकारी संस्थाबाट स्तरोन्नति भएर लघुवित्त विकास बैंक बनेकाहरुलाई दुई वर्षभित्र सर्वसाधारणमा शेयर जारी गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले यी संस्थाहरुलाई अर्को चैतसम्म स्तरोन्नति भइसक्न पनि निर्देशन दिएको छ। 'अब गैरसरकारी संस्थाबाट लघुवित्त विकास बैंक बनेकाहरुले २०७५ मंसिरभित्र शेयर जारी गरिसक्नुपर्छ। त्यसअघि नै उनीहरु कम्पनी ऐन अनुसार दर्ता हुनुपर्छ,' चौथो लघुवित्त सम्मेलनको उद्घाटन कार्यक्रमलाई बुधबार…
जेनेभा (स्वीट्जरल्यान्ड) : गत डिसेम्बरमा सिरियाली राजधानी दमास्कसमा बसोबास गर्ने ५० लाख नागरिकलाई खानेपानीबाट वञ्चित गरिने गरी ऐन अल फिजेहमा रहेको पानीको स्रोतमा राष्ट्रपति बसर अल असद पक्षले गरेको विस्फोट ‘युद्ध अपराध’ भएको संयुक्त राष्ट्र सङ्घले मङ्गलबार जनाएको छ। घटनाको वास्तविकता छानबिनका लागि बनेको राष्ट्रसङ्घीय अनुसन्धान आयोगले ऐन अल फिजेहमा सिरियाली वायु सेनाद्वारा आक्रमण गरेको ठहर गर्दै यो युद्ध अपराध…
काठमाडौं: नेपाली अल्ट्रा म्याराथन धावक मीरा राईको जीवनमाथि बनेको फिल्म ‘मिरा’ सार्वजनिक भएको छ। फिल्म सोमबार युट्युबमार्फत रिलिज भएको हो। नेपाली भाषामा अनुवादित फिल्म सार्वजनिक भएको हो। ट्रायल रनिङ नेपालको सहकार्यमा बनेको फिल्मलाई फिल्म निर्माण युनिटले अफिसियल रिलिज गर्यो। 'मीरा'लाई लोइड बेल्चरले निर्देशन गरेका हुन्। युट्युब रिलिजअघि फिल्म नेपाल, हङकङ, अष्ट्रेलिया, स्पेन, इटालीलगायतका देशमा भएका फिल्म महोत्सवमा प्रदर्शन भएको थियो।…