काठमाडौं : दसैंमा विभिन्न ठाउँमा जुवातास खेल्ने र खेलाउनेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपुरका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट १ लाख १८ हजार ३ सय २० रुपैयाँ र ११ बुक तास समेत बरामद गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको छ।
भक्तपुर : दुई दिने ३६औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तगथा सांस्कृतिक कार्यक्रम भक्तपुरमा सकिएको छ। पहिलो दिनको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार तेजेश्वरबाबु ग्वंग, प्रा सर्वज्ञभक्त मल्ल, मोहन दुवाल, इन्दिरा प्रसाईं, बेबी झा, कृष्णकुमार वैद्य, लक्ष्मीनारायण राजलवट, सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, सांसद भीमसेनदास प्रधान, नेमकिपा काठमाडौँका अध्यक्ष नारायण महर्जन, डा शम्भु पहाडी, डा उर्मिला कार्की, भक्तपुर विकास सहयोग सङ्गठनका…
काठमाडौं : जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ लागू भएको करिब ६ वर्ष बितिसक्दा समेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा मुलुकमा व्याप्त जातीय भेदभावको अन्त्य गर्ने उद्देश्यले सो ऐन ल्याइएपछि पनि छुवाछुतकै कारण विभिन्न जिल्लामा दलित युवाले ज्यान गुमाउनुपरेको र विस्थापित हुनुपरेको छ। ऐन आएपछि अन्तर्जातीय विवाह गरेका कारण,…
काठमाडौं : नेकपा एमालेले दसैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ। करिब १२ हजारको उपस्थिति रहने दाबी गरेको एमालेको चियापानमा नेता कार्यकर्ताका साथै अन्य दलका प्रतिनिधि पनि सहभागी छन्। आजको कार्यक्रमका लागि एमालेले ३५ हजार निमन्त्रणा कार्ड छापेको थियो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय प्रमुख, सरकारी कर्मचारी, कूटनीतिक नियोगका…
काठमाडौं : छायांकन सकिएको तीन वर्षपछि फिल्म 'द फेमस' बल्ल सार्वजनिक हुने भएको छ। सबै गीत एनिमेट गरिएको कारण प्रदर्शन ढिला भएको बताइएको फिल्म कात्तिक १९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको हो। अहिले आएर निर्माण पक्षले भने फिल्म रिलिज ढिला हुनुको कारण अर्कै रहेको खुलाएको छ। नायिकाद्वय सुरबी जैन विष्ट र सबिना कार्कीका कारण फिल्मको प्रि प्रोडक्शन प्रभावित…
काठमाडौं : प्रमुख प्रतिपक्षी हुँदा २०४८ सालमा मनमोहन अधिकारीले सुरु गरेको चियापानलाई निरन्तरता दिँदै नेकपा एमालेले चाडबाडको मौका छोपेर आज चियापान कार्यक्रम गर्यो। पार्टी कार्यालय धुम्बाराही नजिकै शंखपार्कमा गरिएको कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु पनि पुगे। सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अलि ढिलो गरी कार्यक्रममा देखा परे। एमाले अध्यक्ष केपी शर्माले ओलीले स्वागत गरे र उनलाई सँगै…
सयभन्दा धेरै घटना सार्वजनिक भएपछि अमेरिकी यात्रुलाई सामसुङ ग्यालेक्सी नोट सेभेन लिएर विमान चढेमा जरिवाना लाग्ने भएको छ। सामसुङको यो महत्वाकांक्षी मोडलमा ब्याट्रीका कारण आगलागीका घटना सार्वजनिक भएपछि कोरियाली कम्पनीले ठूलो क्षति बेहोरिरहेको छ। नेपालका विमानमा समेत यो फोन बोक्न निषेध छ। यो डिभाइसलाई यात्रामा स्विच अफ गरेर पनि बोक्न निषेध गरिएको छ। पाइपलाइन एन्ड हेजार्डस् म्याटेरियल सेफ्टी…
वालिङ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि कांग्रेस गम्भीर रहेको बताएका छन्। कांग्रेस स्याङ्जा क्षेत्र नं ३ को पार्टी कार्यालयको आज गल्याङमा उद्घाटन गर्दै उनले संविधानमा केही कमजोरी रहेकाले यसलाई सबै दलको सहमतिमा संशोधन गरेर तराई मधेसको समस्या समाधान गरिने बताए। नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएका हुनाले यसको कार्यान्वयनमा पनि कांग्रेसले नै जिम्मेवारी…
पोखरा : अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट) को प्रवर्द्धनका लागि १० बुँदे 'पर्यटन प्रवर्द्धन धम्पुस घोषणापत्र’ जारी गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न धम्पुसमा सो घोषणापत्र जारी गरिएको हो। नेकपा एमालेका नेता किरण गुरुङ, व्यवस्थापिका–संसद, विकास…
क्विन कि हिरोइन कंगना रनावत सडक दुर्घटनामा परेकी छिन्। हंसल मेहताको फिल्म सिमरनको सुटिङमा अमेरिका रहेकी उनी सडक दुर्घटनामा परेकी हुन्। उनलाई सामान्य चोट लागेको छ। लोकेसनबाट सुटिङ सकेर एटलान्टामा रहेको होटलमा फर्किँदा दुर्घटना भएको हो। हाइवे ३८१ मा वायाँ लेनमा रहेको गाडी स्थानीय चालकको लापर्वाहीका कारण दुर्घटनामा परेको थियो। चालकले कमजोरी देखाएलगत्तै कंगनाका बडी गार्डले स्टेरिङ कन्ट्रोलमा लिन खोजेका…
काठमाडौं : दसैंको कोजाग्रत पूर्णिमाका दिन पनि बागमती सफाइलाई निरन्तरता दिइएको छ। बागमती सफाइको १७९औं हप्तामा आज पशुपति मन्दिर परिसरमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो। नेपाल प्रहरीको नेतृत्वमा पशुपति मन्दिरक्षेत्र र नेपाली सेना एवम् सशस्त्र प्रहरीको नेतृत्वमा आर्यघाटमुनिको बागमतीमा सफाइ गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले बताए। तरकारी…
लखनउ : वनारासको राजघाट पुलमा भएको भागदौडमा परी कम्तिमा पनि १९ जनाको ज्यान गएको छ भने ५० भन्दा धेरै घाइते भएका छन्। शनिबार दिउँसव घटना भएको मिडियाले जनाएका छन्। दुई दिने शिविरका लागि धार्मिक गुरु जय गुरुदेव गंगाको किनारको डोमरी गाउँमा जाँदै गर्दै भागदौड भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको बताइएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल भारत पर्यटकीय नगरी गोवा पुगेका छन्। ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको बिमानबाट दिल्ली पुगेका उनी त्यहाँबाट गोवा भने एयर इण्डियाको ए ३२० विमानबाट तय गरे। गोवा विमानस्थलमा प्रधामन्त्रीलाई भारतीय विदेश राज्यमन्त्री एमजे अकोवर, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल लगायतले स्वागत गरेका थिए। स्वागतमा भारतीय सुरक्षा फौजले प्रधानमन्त्रीलाई…
हङकङ : पपुवा न्युगिनीमा आज ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। जिएमटी समय अनुसार शनिबार बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। रासस/सिन्ह्वा
बेइजिङ : सन् २०१६ को सेप्टेम्बरसम्म चीनमा कार चढ्नेको संख्या एक करोड ९० लाख पुगेको छ। चीनभर प्रयोगमा आएका इन्धन र इन्जिनबाट सञ्चालन दुई करोड ८० लाख यातायातका साधनमध्ये कारको सङ्ख्या त्यति पुगेको त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ। चीनमा बढ्दो आर्थिक अवसरका कारण कार चढ्ने हैसियत हुनेको संख्या निरन्तर उकालो लागेको हो। मन्त्रालयको ट्राफिक व्यवस्थापन विभागद्वारा जारी विज्ञप्तिअनुसार…
काठमाडौं : आगामी वर्ष हुने महिला विश्वकपका लागि एसियाली छनोट जित्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाली टोली उपविजेता बनेपनि महिला एसिया कपका लागि छनोट भएको छ। थाइल्याण्डमा भएको एसियाली छनोटमा नेपाल थाइल्याण्ड भन्दा पछि रहँदै दोस्रो स्थानमा रह्यो। ४ टोली सहभागी रहेको प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा खेलाइएको थियो। नेपालले खेलेका ६ मध्ये ३ खेलमा जित हात पार्दै ६ अंक…
काठमाडौं : राजधानीका विभिन्न स्थानमा तीन वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये एकको पहिचान भए पनि दुईको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। गोकर्णेशवर नगरपालिका-१२ जोरपाटीमा बस्ने ६० वर्षीय फुरग्यान्जेन शेर्पाको भने सनाखत भएको हो। शेर्पा आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेका थिए। त्यस्तै टेकुमा भेटिएको शवको पहिचान हुन सकेको छैन। मृतक पुरुष हुन्। बानेश्वर…
काठमाडौं : ललितपुर उपमहानगरपालिका–५ कुमारीपाटीस्थित युएफओ मिनीमार्केटको मेगास्टारमा आज विद्युत् चुहिई आगलागी हुँदा उक्त मार्केटको कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागीमा करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। यसैगरी बैतडीको भौनेली गाविसमा रहेको धरमघर बजारमा आगलागी हुँदा रु ६ लाख बराबर क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भौनेली–८ धरमघर बजारमा…
रत्ननगर (चितवन) : बाली जोगाउन खोज्दा करेन्ट लागेर पश्चिम चितवनका एक जना किसानको ज्यान गएको छ। पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर…
काठमाडौं : अन्तर्राष्ट्रिय विश्व हिन्दु महासङ्घले आगामी कात्तिक ४ देखि ६ गतेसम्म काठमाडौंमा ‘अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन’ को आयोजना गर्ने भएको छ। उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दु धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ। नेपाल, भारत लगायतका मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १०औं हजार हिन्दु धर्मका अनुयायीको सहभागिता गराइनेछ। …