विराटनगर : बिहानैदेखिको अविरल वर्षाका तराईका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ। मोरङ, सुनसरी, झापा, सिरहा लगायतका तराईका जिल्लामा वर्षाको प्रभाव बढी देखिएको हो। बिहानदेखि जारी अविरल वर्षाका कारण मोरङको विराटनगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन्। दर्जनौं घरमा पानी पसेको छ भने सडकमा दुई फिटमाथिबाट पानी बगिरहेको छ। सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित…
युरो २०१६ सुरु हुनुअघि रोबर्ट लेवान्डास्कीलाई सर्वाधिक गोकर्ताको दाबेदारको रुपमा हेरिएको थियो। छनोट चरणमा सर्वाधिक १३ गोल गर्दै उनले पोल्याण्डलाई युरोमा छनोट गराउन महत्वपूर्ण भूमिका समेत खेले। तर समूह चरणमा लेवान्डास्कीबाट जति आशा गरिएको थियो त्यो पूरा हुन सकेन। पोल्याण्ड दोस्रो चरणमा प्रवेश गरिसक्यो तर लेवान्डास्कीले एक गोल गर्न पनि सकेका छैनन्। आजबाट युरो २०१६ को प्रिक्वाटरफाइनलमा खेलहरु सुरु हुँदैछन्।…
युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो खेलमा क्रोएसिया र पोर्चुगल भिड्दैछन्। खेल नेपाली समयअनुसार राति १२:४५ बजे यो भिडन्त हुनेछ। क्रोएसिया र पोर्चुगल दुवै टोली समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। तर समूह चरणमा दुवै टोलीको कथा फरक रह्यो। क्रोएसिया समूह चरणको दोस्रो खेलपछि अन्तिम १६ मा प्रवेश गर्ने निश्चित भएको थियो भने अन्तिम खेलको पनि अन्त्यतिर…
जब हरेक खेल प्रतिस्पर्धात्मक हुन्छ, साना टोलीले पनि ठूला टोलीलाई टक्कर दिन्छ। परिणाम- अप्रत्यासित नतिजा। फुटबलको विशेषता भनेको नै यही हो। फ्रान्समा जारी युरो २०१६ मा यस्तै रोमाञ्चकता दिलाउने काम गरे डेब्युटान्ट टोलीहरुले। पाँच टोलीले युरोमा डेब्यु गरेका थिए यसपटक। जसमध्ये चार टोली नकआउट चरणमा पुगे। यसमा पनि दुई टोली प्रिक्वाटरफाइनलमा एकापसमा भिड्दैछन्- वेल्स र उत्तरी आयरल्याण्ड। पहिलो सहभागितामै क्वाटरफाइनल…
विश्व फुटबलमा अहिले दुई ठूला प्रतियोगिता भइरहेका छन्। अमेरिकामा कोपा अमेरिका सेन्टेनारियो चलिरहेको छ भने फ्रान्समा युरोकप। दुवै प्रतियोगिताहरुमा स्टार खेलाडीहरु आ-आफ्नो टोलीलाई उपाधि जिताउन लागिपरेका छन्। तर सबै खेलाडीले टोलीमा पर्ने अवसर पाउँदैनन्। तिनै अभागी केही स्टार खेलाडीहरु जो युरो र कोपामा पर्न असफल भए, उनीहरु अहिले यसरी मस्ती गरिरहेका छन्। अर्जेन्टिनी खेलाडी कार्लोस टेभेज पत्नी र बच्चाको साथमा…
अतिरिक्त समयको अन्त्यतिर रिकार्डो क्वारेस्माले एक मात्र निर्णायक गोल गरेपछि पोर्चुगल क्रोएसियालाई हराउँदै युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको तेस्रो प्रिक्वाटरफाइनल खेल अन्तर्गत क्रोएसिया र पोर्चुगल बीच निर्धारित समयको खेलमा दुवैतर्फबाट गोल हुन सकेन। खेल अतिरिक्त समयतर्फ धकेलियो। अतिरिक्त समयको पनि अन्तिम तीन मिनेट अगाडीसम्म कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटतर्फ पुग्ने संकेत देखिएको…
माइमाना (अफगानिस्तान) : अफगानिस्तानमा हिंसात्मक विद्रोह गरिरहेका तालिवान समूहका ५० जना सशस्त्र लडाकुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्। उनीहरूले अबदेखि हत्या हिंसामा नलाग्ने भन्दै आफूसँग भएका हातहतियारसमेत बुझाएर सरकारसमक्ष आत्मसमर्पण गरेका बताइएको छ। अफगानिस्तानको उत्तरी प्रान्तको दौलतबाद जिल्लाका लडाकुहरूले आत्मसमर्पण गरी जिल्लाको प्रहरी मुख्यालयमा हतियार बुझाएको समाचारमा जनाइएको छ। उक्त जिल्लाका सैनिक प्रवक्ता नसरुल्लाह जमसिद्दीले ५० जना तालिवान…
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीश, निर्वाचन आयोगको प्रमुख आयुक्त, ११ न्यायाधीश र २२ राजदूतको नियुक्तिअघि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ। संवैधानिक परिषद्, न्यायपरिषद् र मन्त्रिपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका ३५ जनाविरुद्ध समितिले एकमुष्ट उजुरी आह्वान गरेको हो। संसदीय सनुवाइ समिति नहुँदा लामो समयसम्म अड्किएको प्रक्रिया समितिले गठन भएसँगै अगाडि बढाएको हो। सिमितिले सार्वजनिक सूचना प्रकाशित गरी आउँदो…
नेपालमा समोसा नियमित खाजाजस्तो बनेको छ, धेरैका लागि। तर, कहाँबाट सुरु भयो होला समोसा बनाउने चलन? धेरैलाई थाहा छैन। रोचक तथ्य त के हो भने, भारत हुँदै नेपाल भित्रिएको समोसा भारतमै उत्पति भने भएको होइन। यद्यपि समोसा भारतीय पकवानको रुपमा अहिले विश्वभर प्रसिद्ध छ। नेपालमा पनि सहजै पाइने समोसा बाहिर पिठोबाट बनेको हुन्छ। यसको भित्रपट्टि भने आलु र बदाम लगायतका परिकार…
काठमाडौं : प्रधानमन्त्रीले भूकम्पपीडितका लागि एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता जनाउनुपर्ने कांग्रेसले अडान राखेपछि आजको संसद बैठक प्रधानमन्त्रीको सम्बोधन नभई स्थगित भएको छ। व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो। प्रमुख प्रतिपक्ष कांग्रेले भूकम्पपीडितलाई एकमुष्ट रकम दिनेबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो। तर प्रधानमन्त्रीले सो कुरा आफूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराउने बताएपछि कांग्रेस सांसदहरु प्रधानमन्त्रीलाई सम्बोधन…
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामाको घोषणा गरेका छन्। युरोपियन युनियनबाट बेलायत छुट्टिने पक्षमा जनतम संग्रहमा ५२ प्रतिशत मत आएपछि क्यामरुनको राजीनामाको घोषणा आएको हो। उनले एक स्टेटमेन्ट जारी गर्दै तीन महिनामा पद छाड्ने बताएका छन्। क्यामरुनले मत परिणाम घोषणा भएलगत्तै डाउनिङ स्ट्रिटबाट आफूले पद छाड्ने घोषणा गरेका हुन्। उनले आफ्नो जहाज अब ढिलो गतिमा चलाउने बताउँदै यसबीच नयाँ र फ्रेस…
भक्तपुर : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारले भूकम्पपीडितका नाममा राहत उपलब्ध गराउनेभन्दा पनि कार्यकता पोषण गरेको आरोप लगाएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्राधिकरणले कुनै काम नगरेको र सरकारले आफ्ना कार्यकर्ता भरणपोषणमा लागेकोमा असन्तुष्टि व्यक्त गरे। भूकम्पपीडितका सवालमा जेठसम्म छानो उपलब्ध गराउने प्रधानमन्त्रीको भनाइ उखान-टुक्का र मनोरञ्जनमै सीमित बनेको उनको भनाइ छ। …
काठमाडौँ : व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ। समितिको आजको बैठकले प्रस्तावित न्यायाधीश एवम् विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। समितिका सभापति कुलबहादुर गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिए। संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीश, निर्वाचन आयोगको प्रमुख…
काठमाडौं : फरक शैलीका गजलहरु गाएर सांगीतिक क्षेत्रमा जम्दै गरेका गायक थानेश्वर गौतमका दुई म्युजिक भिडियो एकैसाथ सार्वजनिक भए। दुवैमा नायिका नीता ढुंगानाले अभिनय गरेकी छिन्। पछिल्लो समय चलचित्रमा खासै व्यस्त नरहेकी नीतालाई यति बेला म्युजिक भिडियोकै छायांकनबाट फुर्सद छैन। थानेश्वर गौतमकै स्वर तथा संगीतमा तयार पारिएका ‘सिन्दुर लाउने हौली’ गीतका रचनाकार छवि चालिसे हुन्। चालिसे आफैंले पनि भिडियोमा अभिनय…
काठमाडौं : कोही विदेशबाट आउँदै हुनुहुन्छ? त्यसोभए काँचो सुन नलिई आउनुहोला। सरकारले गहनाबाहेकको सुन ल्याउन प्रतिबन्ध लगाएको छ। विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म ५० ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो। अब यसमा पनि प्रतिबन्ध लगाइयो। तर यो नियम भने साउन १ गतेबाट लागू हुनेछ। सरकारले झिटी गुन्टासम्बन्धी व्यवस्थामा परिवर्तन गर्दै ५० ग्रामको गहनाका सुन-चाँदीबाहेक काँचो सुनचाँदी…
इण्डियन प्रिमियर लिग आइपिएलको सफलतापछि अब मिनी आइपिएपल पनि हुने भएको छ। आगामी सेप्टेम्बरबाट हुने प्रतियोगिता दुई हप्तासम्म चल्ने बोर्ड अफ कन्ट्रोल फर इण्डियन क्रिकेट बिसिसिआईले जनाएको छ। मिनी आइपिएलमा होम एण्ड अवे म्याच नहुने र थोरै खेलहरु हुने बिसिसिआईको भनाइ छ। तर, प्रतियोगिताको समय र फर्म्याट भने केही समयपछि तोकिने बिसिसिआई अध्यक्ष अनुराग ठाकुरले बताए। च्याम्पियन्स लिग टी-२०…
काठमाडौँ : भूकम्पबाट आंशिक क्षति भएका घर मर्मतसम्भार एवं प्रबलीकरण गर्नका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको शुक्रबार बसेको बैठकले निजी आवास अनुदान कार्यविधिमा आवश्यक संशोधन गरी ५० हजार रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि आंशिक क्षति भएका घरधनीलाई कुनै पनि रकम उपलब्ध गराउने निर्णय भएको…
युरो खेल्ने राष्ट्रमध्ये सबैभन्दा कम जनसंखया भएको टीम आइसल्याण्ड समूह एफको उपविजेता बन्दै युरो २०१६ को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह को अन्तिम खेलमा अष्ट्रियालाई २–१ ले हराउँदै आइसल्याण्ड पहिलो सहभागितामै नकआउट चरणमा पुगेको हो। खेलको १८ औं मिनेटमा जन डाडी बोडभारसनले गोल गर्दै आइसल्याण्डलाई पहिले अग्रता दिलाए। अष्ट्रियाले पहिलो हाफमै खेल बराबरी गर्ने अवसर प्राप्त गरेको थियो।…
स्वीडेनलाई पराजित गर्दै बेल्जियम युरो २०१६ को नकआउट चरणमा प्रवेश गर्दा ज्लाटन इब्राहिमोभिचको बिदाई भने सुखद हुन सकेन। इटलीसँग पहिलो खेल हारेपनि लगातार दुई खेल जितेको बेल्जियम समूह ई को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा १ अंक मात्र जोडेको स्वीडेन भने समूह चरणबाटै बाहिरियो। जारी युरोकपपछि अन्र्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका इब्राहिमोभिचले युरोकपको अन्तिम खेल…
इटलीलाई पराजित गर्दै आयरल्याण्ड युरो २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ। अप्रत्यासित नजिता निकाल्ने क्रममा आयरलयण्डले इटलीलाई १–० ले हरायो। जितसँगै आयरल्याण्ड तेस्रो उत्कृष्ट चार टीम भित्र पर्न सफल भयो र अन्तिम १६ मा प्रवेश पायो। दुई खेल जित्दै समूह विजेता बनिसकेको इटलीको लागि आयरल्याण्ड विरुद्धको खेल औपचारिकता जस्तो थियो र टीममा आधा भन्दा बढी खेलाडी परिवर्तन गरिएको…