बुटवल : नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मीमा आफ्नो प्रतिष्पर्धी उम्मेदवार कोही नभएको बताएका छन्। गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका विष्टले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनपछि नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य सकिनेसमेत बताए। सो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री उम्मेदवारी छिन्। ‘नेकपा एसको राजनीतिक भविष्य छैन। पार्टीबाट देशभर एमालेमा फर्किने क्रम निरन्तर बढदै गएको छ। खुद्रा…
आजदेखि प्रदर्शन हुने भनिएको अक्षयकुमार अभिनित बलिउड फिल्म ‘रामसेतु’ को नेपाल रिलिज रोकिएको छ। चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि ‘रामसेतु’को प्रदर्शन स्थगित भएको हो। वितरकले समयमै कागजपत्र पेस नगर्दा सेन्सर सिफारिसको अनुमति नपाएको चलचित्र विकास बोर्डका प्रदर्शन तथा वितरक अधिकृत गिरिश शर्माले जानकारी दिए। वितरक संस्था डिजिटल सिनेमा नेपाली (डीसीएन) ले फिल्म ‘रामसेतु’ लाई आजदेखि नेपालमा प्रदर्शन गर्ने जिम्मा…
काठमाडौं : बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको हो। सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरेको थियो। सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताएकी छिन्। आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरेकी हुन्। उनले बुद्धको प्रतिमा अनावरण र विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छन्। प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का उम्मेदवार रहेका दाहाले आज याङ्कोटमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताएका हुन्। 'मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएका छन्', उनले भने,…
काठमाडौं : हरर थ्रिलर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी पुस १५ गतेबाट सिनेमाहलमा रिलिज हुनेछ। एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ। फिल्मको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त…
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मतदाताको मत र विवेकमाथि पैसाको चलखेल गर्नेहरुप्रति खबरदारी गरेका छन्। काठमाडौं ५ मा प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेता पौडेलले निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा मतदाताको मत किन्ने खराब मनोवृत्ति भएका व्यक्तिहरुप्रति आक्रोश व्यक्त गरे। उनले यो क्षेत्रमा चेतना बोकेका मानिसहरु बसेको कारण पनि कसैको मत किन्ने कोसिसलाई सफल हुन नदिने बताए। ‘यो राजधानी…
काठमाडौं : यही कात्तिक २२ गते मंगलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज मुस्ताङ पुगेकी छिन्। भण्डारीले त्यहाँ मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ। राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज तथा…
काठमाडौं : पर्यटन विभागले नोभेम्बरसम्म १ हजार ३०० जना भन्दा बढी विदेशी पर्यटकलाई हिमाल आरोहणका लागि स्वीकृति दिएको छ। विभागले सार्वजनिक गरेको नोभेम्बर २ तारिखसम्मको विवरण अनुसार विभिन्न अन्तर्राष्ट्रिय मुलुकका १ हजार ३६० जना विदेशी पर्यटकलाई हिमाल आरोहणको अनुमति दिइएको हो। हिमाल आरोहणका लागि नेपाल आइरहेका ७७ वटा मुलुकमध्ये अमेरिकाबाटआउने पर्यटकको संख्या धेरै रहेको छ। कूल १ हजार ३६० मध्ये १३२ जना अमेरिकी…
राजु आचार्य- जब सूर्य अस्ताउन थाल्छ, मानिसहरू घरभित्र पस्छन्। धेरै जीवहरू बास बस्न थाल्छन्। सबै चराहरू गुँडमा फर्कन्छन्। चारैतिर अन्धकार हुन्छ। शान्त हुन्छ। तर, सबै कुरा शान्त हुने बेला एउटा अजीवको प्राणीको राज्य सुरु हुन्छ। घना जङ्गल होस्, चाहे चौर, या पहरा यो कराउन थाल्दा पुरै वातावरण थर्किन्छ। मानिस वा अन्य कुनै जीव, सबैको मनमा एक किसिमको डर पैदा गरिदिन्छ।…
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले संविधान रक्षा गर्नका लागि बनेको सत्ता गठबन्धनलाई मंसिर ४ को चुनावमा मत दिनुपर्ने बताएका छन्। काठमाडौंमा आज बिहान भएको कार्यक्रममा सिंहले संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरेका थिए। ‘आर्थिक विकासको तीव्र इच्छा र आकांक्षा सबैमा छ। यो पूरा गर्न…
इलोन मस्कले शुक्रवार ट्वीटरबाट सामूहिक रुपमा कर्मचारी कटौती गर्ने भएका छन्। प्लेटफर्मको कार्यबललाई तीव्र रूपमा घटाउन लागिएको कम्पनीले बिहीवार आन्तरिक ईमेलमार्फत स्टाफहरुलाई जानकारी दिएको छ। कम्पनीले कर्मचारीहरूलाई कामबाट हटाइनेछ या छैन भनेर शुक्रवार जानकारी दिनेछ। कम्पनीले यो कटौती ‘ट्वीटरलाई स्वस्थ मार्गमा राख्ने प्रयास’ रहेको बताएको छ। त्यस्तै, आफ्ना केही कार्यालयहरू अस्थायी रूपमा बन्द हुने र ‘ब्याज एक्सेस’ रोकिने कम्पनीले बताएको…
काठमाडौं : निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीलगायतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको विषयमा विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा सचिवालयलाई पत्र पठाएर सवारी साधनको विवरण माग गरेको हो। मधेशका मुख्यमन्त्री तथा मन्त्रीले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी हिँडेको भनी उजुरी प्राप्त हुन…
काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लाखे’ र बलिउडतर्फ फिल्म ‘फोन भूत’ रिलिज भएका हुन्। बलिउड फिल्म रामसेतु* पनि आज रिलिज हुने भनिएको थियो। तर, अन्तिम समयमा सिनेमा हलमा फिल्म प्रदर्शन भएन। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’मा सम्राट बस्नेतको निर्देशन रहेको छ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको…
आफ्नो करियरमा देश र क्लबका लागि गरि ४० हाराहारीमा ट्रफी जितेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको ‘रिज्युम’मा थपिन बाँकी सबैभन्दा महत्वपूर्ण उपलब्धि हो : विश्वकप विजेता। विश्वकै ‘ग्रेटेस्ट अफ अल टाइम’ खेलाडीबारेको बहस कहिल्यै टुंगो नहुने बहस हो। तर, ढुक्कले के भन्न सकिन्छ भने सात पटक ब्यालोन डी'ओर जितेका मेस्सी आधुनिक फुटबलका महानतम खेलाडी मध्येका हुन्। र, यसमा विवाद आवश्यक छैन।…
काठमाडौं: बंगलादेशमा जारी साफ यू १५ महिला च्याम्पियनसीपमा नेपालले सुखद सुरुवात गरेको छ। प्रतियोगितामा आफ्नो पहिलो खेलमा ७-० को जित निकाल्दै नेपालले सुखद सुरुवात गरेको हो। नेपालको जितमा वर्षा ओलीले सर्वाधिक ४ गोल गर्दा सुक्रिया मियाँले २ गोल र सेनु परियारले १ गोल गरिन्। खेलको पहिलो मिनेटमै वर्षा ओलीको गोलमा अग्रता बनाएको नेपालका लागि दोस्रो गोल पनि ओलीले नै १७…
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। बिहीबार वाजिरावादको अल्लाह वाला चोकमा जुलुससहित पुगेका खानलाई लक्षित गरेर गोली प्रहार भएको हो। आक्रमणमा खानको खुट्टामा गोली लागेको छ। हाल उनको उपचार भइरहेको छ। इमरानको खुट्टामा ३ देखि ४ पटक गोली हानिएको बताइएको छ। आक्रमणमा इमरानको पार्टीका अन्य ६ जना घाइते भएको र एक जनाको मृत्यु भएको छ। प्रहरीले अनुसन्धानका क्रममा…
काठमाडौँः सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउने समयावधि थप गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। भारतीय कम्पनी जिएमआरलाई मन्त्रिपरिषदले थप दुई वर्षको समय दिने निर्णय गरेको थियो। तर, अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मन्त्रिपरिषद्बाट म्याद थप भएको विषयमा समेत प्रश्न उठाएको छ। यसअघि लगानी बोर्डबाट सम्झौता भएकोमा मन्त्रिपरिषदले…
काठमाडौंः जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो। आज लामिछानेको तर्फबाट बहस सकिएको छ। उक्त मुद्दामा भोलि सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ। त्यसपछि अदालतले आदेश गर्नेछ। सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही…