बनियानी (झापा) : झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन्। कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुत्न बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले जानकारी दिए। कारागारमा ७८० पुरुष र तीन बालबालिकासहित ७६ महिला रहेका छन्। एउटै कोठामा १५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा…
अर्घाखाँची : ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा एमालेसँग सहमति भएको बताएका छन्। प्रेस सेन्टर नेपालले आज गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गरे। मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका…
काठमाडौं : तीन वर्षपछि नेपाल आयल निगम घाटामा गएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि जनवरी महिनामा निगमलार्इ साढे तीन करोड घाटा हुने भएको हो। इन्डियन आयल कर्पोरेशन (आइओसी) ले जनवरीमा पठाएको मूल्य अनुसार १५ दिनमा निगमलार्इ ३ करोड ५२ लाख घाटा हुने प्रक्षेपण गरिएको छ। निगमका प्रवक्ता भानुभक्त खनालले तीन वर्षपछि निगम नोक्सानीमा गएको जानकारी दिँदै स्वचालित मूल्य…
काठमाडौं : फिफा वरीयतामा नेपालले ६ स्थान सुधार गर्दै १७५ औं स्थानमा उक्लेको छ। फिफाले जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान फड्को मार्न सफल भएको हो। यससँगै नेपालले दक्षिण एसियाको भुटानलाई एक स्थानले पछि पारेको छ भने दक्षिण एसियामा भारत र माल्दिभ्स पछि तेस्रो स्थानमा छ। एक स्थान सुधार गरेको भुटान १७६ औं स्थानमा छ। दक्षिण एसियामा…
काठमाडौं : प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको २३ औँ क्षेत्रीय सम्मेलनमा सुनदेखि मानवतस्करीसम्मका विषयमा छलफल हुने भएको छ। नेपालमा माघ ५ देखि ७ गतेसम्म हुने सम्मेलनमा ५५ देशका २ सय ५० प्रतिनिधि सहभागी हुँदैछन्। प्रहरी प्रधान कार्यालयमा बिहीबार भएको पत्रकार सम्मेलन अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माले सम्मेलनमा मानव तस्करी, बलत्कार, संगठित अपराध, अवैध सुन तस्करी, साइबर क्राइम, म्याच फिक्सिङ…
काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा छैटौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत २५ र २६ गते राजधानीमा हुने भएको छ। प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि र ७५ केजीमाथि गरी जम्मा ६ तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव राजन श्रेष्ठले जानकारी गराए। पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ। त्यसबाट…
काठमाडौं : स्कुल लेभलदेखि नै क्रिकेट प्रतिभाको खोजी गर्ने उद्देश्यले देशभरको स्कुललाई समावेश गरी एक्सपर्ट स्कुल क्रिकेट लिग हुने भएको छ। हिमालयन क्रिकेट एकेडेमी एचसिएको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसको प्रायोजनमा हुने स्कुल क्रिकेट लिग आगामी माघ १५ गते देखि सुरु हुनेछ। एक महिनासम्म सञ्चालन हुने लिगमा देशभरबाट सय भन्दा बढी स्कुलले सहभागिता जनाउने आयोजकले बताएको छ। आयोजकका…
काठमाडौं : सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आदिवासी जनजाति महासङ्घले समर्थन जनाएको छ। बिहीबार नेपाल जादिवासी जनजाति महसङ्घका प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संशोधन प्रस्तावमा आफूहरुको समर्थन रहेको जानकारी गराएका हुन्। भेटमा महासङ्घका अगुवाहरुले संविधान संशोधनले आदिवासी जनजातिहरुको भावनाको प्रतिनिधित्व गरेको बताउँदै संसदबाट पारित हुने व्यवस्थाका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। भेटमा जनजाति…
काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको सशस्त्र प्रहरी बलको एपीएफ दोस्रो रुस्लान कपको पहिलो खेलमै नेपाली राइनोजसँग ५ विकेटले पराजित भएको छ। शरद भेषवाकरको अलराउण्ड प्रदर्शनमा राइनोजले पारससहित अधिकाँश राष्ट्रिय टीमका खेलाडी रहेको एपीएफलाई पराजित गरेको हो। जितसँगै नेपाली राइनोज क्वाटरफाइनलमा प्रवेश गरेको छ भने सातौं राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ स्वर्ण जितेको एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ। यस्तै अर्को खेलमा मेहवुव आलमको…
काठमाडौं : खुकरी कप टी २० क्रिकेट प्रतियोगिता आगमाी शनिबार देखि हुने भएको छ। खुकुर इएनटीको आयोजनामा १५ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयमा हुनेछ। प्रतियोगितामा कूल १६ टीमको सहभागिता रहेनछ। सहभागी टीमलाई ४ समूहमा विभाजन गरिनेछ र हरेक समूहमा ४ टीम हुनेछन्। चारै समूहको शीर्ष २ स्थानमा रहने टीम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा नेपाल पुलिस, नेपाल आर्मी…
काठमाडौं : राजनीतिक छाताबाहिर बस्दा पटक-पटक पक्राउ खाएपछि गुन्डा नाइके दीपक मनाङ्गे पुरानै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका छन्। पार्टीले आफ्नो धारणा नबुझेको भन्दै एक दशक अगाडि राप्रपा छाडेर नेपाली कांग्रेस प्रवेश गरेका उनी पछिल्लो समय पार्टीविहीन थिए। कांग्रेसमा रहँदा उनी नेपाल तरुण दलको जिल्ला अध्यक्ष समेत भएका थिए। राप्रपामा रहँदा पशुपतिशम्शेर राणाका सहयोगी रहेका उनलाई बिहीबार कमल थापाले दलबलसहित…
काठमाडौं : न्यु डायमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा अग्रता कायमै राखेको छ। बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा बिहिबार सम्पन्न खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अग्रता बनाएको हो। आफ्नो छैटौं खेलमा पनि अपराजित रहँदै न्यु डायमन्डले आर्मीलाई २५–६, २५–४ र २५–१५ कोे सेटमा पराजित गर्दै १८…
गायिका सालमली खोलगडेले भारतीय फिल्म र म्युजिक भिडियोमा महिलालाइ गरिने प्रस्तुतीका कारण महिलाको छवि बिग्रने गरेको बताएकी छिन्। बिबिसी हिन्दीसँगको कुराकानीमा उनले भारतीय म्युजिक भिडियोमा महिलालाई जिस्काउने हर्कतहरु देखाँइदा सर्वसाधारणलाई जिस्काउने हर्कत सहि लाग्ने गरेको बताइन्। उनले भारतमा गीतहरु लेखिदाँ पुरुष पात्रलाइ केन्द्रमा राखेर लेखिने गरेको दावी गरिन्। साथै उनले बलिउडमा लैंगिक असमानता रहेको दावी गरिन्। इशकजादे फिल्ममा आफूले गाएको…
धनगढी : ए डिभिजन क्लब मनाङ मस्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप को उपाधि नजिक पुगेको छ। बिहिबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा भारतको दिल्ली युनाईटेडलाई ३-१ ले पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो। एक गोलले पछि परेको अवस्थामा कप्तान अनिल गुरुङले २ गोल गरेपछि मनाङले जित हात पारेको हो।खेलको दोस्रो मिनेटमै थोपीले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका…
काठमाडौं : सिन्धुपाल्चोक सिन्धुकोटका २६ बर्षिय गोपीकृष्ण खतिवडालाई जासुस हुने खुब रहर थियो। यसका लागि राष्ट्रिय अनुसन्धान विभागमा काम गर्ने रहर थियो । विभागमा भर्ना खुलेको चाल पाएपछि उनले आवेदन फारम भरेर बुझाए । लिखित परिक्षा समेत दिए । तर उनको नाम निस्किएन । जासुस बन्ने सपना तुहिदा निरास भए। यहीबीच खतिवडाको भेट भयो विनोदराज घिमिरेसंग । घिमिरेसँग उनले आफ्नो…
काठमाडौं :मलेसिया जाने कामदारको औँठा छाप लिने नाममा प्रतिकामदार तीन हजार २ सय असुलेको भन्दै आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) कारवाहीमा परेको छ। नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले गैर कानुनी रुपमा पैसा असुलेको भन्दै आइएससीका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरेको छ। कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले ‘आइएससी’ नामक संस्था खोलेर मलेसिया जाने कामदारमाथि थप…
नायिका भूमी पेद्नेकरले आफ्नो शरिरको तौलमा ल्याएको परिवर्तनले बलिउडमा धेरैलाई चकित बनायो। 'दम लगाके हैसा'बाट बलिउडमा डेब्यु गरेकी उनी फिल्ममा शारिरिक रुपमा भद्दा अवतारमा देखिएकी थिइन्। फिल्म सकिए लगत्तै उनले आफ्नो शरिरको २७ किलोग्राम तौल घटाएकी थिइन्। अहिले उनलाई पातलो रुपमा देख्नेहरुले सामाजिक सञ्जालमा उनले फिल्मको लागि गरेको मिहेनतको तारिफ गरिरहेका छन्। आलिया भट्टको सेक्सी लुक्स अहिले चर्चामा छ। फिल्म…
धुलिखेल : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार भएको बताएका छन्। उनले कार्ययोजना बने पनि त्यसको आन्तरिक विषय भने खुलाएनन्। अपराध अनुसन्धान र नियन्त्रण प्राधिकरणको क्षेत्राधिकार भने हैन। क्षेत्राधिकार पाएको नेपाल प्रहरीले निक्कै अगाडिबाट यस विषयलाई जोड दिँदै आएको थियो। एक कार्यक्रममा बोल्दै झाले सूचना प्रविधीको क्षेत्रमा नेपाल अघि बढिसकेको बताउँदै उनले मुलुकका सबै…
काठमाडौं: फिल्म 'सारङ्क' निर्माण भएको दुई वर्षपछि प्रदर्शनको तयारीमा लागेको छ। निर्माण युनिटले फिल्मको फस्ट लुक पोस्टर, गीत र ट्रेलर सार्वजनिक गरेको छ। देशभक्तीलाई मुख्य विषय बनाइएको फिल्म अमेरिका प्रिमियरपछि नेपालमा प्रदर्शन हुने चलचित्रका निर्माता तथा निर्देशक विरेन्द्र हमालले जानकारी दिए। सारङ्कमा सपना सिंह ठकुरी, सुर्वण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। सागरसिंह ठकुरीको पटकथा तथा…
काठमाडौँ : पृथ्वीनारायण शाहको सम्झनामा काठमाडौँ महानरपालिकामा 'राष्ट्रिय एकता दिवस' मनाई रहँदा नजिकैको कीर्तिपुर नगरपालिकाको डाँडामा भेला भएका केही स्थानीय यो दिनलाई अर्कै किसिमले सम्झँदै थिए। उनीहरुले पृथ्वीनारायण शाहलाई सम्झँदै त्यहाँको छ्याकेढुङ्गामा सामूहिक रुपमा थुके। सिंहदरबारको गेट अगाडि पृथ्वीनारायणलाई सम्झँदै उनको सालिकमा माल्यार्पण भइरहँदा कीर्तिपुरमा भने युद्धका क्रममा उनी लडेको स्थानमा पूजा भयो। हेर्नुस् भिडियो- कीर्तिपुरको ओरालोमा एउटा ढुङ्गा…