काठमाडौं : प्रथम शेर्पा कप युवा क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल शेर्पा युवा संघको प्रथम वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो। भदौ ९ गतेदेखि १९ सम्म सञ्चालन हुने प्रतियोगिताको खेल कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलको क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा कुल ३२ टीमलाई सहभागिताको लागि निम्ता पठाएको तर २२ देखि २४ टीमसम्मले भाग लिने आयोजक शेर्पा युवा संघले…
काठमाडौं : काठमाडौंको तीनकुने र गौशालामा २६ सार्वजनिक गाडीमा गरिएको अनुगमनमा २५ सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको भेटिएको छ। यस्ता सवारीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराइएको छ। आपुर्ति ब्यवस्थापन विभागका शाखा अधिकृत लोकबहादुर कार्की नेतृत्वको टोलीले गरेको अनुगमनमा महानगर यातायातले नै बदमासी गरेको पाइएको हो। महानगर यातायातका ना ४ ख ११० र ना ४ ख ११९ नम्बरका गाडीले बढी…
काठमाडौं : आईसीसी वुमन्स वर्ल्डकप क्वालिफायर एसिया, २०१६ का लागि ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ। रुविना क्षेत्री, सन्तोषी चौधरी, सबनम राई, ममता चौधरी, रश्मि शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, संगीता राई, शोभा आले, रचना अर्याल, सीता श्रेष्ठ, सारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, इन्दु बर्मा, वर्षा राणा, सरस्वती…
काठमाडौँ : कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आज आफ्नो ४२ औँ जन्मदिन प्रज्ञा प्रतिष्ठान कम्पाउण्डभित्र मनाइन्। विभिन्न हास्य कलाकारसहित पूर्व प्रधान सेनापति रुक्मांगद कटुवालको उपस्थितिबीच उनले केक काटिन्। गाईजात्रा विशेष कार्यक्रम हेर्न उपस्थित कटुवालले जन्मदिनको शुभकामना दिएका हुन्। दीपाश्री निरौलाले बाल्यकाल सम्झिदै आफूले जन्मदिनको दिन नयाँ लुगा नपाएसम्म खाना नखाएको किस्सा सुनाइन्। हास्यकलाकार जितु नेपालले उनलाई धनियाँ उपहार दिए। नेपालले…
काठमाडौं : सरकारमा पठाउने मन्त्रीहरुबारे टुंगो लगाउन नसकेको नेपाली कांग्रेसका शीर्ष नेताहरुले आफ्ना पक्षबाट छुट्टाछट्टै नाम टुंगो लगाएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट परराष्ट्रमा डा. प्रकाशशरण महत, रक्षामा बालकृष्ण खाँड, पर्यटनमा जीवनबहादुर शाही, सामान्य प्रशासन राज्यमन्त्रीमा मीनबहादुर विक र शिक्षामन्त्रीमा अर्जुननरसिंह केसीलाई पठाउने तयारी छ। रामचन्द्र पौडेल पक्षले पाँच मन्त्री दाबी गरे पनि अहिलेलाई चार जनाको नाम…
काठमाडौं : मंगलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल सरकारका विशेष दूतका रुपमा दुई उपप्रधानमन्त्रीले गरेको भारत र चीन भ्रमणको समीक्षा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले नयाँ सरकार गठनपछि छिमेकी देशहरुसँगको सम्बन्ध नयाँ उचाईमा उठेको निष्कर्ष निकालेको छ। मन्त्रिपरिषद् बैठकका निर्णयबारे पत्रकारहरुलाई जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले ‘विशेष दुतहरुको भारत र चीन भ्रमणले छिमेकीसँगको सम्बन्ध नयाँ उठाईमा विकसित…
काठमाडौं : युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले रचनात्मक रुपमा आलोचना गर्न खेलकुद पत्रकारहरुसँग आग्रह गरेका छन्। खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा श्रीपालीले आफू खेलाडीबाटै खेलकुद मन्त्रीसम्म बनेको भन्दै अब नेपाली खेलकुदमा नयाँ ढंगले काम गर्ने बताए। 'मैले नेपाली खेलकुदलाई सकरात्मक र नकरात्मक रुपमा साह्रै नजिकबाट बुझेको छु, नराम्रो कुराहरुलाई कसरी हल गर्ने…
प्रिमियर लिग फुटबलमा वेस्टहम युनाइटेड र नवप्रवेश मिडल्स्ब्रोले सिजनको पहिलो जित हात पारेका छन्। नयाँ सिजनको पहिलो खेलमा चेलसीसँग हारेको वेस्टहमले दोस्रो खेलमा दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको एएफसी बर्नमाउथलाई १-० ले पराजित गरेको छ। हयारी अर्टरले ७८ औं मिनेटमा दोहोरो पँहेलो कार्डको सामना गरेपछि अन्तिम १२ मिनेट बर्नमाउथले दश खेलाडीमा रहेर खेल्यो। त्यसैको फाइदा उठाउँदै मिचेइल एन्टोनिओले ८५…
रियल मड्रिडले स्पानिस ला लिगामा विजयी सुरुवात गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा रियलले रियल सोसिडाडलाई ३-० ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रेको रियलका लागि गारेथ बेलले २ तथा मार्को असेन्सिओले एक गोल गरे। सोसिडाडको मैदानमा खेल सुरु भएको ७२ औं सेकेण्डमै बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन्। ४० औं मिनेटमा असेन्सिओले गोल गरेपछि रियलले पहिलो हाफमै अग्रता दोब्बर…
रौतहट : रौतहटको सखुअवा धमौरामा ट्रयाटर दुर्घटनामा परी चालक सहित दुई जनाको मृत्यु भएको छ। ना ४ त १६१७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी गरुडा नगरपालिका-११ निवासी चालक ३२ वर्षीय अब्दुल मियाँ ३६ वर्षीय शेख जलाउलिनको मृत्यु भएको हो। उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका सोही ठाँउका दिपेन्द्र रामको भने स्थानीय क्लिनिकमा उपचार भइरहेको…
काठमाडौँ : विश्व फुटबल महासंघ (फिफा) को टेलिभिजनले 'हिमालयन मेस्सीलाई भेट्नुस्' भन्दै नेपालको फुटबलबारे कार्यक्रम बनाएको छ। १२ मिनेटको कार्यक्रमलाई युट्युबमा पनि अपलोड गरिएको छ। कार्यक्रममा नेपालका मुख्य प्रशिक्षक जापानी नागरिक कोजी ग्योत्कु, स्ट्राइकर नवयुग श्रेष्ठ र महिला फुटबलका स्टार अनु लामाको भनाई राखिएको छ। 'क्लबबाट खेल्नुभन्दा नेपालको झण्डा भएको सर्ट लागेर खेल्दा गजबको अनुभूति हुन्छ', नवयुगले भनेका छन्, 'एउटा अर्को खालको…
विभिन्न कठिनाइ र चुनौतीका बाबजुत ब्राजिलले रियो ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेको छ। ऐतिहासिक माराकाना स्टेडियममा करिब ८० हजार दर्शकको उपस्थितिमाझ ३१औं संस्करणको गृष्मकालीन ओलम्पिक सोमबार बिहान समापन भएको हो। समापन समोरोहमा ब्राजिलको संस्कृति झल्काउने खालका विभिन्न सांगीतिक प्रस्तुतिहरु देखाइयो। रियो ओलम्पिक २०१६ मा सहभागी सबै देशले फेरि एकपटक माराकानामा अन्तिम परेडमा भाग लिए। इतिहासमै पहिलो पटक ल्याटिन अमेरिकी देशमा भएको ओलम्पिकमा…
दाङ : दाङको गढवा–५ मा गोली प्रहारबाट दुई जनाको हत्या भएको छ। गएराति स्थानीय ४५ वर्षका कर्णबहादुर पुनले भरुवा बन्दुकबाट गोली प्रहार गरी ३५ वर्षीय राजु रोका र ३२ वर्षीय कालुराम रोकाको हत्या गरेका हुन्। उनीहरु तीजको कार्यक्रममा सहभागी थिए। भागी रोकाको घरमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा विवाद हुँदा पुनलाई स्थानीयले सम्झाइबुझाइ घर पठाएका थिए। तर केही…
जमैकन स्प्रिन्टर उसेन बोल्टले रियो ओलम्पिकमा ३ स्वर्ण जित्दै ट्रिपल-ट्रिपलको अनौठो रेकर्ड कायम गरे। उनले ३ ओलम्पिकमा भाग लिए, ३ ओलम्पिकका ३ वटै स्पर्धामा भाग लिए र लगातार ३ ओलम्पिकमा ३ वटै स्पर्धामा स्वर्ण जिते। ३ वटै विधामा लगातार स्वर्ण जित्दै कुल ९ स्वर्ण जित्न सफल बोल्ट ओलम्पिक दौरान आफ्नो प्रेमिकासँग पनि देखिए। बोल्टलाई प्रेसिडेन्ट र उनकी प्रेमिकालाई फस्ट…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सचिव अर्जुनकुमार कार्कीलाई उपत्यकामा तत्काल तीन वटा सेवाप्रदायक कार्यालय थप्न निर्देशन दिएका छन्। आज बिहान निवासमै बोलाएर उनले यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्ने लगायतका चार बुँदे निर्देशन दिएका हुन्। उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, रुट परमिट लगायतका…
काठमाण्डौं : तपाईंको घरमा ब्रोडब्याण्डको 'लिमिटेड डेटा'को समयावधि चाँडै सकिइरहेको छ? अथवा युट्युबमा भिडियो खुल्दा बफरिङमा धेरै समय लागिरहेको छ। त्यसो हो भने तपाईंले एकपटक सोच्नैपर्ने हुन्छ। छिमेकीले तपाईंको वाइफाई चलाइरहेको छ। यस्ता कुरा तपाईंका लागि हानिकारक पनि हुन सक्छन्, जसका कारण तपाईं कानुनी समस्यामा समेत पर्न सक्नुन्छ। उनीहरुले तपाईंको इन्टरनेट प्रयोग गरेर कानुनविपरीतका कामह गरिरहेका हुन सक्छन्। ब्रोडब्याण्ड…
नेपाल अफ्रिका फिल्म फेस्टिबलको पाँचौ संस्करण आयोजना हुने भएको छ। यो वर्ष सो फिल्म फेस्टिबल भाद्र २२,२३ र २४ गते काठमान्डौको रूसी सांस्कृतिक हलमा आयोजना हुँदैछ। दुई देशबीचको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले फिल्म फेस्टिबल आयोजना गरिने आयोजक डां मन्जु मिस्रले बताएकी छिन्। बिगतका फेस्टिबलको दाँजोमा यो फेष्टिबल बिशेष हुने दाबी आयोजकले गरेका छन्। साथै फेस्टिबलमा पहिले भन्दा धेरै फिल्मको सहभागिता रहेको…
काठमाडौं : सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने भएका छन्। सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा आइतबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णयक गरेको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जनाएका छन्। जिल्ला, क्षेत्र छनोट पार गर्दै १ हजार ७ सय ४७ पुरुष तथा १ हजार…
काठमाडौं : फिनल्यान्डको हेलसिन्कीमा आयोजना भएको सेइतोकाई खुला कराते च्यालेन्जमा नेपाली कराते खेलाडीद्वय मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनले पदक जितेका छन्। आइतबार र सोमबार भएको च्यालेन्जमा मन्डेकाजीले तौल समूहमा रजत र एकल कातामा कास्य तथा मुकुन्द्रले तौल समूहमा रजत पदक प्राप्त गरेका छन्। मन्डेकाजीले ७५ केजी तौल समूहमा आयोजक फिनल्यान्डका खेलाडीसँग फाइनलमा ७–२ ले पराजित भएपछि रजत पदक…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले समयमै निर्वाचन गराउन सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका हुन्। 'संविधान कार्यान्वयन भएन भने देश र राजनीति नै दुर्घटनामा पर्न सक्छ,' उनले भने, 'त्यसैले निर्वाचनको विकल्प छैन, आयोगले पनि यही गम्भीरताका साथ काम गरोस् भन्ने सरकारको आग्रह…