एउटा खेलाडी कति वर्षसम्म सक्रिय हुन सक्ला? जापानका एक खेलाडीले भने ५० वर्षमा प्रोफेसनल फुटबल खेल्दै रेकर्ड कायम गरेका छन्। ५० वर्षे काजुएसी मिउराले जापानको दोस्रो डिभिजन लिग जे टु लिगका लागि योकोहोमा एफसीबाट खेल्दै सर स्टानले म्याथ्युजको रेकर्ड ब्रेक गरेका हुन्। म्याथ्युजले ५० वर्ष ५ दिनमा खेलेका थिए। अब उक्त रकेर्ड ५० वर्ष ७ दिनमा फुटबल खेलेका काजुको…
बलिउड अभिनेत्री आलिया भट्टले पुन: आफ्नै फिल्मको गीतका लागि स्वर दिने भएकी छिन्। 'यहाँ स्माइल प्लिज बिन बोले' बोलको सेल्फी गीतमा उनले स्वर दिन लागेको बलिउड हंगामाले जनाएको छ। यसअघि उनले फिल्म हम्पी शर्माकी दुल्हनियाको गीत 'सम्झावा'मा आफ्नो स्वर दिइसकेकी छिन्। 'फिल्म स्टूडेन्ट अफ दि यियर'बाट गरेको डेब्युपछि अभिनेत्री फिल्मका लागि आलिया भट्टले पछाडि फर्केर हेर्नु परेको छैन। उनी अभिनित…
काठमाडौँ : हिमालयन ह्युमन राइट्स मनिटर्स (हिमराइट्स) ले हिजो सप्तरीमा भएको घटना मानवअधिकारविरुद्धको जघन्य अपराध भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरेको छ। संस्थाले नेकपा एमालेद्वारा मेची-महाकाली अभियानका क्रममा सप्तरीमा आयोजना गरेको विरोधको सिलसिलामा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी ३ जनाको मृत्यु भएको र थुप्रै कार्यकर्ता र केही प्रहरीसमेत घाइते भएको घटनाप्रति ध्यानाकर्षण गरेको छ। आफ्ना…
रविचन्द्रन आश्विनले ६ विकेट लिएपछि भारतले दोस्रो टेष्टमा अष्ट्रेलियालाई ७५ रनले पराजित गर्दै ४ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। १८८ रनको सामान्य लक्ष्य पछ्याएको भ्रमणकारी टोलीलाई ११२ रनमा अलआउट गर्दै भारतले शानदार जित हात पारेको हो। भारत २१३/४ (चेतेश्वर पुजरा ७९ र अजिन्का रहाने ४०) बाट चौथो दिनको खेल सुरु गरेको भारतले थप ६१ रन जोड्दा बाँकी ६…
काठमाडौँ : नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको क्षमता विस्तार गरिने भएको छ। चीन सरकारको सहयोगमा करिब सय श्ययाको तीनतले नयाँ भवन बनाएर क्षमता विस्तार गर्न थालिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए। उनका अनुसार भवन बनाउनका लागि चीन र नेपाल सरकारबीच सम्झौतासमेत भइसकेको छ। अहिले रहेको भवनको पश्चिमतिर अत्याधुनिक भवन बनाउन लागिएको हो। 'चीन सरकारले भवन…
काठमाडौं : सप्तरीको प्रदर्शनमा बढी बल प्रयोग गरेको भन्दै गृह मन्त्रालयले स्थानीय सुरक्षा प्रमुखको सरुवा गरेको छ। सोमबारको घटनाबारे जानकारी लिन मंगलबार बिहान उनीहरुलाई काठमाडौं डाके पनि सरुवाको निर्णय भने भएको थिएन। बिहान गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा संगठनका प्रमुखसँग छलफल गरे। सशस्त्र प्रहरी बलले सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी जयबहादुर खड्काको सरुवा गर्दै अर्का एसपी रामाधर यादवलाई पठाए पनि प्रमुख…
काठमाडौँ : नेकपा एमालेले सप्तरी घटनाको विषयमा गृहमन्त्री विमलेन्द्र निधिले स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ। पार्टीको मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा तीन जनाको ज्यान गएको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेको यस्तो धारणा आएको हो। घटना सुनियोजित भएको भन्दै पार्टी महासचिव ईश्वर पोखरेलले यसबारे सरकार र मानवअधिकार आयोगले छानबिन गर्नुपर्ने बताए। 'टीकापुर, रंगेली…
ब्रसेल्स : युरोपियन युनियनमा आबद्ध देशका व्यवस्थापकीय पदमध्ये ३५ प्रतिशतमा महिला रहेका एक अध्ययनले देखाएको छ। युरोपियन युनियनको तथ्याङ्कसम्वन्धी कार्यालय युरोस्टाटले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो। लाटभियामा सबैभन्दा धेरै अर्थात् ५३ प्रतिशत महिला व्यवस्थापकीय पदमा रहेका छन्। त्यसपछि बुल्गेरिया र पोल्याण्डमा ४४ प्रतिशत व्यवस्थापकीय पदमा महिला रहेका छन्। तर जर्मनी, इटली…
काठमाडौँ : नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न किसिमका सेवाहरुमा सहुलियत अफर ल्याएको छ। अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन्। कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म कायम रहनेछ। फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १००…
एक समयका निकै मिल्ने दुई बलिउड अभिनेता हुन् सञ्जय दत्त र सलमान खान। सञ्जयले सलमानलाई आफ्नो भाइ भनेर सम्बोधन गर्थे। तर गत एक वर्षयता यी दुईको बिग्रिएको समबन्ध बलिउड गसिप बनेको छ। सञ्जय दत्त कारागारबाट बाहिर निस्किएपछि सलमान भेट्नसमेत नगएको वेब दुनियाँले जनाएको छ। खबर सार्वजनिक भएको केही समयमै सञ्जय दत्तले व्यङ्ग्यात्मक ढङ्गमा 'अभिमानी' भने। सञ्जयले बलिउड मिडियासँग…
काठमाडौँ : महाकवि लक्ष्मीप्रसाद देवकोटाले सिर्जना गरेको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ। आरोहण गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्गदर्शनमा विद्याशङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रुपमा आज प्रस्तुत गरेका हुन्। विद्या शङ्कर विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुले एक घन्टा ३५ मिनेटसम्म उक्त नाटक प्रस्तुत गरेका थिए। सो अवसरमा कलाकार राजेश हमालले बालबालिकाले नै यसरी नाटक मञ्चन गर्नु…
काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजना तथा विश्व ब्याडमिन्टन महासंघको सहयोगमा आयोजित दक्षिण एशियाली पारा ब्याडमिन्टन वर्कसप मंगलबार राजधानीमा सम्पन्न भएको छ। दक्षिण एशियामा नै पहिलो पटक नेपालमा पारा ब्याडमिन्टन वर्कसप आयोजना गरिएको हो। विश्वमा नै ब्याडमिन्टन खेलमा पारा खेलाडीहरुलाई आकर्षित गर्दै मानसिक र शारिरीक तन्दुरुस्ती कायम गर्दै दक्ष पारा खेलाडी उत्पादन गर्ने उद्धेश्यले स्थापित विश्व ब्याडमिन्टन संघको कार्यक्रमअन्तर्गत दक्षिण…
काठमाडौं : राष्ट्रिय पशुपालक दुग्ध कृषक समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ। सरकारले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकता दिएको र राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा दुग्ध कृषक समाजका अध्यक्ष आनन्दप्रसाद न्यूरेले प्रधानमन्त्रीको कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा राम्रो प्रोत्साहन भएको र सरकारले पहिलोपटक राष्ट्रिय किसान आयोग गठन गरेकोमा सम्मान…
जोए रुट र क्रिस वोक्सले सातौं विकेटका लागि शतकिय साझेदारी गरेपछि सेण्ड वान डे मा इंगल्याण्डले वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको छ। जितसँगै इंगल्याण्डले ३ म्याचको सिरिज आफ्नो पक्षमा पारेको छ। फस्ट वान डे पनि इंगल्याण्डले जितेको थियो। रुड र वोकसले नटआउट पार्टनरसिप गरेपछि इंगल्याण्डले २२६ रनको लक्ष्य ४८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। २५ ओभरमा १२४ रन…
एजेन्सी : बलिउड निर्माता, निर्देशक तथा कलाकार करण जौहरका दुई सन्तान अझै दुई साता अस्पतालमा रहने भएका छन्। करण सरोगेसी प्रक्रियामार्फत् एक छोरा र एक छोरीको पिता बनेका हुन्। एक महिनाअघि (फेब्रुअरी १७) मा मुम्बईको अँधेरी अस्पतालमा जन्मिएका यश र रुही डाक्टरको निगरानीमा छन्। हाल सुर्य मदर एण्ड चाइल्ड केयर होममा उनीहरुलाई राखिएको टाइम्स अफ इन्डियाले जनाएको छ। डाक्टर जतीन…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आध्यात्मिक गुरु श्रीश्री रविशंकरसँग भेट गरेका छन्। केन्यासँगको खेल हुनुअघि खेलाडी, प्रशिक्षक लगायतको टोलीले भेट गरेका हुन्। भेटमा रविशंकरले नेपाली टोलीललाई सफलताको शुभकामना दिए। यस्तै राष्ट्रिय टिमका कप्तान पारस खड्काले रविशंकरलाई नेपालको अफिसियल जर्सी प्रदान गरे भने शरद भेषावकरले रविशंकरबाट आफ्नो ब्याटमा साइन गराए। आर्ट अफ लिभिङका फाउण्डर समेत रहेका गुरु…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आध्यात्मिक गुरु श्रीश्री रविशंकरलाई नेपाली क्रिकेट टिमका कप्ता पारस खड्काले नेपालको अफिसियल जर्सी उपहार दिएका छन्। कार्यक्रमको सिलसिलामा आएका स्वामी रविशंकरसँग क्रिकेट टिमले गरेको भेटका अवसरमा पारसले जर्सी दिएका हुन्। सोही क्रममा शरद भेषावकरको ब्याटमा रविशंकले हस्ताक्षर गरिदिए। केन्यासँगको खेल हुनुअघि खेलाडी, प्रशिक्षक लगायतको टोलीले उनीसँग भेटेका हुन्। भेटमा रविशंकरले नेपाली टोलीललाई…
इनरुवा : नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गतको कार्यक्रम सुनसरीको इनरुवामा सकिएको छ। प्रदेश नं १ मा कार्यक्रम सकेर एमाले प्रदेश नं २ तर्फ लागेको छ। अभियनामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित केन्द्रीय टोली सामेल छ। इनरुवामा सभा सुरु हुनुपूर्व मधेसी मोर्चाका केही कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि एमालेले सभा सकेको छ।…
बलिउड अभिनेत्री रेखा र अभिनेता संजय दत्तको विवाहको हल्लाले बलिउड मिडियामा राम्रो ठाउँ बनाएको छ। रेखाको बायोग्राफीमा संजयसँगको सम्बन्ध बारे उल्लेख गरेको भन्दै चर्चा चलेको हो। मिडियाले सो खबरको स्रोत रेखाको बायोग्राफी लेखक यसर उशामान रहेको बताएका थिए। किताब 'रेखा- अन्टोल्ड स्टोरी'मा संजय र रेखाको विवाह बारे लेखिएको छ भनिए पनि लेखकले सो खबर गलत भएको बताएका छन्। विभिन्न अनलाईन…
सुनसरी : नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीको राजविराज सभा हुँदैछ। इनरुवाको कार्यक्रम सकी एमाले नेता कार्यकर्ता त्यसतर्फ लागेका छन्। तर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सभा बिथोल्ने चेतावनी दिएपछि राजविराज पुग्ने रुट परिवर्तन गरिएको छ। सप्तरीको भारदह हुँदै हनुमाननगरबाट राजविराज प्रवेश गर्ने रुट तय गरिए पनि मोर्चा कार्यकर्ताको अवरोध सम्भावनाका कारण पूर्व-पश्चिम राजमार्ग हुँदै रुपनीबाट औद्योगिक क्षेत्र पुग्ने रुट तय गरिएको…