PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • ​प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सामा सुरु

    वीरगन्ज : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सा जिल्लाका चारवटा गाविस विश्रामपुर, गमहरिया, सिवरवा तथा भगराटारमा सञ्चालन भएको छ।  कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप सञ्चालित सो परिरयोजनाअन्तर्गत पहिलो चरणमा पाँचसय हेक्टर क्षेत्रफललाई लक्षित गरी कार्यक्रम सञ्चालन भएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले बताए।  सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सरकारी खेतीलाई लक्षित गरी सरकारले पचासी प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • ​चितवन एफसीलाई भेट्रान फुटबल उपाधि

    ​चितवन एफसीलाई भेट्रान फुटबल उपाधि

    काठमाडौं : चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चन्द्रागिरीको ठूलो ढुंगामा मंगलबार भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३-० गोलअन्तरले पराजित गर्‌यो। चितवनका लागि २ गोल आयोजकले आत्मघाती गोल उपहार दिए भने रविन्द्र श्रेष्ठले १ गोल गरे। चितवनले क्वाटरफाइनलमा ४० प्लस फाउन्डेसनलाई १-० तथा सेमिफाइनलमा वीरगन्ज युथ…

    विस्तृतमा पढ्नुस्

  • दुर्गमको एउटै गाउँमा ६६ वटा पसल

    सोलुखुम्बु : दुर्गमको एउटा गाउँमा कतिवटा पसल हुनसक्लान् ? दुई÷चार वा बढीमा ८/१० वटा । तर सोलुखुम्बुको विकट गाविस गुदेलको पनि विकट गाउँ चाचालुङमा भने एउटै गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन्।  गुदेल गाविस भवनबाट करिब ३ घन्टा टाढाको बाटोमा रहेको चाचालुङ गाउँमा दुईसय २३ घरधुरी रहेका छन् । त्यो बाक्लो बस्तीबाट अन्य गाउँमा पुग्नका लागि कम्तीमा २ घण्टा…

    विस्तृतमा पढ्नुस्

  • ​नौ करोडको लागतमा मोरङमा पाँचवटा पक्की पुल निर्माण

    उर्लाबारी : मोरङका पाँचवटा खोलामा पक्की पुुल निर्माण सम्पन्न भएका छन्।  जिविस मोरङले विराटनगरको सिङ्घिया, रङ्गेलीको घाँगी, राजघाटको कट्नुु र टङ्किसिनवारीको खदरा खोलामा पुुल निर्माण गरेको हो।  जम्मा रु नौ करोडभन्दा बढीको लागतमा ती सबै पुुल निर्माण सम्पन्न गरेको जिविसका इन्जिनियर घनश्याम दाहालले जानकारी दिनुभयो । दुुईदेखि तीनवर्ष भित्रमा ती सबै पुुल निर्माण सम्पन्न गरिएको दाहालको भनाइ छ।  यसैगरी, जिविसले…

    विस्तृतमा पढ्नुस्

  • ​ओलम्पियन फुपुल्हामु नगदसहित पुरस्कृत

    ​ओलम्पियन फुपुल्हामु नगदसहित पुरस्कृत

    काठमाडौं : नेपाल जुडो संघले रियो ओलम्पिक–२०१६ मा नेपालको प्रतिनिधित्व गर्दै महिला ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी जुडो खेलाडी फुपुल्हामु खत्रीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ। उक्त तौलसमूहमा एक बाउट पूरा समय (४ मिनेट) टिकेर खेलेकोमा फुपुलाई नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो। जुडो संघले यसअघि नै फुपुलाई एक बाउट पूरा समय टिकेको खण्डमा २५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​भारतीय डाँका काठमाडौंमा पक्राउ, अनुसन्धानका लागि सिन्धुली पठाइयो

    सिन्धुली : सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन्।  डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एकनम्बर बजारमा रहेको सिकन्दर शाहको शाह आयरनको पसलको सटर फुटाएर डकैती गरेका थिए । प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर युनाइेटड इएफएल कप फाइनल नजिक

    म्यानचेष्टर युनाइेटड इएफएल कप फाइनल नजिक

    हुवाँ माटा र माराउने फेलाइनीले गरेको गोल मद्वतमा म्यानचेष्टर युनाइेटड इएफएल कप अन्तर्गत सेमिफाइनल पहिलो लेगमा हल सिटीलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइेटडलाई २-० को जित दिलाउन दुवै खेलाडीले दोस्रो हाफमा गोल गरे। माटाले ५६ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। फेलाइनीले खेल सकिन ३ मिनेटमा अगाडी गोल गर्दै युनाइटेडको जित सुनिश्चित…

    विस्तृतमा पढ्नुस्

  • एथ्लेटिको मड्रिड दोस्रो लेगमा हारेर पनि कोपा डेल रे को क्वाटरफाइनलमा

    एथ्लेटिको मड्रिड दोस्रो लेगमा हारेर पनि कोपा डेल रे को क्वाटरफाइनलमा

    एथ्लेटिको मड्रिड अन्तिम-१६ को दोस्रो लेगमा लस पलमससँग पराजित भएपनि समग्रमा ४-३ को जित हात पार्दै  कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ।  घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको लस पलमससँग ३-२ ले पराजित भएको हो। पलमसको लागि मार्को लिभाजाले २ तथा माटेओ इजेक्वेल गार्सियाले १ गोल गरे। एथ्लेटिकोका लागि एन्टोनि ग्रिजमन र एन्जेल कोरेअले १/१ गोल गरे। दोस्रो लेग…

    विस्तृतमा पढ्नुस्

  • 'लभ सासा' प्रिमियरका रोमाञ्चक १९ दृश्य

    'लभ सासा' प्रिमियरका रोमाञ्चक १९ दृश्य

    काठमाडौं : फिल्म 'लभ सासा'को मंगलबार काठमाडौंमा रहेको कुमारी हलमा प्रिमिय र शो सम्पन्न भयो। केकी अधिकारी, कर्मा शाक्य र आसिफ शाहको मुख्य भूमिका रहेको फिल्ममा त्रिकोणात्मक प्रेमका साथै अविवाहित युवतीको मनोदशालाई मुख्य विषय बनाइएको छ। फिल्ममा केकी- सासा, कर्मा- प्रह्लाद र आसिफ- सिद्धार्थको रुपमा देखिएका छन्।   प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन्। बिहीबारदेखि देशभर प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • २७ फोटोमा हेर्नुस्, 'पुस २७'लाई

    २७ फोटोमा हेर्नुस्, 'पुस २७'लाई

    काठमाडौँ : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भएका छन्। आज सार्वजनिक बिदा होला कि नहोला भन्ने चासोका बीच सरकारले सार्वजनिक बिदा त दिएन तर निजीस्तरबाट राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ।   राजधानीमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वारअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन्।   राष्ट्रिय प्रजातन्त्र…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएर डकैती गर्ने सिसी क्यामेराको सहायताले यसरी पक्राउ परे

    भारतबाट आएर डकैती गर्ने सिसी क्यामेराको सहायताले यसरी पक्राउ परे

    सिन्धुली : सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन्।   डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एकनम्बर बजारमा रहेको सिकन्दर शाहको शाह आयरनको पसलको सटर फुटाएर डकैती गरेका थिए। प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरिको चुचुरोमा पृथ्वीनारायणको मूर्ति

    चन्द्रागिरिको चुचुरोमा पृथ्वीनारायणको मूर्ति

    काठमाडौं : चन्द्रगिरि हिल्स लिमिटेडको भालेश्वर मन्दिर नजिकै पृथ्वीनारायण शाहको मूर्ति स्थापना गरिएको छ। कम्पनीले निर्माण गरेको मूर्तिको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अनावरण गरे।   कम्पनीले पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको दिन मूर्ति अनावरण गरेको हो। चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धित रहेकोले मूर्ति स्थापना गरिएको कम्पनीले जनाएको छ।   कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक प्रयासपछि परियोजना सकिएको…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीको अनुसन्धान कसले गर्ने? सिआइबी कि अर्कै समिति? गृहमन्त्री यसो भन्छन्

    सुन तस्करीको अनुसन्धान कसले गर्ने? सिआइबी कि अर्कै समिति? गृहमन्त्री यसो भन्छन्

    काठमाडौं : गृहमन्त्री विमलेन्द्र निधिले सुन तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई आवश्यक पर्ने साधन-प्रविधि उपलब्ध गराउन सरकार जुनसुकै बेला तयार रहेको बताएका छन्।    आजको लेखा समितिको बैठकमा मन्त्री निधिले तस्करको मुख्य योजनाकार जोसुकै भए पनि बाहिर ल्याउनुपर्ने र त्यसका लागि परम्परागत नभई वैज्ञानिक छानबिन आवश्यक रहेको बताए। 'त्यसका लागि अहिले सिआइबी नै सक्षम छ,'…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हवल्दारको ज्यान गयो

    मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हवल्दारको ज्यान गयो

    गौशाला : महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।   मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हवल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताए।   गएराति ज २ प ३४६७ नं को मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर…

    विस्तृतमा पढ्नुस्

  • पृथ्वीनारायणलाई १०८ मिटर लामो माला कसरी चढाइयो? ५ फोटोमा हेर्नुस्

    पृथ्वीनारायणलाई १०८ मिटर लामो माला कसरी चढाइयो? ५ फोटोमा हेर्नुस्

    काठमाडौँ : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा शिव सेना नेपालले १०८ मिटर लामो माला अर्पण गरेको छ। २९५औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित सालिकमा शिव सेनाले माला चढाएको हो। जयन्तीका अवसरमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत सालिकमा फूल गुच्छा चढाएर योगदानको चर्चा गरेका थिए।   गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण…

    विस्तृतमा पढ्नुस्

  • शृंखलाबद्ध रुपमा सुनको सिक्री लुट्ने युवक पक्राउ, नगद तीन लाख पनि बरामद

    काठमाडौं : उपत्यकाभित्र शृंखलाबद्ध रुपमा सिक्री तथा अन्य धनमाल लुट्ने सागर भन्ने टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।   रामेछाप दोरम्बा-८ का २९ वर्षे मगरलाई कागेश्वरी मनोहरा नगरपालिकाबाट चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले समातेको हो। उनको साथबाट नगद ३ लाख र अन्य चोरीका सामान बरामद गरिएको छ।   अहिलेसम्म उनले २०-२२ ठाउँबाट सुनको सिक्री चोरेको खुलेको प्रहरीको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • लालटिन आउनुअघि ह्वीस्कीको भिडियो आउट

    लालटिन आउनुअघि ह्वीस्कीको भिडियो आउट

    काठमाडौं : चैत १८ गते रिलिज हुने फिल्म 'लालटिन'मा समावेश गीत 'विह्स्की'को भिडियो सार्वजनिक भएको छ ।   विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्वा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ। गीतसँगै फिल्मभित्रका स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ।   दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार…

    विस्तृतमा पढ्नुस्

  • अदालतको आदेश/फैसला सरल बनाउन पत्रकारहरुको माग

    काठमाडौँ : अदालतको आदेश/फैसला जटिल भएकाले सरल र सर्वसाधारणले बुझ्न सक्ने तरिकाले लेख्न वरिष्ठ पत्रकारहरुले जोड दिएका छन्। कानुनी भाषा सर्वसाधारणले सहजरुपमा बुझ्न नसक्दा समस्या, दुःख, हैरानी, गलत व्याख्या हुने हुँदा अदालतको आदेश/फैसला सरल भाषामा सामान्य नागरिकले सहज बुझ्ने हुनुपर्ने उनीहरुको भनाइ छ। सर्वोच्च अदालत केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले आज आयोजना गरेको ‘न्यायिक सूचना सम्प्रेषणका सन्दर्भमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया’मा वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • ​रुस्लान कप क्रिकेट : आयोजक केसीटीसी र रोएल पिसी फाइटर क्वाटरफाइनलमा

    ​रुस्लान कप क्रिकेट : आयोजक केसीटीसी र रोएल पिसी फाइटर क्वाटरफाइनलमा

    काठमाडौं : आयोजक केसीटीसी र पिसी फाइटर राजधानीमा जारी दोस्रो रुस्लान कप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको दोस्रो दिन बुधबार सम्पन्न खेलमा केसीटीसीले क्यानोनल क्रिकेट क्लबलाई तथा रोएल पिसी फाइटरले खहरे क्रिकेट क्लब धादिङलाई पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा केसीटीसीले क्यानेनलाई ७ विकेटले हरायो। केसीटीसीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानोनले निर्धारित २०…

    विस्तृतमा पढ्नुस्

  • साढे १० करोड भ्रष्टाचार गरी फरार आचार्य ११ वर्षपछि पक्राउ

    काठमाडौं : भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतको बिगो नतिरी फरार झापा गरामनी गाविसका ३२ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।   महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले पक्राउ गरी कार्यान्वयन निर्देशनालय बबरमहलमा बुझाएको हो। पक्राउ परेका आचार्यलाई विशेष अदालतले २०६२ मा भ्रष्टाचार गरेको अभियोगमा १० करोड ५४ लाख १७ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell