PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • ​रुपन्देहीका दुई अस्पतालले सुरु गरे निःशुल्क मिर्गौला डायलाइसिस

    तिलोत्तमा (रुपन्देही) : रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ।  स्वास्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी हस्पिटलले उक्त सेवा सुरु गरेका छन् । सरकारले निःशुल्क मिर्गाैला डायलाइसिसको लागि अनुमति दिएसँगै यी अस्पतालले सेवाको सुरुवात गरेका हुन्।  गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निःशुल्क डायलाइसिसका बिरामीको नियमित रुटिन परीक्षण पनि निःशुल्क गर्ने…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु, २९ घाइते

    पाकिस्तानमा सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु, २९ घाइते

    इस्लामाबाद : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएका स्थानीय उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ।  पञ्जाव प्रान्तको सोहावा क्षेत्रमा एक कार अर्को एक भ्यानसँग आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ घाइते भएका स्थानीय समाचार च्यानल समाले जानकारी दिएको छ।  यस…

    विस्तृतमा पढ्नुस्

  • संसदमा आजबाट निर्वाचन विधेयकमा छलफल, संविधान संशोधन कार्यसूचीमा नआउने

    संसदमा आजबाट निर्वाचन विधेयकमा छलफल, संविधान संशोधन कार्यसूचीमा नआउने

    काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ । आइतवार प्रतिपक्ष दलको अवरोधबीच बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको थियो । दिउसो १ बजे बैठक बोलाइएको छ । बैठकमा निर्वाचन सम्वन्धी दुई विधेयकमा सैदान्तिक छलफल हुनेछ। आजको बैठकमा संविधान संशोधन विधेयक कार्यसूचीमा रहनेछैन । संसदमा पेश गरेपछि सर्वसाधरण समेतको जानकारीका लागि सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था र प्रचलनका कारण विधेयक कार्यसूचीमा रहने…

    विस्तृतमा पढ्नुस्

  • बाफिया संसदमा पेश हुदै, सांसद सञ्चालक बन्न नपाउने

    बाफिया संसदमा पेश हुदै, सांसद सञ्चालक बन्न नपाउने

    काठमाडौं: लामो विवादपछि संसद्को अर्थ समितिले परिमार्जनसहितको बैंक तथा बित्तिय संस्था सम्वन्धी विधेयक पुनः संसदमा पेश गर्ने भएको छ। संसद्को आजको बैठकमा विधेयक पेश गर्नेगरी सचिवालयले कार्यसूची तयार पारेको छ। अर्थ समितिका तर्फवाट सभापति प्रकाश ज्वालाले दोस्रो पटक प्रतिवेदनसहितको विधेयक पेश गर्न लागेका हुन्। यसअघि समितिले संसद्मा पेश गरेको उक्त विधेयक विवादित भएपछि पुनः छलफलका लागि समितिमा नै फिर्ता भएको…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा एक नेपाली सुतेकै ठाउँमा मृत फेला

    पाल्पा : स्याङ्जा कारिकोट चन्डिभञ्ज्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ।   मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उनका आफन्त यमबहादुर विकले जानकारी दिए।   काम सकेर सुतेका उनी आज बिहान मृत भेटिएका हुन्। विकका श्रीमती र दुई सन्तान रहेका छन्। रासस

    विस्तृतमा पढ्नुस्

  • ​मुसहर बस्ती निर्माणमा जुटेका धुर्मुस सुन्तली महोत्तरीमा सम्मानित

    ​मुसहर बस्ती निर्माणमा जुटेका धुर्मुस सुन्तली महोत्तरीमा सम्मानित

    बर्दिवास  : हास्य कलाकारद्वय धुर्मुस(सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे) महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन्।  बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुट्नु भएका हास्यकलाकारद्वय लाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो।  कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हास्यकलाकारद्वयलाई दोसल्ला ओढाएर…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बैतडीमा सुरु

    बैतडी : बैतडीमा पनि प्रधानमन्त्री कृषि आधुिनकीकरण परियोजना सुरु भएको छ।  जिल्ला कृषि विकास कार्यालयले चालु आवमा जिल्लामा ब्लक र पकेटको अवधारणा अनुसार परियोजना सुरु गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दिव्यदेव भट्टले जानकारी दिए।  परियोजनाअन्तर्गत १०० हेक्टरको एक ब्लकका आधारमा मकै र मकैको बीउ उत्पादन तथा तरकारी उत्पादनका लागि कार्यक्रम गरिएका छन् । मकै…

    विस्तृतमा पढ्नुस्

  • यौनकार्यमा संलग्न चार भारतीयसहित आठ जना पक्राउ

    बनियानी (झापा) : झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए।  अवैध यौन गतिविधि भइरहेको भन्ने…

    विस्तृतमा पढ्नुस्

  • रसुवा महोत्सव पुस २८ देखि

    रसुवा : संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत जिल्लाको समग्र चिनारीका लागि रसुवाको दक्षिणी भेक लहरेपौवा गाविसको बोगटीटारमा तेस्रो रसुवा महोत्सव गर्ने तयारी भएको छ।  लहरेपौवा महिला सञ्जालद्वारा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिने तेस्रो रसुवा महोत्सव भव्य पार्न आवश्यक प्रचारप्रसार र प्रदर्शनीको स्टल निर्माण गर्ने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ।  महोत्सवले कृषि र फलफूल उत्पादनमा व्यावसायिक चेतना,…

    विस्तृतमा पढ्नुस्

  • ​मेसीको गोलले पनि जिताउन सकेन बार्सिलोनालाई, रियलसँग अंक दुरी बढ्यो

    ​मेसीको गोलले पनि जिताउन सकेन बार्सिलोनालाई, रियलसँग अंक दुरी बढ्यो

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सिलोना भियारियलसँग १-१ गोलको बराबरीमा रोकिएको छ। लियोनल मेसीले ९० औं मिनेटमा फ्रिकिकमार्फत गरेको गोलको मद्वतले बार्सिलोनाले भियारियलसँग बराबरी खेल्दै अंक बाँडेको हो।  खेलको ५० औं मिनेटमा निकोला सानसोनले गोल गर्दै भियारियललाई अग्रता दिलाएका थिए। तर खेलको अन्तिम समयमा प्राप्त फ्रिकिकमा मेसीले गोल गर्दै खेल बराबरी गरेका हुन्। इन्जुरी टाइमको अन्तिम मिनेटमा भियारियलका…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक भार कम गर्न भन्दै साझा प्रकाशनले गर्‍यो ६९ कर्मचारी कटौती

    आर्थिक भार कम गर्न भन्दै साझा प्रकाशनले गर्‍यो ६९ कर्मचारी कटौती

    काठमाडौँ : संस्थाको आर्थिक भार कम गर्न भन्दै साझा प्रकाशनले ६९ कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ।   संस्था आर्थिक संकटमा रहेकाले व्ययभार कम गर्नका विभिन्न तहका ६९ कर्मचारी कटौती गरिएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए। ती कर्मचारीले उपदानसहित तीन महिनाको तलब पाउनेछन्। 'उहाँहरुले संस्थाको पीडा बुझेर अवकाश लिएर सहयोग गर्नुभएको छ,' शर्माले भने, 'तीन किस्तामा २०७४ पुस…

    विस्तृतमा पढ्नुस्

  • चेल्सी र टोटनहम एफएकपको चौथो चरणमा, लिभरपुलले प्लेमाउथसँग रिप्ले खेल्ने

    चेल्सी र टोटनहम एफएकपको चौथो चरणमा, लिभरपुलले प्लेमाउथसँग रिप्ले खेल्ने

    प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लण्डन क्लबद्वय चेल्सी र टोटनहम हट्सपर एफए कपको चौथो चरणमा प्रवेश गर्दा लिभरपुलले भने प्लेमाउथसँग रिप्ले खेल्नुपर्ने भएको छ। कप अन्तर्गत तेस्रो चरणको खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको चेल्सीले पिटरवोरोग युनाइटेडलाई ४-१ ले पराजित गरेको हो। चेल्सीको लागि पेड्रोले २ तथा मिची बाट्सुई र विलियनले १र१ गोल गरे।  पिटरवोरोगका लागि टम निकोलसले सान्त्वना…

    विस्तृतमा पढ्नुस्

  • ​दर्पण छायाँ–२ को ‘क्लाइमेक्स’ पुनः सुटिङ

    ​दर्पण छायाँ–२ को ‘क्लाइमेक्स’ पुनः सुटिङ

    फिल्म ‘दर्पण छायाँ–२’ को दार्जिलिङमा पुगेर ‘क्लाइमेक्स’को फेरि सुटिङ गरिएको हो। ‘भीएफएक्स’ प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिकका कारण असफल भएपछि फेरि सुटिङ गर्नुपरेको हो। झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको छ। दृष्यका लागि मात्रै दार्जिलिङका ३० जना संगीतकर्मी जम्मा भएका थिए। सकेसम्म स्तरीय र वास्तविक देखाउने…

    विस्तृतमा पढ्नुस्

  • सरकारी विद्युत आयोजनामा शेयर लगानी गर्ने हो? लाइन बस्नुपर्दैन, यसरी भर्नुस् अनलाइन फाराम

    सरकारी विद्युत आयोजनामा शेयर लगानी गर्ने हो? लाइन बस्नुपर्दैन, यसरी भर्नुस् अनलाइन फाराम

    काठमाडौं : आन्तरिक स्रोतबाटै जलविद्युत आयोजना निर्माण गर्न सरकारले सर्वसाधारणसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ।   'नेपालको पानी जनताको लगानी' कार्यक्रम अन्तर्गत ऊर्जामन्त्री जनार्दन शर्माले सोमबार लगानी प्रतिबद्धता माग्न वेबसाइट सार्वजनिक गरेका छन्। जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले त्यसका लागि सर्वसाधारणको पैसा प्रयोग गर्न लागेको हो।   लामो लाइन बसेर सर्वसाधारणले शेयर आवेदन दिइरहेका बेला…

    विस्तृतमा पढ्नुस्

  • सहचालकले चलाउन खोज्दा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    कालीकोट : जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमा मृत्यु भएको छ।   मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन्।   लु१त ५७२२ नंको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खाजेपछि भर्ता गाविसको हुल्म बजारमा दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले…

    विस्तृतमा पढ्नुस्

  • २ सय ८८ ​सांसद हाजिर गरेर टाप ठोक्दा निर्वाचन विधेयक प्रभावित

    २ सय ८८ ​सांसद हाजिर गरेर टाप ठोक्दा निर्वाचन विधेयक प्रभावित

    काठमाडौँ: संसद बैठक गणपुरक संख्या उपस्थित नहुदाँ स्थगित भएको छ। स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक निर्णयार्थ पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले नियमापत्ति गर्दै गणपुरक संख्यामा सभामुखको ध्यानाकर्षण गराएका थिए।   नेपालको संविधानको धारा ९४ मा संसदमा कुनैपनि प्रस्ताव निर्णयार्थ पेश गर्न एक चौथाई सांसद अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ।   काफ्लेको नियमापत्ति लगत्तै सभामुखले…

    विस्तृतमा पढ्नुस्

  • 'बिरालोको ख्यालठट्टा, मुसो खुत्रुक्कै', संसदमा चल्यो बिरालो-किस्सा

    'बिरालोको ख्यालठट्टा, मुसो खुत्रुक्कै', संसदमा चल्यो बिरालो-किस्सा

    काठमाडौं : सांसदहरु संसद्मा बोल्दा विम्ब प्रयोग गर्छन्। उखान टुक्का जोड्छन्। आफ्नो भनाइको अर्थ खुलाउन कहानी सुनाउँछन्। सोमबार भने सांसदहरुले फरक-फरक प्रसङ्गमा बिरालोको कहानी सुनाए।   संसदको विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिरालोको प्रसंग जोडेर एउटा उखान सुनाए।   केसीले भने, 'बिरालोको ख्यालठट्टा, मुसो खुत्रुक्कै।'   संघीयतामा मुलुक २०६५ जेठ १५ मा एकाएक प्रवेश गरेको उनको भनाइ थियो।…

    विस्तृतमा पढ्नुस्

  • भारत प्रशासित काश्मिरमा आक्रमण, तीन मजदुरको मृत्यु

    भारत प्रशासित काश्मिरमा आक्रमण, तीन मजदुरको मृत्यु

    श्रीनगर (भारत) : भारत प्रशासित काशिमरमा सोमबार एक सेनाद्वारा निर्माण गर्दै गरेको बाटोमा अज्ञात समूहको आक्रमण गर्दा मजदुरको मृत्यु भएको भारतीय सेनाले जनाएको छ।   घटनापछि आक्रमणकारी भागेको र सेनाले फरार आक्रमणकारीको खोजी सुरु गरेको सैनिक प्रवक्ता मनिष मेहेताले बताए। सेनाका जनरल रिजर्भ इन्जिनियरिङ फोर्स शिविरमा मजदुर सुतिरहेको बेलामा आक्रमण भएको थियो।   भारत पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सिमाना नजिकै अवस्थित शिविर…

    विस्तृतमा पढ्नुस्

  • 'दंगल'ले ब्रेक गर्‍यो 'पिके'को रेकर्ड

    'दंगल'ले ब्रेक गर्‍यो 'पिके'को रेकर्ड

    ​​बलिउडमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको थियो फिल्म 'पिके'ले। फिल्मको ग्रस कलेक्शन रह्यो तीन सय करोड चालिस लाख। आमिर खान अभिनित फिल्मको बक्सअफिस रेकर्ड तोडेको छ उनकै फिल्म 'दंगल'ले।   बलिउड फिल्म समिक्षक तथा डिस्ट्रिब्युटर तरण आदर्शले ट्विट मार्फत सो जानकारी गराएका हुन्। #Dangal collects a WHOPPING ₹ 31.79 cr in Weekend 3... [Week 3] Fri 6.66 cr, Sat 10.80…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह टुंगो लाग्नै बाँकी छ : गृहमन्त्री निधि

    स्थानीय तह टुंगो लाग्नै बाँकी छ  : गृहमन्त्री निधि

    काठमाडौँ : गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह पुन: संरचना आयोगको प्रतिवेदन सरकारले अध्ययन गरिरहेको बताएका छन्।   संसदमा स्थानीय तह निर्वाचन सम्बन्धी विधेयकमा जवाफ दिने क्रममा गृहमन्त्री निधिले प्रतिवेदनबारे सरकार टुङ्गोमा नपुगको बताए।   आयोगले ७१९ स्थानीय तहको प्रस्ताव गरेको छ। 'अध्ययनको क्रममै रहेकाले तर यसबारे टुङ्गो लाग्न भने बाँकी,' उनले भने, 'सरकारले दिएको टिओआर अनुसार भए नभएको सरकारले हेर्नेछ।'   …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell