काठमाडौं: साफ यू १५ महिला च्याम्पियनसीप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले बंगलादेशलाई हराएको छ। बंगलादेशको ढाकामा जारी प्रतियोगिताको आज सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १-० गोलको जित निकालेको हो। नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको खेलको ८७ औं मिनेटमा उनले गोल गरेकी थिइन्। जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। यसअघिको खेलमा नेपालले भुटानमाथि…
प्रकाश भण्डारी/सविन ढकाल - चितवन: 'सुरेन्द्र पाण्डेले आफ्नो क्षेत्रका धेरै मतदातालाई व्यक्तिगत रुपमा नै चिन्छन्। नामले चिनेनन् भने थरले चाहिँ पक्का चिन्छन्। विश्व पौडेल यहीँकै भए पनि उनले त्यसरी मतदातालाई चिन्दैनन्।' चुनावी माहोल बुझ्न विजमाण्डू र पहिलोपोस्टको टिम चितवन पुग्दा यसरी सहज रुपमा बुझाउने व्यक्ति भने नेपाली कांग्रेसका एकजना पुराना कार्यकर्ता नै हुन्। उनले गुण र दोषका आधारमा जे व्याख्या…
काठमाडौंः त्रिशुली नदीको किनारमा बस खसेको छ। काठमाडौंबाट रुकुम जाँदै गरेको बा ४ ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो। धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित हुग्दी खोलामा दुर्घटना भएको हो। बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ।
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, 'समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ। धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ।' सो अवसरमा देउवाले अतिक्रमित भूमि कूटनीतिक…
काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले २५-३० हजार नागरिकलाई प्रत्येक प्रदेशमा रोजगारी दिने वाचा गरेको छ। स्थानीय सरकारसँग सहकार्य गरेरर पाँच वर्ष भित्र रोजगारी सिर्जना गर्ने जसपाले प्रतिवद्धता जनाएको हो। काठमाडौंमा शनिवार घोषणा पत्र सार्वजनिक गरेको जसपाले यस्तो वाचा गरेको हो। वैदेशिक रोजगारीमा जानेको संख्यालाई घटाउन तथा विदेशबाट फर्किएकालाई उद्यमी बनाउने पनि जसपाले वाचा गरेको छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहेन…
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए। उनले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन…
भैरहवा : मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ। आज रुपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि दुवै देशका उच्च सुरक्षा अधिकारीहरुको बैठकले…
हरेक दिन बिहानैबाट चुनावी प्रचारमा व्यस्त रहन्छन् नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेल। चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका उनी कार्यकर्ता भेटघाटको चटारोमा थिए। चितवनमा रहेको पोखरेलको घरमा पुग्दा बिहानको कार्यक्रमको तयारी सुरु भइसकेको थियो। चुनावअघि मात्रै पार्टी खोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको चुनौती छ उनीसामु। लामिछाने सेलिब्रेटी शैलीमा चुनावी…
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी डोटीमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री वितरण निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री वितरण…
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो हत्या गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाएका छन्। हत्या प्रयासका क्रममा गोली लागेर अस्पतालमा रहेका खानले निको भएपछि यस्तो बताएका हुन्। अप्रिलमा अविश्वासको मतपछि प्रधानमन्त्रीको रूपमा उनको स्थानमा आएका प्रधानमन्त्री सेहबाज शरीफ, आन्तरिक मन्त्री राणा सनाउल्लाह र एक वरिष्ठ सेना कमाण्डर षड्यन्त्रमा संलग्न रहेको खानले शुक्रवार पत्रकारहरूलाई भनेका छन्। ‘यी तीन जनाले…
फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले अगस्ट महिनाको पार्टी गरिरहेको भिडियो प्रकरणमा सफाइ पाएकी छिन्। उनीविरुद्ध गैरजिम्मेवार काम गरेको अभियोग लागेको थियो। लिक भएको फुटेजमा साथीहरू र सेलिब्रेटीहरूसँग नाचिरहेको देखिएपछि ३६ वर्षीया मरिनले आफ्नो बचाउ गरेकी थिइन्। मरिनको व्यवहारले फिनल्याण्डको ‘प्रतिष्ठा र सुरक्षा’लाई कमजोर पारेको आरोप लगाउँदै दर्जनौँ उजुरीहरू दायर गरिएको बुझिएको छ। तर, चान्सलर अफ जस्टिस टुमास पोयस्टीले मारिनले प्रधानमन्त्रीका रूपमा…
३६ वर्षपछि क्यानडाको फुटबल टोलीले फिफा विश्वकपमा खेल्न गइरहेको छ। दोस्रो पटक विश्वकप खेल्न गइरहेको क्यानडा अघिल्लो सहभागितामा भन्दा यसपटक सुधारको खोजीमा छ। सँगै उनीहरुको लक्ष्य हो : गोलपोस्टमा स्कोर। यसअघि सन् १९८६ मा विश्वकप खेल्दा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो। त्यसबेला समूहमा फ्रान्स, हंगेरी र सोभियत युनियनसँग खेलेको क्यानडाले कुनै पनि गोल गर्न सकेन। यसपाला क्यानडाले विश्वकपमा स्थान बनाउनु…
बुटवलः पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ। तिनाउ गाउँपालिका ४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा आजदेखि कार्तिक २२ गते (पूर्णिमा) सम्म मेला आयोजना गरिएको हो। हरेक वर्षको कार्तिक पूर्णिमाको अवसरमा ३ दिन लाग्दै आइरहेको धार्मिक मेला यो वर्ष राम्रो योग परेकाले ५ दिनसम्म सञ्चालन हुने सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन्। हिजोबाट उम्मेदवार र दलहरुले आक्रमक शैलीमा जुलुस र आमसभा गरिरहेका छन्। यसबिच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि घर घर पुगेर मत मागिरहेका छन्। बिहानदेखि साँझसम्मै सिंह मत माग्न व्यस्त छन्। सिंह सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा सिंह यही…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गरेर निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको छ। निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो। त्यसको विरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन्। कात्तिक १५ गते न्यायाधीश कुमार चुडालको इजलासले कार्कीक उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको…
काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफ र गण्डकी प्रदेशबीचको म्याच टाइ भएको छ। समूह 'ए' को खेलमा दुबै टोलीले ११५ रन बनाउँदा दुबै टोलीले अंक बाँडेका हुन्। टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले ३५.१ सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। एपीएफका लागि भुवन कार्कीले सर्वाधिक अविजित २४ रन बनाउँदा पुरन बिकेले २३ तथा लोकेश बम…
बुटवल : पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका ५ बस्ने ४१ वर्षीय मोहनप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। शुक्रबार दिउँसो साढे २ बजे पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ आउँदै ग १६ प १४८६ नम्बरको मोटरसाईकललाई बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु…
जनकपुरधाम : महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको डीएनए परीक्षणमा श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको हो। राजपुतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ। प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपुतका छोराको डीएनए म्याच…
काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको छ। समूह 'ए'को खेलमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशमाथि १६९ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो। आर्मीका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ७३ रन बनाउँदा रोहित पौडेलले ५२…
सविन ढकाल/प्रकाश भण्डारी - नवलपरासी : भर्खरै बनेको नयाँ घर। त्यही घरमा बसेको चुनावी कार्यालय। कार्यालयको पार्किङमा थन्किएको छ रेन्ज रोभर। कहिले भाडाको स्कर्पियो त कहिले मोटरसाइकल नै उनलाई मतदाताको घर-घरसम्म डोर्याउने साधन बनिरहेको छ। 'मैले सरकारी स्कुल पढेको हुँ। अहिले जसरी साथीभाइको प्राइभेट जेटमा चढ्न सक्छु त्यसरी नै बाटोमा हिँड्न र झुपडीमा बस्न सक्छु,' चुनावी अभियानकै क्रममा थोरै समय चोरेर…