PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

  • चीनबाट आयातीत मल कोलकातामा फसेको एक महिनापछि नेपाल भित्रियो, अब सोझै भारतबाट आयात हुने

    चीनबाट आयातीत मल कोलकातामा फसेको एक महिनापछि नेपाल भित्रियो, अब सोझै भारतबाट आयात हुने

    वीरगञ्ज : कृषि सामाग्री कम्पनीले चीनबाट आयात गर्दै आएको डिएपी मल अब सीधै भारतसँगै किन्ने भएको छ। कम्पनीले  भारतसँग साढे ७ हजार मेट्रिक टन डिएपी मल आयात गर्नका लागि टेण्डरसमेत निकालिसकेको छ। ३ रेल्वे र्यालकमा ७ हजार ५ सय मेट्रिक टन डिएपी मल आयात गरिने कृषि सामग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख अजय श्रीवास्तवले जानकारी दिए। यसअघि स्वीस सिंगापुर कम्पनीमार्फत चीनबाट…

    विस्तृतमा पढ्नुस्

  • सीमांकन थाती राखेर संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा मोर्चा लचिलो

    सीमांकन थाती राखेर संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा मोर्चा लचिलो

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई डाकेर सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर अघि बढ्न प्रस्ताव राखेका छन्।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मोर्चाका शीर्ष तहका नेताहरुलाई डाकेर प्रधानमन्त्री दाहालले सीमांकन पछि मिलाउनेगरी संशोधन अघि बढाउन सहमति मागेका हुन्।   'उहाँले आफ्नो कुरा राख्नुभयो, सीमांकन बाहेकका बाँकी चार विषय संशोधन गरेर अघि जाऔं र स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • लघुवित्त संस्थामाथि कारबाहीको तयारीमा राष्ट्र बैंक, गभर्नर भन्छन्- 'गाउँमा सामन्तीका रुपमा लिन थालियो'

    लघुवित्त संस्थामाथि कारबाहीको तयारीमा राष्ट्र बैंक, गभर्नर भन्छन्- 'गाउँमा सामन्तीका रुपमा लिन थालियो'

    काठमाडौं : लघुवित्त संस्थाहरुले विकृति बढाएको ठहर गर्दै नेपाल राष्ट्र बैंकले ती संस्थामाथि कारबाहीको तयारी गरेको छ। नयाँ सामन्ती र शोसकहरु राष्ट्र बैंकले गाउँघरमा छिरायो भन्ने आरोप आफूलाई लाग्न थालेको भन्दै गभर्नर चिरञ्जीवी नेपालले त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंक कारबाहीमा उत्रनुपर्ने अवस्था आउन लागेको बताए। लघुवित्त संस्थाहरु आफ्नो उद्देश्यभन्दा फरक गएर महत्वकांक्षी बन्दा विकृतिहरु आउन थालेको उनको भनाइ छ।  …

    विस्तृतमा पढ्नुस्

  • मूर्ति तथा पासाका गोटीसहित दुई जना पक्राउ

    मूर्ति तथा पासाका गोटीसहित दुई जना पक्राउ

    काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले वन्यजन्तुको आखेटोपहारबाट निर्मित मुर्ति तथा पासाका गोटीसहित दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ५४ वर्षीय सफलता प्रकाश र ३३ वर्षीय सुदर्शन खड्गी रहेका छन्। प्रहरीले उनीहरुलाई विशेष सूचनाको आधारमा मङ्गलबार रविभवनबाट वन्यजन्तुको आखेटोपहारबाट निर्मित देवी देवताका मुर्ति आकृति भएका वस्तु चार थान, पासा चार थान, पासाका ३७ थान गोटीसहित पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङ अन्त्य नै उज्यालो युगको सुरुवात : प्रधानमन्त्री

    लोडसेडिङ अन्त्य नै उज्यालो युगको सुरुवात : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अँध्यारो युगको अन्त्य भई उज्यालो युगको सुरुवात भएको बताएका छन्।   औषधि विक्रेताहरुको संस्था नेपाल औषधि बिक्री प्रबन्धक संघले गरेको सम्मान ग्रहण गर्दै उनले लोडसेडिङ अन्त्य उज्यालो युगको सुरुवातको प्रतीक भएको बताए। ‘यो प्रतीकात्मक रुपमा अँध्यारो युगबाट उज्यालोमा लैजाने युर्गको सुरुआत हो,’ उनले भने, ‘देशलाई पछौटे राख्नु हुँदैन, नयाँ गतिमा देशलाई अगाडि बढाउनुपर्छ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • महिन्द्राका गाडीहरु अब अनलाइनबाटै किन्न मिल्ने, काठमाडौं र विदेशबाट अनलाइन बुकिङ सुरु

    महिन्द्राका गाडीहरु अब अनलाइनबाटै किन्न मिल्ने, काठमाडौं र विदेशबाट अनलाइन बुकिङ सुरु

    काठमाडौँ : महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्रा गाडीहरुको अनलाइन बुकिङ सुरु गरेको छ। www.onlineagni.com वेवसाइटमा महिन्द्रा गाडीका बारेमा सबै जानकारी राखिएको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ। कम्पनीका अनुसार वेवसाइटमा गाडीका मोडलहरु र मूल्यबारे जानकारी दिइएको छ। ग्राहकलार्इ अनलाइन नै किन्ने सुविधा पनि कम्पनीले दिएको छ। कुनै मोडेल मन परेमा इ-सेवाबाट खरिद गरी भौचर लिन मिल्ने…

    विस्तृतमा पढ्नुस्

  • दीपक रौनियार टप ९ निर्देशकको लिस्टमा

    दीपक रौनियार टप ९ निर्देशकको लिस्टमा

    काठमाडौँ : फिल्म सेतो सूर्यका निर्देशक दीपक रौनियार टप ९ निर्देशकको लिस्टमा परेका छन्। फिल्म सोसाइटी अफ लिन्कन सेन्टर म्युजियम अफ मोडर्न आर्ट्स ल्यान्डले संयुक्त रुपमा '९ हेर्नै पर्ने फिल्म निर्देशक'को नाम सार्वजनिक गरेको हो। रौनियारको ‘सेतो सूर्य’ले तत्कालिन जनयुद्ध बेलामा बालबालिकामा परेको मनोवैज्ञानिक असर र उनीहरुको नजरबाट त्यो बेलाको परिस्थितिलाई हेर्ने दृष्टिकोण माथी बनेको फिल्म हो। फिल्ममा दयाहाङ राईसंगै…

    विस्तृतमा पढ्नुस्

  • धर्ना दिन पुगेका द्वन्द्वपीडितमाथि प्रहरी हस्तक्षेप, आयोग पदाधिकारीले सोधे- 'कसले बोलायो प्रशासन?'

    धर्ना दिन पुगेका द्वन्द्वपीडितमाथि प्रहरी हस्तक्षेप, आयोग पदाधिकारीले सोधे- 'कसले बोलायो प्रशासन?'

    काठमाडौं : सत्यनिरुपण आयोगमा धर्ना दिन पुगेका द्वन्द्वपीडितहरुलाई प्रहरीले रोकेपछि आयोगका पदाधिकारीले 'कसले बोलायो प्रशासन?' भन्दै प्रहरीलाई नै प्रश्न गरेका छन्।   सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितका पक्षमा भन्दा पनि राजनीतिक दलको पक्षमा काम गर्दै उसका कार्यकर्ता कार्यकर्ता जोगाउन लागिपरेको र आयोगका पदाधिकारीले नाटकीय रुपमा झगडा गरेको भन्दै आयोगमा धर्ना दिन द्वन्द्वपीडितहरु व्यानर सहित पुगेका थिए। आयोग पुगेका पीडितहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • विमानमा हेडफोन पड्किँदा महिलाको अनुहार जल्यो

    विमानमा हेडफोन पड्किँदा महिलाको अनुहार जल्यो

    मेलबर्नबाट बेजिङतर्फ गइरहेको  एउटा विमानमा हेडफोन पड्किँदा एक महिलाको अनुहार जलेको छ।  विमानमा रहेका यात्रुका अनुसार ती महिला गीत सुन्दासुन्दै निदाएकी थिइन्। त्यसै बेला यो घटना भएको थियो।  हेडफोन पड्किएको आवाज सुनेर उनी तुरुन्त व्यँझिइन् र हेडफोन झिकेर फर्समा फालिन्।  पीडित महिलाले भनिन्, 'मैले आफ्नो अनुहारमा हात राख्दा हेडफोन मेरो गलामा टाँसियो, त्यो जलिरहेको थियो, मैले चाँडै त्यसलाई निकालेँ, त्यसबाट धुँवा…

    विस्तृतमा पढ्नुस्

  • धर्ना दिन आयोग पुगेका द्वन्द्वपीडितमाथि प्रहरी अवरोध, ८ फोटोमा

    धर्ना दिन आयोग पुगेका द्वन्द्वपीडितमाथि प्रहरी अवरोध, ८ फोटोमा

    काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितका पक्षमा भन्दा पनि राजनीतिक दलको पक्षमा काम गर्दै उसका कार्यकर्ता जोगाउन लागिपरेको भन्दै द्वन्द्वपीडितहरु बुधबार ब्यानर सहित आयोगमा धर्ना दिन पुगे। तर उनीहरुलाई कार्यालय परिसर प्रवेश गरेसँगै प्रहरीले रोक्यो। केही बेर अवस्था तनावपूर्ण बन्यो।   प्रहरीले पीडितहरुलाई रोकेपछि आयोगका सदस्यहरु नै बाहिर आए। र, उनीहरुसँग कुरा गरे। तर पीडितहरुले सदस्यहरु झगडा…

    विस्तृतमा पढ्नुस्

  • 'माया गर्नेहरुको फिल्म : यो साइनो मायाको’

    'माया गर्नेहरुको फिल्म : यो साइनो मायाको’

    काठमाडौं : फिल्म 'यो साइनो मायाको' चैत्र ४ गते शुक्रबारदेखि रिलिज हुँदैछ। अरुणकुमार प्रधानको निर्देशनमा बनेको फिल्ममा प्रेमकथा नै मुख्य विषय हो। जतिन ताम्राकार र रेश्मा घिमिरेले डेब्यु गरेको फिल्मलाई रामकुमार श्रेष्ठले निर्देशन गरेका छन्। 'सबैको मनमा माया हुन्छ। कसैले देखाउँछन् कसैले लुकाउँछन्', फिल्मबारे प्रष्ट पार्दै उनले भने,'तर फिल्मको कथाले सबैलाई छुन्छ।' फिल्म माया गर्नेहरु सबैका लागि भएको उनले बताए। फिल्ममा किशोर…

    विस्तृतमा पढ्नुस्

  • संघीय समाजवादी फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

    संघीय समाजवादी फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।   फोरमका प्रमुख सचेतक शिवजी यादवले सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा पुगेर सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएका हुन्। पत्रमा फोरम नेपालको संसदीय दलका नेता अशोक कुमार राईले हस्ताक्षर गरेका छन्।  संसदमा फोरमबाट १५ जना सांसद रहेका छन्। त्यसअघि तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले संसदमा सभामुखलाई…

    विस्तृतमा पढ्नुस्

  • आइसिसी प्रमुख सशांक मनोहरद्वारा राजीनामा

    आइसिसी प्रमुख सशांक मनोहरद्वारा राजीनामा

    इन्टरनेशनल क्रिकेट काउन्सिल आइसिसीका प्रमुख सशांक मनोहरले आफ्नो पदबाट राजीनामा दिएका छन्।  आठ महिना यता आइसिसीको प्रमुख पदमा रहेका मनोहरले व्यक्तिगत कारण देखाउँदै पद छाडेका क्रिकेट वेवसाइट क्रिकइन्फोले जनाएको छ। उनले आइसिसीका प्रमुख कार्यकारी डेविड रिचर्डसनलाई पत्र लेख्दै राजीनामाको जानकारी गराएका थिए। 

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराई आज भारत जाँदै, दिल्लीमा हुनेछ राजनीतिक भेेटघाट

    बाबुराम भट्टराई आज भारत जाँदै, दिल्लीमा हुनेछ राजनीतिक भेेटघाट

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आज भारत जाँदैछन्।   इण्डिया फाउन्डेसनको आयोजनामा दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उनी आज दिउँसो साढे ३ बजे दिल्ली प्रस्थान गर्ने भएका हुन्। मार्च १४ देखि १६ सम्म हुने सम्मेलनमा भट्टराईले १५ मार्चमा सम्बोधन गर्ने भएका छन्। ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेड बाहिरियो, चेल्सी सेमिफाइनलमा

    एफए कप : डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेड बाहिरियो, चेल्सी सेमिफाइनलमा

    चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेडलाई अन्तिम क्वाटरफाइनलमा सोमबार पराजित गर्दै चेल्सीले अन्तिम चारमा स्थानमा बनाएको हो। १० खेलाडीमा झरेको युनाइटेडलाई घरेलु चेल्सीले घरेलु मैदानमा १-० ले पराजित गर्‌यो। स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि एन गोलो कान्टेले निर्णायक गोल गरे। खेलको ३५ औं मिनेटमा दोहोरो पहेँलो कार्ड बेहोर्दै आन्द्रे हेरेरा मैदान बाहिरिएपछि युनाइटेड ज्ञण् खेलाडीमा…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल पुनःसञ्चालनमा

    दुनै (डोल्पा) : भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल आजदेखि पुनः सञ्चालन भएको छ।   उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर हिलो भएपछि अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।   विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो। मौसममा सुधार आएसँगै…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा नेपाली मूलकी महिलाको सामूहिक बलात्कार

    दिल्लीमा नेपाली मूलकी महिलाको सामूहिक बलात्कार

    भारतको दिल्लीमा नेपालीमूलकी एक महिलाको सामूहिक बलात्कार भएको छ। दिल्लीको पाण्डव नगरमा पाँच जनाले महिलाको बलात्‍कार गरेका हुन्। प्रहरीले सबैलाई पक्राउ गरेको छ। पाण्डवनगरको एक फ्ल्याटमा महिलालाई जवर्जस्ती रक्सी खुवाएर पाँच जनाले बलात्कार गरेका हुन्। बलात्कारपछि ती महिलालाई कोठामा बन्द गरेर पाँचै जना हिँडेका थिए। पुन: बलात्कार हुनबाट जोगिन महिला फ्ल्याटबाट बाहिर निस्किएर हाम फालेकी थिइन्। फ्ल्याटबाट तल खस्दा उनको…

    विस्तृतमा पढ्नुस्

  • ​‘मान भर्सेस मती’ अन्तिम सातामा

    ​‘मान भर्सेस मती’ अन्तिम सातामा

    काठमाडौं: थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘मान भर्सेस मती’ अन्तिम सातामा पुगेको छ। फागुन १३ गतेदेखि नियमित मञ्चन भइरहेको नाटकलाई केदार श्रेष्ठले निर्देशन गरेका हुन्। हाँस्यप्रधान नाटक 'मान भर्सेस मती’ मञ्चनको यो दोस्रो संस्करण हो। यसअघि गत वर्ष थिएटर मलमै र तालनगरी पोखरामा सो नाटक मञ्चन भएको थियो। परिवार बलियो हुन विश्वासका डोरीहरु बलियो बन्नुपर्छ भन्ने मूल मर्मको वरिपरी रहने…

    विस्तृतमा पढ्नुस्

  • ​विद्यालय निर्माणलाई आनीछोइङको सहयोग

    ​विद्यालय निर्माणलाई आनीछोइङको सहयोग

    काठमाडौं: आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाख नगद सहयोग गरेकी छिन्। विद्यालय निर्माणमा सक्रिय संस्था घाँसी नेपालालाई उनले आर्थिक सहयोग गरेकी हुन्। काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि डोल्माले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग हस्तान्तरण गरिन्। सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उनले आत्माशान्तिका लागि सहयोग गरेको बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले ललितपुर महानगरपालिका कार्यालय उद्घाटन गरेर स्थानीय तह काम सुरु गराए

    प्रधानमन्त्रीले ललितपुर महानगरपालिका कार्यालय उद्घाटन गरेर स्थानीय तह काम सुरु गराए

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानगरपालिका पुगेर स्थानीय तह कार्यालयको शुरुवात गरेका छन्। उनले उद्घाटन गरेर सबै ७ सय ४४ स्थानीय तहको कार्यालयको एकै पटक काम शुरु गराएका हुन्। यस अघि उपमहानगरपालिका रहेको ललितपुरमा महानगरपालिकाको बोर्ड राखेर प्रधानमन्त्रीले उद्घाटन गरेका थिए। गत शुक्रबार सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित भएपछि स्थानीय तह कार्यान्वयननमा आए पनि कामको प्रारम्भ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell