काठमाडौं : जारको बिर्को खोली त्यसमा अखाद्य वस्तु मिसाएर पानी कम्पनीसँग ब्ल्याकमेलिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पाल्पा घर भई हाल मनमैजु बस्ने २९ वर्षीय दीपेन्द्र पौडेल र गोरखाको पालुङटार स्थायी घर भई हाल मनमैजुमै बस्ने २४ वर्षीय सुनिल देवकोटा रहेका छन्। उनीहरुले बालजुमा रहेको त्रिशूली मिनरल वाटर कम्पनीले उत्पादन गर्ने पानीको जारमा अखाद्य…
वीरगन्ज : पर्साको सुदूरपश्चिम गाविस ठोरीमा फेरि पनि हात्तीले आतंक मच्चाएको छ। चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट गाउँमा पसेको जंगली हात्तीको समूहले तीन वटा घर भत्काउनुको साथै पसाउन लागेको धान बाली नष्ट गरेको छ। मंगलबारदेखि नै ठोरीको जनजीवन आतंकित बनेको स्थानीय सञ्चारकर्मी प्रेम लामाले बताएका छन्। हात्तीले ठोरी-३ का बुद्धिमान गोले, पुड्क बिक र कालुमान तामाङको भान्साघर भत्काएर क्षति…
काठमाडौं : चर्चित लोकगायक खेमराज गुरुङको निधन भएको छ। चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेको उनको आज निधन भएको हो। लिभरमा गम्भीर समस्या देखिएपछि उनी एक हप्ता अघिदेखि अस्पताल भर्ना भएको गीतकार विपीन किरणले बताएका छन्। जन्डिस र लिभरको समस्या झनै बल्झिएपछि चिकित्सकले एयर एम्बुलेन्समार्फत आज दिउँसो भारत लैजान भनेका थिए। तर एयरपोर्टसम्म पुर्याउन गाह्रो भएकाले लैजान नसकेको परिवारका सदस्यलाई…
काठमाडौं : नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बस्ने ६९ वर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुसिबु टाउन प्लानिङ बस्ने ५६ वर्षीय मोहम्मद बसिमलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्रेको हो। ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ माघ ४ गतेको फैसलाले उनीहरुलाई जनही १ वर्ष कैद र ७ लाख ३१…
स्कटिस क्लब सेल्टिक, फ्रान्सेली क्लब मोनाको र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन्। प्लेअफमा विजयी हुँदै सेल्टिकऽ मोनाको र पोर्टो छनोट हुँदा इटालियन क्लब रोमा र स्पानिस क्लब भिल्लारियल छनोट हुन असफल भएका छन्। दोस्रो लेगको छनोट खेलमा हापोल बिर सिभासँग २-० ले हारे पनि समग्रमा ५-४ को नतिजामा विजयी हुँदे सेल्टिक च्याम्पियन्स लिगको लागि छनोट भएको हो।…
काठमाडौं : अनलाइनमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको जमुनिया गाविस-२ घर भएका रायन राय भन्ने रामवीर कुमार रायलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो। रायले अनलाइनमा आकर्षक तलब, गाडी लगायतका सुविधा भएको भनी लोभमा पारी कम्तीमा ११ जनासँग जनही १६ हजार रुपैयाँ लिने गरेका थिए। रायले कलंकीमा इन्टरनेशनल आइटी नेपाल…
काठमाडौं : बानेश्वरको फर्निचर उद्योगमा आगलागी भएको छ। आज बिहान साढे १० बजे करेन्ट सर्ट भई आगलागी भएको हो। करिब आधा घन्टामा नेपाल प्रहरी, सशस्त्र, जुद्ध वारुद्ध यन्त्र तथा ललितपुर र भक्तपुरबाट आएका दमकलले आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा लिने क्रममा शसस्त्र प्रहरीका एक जवान घाइते भएका छन्। उक्त दुर्घटनामा करिब १५ लाख क्षति भएको प्रहरीले बताएको छ।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरजातीय विवाहमा दलित युवाको हत्या भएको भन्ने घटनाबारे गृहमन्त्री, गृहसचिव र आइजिपीलाई बोलाएर जानकारी लिने भएका छन्। संयुक्त राजनीतिक दलित संघर्ष समितिले आज पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काभ्रे घटना गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना भएको बताए। यसबारे तुरुन्तै गृहमन्त्री, गृहसचिव र आइजिपीलाई बोलाएर घटनाको यथार्थ बुझेर प्रक्रिया अघि बढाउने उनले प्रतिबद्धता जनाए। …
काठमाडौं : काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्या भएको भन्दै दलित अगुवाहरुले ज्ञापनपत्र बुझाएलगत्तै प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिन समिति बनाउन निर्देशन दिएका छन्। सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानबिन समिति बनाउन आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर छानबिन समिति बनाउन निर्देशन दिएका…
अनुपराज कँडेल टोकियो (जापान) : क्रियाशील सदस्यताबारे विवाद भएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको छैटौं महाधिवेशनको निर्वाचन रोकिएको छ। कांग्रेसको केन्द्रीय कार्यालयले पत्र नै पठाई चुनाव रोक्न निर्देशन दिएपछि सम्पूर्ण प्रक्रिया स्थगित भएको हो। अगस्ट २१ देखि सुरु भएको निर्वाचनमा दुई प्यानलबीच सदस्यताबारे विवाद बढेपछि केन्द्रकै पत्र पुगेको हो। तनावको स्थिति सिर्जना भएपछि केन्द्रको निर्देशनअनुसार नेपाली जनसम्पर्क…
चितवन : चितवनमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। भरतपुर उप-महानगरपालिका-१० मा राति १२ बजे पोखराबाट वीरगन्जतर्फ जाँदै गरेको ना४ख ३६९३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना३६प २२७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। मृतकहरुमा मोटरसाइकल चालक नवलपरासी गैंडाकोट-२ का २९ वर्षीय निराजन न्यौपाने र पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल रहेका…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सिष्टम स्थापित गर्न लागिपरेको बताएका छन्। आज बिहान ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा उनले संविधान संशोधन र कार्यान्वयन, पुनर्निर्माण तथा बेथितिको अन्त्य गर्न सबैको सहयोगको अपेक्षा गरे। भेटका क्रममा अगुवाहरुले प्रधानमन्त्री प्रचण्डको कार्याकालमा उत्पीडितहरुले पहिचान र अधिकारको प्रत्याभूति हुने विश्वास लिएका छन्। दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतिपूर्ण अवसर भएको भन्दै प्रचण्डले…
लखनउ : अनन्या बर्मा उमेरले ५ वर्ष पनि पुगेकी छैनन् तर चर्चित छिन्। शिक्षा विभागको सहमतिमा लखनउको एक विद्यालयमा कक्षा ९ मा भर्ना हुँदा अनन्याको उमेर ४ वर्ष ८ महिना २१ दिन थियो। दुई वर्षभित्रै उनले युपीको बोर्ड परीक्षामा भाग लिनेछिन्। उनी पास हुन सकिन् भने उनले आफ्नै दिदी सुषमा बर्माले बनाएको रेकर्ड तोड्नेछिन्। सुषमाले ७ वर्षको उमेरमा १० को…
काठमाडौं : मङ्गोलियमा जारी एएफसी कप फुटबलको प्लेअफ छनोटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लबले मङ्गलबार कम्बोडियाको नागावर्ल्ड क्लबसँग खेल्दैछ। मङ्गोलियाको उलानबटारस्थित मङ्गोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा थ्री स्टार र नागावर्ल्ड नेपाली समयानुसार दिउँसो २:४५ बजे आमनेसामने हुनेछन्। थ्री स्टारले पहिलो खेलमा आयोजक मङ्गोलियाकै एर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। समूह बी…
काठमाडौं : लोपन्मुख थामी जातिको संग्रहालय दोलखामा निर्माण गर्ने उद्देश्यले नेपाल फेसन हाउस र सगरमाथा फाउन्डेशनले ‘नेपाल फेसन एरा २०१६’ आयोजना गर्ने भएको छ। फेसन एरा भदौ ३१ गते होटल अन्नपूर्णमा हुने आयोजकले घोषणा गरेको छ। घोषणासँगै एराका लागि ३३ जना मोडलको छनोट समेत गरिएको छ। निजी संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न सहयोग होस् भन्ने हेतुले कार्यक्रमको…
सप्तरी : प्रहरीले राजविराज ठूलो मात्रामा मदिरा बरामद गरेको छ। राजविराज नगरपालिका–४ बाट करिब ६ क्विन्टल अवैध मदिरा बरामद गरिएको हो। प्रहरीले मदिरा बनाउने सामग्री पनि बरामद गरेको छ। वडा प्रहरी कार्यालय राजविराजका इन्चार्ज ब्रह्मदेव साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजविराजका ५, ६ र ९ वडाबाट ती सामग्री फेला पारेको हो। मदिरा कारोबारमा संलग्न गङ्गा बास्तोला र तारा मगरलाई…
काठमाडौं : स्थानीय निकाय पुनर्संरचनाका बारेमा धारणा तय गर्न काठमाडौं आइपुगेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुलाई महामन्त्री डा. शशांक कोइरालाले घरमै चियापान गराउने भएका छन्। दिउँसो ३ बजे निजी निवास टोखामा बोलाएका कोइरालाले सभापतिहरुसँग स्थानीय निकायको संख्याबारे पनि धारणा बुझ्नेछन्। स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि बनेको स्थानीय निकाय पुनर्संरचना आयोगले ५ सय ६५ स्थानीय निकायको संख्या तोकेको…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारबाट चनाखो हुन आग्रह गरेका छन्। राष्ट्रियतामा आँच आउन सक्ने वा संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने जनाउँदै त्यसका लागि एकताबद्ध र चनाखो हुन ओलीले आग्रह गरेका हुन्। प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित सिंहदरबारमा बसेको विपक्षी दलको संयुक्त बैठकमा धारणा राख्दै ओलीले यस्तो बताएका हुन्। …
काठमाडौं : स्थानीय निकाय पुनर्संरचनाका बारेमा धारणा तय गर्न काठमाडौं आइपुगेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुलाई महामन्त्री डा. शशांक कोइरालाले घरमै चियापान गराएका छन्। आज दिउँसो निजी निवास टोखामा भेला भएका सभापतिहरुले स्थानीय निकायको संख्याबारे आफ्ना धारणा राखेका छन्। उक्त जमघटमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताहरु पनि सहभागी थिए।…
काठमाडौं : मंगोलियामा जारी एएफसी कप प्लेअफ क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले कम्बोडियाको नागावर्ल्ड एफसीसँग बराबरी खेल्दै अंक बाँडेको छ। समूहको पहिलो खेलमा घरेलु क्लब एर्चिम एफसीलाई पराजित गरेको थ्री स्टारको अघिल्लो चरण खेल्ने सम्भावना कायमै छ। उलानबटारमा भएको समूह बीको दोस्रो खेलमा थ्री स्टारले नागार्ल्डसँग १-१ गोलको बराबरी खेलेको हो। एक…