PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • मिर्गौला रोग पीडित सेनलाई उपचारमा समस्या

    रामपुर (पाल्पा) : दुुवै मिर्गौलामा खराबी देखिएपछि रामपुर नगरपालिका–५ डाब्राका रेमबहादुर सेनलाई उपचार गर्न समस्या परेको छ।  दुई महिनादेखि मिर्गौलाको नियमित उपचार गराइरहनु भएका सेनलाई आर्थिक अवस्थाले गर्दा उपचारमा समस्या परेको हो।  एक वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेका सेन उच्च रक्तचापको समस्या देखिएपछि नेपाल फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि काठमाडौँको मेडिकेयर नेसनल हस्पिटलमा परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या…

    विस्तृतमा पढ्नुस्

  • ​एचआइभी एड्सका देशभर ४० हजार संक्रमित, मृत्युदर बढ्यो

    उर्लाबारी (मोरङ) : नयाँ एचआइभी एड्स संक्रमितको दर घटे पनि मृत्युदर भने बढेको पाइएको छ।  स्पर्श नेपाल, विराटनगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।  राष्ट्रिय एचआइभी एड्स महासंघका अध्यक्ष अच्युत सिटौलाले सन् २०१५ सम्ममा देशभरि ४० हजार एचआइभी संक्रमित रहेको रहेको जानकारी दिए । सचेतनाका कारण प्रत्येक वर्ष ०.२ प्रतिशतको दरले एचआइभी संक्रमित घट्दै गएको उनको…

    विस्तृतमा पढ्नुस्

  • ​भारतमा नेपाली कामदार मृत्यु प्रकरण : क्षतिपूर्तिको आश्वासन लिएर फर्किए परिवार

    भीमदत्तनगर : गत बुधबार भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपालीका परिवार राहत पाउने आश्वासन लिएर भारतबाट घर फर्किएका छन्।  हिमाञ्चलको सिमला जिल्ला तहशिल रामपुर भन्नेस्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दिपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्युपछि त्यहाँ पुगेका मृतकका आफन्तलाई हिमाञ्चल प्रदेश सरकारले प्रतिव्यक्ति तीनलाख…

    विस्तृतमा पढ्नुस्

  • ​डोनाल्ड ट्रम्पले ज्वाइँको सल्लाहमा चलाउलान् ह्वाइटहाउस?

    ​डोनाल्ड ट्रम्पले ज्वाइँको सल्लाहमा चलाउलान् ह्वाइटहाउस?

    एजेन्सी : नवनिर्वाचन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको बरिष्ठ सल्लाहकारमा आफ्नै ज्वार्इँलाई नियुक्ति गर्ने तयारी गरेका छन्। बिबिसीका अनुसार ३५ बर्षी ट्रम्पका ज्वार्इँ जारेड कुशनर ससुरा जस्तै ‘रियलस्टेट बिजनेश’ टाइकुन हुन्। ट्रम्पकी छोरी इभान्कासँग उनले विवाह गरेका हुन्। राष्ट्रपतीय निर्वाचनका समयमा ट्रम्पलाई निकै सघाएका कुशनरले ह्वाइटहाउसको आन्तरिक र बिदेश नीति समेतमा सल्लाह दिनेछन् । मध्यपूर्वको व्यवसाय सम्वन्धी सम्झौताको अधिकार पनि…

    विस्तृतमा पढ्नुस्

  • ​तुइन बिस्थापन योजना अन्तर्गत रुकुममा आठ झोलुङ्गे पुल निर्माण

    रुकुम : पहाडी जिल्ला रुकुममा गत आवमा मात्र आठवटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन्।  जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविसलगायतका निकायको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन्।  सरकारले तुइनलाई विस्थापित गरेर सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम सुरु गरेपछि जिल्लामा गत आवमा मात्र आठवटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला विकास समिति रुकुमले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • धामीझाँक्रीको भर पर्दा गर्भवतीको पाठेघर फुट्यो, मृत बच्चा निकालियो

    खोटाङ : सुत्केरी व्यथाका क्रममा पाठेघर फुटेकी खोटाङकी एक गर्भवती आमाको पेटबाट मृत बच्चा निकालिएको छ।   चौबीस घन्टाभन्दा बढी समयसम्म सुत्केरी व्यथा लागेकी दोर्पा चिउरीडाँडा–७ की इन्द्रकुमारी भुजेलको पेटबाट शल्यक्रिया गरेर मृत अवस्थाको बच्चा निकालिएको हो।   पाठेघर फुटेर सिकिस्त बनेको अवस्थामा जिल्ला अस्पताल दिक्तेलमा ल्याइएकी भुजेलको एमडिजिपी डा नारायण बराल, मेडिकल अधिकृतद्वय शैलेन्द्र श्रेष्ठ र अशोक गिरीको टोलीले…

    विस्तृतमा पढ्नुस्

  • साँखुमा मनाइने भो- यस वर्षको भूकम्प सुरक्षा दिवस, पाँचदिने कार्यक्रम तय

    काठमाडौँ : 'भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार“ भन्ने नाराका साथ माघ २ गते १९ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ।   माघ २ गते आइतबार दिनको ११:५५ बजे साँखुमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको उद्घाटन गर्नेछन्। पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिने सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक एवम् प्रचारप्रसार…

    विस्तृतमा पढ्नुस्

  • धार्मिक भजन र बिहेको ब्यान्डबाजाले बढ्यो ध्वनि प्रदूषण, वीरगन्जवासी भन्छन्- 'प्रशासन किन मौन?'

    धार्मिक भजन र बिहेको ब्यान्डबाजाले बढ्यो ध्वनि प्रदूषण, वीरगन्जवासी भन्छन्- 'प्रशासन किन मौन?'

    वीरगन्ज : बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ।   बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन्।   वीरगन्जको माईस्थान चोकमा केही…

    विस्तृतमा पढ्नुस्

  • गायिका तथा टेलिभिजन प्रस्तोता किम कार्दासियानलाई लुट्ने १६ जना समातिए

    गायिका तथा टेलिभिजन प्रस्तोता किम कार्दासियानलाई लुट्ने १६ जना समातिए

    पेरिस : अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका किम कार्दासियान वेस्टको गरगहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको छ। कार्दासियान नर्तकी, अनगिन्ती फिल्मकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार पनि हुन्।   फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा कार्दासियान गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन्। पेरिसस्थित…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन प्रक्रिया : सहमति कि अंकगणित?

    संविधान संशोधन प्रक्रिया : सहमति कि अंकगणित?

    काठमाडौं : संविधान संशोधन प्रस्ताव संसद्मा पेश भएको छ। तर, प्रक्रियाको सुनिश्चितता अझै छैन। संविधान र संसदको कार्यसञ्चालन नियमावलीले संशोधन विधेयक टुङ्ग्याउने निश्चित कानुनी आधार तोके पनि राजनीतिक वातावरण संशोधनका पक्षमा अझै बनिसकेको छैन। राजनीतिक वातवरण निर्माणमा भएको ढिलाइका कारण नै संशोधन प्रस्ताव कसरी अघि बढ्ने भन्नेमा अन्योल छ।   तर, संसद् सचिवालयले संविधान अनुसारको प्रक्रिया भने अघि बढाइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्या बढ्यो, जाडो मौसममा अधिक

    राजविराज : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ।   जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा आजभोलि स्थायी बन्ध्याकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ।   अस्पतालको परिवार नियोजन संस्थागत फाँटमा प्रमुख एवम सिनियर अहेब सरिता झाका अनुसार दैनिक ६० देखि ७० जना स्थायी बन्ध्याकरण गराउन महिला आउने…

    विस्तृतमा पढ्नुस्

  • भारतीय जेलमा २० नेपाली, ७ महिना पुगे पनि सरकारले दिएन चासो

    भारतीय जेलमा २० नेपाली, ७ महिना पुगे पनि सरकारले दिएन चासो

    कञ्चनपुर : भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन्।   मजदुरी गरेको पैसा बढाउनुपर्ने भन्दै मजदुर युनियन सी दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई असार महिनादेखि उनास्थित जेलमा राखेको हो।   जेलमा पर्नेमा कञ्चनपुरका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला…

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते

    ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते

    काठमाडौं : मकवानपुरको हैटौँडा ४ मा ना ३ त ७७३२ नम्बरको ट्याक्टरले बा ३३ प ५२८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। सोमबार बेलुकी सवा ७ बजे सो दुर्घटना भएको हो।   घाइते हेटौँडा ५ शान्तिनगरका ५२ वर्षीय अर्जुनप्रसाद ढुङ्गेलको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना पश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • ​लेखा समिति सभापति चयन प्रक्रिया अनिश्चित, बुधबारको निर्वाचन स्थगित

    काठमाडौं : संसदको सार्वजनिक लेखा समिति सभापति चयनको प्रक्रिया अनिश्चित भएको छ। बुधबारको लागि तय भएको सभापति चयन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। समिति सचिवालयले सूचना जारी गरी सभापति चयन प्रक्रिया रोकिएको जनाएको छ। शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख ओनसरी घर्तीले पुस १८ गते लेखा समिति र महाभियोग सिफारिस समितिको सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड, प्रशिक्षकमा रानिएरी उत्कृष्ट

    रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड, प्रशिक्षकमा रानिएरी उत्कृष्ट

    पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बेस्ट फिफा फुटबल अवार्डमा बेस्ट प्लेयरको अवार्ड जितेका छन्। रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एन्टोनी ग्रिजमनलाई पछि पार्दै अवार्ड जितेका हुन्।  फिफा र फ्रान्स फुटबलबीचको ६ वर्षे सहकार्य तोडिएसँगै पहिलो पटक भएको फिफा बेस्ट अवार्डमा विश्वभरका राष्ट्रिय कप्तान र प्रशिक्षक, सेलेक्टेड स्पोर्ट्स जर्नालिस्ट र अनलाइन पोल भोटिङका आधारमा रोनाल्डोले अवार्ड जितेका…

    विस्तृतमा पढ्नुस्

  • ​भरत सिटौलाको 'हल्का हल्का चढाइयो' सार्वजनिक

    ​भरत सिटौलाको 'हल्का हल्का चढाइयो' सार्वजनिक

    काठमाडौँ: गायक भरत सिटौलाको नयाँ गीत ' हल्का हल्का चढाइयो' सार्वजनिक भएको छ। युट्यबु मार्फत सिटौलाले म्युजिक भिडियो सहित गीत सार्वजनिक गरेका हुन्। गीतमा शब्द, स्वर र संगीत सिटौलाले आफैँ दिएका छन्। गीतको म्युजिक भिडियोमा समेत आफैँ अभिनय गरेका छन्। गीतको संगीत संयोजन सैलेन्द्र प्रधानले गरेका हुन् भने भिडियोको निर्देशन विभोर पोखरेलले गरेका हुन्। सिटौलाको यसअघि 'कैले आगो कैले पानी',…

    विस्तृतमा पढ्नुस्

  • अनिल गुरुङको भोट रोनाल्डोलाई, नेपालका कोच र स्पोर्टस् जर्नालिस्टले कसलाई दिए भोट? यस्तो छ पूरा लिस्ट

    अनिल गुरुङको भोट रोनाल्डोलाई, नेपालका कोच र स्पोर्टस् जर्नालिस्टले कसलाई दिए भोट? यस्तो छ पूरा लिस्ट

    पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लियोनल मेसी र एन्टोनी ग्रिनजमनलाई पछि पार्दै फिफा बेस्ट फुटबल प्लेअरको अवार्ड जितेका छन्।  विश्वभरका राष्ट्रिय कप्तान र कोच, सेलेक्टेड स्पोर्टस् जर्नालिस्ट र अनलाइन पोल भोटिङका आधारमा रोनाल्डोले अवार्ड जितेका हुन्। चारवटै क्याटेगोरीको २५ प्रतिशत भोट गणना भएको हो। त्यसमा नेपालबाट पनि कोच, कप्तान र जर्नालिस्टले भोट दिएका थिए। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुर क्रिकेट मैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनको बलिङ, १२ फोटोमा

    कीर्तिपुर क्रिकेट मैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनको बलिङ, १२ फोटोमा

    काठमाडौं : हुन त उपराष्ट्रपति नन्दबहादुर पुन कुनै क्रिकेट खेल खेल्न गएका थिएनन्, तर उनले क्रिकेटको बल समाते। बलिङ गरे। प्रसंग हो, दोस्रो रुस्लान कप क्रिकेको उद्घाटन समारोह। मंगलबार बिहान उपराष्ट्रपति पुन रुस्लान कप क्रिकेटको चिफ गेस्टको रुपमा कीर्तिपुरस्थित त्रिवि मैदान पुगेका थिए।  पुनले मैदानमा पुगेर पहिले बेलुन उठाए। त्यसपछि क्रिजमा पुगे। अनि ४ बल बलिङ गरे। उपराष्ट्रपति पुनले हिमालयन…

    विस्तृतमा पढ्नुस्

  • सदनमै एमाले सांसदको माग- 'पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा घोषणा गरोस्'

    सदनमै एमाले सांसदको माग- 'पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा घोषणा गरोस्'

    काठमाडौं : नेकपा एमालेका सांसद तथा पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष माग गरेका छन्।   व्यवस्थापिका संसदको आजको शून्य समयमा बोल्दै ज्वालाले राष्ट्रनिर्माताका रुपमा रहेका पृथ्वीनारायण शाहको सम्झनामा बिदा दिइनुपर्ने माग गरे। 'उनी राजामात्र थिएनन् राष्ट्रनिर्माता पनि हुन्,' उनले भने, 'टुक्राटुक्रामा विभाजित नेपाल एकीकरणमा उनको योगदानलाई बिर्सन मिल्दैन। सरकारले जसरी…

    विस्तृतमा पढ्नुस्

  • ओली भन्छन्- 'संविधान कार्यान्वयन गर्न निर्वाचनभन्दा अर्को विकल्पै छैन'

    ओली भन्छन्- 'संविधान कार्यान्वयन गर्न निर्वाचनभन्दा अर्को विकल्पै छैन'

    दमक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन्।   झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए। मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने उनको भनाइ छ।   पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संविधान कार्यान्वयन गर्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell