काठमाडौँ : नेपालमा फोटो खिच्ने चलनै नभएको बेला न्युरोड पिपलबोट नजिकै फोटो कन्सर्न खोलेर व्यवसायिक फोटोग्राफीमा हात हालेका डिबी (डम्बरबहादुर) थापाको आज बिहान ११ः४५ बजे निधन भएको छ। गत ११ दिनदेखि काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत थापाको निमोनियाका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ। ढाडमा सङ्क्रमणसमेत भएका ८३ वर्षीय थापालाई पाँच दिनदेखि भेन्टिलेटरमा राखेर…
काठमाडौं : इन्डोनेसियामा आयोजना हुने १२ औं एसकेआईएफ विश्व कराते च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। च्याम्पियनसिप अगस्ट २६ र २७ मा आयोजना हुनेछ। नेपालबाट एकल कातामा रुसाली श्रेष्ठले प्रतिस्पर्धा गर्नेछिन्। भेट्रान्स एकल कातामा निवासगोपाल वैद्य र ओमनारायण श्रेष्ठ तथा एकल काता/कुमुतेमा दिनेश श्रेष्ठ र शत्रुघन महर्जनले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिप हुनु अघि अगष्ट २४ र २५ मा इन्डोनेसियामै…
सोमबार बिहान पूर्व युवराज्ञी हिमानी शाहले दक्षिणकाली मन्दिर र नजिकै रहेका गोपालेश्वर महादेव र शेषनारायणको मन्दिर पूजाअर्चना गरेकी छिन्। हेर्नुस् केही फोटो
शर्मिला पाठक काठमाडौं : रानीपोखरी पुनःनिर्माणको काम मापदण्डविपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौं महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ। हालसम्मको निर्माण कार्य मापदण्डविपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनुपूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ। हाल निर्माण गरिएको जति पनि…
फुटबलको पर्यावाची मानिने ब्राजिलले ओलम्पिक फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको छ। यसअघि तीन पटक फाइनलमा पुगे पनि स्वर्ण जित्न नसकको ब्राजिलले घरेलु भूमिमै भएको रियो ओलम्पिक फाइनलमा जर्मनीलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। ऐतिहासिक माराकाना स्टेडियममा भएको खेलमा ब्राजिलले जर्मनीलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयसम्म पनि १-१ गोलको बराबरीमा सकिएपछि खेल…
स्पानिस ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलमै लुइस स्वारेजले ह्याट्रिक गर्दा बार्सिलोनाले रियट बेटिसलाई सहजै पराजित गरेको छ। घरेलु मैदान क्याम्प नोउमा आइतबार बिहान सम्पन्न भएको खेलमा कप्तान लियोन मेसीले पनि २ तथा अर्दा तुरानले १ गोल गर्दा बार्सिलोनाले बेटिसलाई ६-२ ले पराजित गरेको हो। खेलको सातौं मिनेटमै अर्दा तुरानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका हुन्। स्वारेजले खेलको ४२…
म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको दिन लिभरपुल भने बर्नलेसँग पराजित भएको छ। शनिबार भएको खेलमा सिटीले स्टोक सिटीलाई ४-१ गोल अन्तरले हरायो। सिटीको जितमा सर्जियो एगुएरो र नोलिटोले समान २ गोल गरे। स्टोकका लागि बोजन र्किकले सान्त्वना गोल फर्काए। प्रिमियर लिगकै अर्को खेलमा लिभरपुल बर्नलेसँग २-० ले स्तब्ध बनेको छ। बर्नलेकै घरेलु मैदानमा भएको खेलमा उसलाई…
ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी निशा रावलको कास्य पदक जित्ने सम्भावना पनि सकिएको छ। राउण्ड अफ १६ मा निशालाई पराजित गरेकी चिनियाँ खेलाडी शुयिन झेङ फाइनलसम्म पुगेपछि निशाले कास्य पदकका लागि क्वाटरफाइनमा प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन्। तर निशा फ्रान्ेली खेलाडी ग्वलड्स इपाङ्गेसँग ४-३ को स्कोरमा पराजित भइन्। निशालाई हराएपनि फ्रान्सेली खेलाडी कास्य पदकका लागि भएको खेलमा अमेरिकी…
जनकपुरधाम : नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन्। यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राखे। मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पुर्याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ भने। एक प्रश्नको जवाफमा उनले…
राजविराज : सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनीका २६ वर्षीय जिवछकुमार साह रहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। जिवछलाई गोप्य सूचनाको आधारमा जिप्रका सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको बभन्नगामाकटी गाविसको सडेपारस्थित ससुरा कृष्ण…
बेरुत : सामाजिक सञ्जालमा भाइरल बनेको सिरियन बालकका दाजुको मृत्यु भएको छ। हवाई हमलापछि रगताम्मे अवस्थामा एम्बुलेन्समा बसेका बालकको तस्बिरले विश्वको ध्यान खिचेको थियो। एअर स्ट्राइकबाट घाइते भएका उनका दाजुको मृत्यु भएको अनुगमन गर्ने एक समूहले पुष्टि गरेको छ। १० वर्षका अलीले जीवन त्यागेका छन्। अगस्ट १७ मा ओमरानमा भएको बमबारीमा परी उनी घाइते भएका थिए,' सिरियन अब्जर्भर फर…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संघर्ष सुशासन, समृद्धि र विकास लागि हुनुपर्ने बताएका छन्। आइतबार बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधिसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने, ‘ठूल–ठूला बलिदानी र संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधान बन्यो। अबको हाम्रो संघर्ष सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो। सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन।’ भेटमा प्रधानमन्त्रीले ‘मधेस–पहाड र…
भक्तपुर : सँझ्या साहित्यले विशेष कवि गोष्ठी सम्पन्न गरेको छ। मध्यपुर थिमिको शङ्खधरमा आयोजित कार्यक्रममा ३७ कविले कविता सुनाए। किनाराको आवाज सुन्ने, नसुनिएको खोजी गर्ने, सुनिएका अनि स्थापित कविलाई सुन्ने अभियानका रूपमा विशेष कार्यक्रम गरिएको सँझ्या साहित्यका अभियन्ता रामगोपाल आशुतोषले बताए। 'कला र कविताको पक्षमा उभिँदै भक्तपुरलाई कविता पर्यटनको गन्तव्य बनाउने हाम्रो लक्ष पनि हो,' उनले भने। अर्का अभियन्ता हरिहर…
रमेश गिरी - भक्तपुर : इसापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेशमा सञ्चालन भएर सात वर्षअघि बन्द भएको महाकाली नाच नगदेशमा गए रातिदेखि सुरु भएको छ। अर्थाभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द सो नाच स्थानीय युवाको सक्रियतामा सुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताए। नाचका संयोजक तुइलाल ज्यापूले गाईजात्राको भोलिपल्टको रातिदेखि सञ्चालन हुने महाकाली नाच…
नयाँ दिल्ली : पछिल्लो दुई महिनायता दिल्लीको 'पावर जोन' मा हट टपिक थियो- रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) गभर्नर डा. रघुराम राजनको उत्तराधिकारी को होला ? चर्चामा रहेका सात नाममध्ये तेस्रो/चौथो नम्बरमा परेका उर्जित पटेललाई शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिनाबाट आरबिआइको नेतृत्व जिम्मा लगाएपछि आर्थिक तथा वित्तीय क्षेत्रका विज्ञहरु अचम्ममा परे। यसको खास कारण रघुराम राजनसँग पटेलको 'नजिकको सम्बन्ध'…
बिष्णुहरि घिमिरे - न्युयोर्क : मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले समयमै संविधान कार्यन्वयन नगरे मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने चेतावानी दिएका छन्। नेपाल अमेरिका पत्रकार संघ नेजाद्वारा आइतबार न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानन्याधीश समेत रहेका रेग्मीले जनताले कति सम्म धैर्य गर्ने भन्दै प्रश्न गरे। “संविधानको कार्यन्वयनको विषय जटिल छ, यसलाई समयमै व्यवस्थापन गर्न सकेनौं भने बढो दुर्भाग्यपूर्ण…
एएफसी प्लेअफ छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले जित हात पारेको छ। आइतबार मंगोलियाको उलानबटोरमा भएको समूह बी को खेलमा थ्री स्टारले घरेलु क्लब एर्चिम एफसीलाई २-० ले पराजित गरेको हो। खेलको १५ औं मिनेटमै मार्टिनले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेको घरेलु क्लब दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल…
बलिउड सुपरस्टार शाहरुख खान फिल्म सेटमा फिर्ता भएका छन्। रइस र डियर जिन्दगीको कामपछि एक महिना लामो ब्रेक लिएका उनी त्यसपछिको रोमान्टिक ड्रामाका लागि मैदानमा उत्रिएका हुन्। शाहरुख र इमताज अली व्यस्त सडकमा फिल्मको पूर्व निर्धारित समयअनुसार काम गरिरहेका छन्। यश चोपडाको अन्तिम फिल्म जव तक है जानपछि शाहरुख र अनुश्का शर्माको जोडी यो फिल्ममा 'रियुनियन' हुँदैछ। दी रिङको सेटका…
जमैकन स्प्रिन्टर उसेन बोल्टमा ओलम्पिक इतिहासमा ट्रिपल ट्रिपल पुरा गर्दै अनौठो इतिहास रचेका छन्। रियो ओलम्पिक अन्तर्गत शुक्रबार आफ्नो अन्तिम स्पर्धा ४ गुणा सय मिटर रिलेमा स्वर्ण जितेसँगै बोल्ट ओलम्पिक इतिहासमा ३ स्पर्धामा लगातार तीन पटक स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन्। बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिक, २०१२ को लण्डन ओलम्पिक र रियो २०१६ मा सय मिटर, २ सय…
रियो ओलम्पिकबाट महिला फुटबलले नयाँ च्याम्पियन पाएको छ। ओलम्पिक महिला फुटबलमा अमेरिकाको दबदबा रहँदै आएको बेला जर्मन महिला टोलीले स्वर्ण जितेको हो। पहिलो पटक ओलम्पिक फुटबलको स्वर्ण जित्ने क्रममा जर्मनीको महिला टोलीले स्वीडेनलाई २-१ ले हरायो। ब्राजिलको ऐतिहासिक रंगशाला माराकानामा भएको खेलको ३ वटै गोल दोस्रो हाफमा भएको हो। खेलको ४८ औं मिनेटमा डिजेनिफर मारोसानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन्। ६२ औं…