कञ्चनपुर : कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको चुरे क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मणिका धामको प्रचारप्रसारका लागि महारुद्री महायज्ञको आयोजना गरिएको छ। वैजनाथ धर्म सनातन संरक्षण समितिको आयोजनामा वैजनाथ मन्दिर मणिका धाममा महायज्ञको आयोजना गरिएको हो । महायज्ञको पहिलो दिन आज कलश यात्राको आयोजना गरी महायज्ञको समुद्घाटन गरिएको महायज्ञ आयोजक समितिका गगनराज भट्टले बताए । उनका अनुसार महायज्ञमा दैनिक नित्य पूजा,…
जुम्ला : आज बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ। शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो । जुम्ला सदरमुकाममा रातिबाट हिमपात भए पनि यसको उच्च लेकहरु, हुम्ला, मुगु र डोल्पा जिल्लामा दिउँसो ४ः०० बजेबाट हिउँ पर्न सुरु भएको थियो । ती क्षेत्रमा करिब चारदेखि पाँच फिट…
एजेन्सी : बलिउड अभिनेता ओम पुरीको निधनलाई मुम्बई प्रहरीले शंकास्पद मानेको छ। मृत्युपछिको पोस्टमार्टम रिपोर्ट सार्वजनिक नभए पनि प्रहरीले मृत्युलाई छानबिन गरिरहेको भारतीय सञ्चारमाध्यहरुले बताएका छन्। पुरीका छिमेकी र घरमा काम गर्ने सहयोगीले प्रहरीलाई दिएको बयान बाझिएपछि प्रहरीले घटनालाई शंकास्पद रुपमा लिएको हो। छिमेकीले हृदयाघात भएको भनिएका पुरी किचनमा लडेको अवस्थामा फेला परेको बताएका छन् भने घरका सहयोगीले बेडरुममा…
जुम्ला : दलित सदस्यहरु मात्र आबद्ध रहेको गज्र्याङ्कोट २ र ३ जुम्लामा स्थापित कृषि सङ्कलन केन्द्रलाई रु चार लाखको स्याउ ग्रेडिङ मेसिन सहयोग गरिएको छ। उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले ग्रेडिङ मेसिन सहयोग गरेको हो । ग्रेडिङ मेसिनसहित आयोजनाले रु १६ लाख ९० हजार बराबर भवन निर्माणमा सहयोग पु¥याएको आयोजनाका कृषि अधिकृत सुरेशकुमार थापाले जानकारी दिए। भारतको…
काठमाडौँ : बालसाहित्यसँग सम्बन्धित विभिन्न १६ पुस्तक एकैसाथ लोकार्पण भएका छन्। खोजी प्रकाशनले प्रकाशन गरेका ती पुस्तक शिक्षामन्त्री धनीराम पौडेलले शनिबार लोकार्पण गरे। मन्त्री पौडेलले बालबालिकाको मनोविज्ञान बुझेर पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणको तयारी हुनुपर्नेमा जोड दिएका छन्। परिवर्तित समयअनुसार पाठ्यक्रम परिवर्तन हुनुपर्नेमा विद्यमान नीतिले प्रतिवर्ष एउटा कक्षाको मात्र परिवर्तन गरिने र १ देखि १० कक्षासम्म परिवर्तन गर्न १०…
भीमदत्तनगर : भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चार जना नेपाली मजदुरको शनिबार सामूहिक दाहसंस्कार गरिएको छ। हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्यु भएको थियो। घटनास्थलबाट कञ्चनपुरको झलारीका स्थानीय नरेन्द्र विष्टले…
रौतहट : ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाललाई आर्थिक समृद्धिको अभियानसँग जोडिएको बताएका छन्। रौतहटको पतौरा, मौलापुर–३ मा नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन शिलान्यास गर्दै उनले आर्थिक समृद्धिलाई अगाडि बढाउन जलविद्युत् विकासको विकल्प नभएको बताए। उनले तराईका विभिन्न जिल्लामा विद्युत् चुहावट एवम् चोरी हुने गरेकाले त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने बताए। मन्त्री शर्माले भने, 'प्राधिकरणका कर्मचारीको…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा लिग लिडर रियल मड्रिड, सेभिया र एथ्लेटिको मड्रिडले जित हात पारेका छन्। रियल सोडिसाडलाई ४-० ले हराएसँगै सेभियाले अंक तालिमा बार्सिलोनालाई पछि पारेको छ। रियल मड्रिडले धरेलु मैदानमा ग्रानाडालाई ५-० ले पराजित गरेको छ। रियलको जितमा इस्कोले २ तथा क्रिस्टियानो रोनाल्डो, करिम बेन्जानमा र कासेमिरोले १/१ गोल गरे। जितपछि रियलको १६ खेलबाट ४०…
अनन्तराज न्यौपाने विराटनगर : नेपालीसित रहेका भारु पाँच सय र एक हजारका नोटको व्यवस्थापन गर्न भारतले नेपाल सरकारलाई वार्ताका लागि बोलाएको छ। भारतमा प्रतिबन्धित भारुको सटही गर्ने समय सकिएपछि नेपाललार्इ वार्तामा बोलाएको हो। भारतमा गत आइतबार नै भारु सटहीको समय सकिएको थियो। भारतको विदेशमन्त्रालयले नेपाल सरकारलाई पत्र लेखेर वार्ताका लागि बोलाएको हो। गभर्नर डा. चिरञ्जीवी नेपालले विराटनगरमा आयोजित पत्रकारसँगको…
काठमाडौं : विवादमा तानिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले दोस्रो पटक सरकारलाई स्पष्टीकरण बुझाएका छन्। सरकारले २४ घन्टे अल्टिमेटम दिँदै उनलाई गत बिहीबार स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। ज्ञवालीले शुक्रबार पत्र बुझेका थिए। आइतबार कार्यालय समय सुरु भए लगत्तै ज्ञवालीले प्रधानमन्त्री कार्यालय पुगेर स्पष्टीकरण बुझाएका हुन्। सरकारले पहिलो पटक उनले बुझाएको स्पष्टीकरणमा चित्त नबुझेको जनाउँदै 'किन…
वायन रुनीले सर बबी चार्ल्टनको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेको खेलमा म्यानचेष्टर युनाइटेड रिडिङलाई ४-० ले पछि पार्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। खेलको १० मिनेटभित्रै गोल गर्दै रुनीले युनाइटेडका लागि चाल्र्टनले गरेको २४९ गोलको रेकर्ड बराबरी गरेका हुन्। रुनीले सातौं मिनेटमा गोल गर्दै युनाइेटडललाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेटपछि नै एन्टोनी मार्टिएलले गोल गर्दै युनाइटेडको अग्रता…
काठमाडौं : सरकारले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीलार्इ स्रोत जुटाउन एक वर्ष समय थपिदिएको छ। यो दुर्इ आयोजनाको प्रवर्द्धक कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) र अरुण एसजेभिएन (सतलज) ले लगानीको स्रोत व्यवस्थापनका लागि एक वर्षको समय मागेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा पहिलो पटक बसेको लगानी बोर्ड बैठकले यी दुर्इ आयोजनाको अवधि सन् २०१७ सेप्टेम्बरसम्म…
काठमाडौँ : ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको महँगो रोलेक्स घडी आफ्नो ट्राउजरको गोजीमा कसले र कसरी किन राखिदियो भन्ने बारे आफूलाई केही थाहा नभएको बताएका छन्। पहिलोपोस्टसित कुरा गर्दै सांसद खतिवडाले बुधबार होटल र्याडिसनको जिम गइसकेपछि बिहीबार एउटा कार्यक्रमका लागि ओखलढुंगा गएको र शुक्रबार बिहान जाडोमा लगाउने ट्राउजर लगाउँदा त्यसको भित्र पट्टीको गोजीमा…
काठमाडौं : व्यवस्थापिका संसदको आजको पहिलो बैठक शोक प्रस्तावमा सीमित भएको छ। अब अर्को बैठक आजै ३ बजे बस्नेछ। खोटाङका कांग्रेस नेता तथा तत्कालीन प्रतिनिधिसभा सदस्य मणिराम पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गरी बैठक टुंयाइएको हो। २०१५ सालमा तत्कालीन खोटाङ क्षेत्र नम्बर १६ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेलको ८७ वर्षको उमेरमा पुस १८ गते निधन भएको…
काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेले कार्यसूचीमा स्थानीय तह निर्वाचन विधेयक पहिलो प्राथमिकतामा राखिए संसद चल्न दिने भएको छ। आज बसेको संसदीय दलको बैठकले संविधान संशोधन प्रस्तावअघि आएका निर्वाचनसम्बन्धी विधेयकलाई पारित गर्न सघाउने तर संशोधनमाथिको छलफललाई भने चल्न नदिने निर्णय गरेको हो। कार्यसूचीअनुसार संसदमा कसरी अघि बढ्ने भन्ने निर्णय भएको नेता रेवती रमण भण्डारीले जानकारी दिए। संसदको आजको…
काठमाडौं : व्यवस्थापिका संसदको आजको पहिलो बैठक शोक प्रस्तावमा सीमित भएको छ। अब अर्को बैठक आजै ३ बजे बस्नेछ। खोटाङका कांग्रेस नेता तथा तत्कालीन प्रतिनिधिसभा सदस्य मणिराम पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गरी बैठक टुंयाइएको हो। २०१५ सालमा तत्कालीन खोटाङ क्षेत्र नम्बर १६ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेलको ८७ वर्षको उमेरमा पुस १८ गते निधन भएको…
काठमाडौं : शसस्त्र प्रहरी बलको एपीएफले विभिन्न खेलका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गरेको छ। आइतबार सशस्त्र प्रहरी बल प्रधान कार्यलय हलचोक आयोजिक कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले खेलाडीहरुलाई सम्मान गरेका हुन्। सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत रहेका महानिरीक्षक राईले करातेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलतर्फ सरस्वती…
काठमाडौँ : ओखलढुङगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आइतबार पत्रकार सम्मेलन गर्दै घडी काण्डबारे स्पष्टीकरण दिएका छन्। बुधबार होटल र्याडिसनको जिमको लकरबाट हराएको पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङको १४ लाख पर्ने रोलेक्स घडी उनले तीन दिनपछि आफ्नो गोजीमा परेको भन्दै फिर्ता बुझाएका थिए। उनले आफूले घडी नचोरेको र कसैले चरित्र हत्या गरेको जिकिर गरे। खतिवडाको गोजिमा कसरी…
पोखरा : पर्यटकीय नगरी पोखरामा माघको तेस्रो साताबाट महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघको १८ गतेदेखी २२ गतेसम्म महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपीएफ क्लब, न्यू डायमन्ड…
काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई सो सम्बन्धमा यसअघि भएको अध्ययन गर्ने…