इंगलिस क्लब म्यानचेष्टर सिटी, रसियाको एफसी रोस्तोभ, जर्मनीको बोरुसिया मोन्चेनग्लाडवाच, डेनमार्कको एफसी कोपनहेगन र क्रोएसियाको डाइनामो जाग्रेब प्लेअफ राउण्डमा विजयी हुँदै युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन्। दोस्रो लेगमा रोमानियन कलब स्टेउ बुखारेस्टीलाई १-० ले हराएको म्यानचेष्टर सिटी समग्रमा ६-० ले विजयी हुँदै च्यामिपयन्स लिगमा छनोट भएको हो। घरेलु मैदानमा सिटीलाई जित दिलाउन एक मात्र गोल फावियन डेल्फले गरे।…
काठमाडौं : पूर्व जनमुक्ति सेनाका घाइते तथा अपांगहरुले अझै पनि उचित उपचार हुन नसकेको गुनासो गरेका छन्। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरी उनीहरुले यस्तो गुनासो सुनाएका हुन्। जीवन निर्वाह भत्ता अत्यन्तै न्युन भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचयपत्रको व्यवस्था नभएको उनीहरुको भनाइ छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले यसबारे ध्यानाकर्षण गराएका…
प्लेअफ चरणअन्तर्गत दोस्रो लेगको खेल समाप्तिसँगै युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने ३२ वटै क्लबको टुङ्गो लागिसकेको छ। यसभित्र पर्नका लागि इंगलिस क्लब म्यानचेष्टर सिटीले समेत प्लेअफ राउण्ड पार गर्नुपर्यो। तर चार पटकको विजेता डच अजाक्स र इटालियन क्लब रोमा भने प्लेअफबाटै बाहिरिए। च्यामिपयन्स लिगमा छनोट भएका ३२ क्लबको ग्रुप स्टेज ड्र आजै हुँदैछ। फ्रान्सको मोनाकोमा बेलुका ६…
गोरखा : व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य सङ्घले आज बिहानैदेखि गोरखा बजार बन्द गराएको छ। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई संयुक्त बजार अनुगमन संयन्त्रले मङ्गलबार नियन्त्रणमा लिएको विरोधमा सङ्घले बजार बन्द…
सप्तरी : सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा-१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट गाँजासहित एउटा सिक्सर पेस्तोल बरामद गरेको हो। भण्डारीले पनि उनलाई नियन्त्रणमा लिएको छ। घरमा लुकाइराखेको नौ वटा बोरामा…
भक्तपुर : नगरकोटमा आज भएको जन्ती बस दुर्घटनामा ४१ जना घाइते भएका छन्। जन्ती लिएर कोटेश्वर जाँदै गरेको बा ४ ख १९०४ नम्बरको बस दुर्घटना भएको हो। घाइतेमध्ये २१ जनाको मध्यपुर थिमि अस्पताल, १८ जनाको भक्तपुर अस्पताल र दुई जनाको जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य नै रहेको भक्तपुर जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी किरण…
ललितपुर : महानगरीय प्रहरी परिसर ललितपुरले २१ सय लिटर खोयाबिर्के रक्सी नष्ट गरेको छ। ललितपुर कार्यविनायक नगरपालिका- २ फूलबारी मार्गको सयपत्री टोलमा अवैध घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरणको तयारी गरिरहेको अवस्थामा रहेको जफत गरी नष्ट गरिएको हो। अवैध घरेलु मदिरा बनाउने ठूलो ड्रम १५ थान, सानो ड्रम ७ थान लगायत मदिरा बनाउन आवश्यक कच्चा पदार्थ पनि बरामद गरिएको महानगरीय…
पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य थालेको छ। वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन। कम्पनीले यही सेप्टेम्बर १ देखि २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी र पछि थप गरिएको ६२९ रोपनीको पूरै जग्गामा…
काठमाडौं : उपत्यकाबाट धुलिखेल हुँदै सिन्धुली-बर्दिबास चल्ने सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको पाएपछि यातायात व्यवस्था विभागले कारबाही अघि बढाउने भएको छ। विभागले २०७२ माघ २४ गते समायोजन गरेको भाडा लागू नभएपछि यात्रुले गुनासो गर्दै आएका छन्। विभागले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सो मार्गका यातायात व्यवसायीले तोकेअनुसार भाडा लिन आनाकानी गरेकाले साउन तेस्रो साता सूचना प्रकाशित गरी बढी भाडा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको बताएका छन्। नेकपा माओवादी केन्द्र निकट महिलाहरुको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाहरुको बलियो उपस्थिति छ। राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख तीनै जना महिला हुनुहुन्छ,' भेलालाई सम्बोधन गर्दै उनले भने, 'नेपालमा जनयुद्ध हुँदैनथ्यो भने यो…
काठमाडौं : अभिनेत्री झरना थापाले निर्देशन गर्ने लागेको पहिलो फिल्म ‘ए मेरो हजुर’का लागि छनोट भएका कलाकार सार्वजनिक भएका छन्। फिल्ममा सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहनेछ। यसअघि विभिन्न अन्तरवार्ताहरुमा साम्राज्ञीले चित्तबुझ्दो स्क्रिप्ट नआएकाले आफूले हतारमा कुनै फिल्म नगर्ने जानकारी दिएकी थिइन्।फिल्मको सुटिङ भदौ ३ गतेबाट सुरु भए पनि फिल्म युनिटले कलाकारहरुको नाम सार्वजनिक गरेको थिएन।…
काठमाडौं : खेलकुद गतिविधिमा लगाइएको आजीवन प्रतिबन्धविरुद्ध नेपाली खेलाडीले गरेको अपिल एसियन फुटबल कन्फेडेरेशन (एएफसी)ले खारेज गरेको छ। म्याच फिक्सिङका कारण एएफसीले नेपालका चार खेलाडी र एक प्रशिक्षक सहित ५ जनालाई आजीवन प्रतिबन्ध लगाएको थियो। एसियाली फुटबल संघको अपिल कमिटीको बिहीबार बसेको बैठकले नेपाली खेलाडीहरुले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध गरेको अपिललाई खारेज गरेको हो। म्याच फिक्सिङ गरेको भन्दै…
काठमाडौं : नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लब एएफसी कप प्लेअफको लागि छनोट भएको छ। एएफसी कप प्लेअफ छनोटको समूह बीमा रहेको थ्री स्टार ४ अंक सहित समूह विजेता बनेपछि अघिल्लो चरण प्रवेश गरेको हो। समूहको अन्तिम खेलमा मंगोलियाको एर्चिम एफसीले कम्बोडियाको नागावर्ल्ड एफसीलाई १-० ले पराजित गरेपछि थ्री स्टार समूह विजेता बनेको हो। आज थ्री स्टारको…
वीरगन्ज : पर्साको ठोरीसँग जोडिएको भारतको भिखना ठोरीमा हात्तीको अक्रमणबाट एक भारतीय बालिकाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुन्जको जंगलबाट गएराति साढे नौ बजे भिखना ठोरी गाउँ पसेको हात्तीको आक्रमणबाट रेल्वे स्टेशनका सुवास महतोकी १२ वर्षीया छोरी ममताको मृत्यु भएको हो। जंगली हात्तीले घरभित्र सुतेकी ममतालाई सुँडले तानी कुल्चेर मारेको भारतीय सुरक्षा बलले जनाएको छ। भारतीय सुरक्षा बल…
काठमाडौँ : पाँच मन्त्रालय नभए मन्त्री नै नपठाउने अडान राख्ने रामचन्द्र पौडेल पक्षधरलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा चतुर्याइँपूर्वक 'साँप पनि मर्ने, लट्ठी पनि नभाँच्चिने' उपाय अपनाई भने जत्ति नै मन्त्रालय दिएका छन्। पाँचै मन्त्रालय पाउँदा पनि पौडेल पक्षधर जिल्लिन बाध्य भएका छन्। कांग्रेसले पाउने १३ मन्त्रालयमा पौडेल पक्षधरले सुरुमा ६ वटा मन्त्रालयमा दावी गरेको थियो। देउवाले भने तीन मन्त्रालयको…
भक्तपुर : विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको चाँगुनारायण मन्दिर परिसरमा सरसफाइ गरिएको छ। हिमालयन एड्भेन्चर ट्रष्ट (ह्याट,नेपाल) को आयोजना र नेपाल पर्वतारोहण संघको सहयोगमा चाँगुनारायण मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै दक्षिणतर्फको पाखामा बिरुवा रोपिएको ह्याटमा अध्यक्ष भूमिलाल लामाले बताए। यहाँ लौठसल्ला, रुद्राक्ष, एभोकार्डो, दालचिनी (तेज पत्ता), असारे, स्यालपुच्छ्रे, माइकेलिया चम्पा लगायत विभिन्न प्रजातिका ५० बिरुवा…
बलिउड अभिनेत्री दीपिका पादुकोण विश्वकै सर्वाधिक पारिश्रमिक पाउने अभिनेत्रीको उत्कृष्ट १० मा परेकी छिन्। अमेरिकी म्यागजिन फोर्ब्सले जारी गरेको उक्त सूचीमा दीपिका दसौं स्थानमा छिन्। उनको कमाइ १० मिलियन अमेरिकी डलर रहेको छ। उक्त सूचीमा पर्ने उनी एक मात्र भारतीय अभिनेत्री समेत हुन्। पछिल्लो समय 'बाजिरायो मस्तानी' र 'पिकु' जस्ता जस्ता सफल बलिउड फिल्ममा अभिनय गरेकी उनी…
काठमाडौं : बढुवाका लागि नक्कली शैक्षिक योग्यता पेस गर्ने स्वास्थ्य मन्त्रालयका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। मन्त्रालयका कर्मचारी सुनिल आचार्यले आइएस्सीको नक्कली प्रमाणपत्र बनाई एमबिबिएर पढेको र नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गर्दै सरकारी नियुक्ति लिएको उजुरीको आधारमा आरोपपत्र दायर गरिएको आयोगको भनाइ छ। उनी २०६३ फागुन २७ गते…
काठमाडौं : नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ। ६८ सदस्यीय कार्यसमितिबाट एक सय ५१ सदस्यीय बनाएर ११औं महाधिवेशन गरेको नेविसंघमा अहिले १२९ सदस्य बहाल छन्। थप २२ जनाको भने नियुक्ति भएको छैन। जम्बो केन्द्रीय समितिको बैठक बस्न नेविसंघ कार्यालयमा ठाउँ अभाव भएपछि राष्ट्रिय सभागृहमा गर्न लागेको हो। भदौ १ र २ गते…
काठमाडौं : फिफा टेलिभिजनले नेपाल र नेपाली फुटबलबारे लगातार भिडियो कार्यक्रम बनाउँदै आएको छ। यसअघि नै फुटबलबारे दुई भिडियो आफ्नो युट्युब च्यानलमा राखिसकेको फिफा टिभीले नेपाली फुटबलबारे तेस्रो भिडियो सार्वजनिक गरेको हो। 'फुटबल हेल्प्स चिल्ड्रेन इन नेपाल' नामको नयाँ भिडियो अहिले सार्वजनिक गरिएको छ। भूकम्पपछि चाइल्डरिच नामक संस्थाले नेपालको हिमाली क्षेत्रमा रहेका स्कुल र बालबालिकालाई फुटबलको माध्यमबाट पुर्याएको सहयोगको…