PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • ​सेनाले जित्यो बिमल स्मृति भलिबलको उपाधि

    दार्चुला : २८ पुस । स्व बिमल सिंह बुढाथोकीको स्मृतिमा यहाँ सञ्चालित भलिबल तथा सांस्कृतिक कार्यक्रम बुधबार समापन भएको छ।  जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको छ । स्थानीय भगवती युवा क्बल सर्मोलीलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उक्त उपाधिमाथि कब्जा गर्न सफल भएको हो।  स्व. बिमल स्मृति आयोजक समिति, राप्लाको…

    विस्तृतमा पढ्नुस्

  • ​मुस्ताङमा एक वर्षमा ३९ हजार पर्यटक भित्रिए, व्यवसायी उत्साहित

    मुस्ताङ : पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन्।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन्।  राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् ।…

    विस्तृतमा पढ्नुस्

  • ​सहकारीको सामाजिक सुरक्षा योजना, ज्येष्ठ सदस्यलाई मासिक पाँच सय पेन्सन

    कृष्ण दर्नाल  पाल्पा : पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० स्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यका लागि मासिक पेन्सनको वितरण गर्न थालेको छ। सहकारीले यसरी ज्येष्ठ सदस्यलाई पेन्सन वितरण गरेको जिल्लामै पहिलो हो।    सहकारीले ७० वर्षदेखि माथिका वृद्धवद्धालाई मासिक पेन्सन वितरण गर्दै आएपछि ज्येष्ठ सेयर सदस्य खुसी छन्। रामपुर नगरपालिका–११ का नुरप्रसाद पोखरेलले गत १२ महिनाको ६…

    विस्तृतमा पढ्नुस्

  • यसकारण रोकिएको रहेछ नेपालमा चनाको आयात

    यसकारण रोकिएको रहेछ नेपालमा चनाको आयात

    अनन्तराज न्यौपाने विराटनगर : तराई क्षेत्रमा 'गरिब'को खाजा– बिहान सातु र दिउँसो चनाचिउरा। एक वर्षयता चनाको मूल्य दोब्बरभन्दा बढी भएपछि गरिबलाई सातु र चनाचिउरा खान पनि मुस्किल परेको छ।   विराटनगरका नास्ता पसलमा २५ देखि ३० रुपैयाँ प्लेट पाइने चनाचिउरालाई हिजोआज ५० देखि ६० पर्न थालेको छ। डेढ वर्षअघि पूर्वको बजारमा चना प्रतिकिलो ९० रुपैयाँ थियो। मूल्य बढेर छ महिनामै…

    विस्तृतमा पढ्नुस्

  • २०१६ मा ७ लाख ३० हजार पर्यटक नेपाल भित्रिए : भारतीय, चिनियाँ र श्रीलंकन बढी

    २०१६ मा ७ लाख ३० हजार पर्यटक नेपाल भित्रिए : भारतीय, चिनियाँ र श्रीलंकन बढी

    किरण भट्टराई काठमाडौँ : सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ।   जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागको भनाइ छ।   सन् २०१५…

    विस्तृतमा पढ्नुस्

  • गोदावरी वनस्पति उद्यानमा स्वदेशी फूलको अध्ययन सुरु

    गोदावरी वनस्पति उद्यानमा स्वदेशी फूलको अध्ययन सुरु

    ललितपुर : गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेशी, स्वभनीय (सजावटका) फूलको अध्ययन अनुसन्धान सुरु भएको छ।   स्वदेशी जातका फूल फुल्ने समय, अवधि, प्रकार लगायतका विषयमा अध्ययन भइरहेको उद्यानका प्रमुख दीपक लामिछानेले बताए। विदेशी फूल प्रतिस्थापन गरेर स्वदेशी फूलको प्रवद्र्धन गर्नेसमेत अध्ययनको उद्देश्य छ। विभिन्न जातका स्वदेशी फूलको जीवन चक्रको अध्ययन गरिरहेको उनले बताए।   स्वदेशी…

    विस्तृतमा पढ्नुस्

  • विश्वयात्रीद्वयको त्रिदेशीय अनुभव ‘देखेको विश्व र नेपाल’मा

    विश्वयात्रीद्वयको त्रिदेशीय अनुभव ‘देखेको विश्व र नेपाल’मा

    काठमाडौं : विश्वयात्रामा रहेका नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’को  यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ सार्वजनिक भएको छ।   भारत, भुटान र म्यानमारको भ्रमण गर्दा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृति हो।   विश्वदर्शन अभियान, नेपालको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा साहित्यकार एवम् पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले पुस्तक लोकार्पण गरे।   पुस्तकमा भारत…

    विस्तृतमा पढ्नुस्

  • सडक बन्द फिर्ता लिन खोटाङका राजनीतिक दलको आग्रह

    खोटाङ : स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै आन्दोलनमा रहेका खोटाङका सङ्घर्ष समितिलाई सडक बन्द नगर्न राजनीतिक दलले आग्रह गरेका छन्।   महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको भन्दै विरोधमा अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका बुइपा, राजापानी, विजयखर्क, नुनथला लगायतका स्थानीयवासीलाई जिल्लास्थित सात राजनीतिक दलले आन्दोलन खुकुलो पार्न आग्रह गरेका हुन्।   गत शनिबार…

    विस्तृतमा पढ्नुस्

  • एक जोडी गैँडा गाउँ पसेपछि स्थानीयवासी आतङ्कित

    एक जोडी गैँडा गाउँ पसेपछि स्थानीयवासी आतङ्कित

    हेटौँडा : पर्सा वन्यजन्तु आरक्षबाट बुधबार एक जोडी गैँडा हाँडीखोला गाविसको बस्तीमा पसेपछि स्थानीयवासीमा आतङ्क फैलियो।   हेटौँडा उपमहानगरसँग सिमाना जोडिएको हाँडीखोला गाविसको लामिटार र मसिने क्षेत्रमा मङ्गलबार साँझदेखि जोडी गैँडा देखिएको स्थानीयवासीले बताएका छन्। करिब २२ महिनाअघि हेटौँडामा गैँडा आतङ्कले एक महिलाको मृत्यु भएको थियो भने नौजना गम्भीर घाइते भएका थिए। त्यति बेला पनि हाँडीखोलाबाट हेटौँडा आएको गैँडाले बजार…

    विस्तृतमा पढ्नुस्

  • आठ वर्षअघि हत्या गरिएकी पत्रकार उमा सिंहको स्मृति दिवस मनाइयो

    आठ वर्षअघि हत्या गरिएकी पत्रकार उमा सिंहको स्मृति दिवस मनाइयो

    महेन्द्रनगर (धनुषा) : जनकपुरकी प्रथम सहिद महिला पत्रकार उमा सिंहको आठौँ स्मृति दिवस बुधबार मनाइएको छ।   उमा सिंहको आठौँ स्मृतिमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले बुधबार साँझ जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरी मनाएको हो। दीप प्रज्वलन कार्यक्रममा जनकपुरका सम्पूर्ण सञ्चारकर्मीको उपस्थिति रहेको थियो।   जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई २०६५ पुस २७ गते राति सवा…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा कार्यरत इलामका युवकको सुतेकै ठाउँमा मृत्यु

    इलाम : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ।   तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए।   मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ। बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु भइसकेको छ।रासस

    विस्तृतमा पढ्नुस्

  • ​इएफएल कप : लिभरपुल साउथह्याम्पटनसँग पराजित

    ​इएफएल कप : लिभरपुल साउथह्याम्पटनसँग पराजित

    इएफएल कप अन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ। नाथन रेडमोण्डले गरेको एक मात्र निर्णायक गोलको मद्वतमा साउथह्याम्पटनले लिभरपुललाई १-० ले पराजित गरेको हो।  घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन रेडमोण्डले खेलको २० औं मिनेटमा गोल गरे। साउथह्याम्पटन र लिभरपुलबीच सेमिफाइनलको दोस्रो लेग जनवरी २६ मा लिभरपुलको मैदानमा हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • 'एमएसएन'ले गोल गरेपछि बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

    'एमएसएन'ले गोल गरेपछि बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

    मेसी, सुवारेज र नेमारले गोल गरेपछि बार्सिलोना एथ्लेटिक विल्वाओलाई पराजित गर्दै स्पानिस कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेग २-१ ले हारेको बार्सिलोनाले दोस्रो लेगमा ३-१ जित्दै समग्रमा ४-३ ले विजयी भएको हो। दोस्रो लेगमा बार्सिलोनालाई जिताउन एमएमएनले १/१ गोल गरे। क्वाटरफाइनल पुग्न बार्सिलोनालाई २ गोल अन्तरको जित आवश्यक थियो। लुइस सुवारेजले ३६ औं मिनेटमा गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • गएराति निधन भएका पत्रकार महासंघका पूर्वसभापति उपाध्यायको अन्त्येष्टि

    गएराति निधन भएका पत्रकार महासंघका पूर्वसभापति उपाध्यायको अन्त्येष्टि

    काठमाडौँ : गएराति निधन भएका नेपाल पत्रकार महासङ्घका पूर्वसभापति मणिराज उपाध्यायको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उपाध्यायको हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो।   वरिष्ठ पत्रकार उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उनी चेतना र सूचनाका तपस्वी भएको बताए। नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको उनले प्रशंसा…

    विस्तृतमा पढ्नुस्

  • जिप दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

    जिप दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

    डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएको हो।   दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।   जिप सडकबाट करिब ३० मिटर तल भिरमा…

    विस्तृतमा पढ्नुस्

  • १५औं आहा रारा गोल्डकपमा तीन विदेशीसहित १२ टिम सहभागी हुने

    १५औं आहा रारा गोल्डकपमा तीन विदेशीसहित १२ टिम सहभागी हुने

    पोखरा : सहारा क्लबको आयोजनामा हुने १५औं आहा ! रारा गोल्डकपमा विदेशका तीनसहित कूल १२ टीमको सहभिगता हुने भएको छ। माघ ४ देखि १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित अमेरिका, बंगलादेश, भारतका टीम सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले बताए। जसमा नेपालबाट ए डिभिजन क्लबहरु लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लब, त्रिभुवन आर्मी क्लब,…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेता पोखरेल भन्छन्- 'संविधान संशोधनबाट ३३ प्रतिशतलाई अलग्याउने खेल हुँदैछ'

    एमाले नेता पोखरेल भन्छन्- 'संविधान संशोधनबाट ३३ प्रतिशतलाई अलग्याउने खेल हुँदैछ'

    बुटवल : नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका छन्। संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको भन्दै उनले जबरजस्ती ल्याएको संशोधन प्रस्तावलाई संसद्मा सही बाटोबाट छलफल हुन र पारित हुन नदिने स्पष्ट पारे।   प्रेस चौतारी रुपन्देहीले आज…

    विस्तृतमा पढ्नुस्

  • नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर भएकाले प्रेसको भूमिका झनै महत्त्वपूर्ण : प्रधानमन्त्री

    नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर भएकाले प्रेसको भूमिका झनै महत्त्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको र शान्ति प्रक्रिया, संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका रहेको बताएका छन्। प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन असम्भव हुने उनले बताए।   बिहीबार भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो…

    विस्तृतमा पढ्नुस्

  • शुक्रबार पर्खनै सकेनन् तीन फिल्मले : लभ सासा, किङ्ग र शब्द आजैदेखि हलमा

    शुक्रबार पर्खनै सकेनन् तीन फिल्मले : लभ सासा, किङ्ग र शब्द आजैदेखि हलमा

    काठमाडौं : यो साता फ्राइडे रिलिजको मौका नपर्खी तीन नेपाली फिल्म बिहीबार नै प्रदर्शनमा आए। लभ सासा, किङ्ग र शब्द पर्दामा प्रतिस्पर्धाका लागि उत्रिएका हुन्।   प्रचण्डमान श्रेष्ठ निर्देशित लभ सासामा कर्मा, आसिफ शाह र केकी अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्ममा लेखक बुद्धिसागर पनि विशेष पात्रको रुपमा आएका छन्। जसमा उनको किताब 'फिरफिरे'को चर्चालाई पनि ठाउँ दिइएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा ट्र्याक्टर दुर्घटना, सहचालकको मृत्यु

    जाजरकोटमा ट्र्याक्टर दुर्घटना, सहचालकको मृत्यु

    जाजरकोट : जाजरकोट सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे१त ५७०७ नंको ट्र्याक्टर पल्टिँदा आज एक जनाको मृत्यु भएको छ।   ढिमे–१ चुइकमा ट्र्याक्टर पल्टिँदा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो। ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन्।   घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले बताए।रासस

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell