काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरेका छन्। विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शंका नगर्न…
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरण आजबाट सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार उम्मेदवार र दलहरुले आजबाट जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन्। निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश गरेसँगै उनले निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गरेका छन्। आयोगले उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिताको पालना…
काठमाडौं : निर्वाचन आयोगले सरकारलाई सहज रुपमा निर्वाचन गराउन र आचारसंहिता पालना गराउन निर्देशन दिएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हो। यस्तो छ आयोगको ७ बुँदे निर्देशन : १. प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका…
काठमाडौं : निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ। आयोगले तय गरेका यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरणसमेत दिइने छ। यस्तै, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, गरिने आयोगले जनाएको छ। अपाङ्गता…
टोटेनहम हट्स्परका फरवार्ड सन ह्युङ-मिनको देब्रे आँखा वरिपरीको फ्र्याक्चरलाई स्थिर बनाउन शल्यक्रिया आवश्यक भएको छ। योसँगै विश्वकपमा उनको उपस्थिति अनिश्चित बनेको छ। मंगलवार च्याम्पियन्स लिगमा मार्सेलीविरुद्ध टोटेनहमको २-१ को जितमा ३० वर्षीय सन घाइते भएका थिए। ‘शल्यक्रिया पछि सनले हाम्रो मेडिकल स्टाफसँग रिहाबिलिटेसन सुरु गर्नेछन् र हामी समयमै समर्थकहरूलाई थप अपडेट गर्नेछौँ,’ स्पर्सको विज्ञप्तिमा भनिएको छ। विश्वकपमा दक्षिण कोरियाले पहिलो…
साल्जबर्गलाई ४-० ले हराउँदै एसी मिलान आठ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। मिलानको जितमा ओलिभर जिरुडको दुई गोल र एक असिस्ट महत्वपूर्ण रह्यो। इटालियन टोलीलाई अन्तिम १६ मा पुग्न समूह ‘ई’ को अन्तिम खेलमा हारबाट जोगिए पुग्थ्यो भने साल्जबर्गलाई जित्नै पर्ने बाध्यता थियो। ४६ औँ मिनेटमा रेड क्रुनिकको गोलमा असिस्ट गर्नुअघि जिरुडले १४ औँ मिनेटमा हेडिङमार्फत सुरुवाती गोल…
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भोलिबाट आमसभा तथा जुलुसका कार्यक्रम शुरु हुँदैछ। निर्वाचन आयोगले सम्पूर्ण कार्यक्रम आचारसंहिताभित्र रही गर्न अनुरोध गरेको छ। निर्वाचन आयोगमा आज पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन भएमा आयोग कारबाहीमा उत्रने चेतावनी दिए। असोज १२ बाट हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधिसकेको उल्लेख गर्दै कतिपय…
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बत्लाकार मुद्दाको बहस भोलि पनि जारी रहनेछ। आज सरकारी वकिलहरुले इजलासमा बहस गरेका थिए। मुद्दा आज हेर्दाहेर्दैमा परेको छ। सरकारी वकिलहरुको बहस सकिएपछि सन्दीपका वकिलहरुले बहस गर्नेछन्। जबर्जस्ती करणी उद्योगमा सन्दीपमाथि १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका…
काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज सम्पन्न खेलमा कीर्तिपुरमा सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ। गण्डकी प्रदेशले दिएको २०९ रनको लक्ष्य पछ्याएको कर्णाली १७६ रनमै समेटिँदा गण्डकीले ३२ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। गण्डकीका लागि अभिषेक बस्नेतले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा अर्जुन…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन्। गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए। मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै…
काठमाडौं : नेकपा (एमाले)को चुनावी गीत गाउँदै आएका बद्री पंगेनीले यसपटक नेकपा (माओवादी केन्द्र)को चुनावी गीतमा स्वर भरेका छन्। माओवादी केन्द्रलाई भोट मागिएको ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा पंगेनीको स्वर सुन्न सकिन्छ। गीतकार एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा पंगेनीका साथै गायिका स्मिता दाहालको पनि स्वर रहेको छ। स्मिता प्रचण्डकी नातिनी हुन्। एमालेको चर्चित चुनावी गीत ‘सै पनि एमाले, मै पनि…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन बिथोल्न सक्ने समूहहरुका विरुद्ध सुरक्षा निकायसँग छलफल भइरहेको बताएका छन्। आज बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले विप्लव नेतृत्वको नेकपा माओवादीका बारेमा पनि छलफल भइरहेको बताएका हुन्। विप्लव समूहले निर्वाचन बिथोल्ने घोषणा गरिसकेको छ। 'विप्लवको विषयमा गम्भीर रुपमा सुरक्षा निकायसँग बसेर छलफल गरेका छौँ। हामी यसमा सचेत छौं,' उनले भने। निर्वाचन…
टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को खेलमा नेदरल्याण्ड्सले जिम्बावेलाई हराएको छ। अस्ट्रेलियाको एडिलेड स्टेडियममा सम्पन्न खेलमा नेदरल्याण्ड्सले जिम्बावेमाथि ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको जिम्बावेले सिकन्दर राजाको सर्वाधिक ४० रन र सिन विलियम्सले २८ रनको सहायतामा १९.२ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो। जिम्बावेलाई सस्तै रनस्कोरमा समेट्न नेदरल्याण्ड्सका पउल भान मीकेरनले ३…
शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’को टिजर सार्वजनिक भएको छ। शाहरुखको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको टिजर एक्सन र थ्रिलरले भरिपूर्ण छ। टिजरमा शाहरुख खान र जोन अब्राहमबिचको टकराव र एक्सन दृश्यहरु देख्न सकिन्छ। फिल्ममा शाहरुख खुफिया एजेन्सीको गुप्त एजेन्टको भूमिकामा देखिनेछन्, जसले देशको मिसन पूरा गर्न आफ्नो ज्यान जोखिममा पार्नेछन्। साथै दीपिका पादुकोण पनि टिजरमा अटाएकी छिन्। सिद्धार्थ अन्नद…
बुटवल : गृहमन्त्री बालकृष्ण खाणले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित लुम्बिनी प्रदेश स्तरिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले जनताको अपेक्षा सुख, शान्ति र समृद्दी रहेको र त्यो अपेक्षा पुरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए। उनले सरकारले कसैलाई काखा र पाखा नगर्ने स्पष्ट पार्दै निर्वाचन प्रक्रियाबाट बाहिर रहेका दलहरुलाई पनि निर्वाचन…
टी २० विश्वकपमा आजको दोस्रो खेलमा भारत र बंगलादेश पौने २ बजे प्रतिस्पर्धामा उत्रँदैछन्। एडेलेड ओभल स्टेडियममा यी दुई टोली आमनेसामने हुनेछन्। त्यसअघि यही मैदानमा नेदरल्याण्ड र जिम्बावेबिच खेल चलिरहेको छ। ग्रुप २ को कुरा गर्दा ३ खेलबाट ५ अंक जोडेको दक्षिण अफ्रिका शीर्षस्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका भारत र बंगलादेशको समान ४ अंक छ। यो समूहबाट दक्षिण…
काठमाडौं : सुनको मूल्य थोरै बढेको छ। बुधवार तोलामा ५ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलवार तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बुधवार तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय २५ रुपैयाँ कायम…
बलिउड अभिनेता शाहरुख खानको आज ५७ औँ जन्मदिन। बलिउडमा बादशाहका रुपमा परिचित शाहरुखको जन्मदिन फ्यानका लागि कुनै चार्डपर्वभन्दा कम हुँदैन। त्यसैले त मध्यरातदेखि नै खानको घर मन्नतबाहिर जन्मदिनको शुभकामना दिने फ्यानहरुको ठूलो भिड थियो। उनका फ्यानहरु नोभेम्बर २ मध्यरातदेखि नै घरबाहिर जम्मा हुन थालेका थिए। हातमा ‘ह्याप्पी बर्थडे शाहरुख’ लेखिएको पोस्टर बोकेर फ्यानहरुले उनको फिल्मको गीतहरु गाएर रमाएका थिए। अनि…
नवलपुर : सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेको छ। राजनीतिक दलका उम्मेदवारहरुले मतदाता भेट्ने क्रम जारी राखेका छन्। वडा भेला, पालिकास्तरीय भेला र आन्तरिक भेटघाटमा आफ्ना एजेन्डा बुझाइरहेका भेटिन्छन् उम्मेदवारहरु। यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को तालमेल रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ। क्षेत्र २ मा कांग्रेसका मोहन बहादुर बस्नेत र…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएका छन्। हाल देखिएको आर्थिक अवस्था चिन्ताजनक रहेकाले यसमा सुधार ल्याउनु कांग्रेसको मुख्य दायित्व रहेको सिंहले बताए। बुधवार बिहान मतदातासँगको भेटमा विद्यमान ऐन कानुनका कारण अर्थतन्त्रमा समस्या देखिएको गुनासो उद्योगी व्यवसायीबाट आइरहेको उल्लेख गर्दै नेता सिंहले यसमा आवश्यक सुधार गर्न कांग्रेस तयार रहेको भनाइ राखे। हाल…