काठमाडौँ : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा भएको छ। माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षको एकमहिने मेलाको तयारी सकिएको जानकारी दिइयो। यातायात, शान्ति सुरक्षा, लाइन एवम् बजार व्यवस्थापन, प्रसाद वितरण, स्वयम्सेवक परिचालन आदिका लागि १७ उपसमिति गठन गरी सबै तयारी पूरा…
काठमाडौँ : काठमाडौँको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई मर्मत तथा सिङ्गारको काम भइरहेको छ। पौष शुक्ल अष्टमीका (गत शुक्रबार) दिन महास्नान गराइएको सो मूर्तिमा बिग्रेको ठाउँमा आवश्यक मर्मत र सिङ्गारपछि घाममा राख्ने गरिन्छ। नवमीका दिनदेखि नै सो कार्य जारी छ। पौष शुक्ल पूर्णिमाका दिन मूर्तिलाई विधिविधानपूर्वक दशकर्म गरी प्राण प्रतिष्ठा गरिने र मन्दिरमा विराज गराइने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी…
रत्ननगर (चितवन) : सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ। सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिहान साढे १० बजे हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। प्रजनन् केन्द्रमा…
सल्यान : भीरबाट लडेर गएराति दुई मजदुरको मृत्यु भएको छ। वामे– ३ बाहुनघाटमा झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरको राति करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली–६ थापाचौरका ४५ वर्षीय भरथरी चौधरी र ४४ वर्षीय लामारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जाजरकोट छेडाबजारबाट पुलको सामान लिई फर्कने क्रममा उनीहरु वामे गाविसको करासी…
काठमाडौँ : मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकाका सडक तथा गल्लीमा पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ। आगामी बडादसैँसम्म मेलम्ची खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ। उपत्यकामा हरेक घरमा खानेपानी पुर्याउनका लागि छ सय ७० किमि पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म चार सय ७० किमी सडकमा पाइप बिच्छ्याइएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले जानकारी…
झापा : झापाको बाहुनडाँगी ३ का एक पुरुषले घरमा कोही नभएको अवस्थामा आफैंलाई धारिलो हतियार प्रहार गरी आत्महत्या गरेका छन्। बाहुनडाँगी ३ बडाखालका ४२ वर्षीय राजु श्रेष्ठले घरपछाडि परालको माच नजिकै दाउरा काट्ने दाउले घाँटी रेटेको र उनको त्यहीँ शव फेला परेको प्रहरीले जनाएको छ।उनी लामो समयदेखि टिबी रोगको बिरामी थिए। उनको मानसिक अवस्था पनि सन्तुलनमा नरहेको प्रहरीले जनाएको छ
काठमाडौँ : बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल ६ अर्ब ९१ करोड रूपैँया मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ। धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा झण्डै ७ अर्ब रूपैँया वितरण गर्नुपर्ने देखिएको हो। गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते निर्धारण गरेको मुआब्जाअनुसार पहिलो चरणमा तीन गाविसका ४ हजार ४१ रोपनी जग्गाका लागि २…
बुटवल : सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जनताको सेवामा प्रतिबद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। बुटवल उपमहानगरपालिका–१९ मोतीपुरमा नवनिर्मित सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलको भवनको आज उद्घाटन गर्दै बलका प्रमुख राईले जनताले तिरेको करले राज्यका सबै निकाय चल्ने हुँदा सशस्त्र प्रहरी पनि जनताकै सेवक भएकाले जनताप्रति जवाफदेही हुन निर्देशन दिए। कुनै पनि देशको…
पाल्पा : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी वैशाख महिनाको अन्तिमसम्म स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन्। माओवादी केन्द्रद्वारा आयोजित अन्तरक्रियामा नेता पुनले सरकारले केही दिनमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेकाले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने बताए।
विश्वकप फुटबलमा अब ४८ देशले सहभागिता जनाउने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरेको हो। The FIFA Council unanimously decided on a 48-team #WorldCup as of 2026: 16 groups of 3 teams. Details to follow after the meeting. — FIFA Media (@fifamedia) January 10, 2017 तर यो निर्णय सन् २०२६ को वर्ल्डकपबाट…
काठमाडौं : विभागीय क्लबद्वय नेपाल पुलिस र नेपाल आर्मी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनको फराकिलो अन्तरले हरायो भने आर्मीले न्यु राइजिङ स्टारलाई ९ विकेटले पराजित गर्यो। पराजित हिमालयन क्रिकेट एकेडेमी र न्यु राइजिङ स्टार भने प्रतियोगिताबाट बाहिरिएकोछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा पुलिसले टस जितेर पहिले…
फिल्म 'कुछ कुछ होता हे' मा फिल्मकी एक नायिकाले अर्की नायिकासँग संवाद गर्दा प्रयोग गरिएको डायलग छ- 'जाओ दिल की बात बोल दो'। प्रेममा मनभित्रको कुरा गर्न सिकाउने यो फिल्मलाई निर्देशन गरेका हुन् निर्देशक करण जोहरले। बलिउडमा करणले प्रेम कथामा आधारित थुप्रै फिल्म बनाए जसमा प्रेमीले प्रेमिका वा प्रेमिकाले प्रेमीसँग आफ्नो मनको कुरा बताउँछन्। तर करण जोहर स्वयंमको मनको कुरा…
काठमाडौं : घरेलु भलिबलका दुई चिरपरिचित टोली शसस्त्र प्रहरी बलको एपीएफ र नैकापको न्युडायमण्ड एकेडेमीले १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन्। नयाँबसपार्कमा मंगलबार भएको खेलमा एपीएफले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शिर्ष स्थानमा रहेको न्युडायमण्डसँग अंक बराबरी गरेको हो। चौथो दिनको खेलमा एपीएफले पश्चिमाञ्चलसँग पहिलो सेट २२–२५ ले…
धनगढी : ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ। मंगलबार धनगढी रंगशालामा भएको खेलमा भुटानको ड्रुकस्टार फुटबल क्लबलाई २-० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो। बाई पाएर सिधै क्वाटरफाईनल खेलेको मनाङलाई भुटानी क्लबले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि घरेलु क्लबले दोस्रो हाफमा दुई गोल गर्यो। ५१ औं मिनेटमा विदेशी…
बर्दिबास: हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुसहर बस्ती बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख नगद सहयोग घोषणा गरे। हिजो (सोमबार) बर्दिबासस्थित मुसहर बस्तीमा तेस्रो एकीकृत नमुना बस्तीको शुभारम्भको अवसरमा मह जोडी पनि पुगेका थिए। जोडीले कार्यक्रमबीच सहयोगको घोषणा गर्दै बस्ती बनाउन उल्लेख्य रकम जुट्ने विश्वास पनि व्यक्त गरेका छन्। मदनकृष्ण श्रेष्ठले भने, 'पुग्दो रकम जम्मा हुन्छ पक्कै। हामीले…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार ट्विट गरे 'योगा छाडेर आमालाई भेट्न गए। उनीसँगै खाना खाँए। एक आपसमा भएको भेट दुबैलाई राम्रो लाग्यो।' मोदीको ट्विट सार्वजनिक भएसँगै भारतमा आमामाथी राजनीति शुरु भइहाल्यो । यसलाई अगाडि बढाउने काम गरे आम आदमी पार्टीका प्रमुख तथा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले। उनले जवाफी ट्विट गरे 'म आफ्नो आमाको साथमा बस्छु र प्रत्येक दिन आशिर्वाद…
काठमाडौं : नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई एक लाख ५० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नम्वर नापी कार्यालय परिसरबाटै उनलाई पक्राउ गरेको हो। आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार झाले एक सेवाग्राहीसँग घूस मागिरहेको सूचनाका आधारमा कार्यालयमा पुगेको आयोगको टोलीले उनलाई घूसको रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका झालाई आयोगले हिरासतमा राखेर…
कोहलपुर :युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी हानेको आरोपमा पक्राउ परेका मुख्य आरोपी लक्ष्मण मल्ल घटनाको दिन नीजि कारमा चढेर बाँकेबाट भागेर काठमाडौं पुगेको खुलेको छ । पुस १४ मा बेलुका ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युत्रोड नजिकैको वेलकम कटेजमा युवा सङ्घका केन्द्रीय सदस्य बुढाथोकीमाथी खुकुरी प्रहार भएको थियो। घटना लगत्तै घाइते बुढाथोकीले मल्लको नाम लिएका थिए।…
गौर (रौतहट) : मागेअनुसारको दाइजो नदिएको निहुँमा रौतहटको पिपराभगवानपुर– २ फतुवामा शनिबार एक महिलाको हत्या भएको छ। दाइजो नदिएका कारण २२ वर्षीया लालमुनी देवी साहको हत्या भएको माइती पक्षले दाबी गरेको छ । लालमुनीको निधनको खबर सुनेर माइती गाउँ भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला जटौलिया गाउँबाट मृतककी आमा, बुबा, दिदी, भाइलगायतका आफन्त आज गौर आइपुगेका छन् । उनीहरुले लालमुनीले आत्महत्या…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिन माग गरेको छ। पार्टीले उक्त दिन आयोजना गर्न लागेको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज निमन्त्रणा गर्न शीतलनिवास गएका पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीको नेतृत्वको समूहले बिदाको माग गरेको हो। सो अवसरमा राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरी देशको पहिचान बनाएको बताउँदै राष्ट्रिय एकताका प्रतीकका रुपमा…