PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • सुदूरपश्चिम खप्तड गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

    सुदूरपश्चिम खप्तड गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

    धनगढी : नेपाल आर्मीलाई हराउँदै संकटा क्लब धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा पुगेको छ। यससँगै सेमिफाइनल समिकरण पनि पुरा भएको छ। यसअघि नै भारतको दिल्ली युनाइटेड, आयोजक सुदूरपश्चिम ११ क्लब र मनाङ मर्स्याङ्दी अन्तिम चारमा पुगिसकेका छन्। बुधबार धनगढी रंगशालामा भएको अन्तिम क्वाटरफाईनलमा संकटाले विभागीय टीम नेपाल आर्मीलाई २-१ ले स्तब्ध पारेको हो। हारेसँगै गत साता हेटौँडामा सुमन बम्जन…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटन महिला भलिबल : लगातार पाँचौ जितसँगै न्यु डायमन्ड शीर्ष स्थानमा कायमै

    ढोरपाटन महिला भलिबल : लगातार पाँचौ जितसँगै न्यु डायमन्ड शीर्ष स्थानमा कायमै

    काठमाडौं : न्यु डायमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा एकल अग्रता बनाएको  छ। नयाँ बसपार्कस्थित नवनिर्मित कोटमा बुधबार सम्पन्न खेलमा न्यु डायमन्डले रामेछापको चन्डेश्वरी युवा क्लवलाई पराजित गर्दै एकल अग्रता बनाएको हो । चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको न्यु डायमन्डले ५ खेलबाट १५ अंक जोडेको छ। बुधबार नै सम्पन्न अन्य खेलमा…

    विस्तृतमा पढ्नुस्

  • कटप्पाले बाहुबली मार्नुको कारण २८ अप्रिलमा खुल्ने, सुटिङ सकियो

    कटप्पाले बाहुबली मार्नुको कारण २८ अप्रिलमा खुल्ने, सुटिङ सकियो

    आखिर कटप्पाले बाहुबलीको हत्या किन गरे । गत वर्षको फिल्म बाहुबली हेर्नेको मनमा अझै यो जिज्ञासा होला नै। उत्तरको खोजीमा सिक्वेलको प्रतिक्षामा रहेकाहरुले २८ अप्रिलमा यसको जवाफ पाउने पक्का भएको छ। फिल्मका निर्देशक राजामौलीका अनुसार बाहुबलीको सिक्वेल बाहुबली २ को छायाङकन सकिएको छ। उनले ट्विट गरेर फिल्मको सुटिङ सकिएको जानकारी गराएका हुन्। फिल्मका नायक प्रभासले ट्विट गरेर फिल्मको सुटिङको अनुभव…

    विस्तृतमा पढ्नुस्

  • नेपालको एअरपोर्टमा भारतीय चासो

    नेपालको एअरपोर्टमा भारतीय चासो

    काठमाडौं : नेपालमा बनी रहेका तीनवटा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा  सहयोगका लागि भारतले छलफल गरेको छ। उसले उनीहरुले पोखरा र निजगढको विमानस्थलमा चासो देखाउँदै आएको छ। चीनले निर्माणाधिन भैरहवा विमानस्थल र पोखरा विमानस्थल बनाउने टुङ्गोका साथ काम अगाडि बढिरहेका बेला भारतीय पक्षले उक्त विमानस्थल निर्माणका लागि नेपालसँग प्रस्ताव गरेको हो। गत महिना नेपाल र भारतका अधिकारीहरुबीच नेपालको हवाई क्षेत्रका लागि थप…

    विस्तृतमा पढ्नुस्

  • ​नेपालमा बर्षमा नौ हजार ९४३ जनाको वायु प्रदूषणका कारण मृत्यु

    काठमाडौं : वायु प्रदूषणका कारण काठमाडौंँ उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।  प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले मंगलवार आयोजना गरेको कार्यक्रममा वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको जानकारी गराइयो।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीका सङ्ख्या बढिरहेको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • ​प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञबाट ६ करोड संकलन

    रामपुर (पाल्पा) : रामपुर नगरपालिका–११ को गंगा माध्यमिक विद्यालयमा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु ६ करोड ३५ लाख ६६ हजार आठसय १८ बराबरको जग्गादान तथा नगद सङ्कलन भएको लेखा समिति संयोजक खगेन्द्र न्यौपानेले बताए।  विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि गत पुस १८ देखि २५ गतेसम्म आयोजना गरिएको महायज्ञमा सबैभन्दा ठूलो दान कपिलमणि आचार्य, सूर्य आचार्य, पिताम्वर आचार्य र…

    विस्तृतमा पढ्नुस्

  • मेसिनमा चेपिएर भारतीय मजदुरको मृत्यु

    बर्दिवास : महोत्तरी जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा मङ्गलबार राति उखु झार्ने अनलोडर मेसिनमा चेपिएर एकजना मजदुरको मृत्यु भएको छ।  मङ्गलबार राति करिब ९ बजेको समयमा उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी नामका मजदुरको मृत्यु भएको हो।  घटनाको इलाका प्रहरी कार्यालय गौशालाले पुष्टि गरेको…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानको शव कुरेर बसेकी कमलाको रहस्यमय मृत्यु

    रोल्पा : डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन्।  वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो।  दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर…

    विस्तृतमा पढ्नुस्

  • मानव बेचबिखनको जालो : चितवनबाट १३६ को उद्दार, ६ जनाविरुद्ध मुद्दा

    मानव बेचबिखनको जालो : चितवनबाट १३६ को उद्दार, ६ जनाविरुद्ध मुद्दा

    रत्ननगर (चितवन) : जोखिममा परेका र बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा चितवनबाट एकसय ३६ जनाको उद्धार भएको छ ।  माइती नेपालमार्फत गएको एक वर्षमा यसरी चितवनबाट एकसय ३६ जना चेलीको उद्धार गरिएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिए। तीमध्ये बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा एकसय दुई जनालाई विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो भने ३४ जना जोखिममा परेकालाई उद्धार गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ​नवजात शिशु मृत फेला, घटनामा संलग्नताको आशंकामा दुई पक्राउ

    पाँचथर : पाँचथरको सिदिन–४ मा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीयवासी २१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै उनीलाई र घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ परेका दुवैलाई मङ्गलबार जिल्ला अदालत पाँचथरबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • ​हत्या गरिएका बनरक्षक शाहीको परिवारलाई बनमन्त्रीद्धारा एक लाख सहयोग

    जाजरकोट : गत पुस १७ गते ताप्लेजुङमा हत्या गरिएका वनरक्षक गणेश शाहीको घर जाजरकोट पुगेर वनमन्त्री शङ्कर भण्डारीले मङ्गलबार बेलुका सहयोग हस्तान्तरण गरेका छन्।  पीडित परिवारलाई मन्त्री भण्डारीले एक लाख सहयोग हस्तान्तरण गरेका हुन्। दशेरा–८ वडावन जाजरकोटमा रहेको स्व शाहीको घरमा पुगेर वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले समवेदना प्रकट गर्दै राहत हस्तान्तरण गरेका हुन् । खोक्लिङ रेञ्ज पोष्ट ताप्लेजुङमा कार्यरत…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणमा जागिर खाने? २७७ जनालाई अवसर, कुन पदमा कति?

    विद्युत प्राधिकरणमा जागिर खाने? २७७ जनालाई अवसर, कुन पदमा कति?

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले २७७ जना कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ। अघिकृत स्तर (तह ९ सम्म) देखि ड्राइभर (तह ३) सम्म गरी २७७ कर्मचारी माग गरेको हो।   प्राधिकरणले उप–निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृत लगायत पदमा ५८ जना कर्मचारी माग गरेको छ।   प्राधिकरणले सहायक स्तरमा मिटररिडिङ सुपरभाइजर (तह…

    विस्तृतमा पढ्नुस्

  • पोखराको एक रेस्टुरेन्टमा आगलागी, क्षतिको विवरण आउन बाँकी

    पोखराको एक रेस्टुरेन्टमा आगलागी, क्षतिको विवरण आउन बाँकी

    पोखरा : गएराति पोखराको बाराहीचोकस्थित ट्राई स्टार रेस्टुरेन्टमा आगलागी भएको छ। सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा राति १ बजे मात्र आगलागी नियन्त्रण भएको थियो।   राति करिब १०:४५ बजे सुरु भएको आगलागीबाट रेस्टुरन्ट पूर्ण रुपमा नष्ट भएको वडा प्रहरी कार्यालय बैदामका हबलदार राजेन्द्र चौधरीले बताए।   काठैकाठले बनाइएको रेस्टुरेन्ट स्थानीय धर्मेन्द्र बाटाजूले केही वर्षअघि सञ्चालनमा ल्याएका हुन्।        …

    विस्तृतमा पढ्नुस्

  • सूचना प्रविधिमैत्री बन्दै चितवन, जिविसमा अब 'फ्रि वाइफाई'

    चितवन : जिल्ला विकास समिति चितवनलाई सूचना प्रविधिमैत्री बनाउँदै ‘फ्रि वाइफाई’ जिविस घोषित गरिएको छ।   सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मंगलबार चितवन जिविसलाई फ्रि वाइफाई घोषित गरेका हुन्। मन्त्रालयअन्तर्गतका सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाउनु जरुरी रहेको बताउँदै उनले सेवाग्राहीलाई सूचना र प्रविधिमा नजिक पुर्‍याउन फ्रि वाइफाइले सहयोग गर्ने विश्वास व्यक्त गरे।   यसअघि जिविस चितवन वातावरणमैत्री घोषित…

    विस्तृतमा पढ्नुस्

  • राजविराज विमानस्थलको पुनर्निर्माण तीव्र, जेठसम्ममा पिचिङको काम सकिने

    राजविराज विमानस्थलको पुनर्निर्माण तीव्र, जेठसम्ममा पिचिङको काम सकिने

    अरुणकुमार यादव राजविराज : करिब साढे पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराजस्थित विमानस्थलको पुनःनिर्माण कार्य यतिबेला तीव्रगतिमा भइरहेको छ।   सो विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी कम्पनीले जिम्मा पाएपछि निर्माण कार्य सुरु भएको हो। भ्याटसहित करिब रु ३० करोडमा उक्त कम्पनीले ठेक्का लिएपछि अहिले माटो भर्ने तथा सब बेसको कार्य सुरु गरिएको हो। माटो भराइको…

    विस्तृतमा पढ्नुस्

  • सुनकोसी नदीमा नुहाउँदा एक पुरुष बेपत्ता

    सिन्धुली : सुनकोसी नदीमा नुहाउने क्रममा आज एक जना बेपत्ता भएका छन्।   सिन्धुली डुढभञ्ज्याङ–१ मान्कुटार निवासी ४८ वर्षिय जङ्गबहादुर सुनुवार सुनकोसीमा नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए।रासस

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीको आरोपमा पनौतीबाट दुई जना पक्राउ

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ केजी सुन बरामदपछि अनुसन्धानका लागि थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको हो। मंगलबार समातिएका दुई जनालाई सिआइबी बुझाइसकिएको काभ्रे प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए।  

    विस्तृतमा पढ्नुस्

  • लोकमान जस्तै आलोचित वर्तमान सरकार : अध्यक्ष ओली

    लोकमान जस्तै आलोचित वर्तमान सरकार : अध्यक्ष ओली

    ​दमक : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन्।   नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाई छ। उनलेसरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको…

    विस्तृतमा पढ्नुस्

  • टिपर दुर्घटनामा सहचालकको मृत्यु, तीन गम्भीर घाइते

    रामेछाप : रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।  ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीकोे भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो।  आज बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • मुलुक अब निर्वाचनतर्फ उन्मुख : राज्यमन्त्री जवेगु

    इलाम : संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताएका छन्।  मङ्गलबार इलाम नगरपालिकाको २२औँ नगर परिषद्को उद्घाटन गर्दै उनले संविधान संशोधन प्रस्तावसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताए। संसदमा पेस भएको संविधान संशोधन विधेयक पारित हुने बताउँदै उनले इलामको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गरेर अघि बढ्नुपर्ने समेत धारणा राखे।  ‘इलाम पर्यटकीय जिल्ला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell