हेटौंडाः मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका ७९ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ। दुई संघीय र ४ प्रदेश सभा क्षेत्रका १६७ मतदानस्थलमा १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। पाण्डेले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल निर्वाचन क्षेत्रहरूको पहिचान गरेर निर्वाचन मतदान…
जनकपुरधाम : धनुषाको सिमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक देवकीलाल चौधरी घुससहित पक्राउ परेका छन्। चौधरीलाई चार हजार रूपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। उनलाई जिल्लाको नगराईन नगरपालिका वडा नम्बर २ जटहिस्थित विनायक ईन्टर प्राईजेज (मदिरा पसल)बाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन्। डडेल्धुराबाट उम्मेदवार रहेका देउवा चुनावी प्रचारका लागि गृहजिल्ला पुगेका हुन्। दिउँसो साढे दुई बजे अमरगढी पुगेका देउवालाई भव्य स्वागत गरिएको थियो। वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनका साथमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेको आरजु देउवा पनि पुगेकी छिन्। देउवा २० गतेसम्म डडेल्धुरामा रहनेछन्।
काठमाडौं : नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू गरेको छ। बोर्डले बिहीबार धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका २०७९ लागू गर्दै बजेटमा भएको कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार संगठित संस्थाले सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत श्रम स्वीकृति लिएर विदेशमा बसी रोजगारी गरीरहेका…
काठमाडौं : राष्ट्रिय सभाको 'संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति'ले संघीयता कार्यान्वयन सम्बन्धी सुझाव तथा सिफारिस प्रतिवेदन बुझाएको छ। समितिका संयोजक खिमलाल देवकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बिहीवार प्रतिवेदन बुझाएका हुन्। 'संघीय संसद, राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सिफारिसहरू- २०७९' नामक प्रतिवेदनको बुँदागत विवरणसमेत सार्वजनिक गरिएको छ। गत जेठ २० को राष्ट्रिय…
काठमाडौं : उम्मेदवारहरुले आजबाट आफ्नो घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन्। आजबाट निर्वाचन प्रचारप्रसारको दोस्रो चरण सुरु भएको छ। जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएपछि उम्मेदवार र दलहरुले चुनावी अभियानलाई तिब्र बनाएका हुन्। त्यसै सन्दर्भमा काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार विराजभक्त श्रेष्ठ बिहानैदेखि घरदैलोमा निस्किएका छन्। सो क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट जीवनराम श्रेष्ठ उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट…
काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न समूह 'बी' को खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ। लुम्बिनी प्रदेशले दिएको १८९ रनको लक्ष्य ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पछ्याएको पुलिसले ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जसका लागि कप्तान देव खनालले सर्वाधिक ७४…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्। राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरेका हुन्। 'मङ्सिर…
काठमाडौं : तामाङ सेलो गायक योगेश लामा, चर्चित गायिका ईन्दिरा गोलेको स्वर रहेको ल्होछार गीत सार्वजनिक भएको छ। अन्जान तामाङ र सिमा लामाकोसमेत स्वर रहेको 'हाम्रो त पूर्खाले' बोलको गीतमा सिमा लामा ब्लोन र भुमन सिङ्गी लामाको प्रस्तुति रहेको छ। भुमन सिङ्गी लामा र योगेश लामाको शब्द रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध लामाले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा अमिर दोङ,…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर वाचा पत्र सार्वजनिक गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पार्टीका सभापति रवि लामिछानेसँगै वाचा पत्र निर्माण टोलीमा संलग्न टोलीहरुले पत्र सार्वजनिक गरेका हुन्। हाल संविधानमा रहेको व्यवस्थाभन्दा फरक व्यवस्थाको परिकल्पना गर्दै वाचा पत्र तयार गरिएको छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको वकालत गर्दे पार्टीले राष्ट्रपति पदलाई गैर राजनीति व्यक्तिलाई बनाउने…
काठमाडौं : कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरि २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका २३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि वर्गीकरण गरेको हो। जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि,…
काठमाडौं : स्कुल बसको झ्यालबाट टाउको निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ। बुधवार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्री मन्टेस्वरी स्कुलको कक्षा ५ मा अध्यनरत १३ वर्षीय विद्यार्थीको मृत्यु भएको हो। स्कुल छुट्टी भएपछि घर फर्किने क्रममा स्कुलको बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोकिन पुगी घाइते भएका थिए। त्रिवि शिक्षण…
काठमाडौं: आर्टुडियोले समावेशीकरण र समानता विषय केन्द्रित ‘भित्ते कला उत्सव’ आयोजना गर्ने भएको छ। अमेरिकी राजदूतावाससँगको सहकार्यमा गर्न लागेको उत्सव काठमाडौं र जनकपुरमा संचालन हुनेछ। आर्टुडियोले भित्ते चित्रकला उत्सवको घोषणाका साथै समावेश हुन नेपाली कलाकारहरुलाई खुल्ला आह्वान समेत गरेको छ। भित्ते कला परियोजना २०२२ नाम दिइएको कार्यक्रमका लागि १८ देखि ४० वर्षसम्मका कलाकारहरु, म्युरलिस्ट, सडक/ग्राफिटी कलाकार, लोक परम्परागत कलाकार तथा आदिवासी…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ जाने भएकी छिन्। भण्डारीले मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। 'मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ', उनले भने, 'राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा…
बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताएका छन्। बिहीबार बुटवलमा चुनावी भेलामा पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दावी गरेका हुन्। यसअघि एमाले नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्याए पनि अदालतले रोकेको भन्दै उनले निर्वाचनपछि यो मुद्दालाई उच्च प्राथामिकताका…
अस्ट्रेलिया टी २० विश्वकप अन्तर्गतका खेलहरु जारी छन्। बुधवारको खेलमा भारतले बंगलादेशमाथि जित निकाल्यो। पाकिस्तानसँगको खेलमा जस्तै भारतले हिजोको खेलमा पनि अन्तिम बलसम्म संघर्ष गरेर जित निकालेको थियो। वर्षाले बाधित खेलमा 'डकवर्थ लुइस' नियम अनुसार खेल छोट्याइएको थियो। त्यसअघि भारतले सुरुवाती ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशका लिटोन दासले आक्रामक ब्याटिङ गर्दै सानदार सुरुवात दिलाएका थिए। तर,…
दक्षिण भारतीय फिल्म ‘कान्तारा’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। प्रदर्शन भएको एक महिनामा फिल्मले ३ सय करोड भारतीय रुपैयाँको कलेक्सन गरेको भारतीय सञ्चारमाध्याममा उल्लेख छ। यो फिल्म गत ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको थियो। व्यावसायिक तथा समीक्षात्मक हिसाबले सफल भएसँगै १४ अक्टोबरदेखि हिन्दी भर्सन प्रदर्शन भएको थियो। र, सँगै कमाईमा लगातार वृद्धि भइरहेको छ। साथै फिल्मले विश्वभर सकरात्मक…
भारतका युवा सेलिब्रेटीहरुले केहीदिन अघि ह्यालोविन मनाए। आर्यन खानदेखि जानवी कपुरसम्म सो कार्यक्रममा पुगे। उनीहरुको ह्यालोविन लुक कैद गर्न फोटोपत्रकार र पापाराजीहरु धेरै संख्यामा कार्यक्रमस्थलमा थिए। त्यही कार्यक्रममा पुगेकी थिइन् अभिनेत्री अनन्या पाण्डे पनि। सो कार्यक्रममा पाण्डे 'बेबो' अर्थात 'करिना कपुर'को 'पु' लुकमा पुगेकी थिइन्। 'कभी खुसी कभी गम' मा 'पु' ले लगाएको पहिरन नै लगाएर पाण्डे ह्यालोविनमा पुगेकी थिइन्।…
पूर्व मिस अर्जन्टिना मरिएना मरेला र पूर्व मिस पुर्टो रिको फाबिओला भ्यालेन्टिनले आफूहरुले विवाह गरेको घोषणा गरेका छन्। इन्स्टाग्राममा तस्विर राख्दै उनीहरुले विवाहको खबर सार्वजनिक गरेका हुन्। मरेला र भ्यालेन्टिनको भेट सन् २०२० मा भएको थियो। थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा उनीहरु पहिलोपटक भेटेका थिए। उनीहरु दुवैजना सो प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए। त्यसपछि उनीहरु राम्रो साथी…
स्विट्जरल्याण्डमा विश्वको सबैभन्दा लामो ट्रेन संचालनमा आएको छ। ४ हजार ५ सय ५० वटा सिटहरु भएको उक्त रेल चलाउन ७ जना चालकको आवश्यकता पर्दछ। स्विस रेलवे कम्पनीले गत शनिबार देशमा रेलवेको १७५ औं वार्षिकोत्सवको अवसर पारेर विश्वको सबैभन्दा लामो यात्रु ट्रेनको कीर्तिमान तोडेको हो। १०० वटा डिब्बाहरु रहेको कीर्तिमानी रेल २ किलोमिटर लामो छ। उक्त ट्रेन अल्बुला-बर्निना मार्गमा प्रेडाबाट बर्गुएनसम्म चलाइएको थियो। जुन ज्युरिखको लगभग १७२…