काठमाडौं : स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता चिरञ्जीवी रिजालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको ७ सय १९ संख्या नै कायम गर्न माग गर्दै रिजालले आज रिट हालेका हुन्। संवैधानिक आयोगलाई दिइएको क्षेत्राधिकार मिचेर सरकारले निर्णय गरेको उनको भनाइ छ। आइतबार राति ढिला बसेको मन्त्रिपरिषद् बैठकले बालानन्द…
काठमाडौं : नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन (आइओसी) बीचको पाँचवर्षे आपूर्ति सम्झौता यही महिना सकिँदैछ। यही सम्झौतालार्इ अन्तिम रुप दिन आइओसीको कमर्सियल महाप्रबन्धक एसके बोसको नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल आएको छ। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको नेतृत्व सहितको टोली र आइओसीका बोसको नेतृत्वबीच अहिले छलफल भइरहेको छ। पाँच वर्षपछि हुन लागेको सम्झौतामा समेत निगमको अडान…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगतपसिना भएको बताएका छन्। माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा बोल्दै उनले जसको रगतपसिना छ, यी उपलब्धि जोगाउने दायित्व पनि उसैको भएको बताए। 'हिजो जो यी मुद्दाका विपक्षमा थिए, त्यसकै विरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन। त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता…
काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार एक करोड पाँच लाख ३३ हजार ९५९ कित्ता शेयर सूचीकृत भएका छन्। बोनस, हकप्रद, एफपिओ सूचीकृत भएको हो। सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएका छन्। ६ कम्पनीका ५३ लाख १२ हजार ४८ कित्ता बोनस शेयर सूचीकृत भएका छन्। दुई कम्पनीका २७ लाख १७ हजार ८६५ कित्ता हकप्रद र नेपाल एसबिआई बैंकको…
काठमाडौं : स्थानीय तह निर्धारण आयोगबाट सदस्य सुनिलरञ्जन सिंहले राजीनामा दिएका छन्। आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुको सट्टा सरकाले त्यसलाई सच्याएर आयोगको हैसियतमा नै प्रश्न उठाएको भन्दै गम्भीर असन्तुष्टिसहित उनले राजीनामा दिएका हुन्। आयोगका सदस्य सिंहले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत प्रधानमन्त्रीलाई राजीनामा पठाएका हुन्। 'यो संविधान अनुसार गठित संवैधानिक आयोग हो र यसले स्थानीय तह…
महोत्तरी : श्रमदानका लागि सिन्धुपाल्चोकको गिरानचौर एकीकृत नमुना बस्तीबाट एकीकृत नमुना मुसहर बस्ती पुगेका बासिन्दा आज बिदा भएका छन्। सो क्रममा उनीहरुले सद्भाव साटासाट गरी मायाको चिनो आदानप्रदान गरे। धुर्मस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिवास–२ मा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीमा एकहप्ते श्रमदान गर्न गिरानचौरवासी पुगेका थिए। उनीहरु आजै गिरानचौर फर्किएका छन्। बिदाइका क्रममा बर्दिवासका बासिन्दा भावुक भएका थिए। …
राजविराज : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनतामा बिचौलियाले गलत भ्रम छरेको आरोप लगाएका छन्। पार्टीको मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत सोमबार सप्तरीको राजविराजमा भएको कार्यक्रममा बोल्दै उनले मधेसमा एमालेलाई छिर्न कसैले रोक्न नसक्ने बताए। एमाले तराई पस्यो भने जनतामा भएका भ्रम चिर्छ भनेर बिचौलियाले सभालाई अवरोध गर्न खोजेको उनको भनाइ छ। ‘एमाले मधेसमा एक दिन आउने…
काठमाडौं : आगामी चैत दोस्रो साता म्याग्दीमा सर्वाधिक नगद पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। गँगटा युथ क्लबको आयोजना तथा म्याग्दी जिल्ला बयाडमिन्ट एशोसिएसनको आयोजनामा चैत ९ देखि १२ गतेसम्म चौथो राष्ट्रिय स्तरको च्यामिपयनसिप हुन लागको हो। यसअघिका तीन संस्करण राजधानीमा गरेको आयोजकले पर्यटनको प्रवर्दन गर्ने र स्थानिय खेलाडीको सहभागिता र विकासमा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक मोफसलमा प्रतियोगिता…
काठमाडौं : सञ्चारकर्मी संगीता श्रेष्ठले फिचर फिल्म निर्देशन गर्ने भएकी छिन्। प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य अभिनय रहने फिल्म 'कथा काठमाडौं' घोषणा भएको हो। काठमाडौंमा भेटिने पात्रहरुको तीन विविध कथा नै फिल्मको मुख्य विषय रहने फिल्म युनिटले जानकारी दिएको छ। आहना फिल्मसको प्रस्तुति रहने फिल्ममा प्रमोद अग्रहरि, संजोक कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको पनि अभिनय रहनेछ।…
नेपालगन्ज : नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भइरहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा रोयल स्पोर्ट्स क्लब विजयी भएको छ। रोयलले मंगोलिन क्रिकेट क्लबलाई छ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मंगोलिय क्रिकेट क्लबले निर्धारित २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो। उसका लागि रविन्द्र जंग शाहले २३ तथा…
इटहरी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम भिड्ने भएका छन्। सोमबार भएको खेलमा सुदूर पशिचमले पश्चिमाञ्चल तथा एपीएफले पूर्वाञ्चललाई हराउँदै फाइनल भेट पक्का गरेका हुन्। इटहरीस्थित डिएभी ग्लोबल स्कुलको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले पश्चिमाञ्चललाई ७ विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले १९.२ ओभरमा सबै विकेट गुमाएर ८९ रन…
काठमाडौं : गृहका अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले बल प्रयोग नगरे सप्तरीमा पुन कैलालीको टिकापुरझै घटना दोहोरिने जोखिम भएकाले सुरक्षाकर्मीले बल प्रयोग गरेको निष्कर्ष निकालेका छन्। प्रहरी प्रधान कार्यालयमा बसेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको समिक्षा बैठकले सय सेल बढी अश्रृग्याँस र हवाई फायर गर्दा समेत प्रदर्शनकारी पछी नहटेको र प्रहरीमाथी आक्रमण गर्दै एमाले नेता…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। वैशाख ३१ गते हुने चुनावका लागि आवश्यक सबै सामग्री, ऐनकानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने उनले स्पष्ट पारे। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले आयोगले आफ्नो कामलाई तीव्रता दिइरहेकाले चुनावको लागि वातावरण बनाउन सबै राजनीतिक दललाई…
काठमाडौं : उम्मेदवार मनोनयन विवादका कारण रोकिएको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव आज हुँदैछ। विवादका कारण फागुन १८ गतेका लागि पूर्वनिर्धारित निर्वाचन आरआरमा स्थगित भएको थियो। सोमबार बिहान ८ बजेदेखि निर्वाचन सुरु गर्ने तयारी भएपनि सुरक्षाकर्मी र विद्यार्थी संगठनका प्रतिनिधिबीचको विवादका कारण मतदान सुरु हुन ढिलाई भएको छ। थप सुरक्षाकर्मी परिचालन गरी चुनावी कार्यक्रम सुरु गर्ने तयारी भइरहेको छ।…
काठमाडौँ : नेपाल ट्रष्टको कार्यालयले प्रत्येक वर्ष १० जिल्लामा तत्कालीन राजा वीरेन्द्र तथा उनका परिवारको नाममा रहेको अचल सम्पत्तिलाई खोजी गर्ने भएको छ। कार्यालयअन्तर्गत नुवाकोट, पोखरा, चितवन, हेटौँडा र गोकर्णमा रहेका एकाइ कार्यालयले अचल सम्पत्तिलाई खोजी गर्नेछन्। सो परिवारको सम्पत्तिका बारेमा देशैभर के कति सम्पत्ति छ भनेर त्यसको लगत राख्नका लागि वर्षमा १० जिल्लाको थप अध्ययन कार्यालयले गर्ने भएको छ। …
इस्तानबुल : राष्ट्रपति रेसेप तायिप एर्डोगानको पक्षमा मत व्यक्त गर्न टर्कीका सरकार समर्थक हजारौँ महिलाले भव्य जुलुस निकाल्दै राजधानी इस्तानबुलका सबै मुख्य–मुख्य सडकका साथै रङ्गशाला पनि छ्याप्छ्याप्ती ढाकेका छन्। हजारौँ महिलाको जुलुसले इस्तानबुलको प्राचीन पर्खाल बाहिर अवस्थित, बाह्र हजार पाँचसय दर्शक अटाउने अब्दि इपेक्सी एरिना नामक खेलकुद परिसर अटाइ नअटाइ भएको र जहाँ महिला, त्यहाँ प्रजातन्त्र भन्ने नै उक्त विशाल…
सप्तरी : नेकपा एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ। मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ। आजै बिहान मोर्चाले लाठी जुलुस समेत प्रदर्शन गरेको छ। स्थानीय प्रशासनले भने…
काठमाडौँ : लेखक तथा पत्रकार सचित राईको निबन्धात्मक कृति ‘माङखिम’लाई ‘रत्न वान्तवा वाङ्मय’ पुरस्कार पहिलोपटक प्रदान गरिने भएको छ। सहिद रत्नकुमार वान्तवाको नाममा खोज–अनुसन्धान गरेबापत ‘माङखिम’का लागि राईले सो पुरस्कार पाउने भएका हुन्। पुरस्कारको राशी पाँच हजार रहेको छ। आगामी वैशाख ९ गते पुरस्कार प्रदान गरिने निर्णय भएको रत्न–वम प्रतिष्ठानका अध्यक्षसमेत रहेका डा. देवी क्षेत्रीले जानकारी दिए। राईको…
ह्यारी केनको दुई गोल मद्दतमा टोटनहम हट्सपरले आइतबार प्रिमियर लिगमा एभरटनलाई ३-२ ले पराजित गरेको छ। जितसँगै टोटनहम अंक तालिकाको दोस्रो स्थानमा कायमै रहन सफल भएको छ। रोमेलु लुकाकुले एभरटनका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेको दिन जित हात पार्न भने सकेनन्। लुकाकुले एभरटनका लागि सर्वाधिक ६१ गोल गर्ने कीर्तिमा राखेका हुन्। केनले २० र ५६ औं…
काठमाडौं : प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन पुनः अनिश्चित बनेको छ। यसअघि फागुन १८ गते विवादका कारण स्थगित भएको चुनाव सोमबारका लागि तय भएको थियो। सोमबार बिहानै विद्यार्थी मतदानका लागि लाइन बसेपनि विवादका कारण मतदान हुन सुरु हुन सकेको छैन। फरक प्यानल बनाएर प्रतिस्पर्धामा रहेका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिककारी समर्थक विद्यार्थीले सडकमा नारावाजी गरिरहेका छन्। निर्वाचन…