PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

  • चेल्सीलाई हराउँदै आर्सनल शीर्षस्थानमा

    चेल्सीलाई हराउँदै आर्सनल शीर्षस्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई हराएको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोली चेल्सीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनललाई जित दिलाउन गाब्रियल मगलहाएसले ६३ औं मिनेटमा बुकायो साकाको पासमा निर्णायक गोल गरे। जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ। १३ खेल खेलेको आर्सनलले ३४ खेल खेलेर शीर्षस्थानमा…

    विस्तृतमा पढ्नुस्

  • म कसैको टिकट रोक्ने हैसियतको मान्छे होइनः सुरेन्द्र पाण्डेबारे विश्वको टिप्पणी, ‘उहाँबाट अब ट्रान्सफर्म हुन्न’

    म कसैको टिकट रोक्ने हैसियतको मान्छे होइनः सुरेन्द्र पाण्डेबारे विश्वको टिप्पणी, ‘उहाँबाट अब ट्रान्सफर्म हुन्न’

    प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारको टिकट पाउनुभन्दा दुई दिनअघि मात्र राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेका अर्थशास्त्री डा.विश्व पौडेल यतिखेर चितवन क्षेत्र नम्बर १ को चुनावी अभियानमा जुटेका छन्। राजनीतिमा डेब्यु गरेका पौडेल नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र पाण्डेसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्। एकातिर कांग्रेसभित्र उनको उम्मेदवारीलाई लिएर असन्तुष्टि छ। असन्तुष्ट व्यक्ति र समूहलाई पौडेलले साथमा लिन नसक्दा चुनावी परिणाम के…

    विस्तृतमा पढ्नुस्

  • जिम्बावेमाथि भारतको सहज जित, सेमिफाइनको यस्तो बन्यो समीकरण

    जिम्बावेमाथि भारतको सहज जित, सेमिफाइनको यस्तो बन्यो समीकरण

    टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को दोस्रो खेलमा भारतले जिम्बावेलाई हराएको छ। मेलबर्नमा आज सम्पन्न खेलमा भारतले जिम्वावेमाथि ७१ रनको जित निकाल्दै समूह २ को विजेता बनेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ६१ रन बनाउँदा केएल राहुलले…

    विस्तृतमा पढ्नुस्

  • ओलीको लहडका कारण प्रधानमन्त्री भएँ : देउवा, 'महाकाली नदीमा पुल बनाउन मोदीसँग कुराकानी भएको छ'

    ओलीको लहडका कारण प्रधानमन्त्री भएँ : देउवा, 'महाकाली नदीमा पुल बनाउन मोदीसँग कुराकानी भएको छ'

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन्। आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको बताएका हुन्। 'संसद् विघटन गर्दा हामी…

    विस्तृतमा पढ्नुस्

  • विष्णु पौडेलले सार्वजनिक गरे प्रतिबद्धतापत्र : ड्रिम प्रोजेक्ट अघि बढाउनेदेखि भूमिगत पार्किङको वाचा (पूर्णपाठ)

    विष्णु पौडेलले सार्वजनिक गरे प्रतिबद्धतापत्र : ड्रिम प्रोजेक्ट अघि बढाउनेदेखि भूमिगत पार्किङको वाचा (पूर्णपाठ)

    बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार बुटवलमा प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेल, प्रदेशसभा सदस्य उम्मेदवार लिला गिरी र भोजप्रसाद श्रेष्ठलगायत नेताहरुले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष पौडेलले यसअघि पनि आफ्नो 'ड्रिम प्रोजेक्ट'को रूपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने बताएका छन्। पौडेलले प्रतिवद्धतामा सार्वजनिक गरिएको कुराहरु…

    विस्तृतमा पढ्नुस्

  • ‘फूलबारी’ को पोस्टरमा समेटिए यी कलाकार

    ‘फूलबारी’ को पोस्टरमा समेटिए यी कलाकार

    काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले फेसबुकमा उल्लेख गरेका छन्। फिल्मको पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ। पोस्टरमा विपिनलाई वृद्ध पात्रको भूमिकामा देख्न सकिन्छ। कमल किशोर मलपानीको कथा र कन्सेप्ट…

    विस्तृतमा पढ्नुस्

  • मतको मूल्य नगदमै, उधारोमा होइन ! चुनाव बन्दैछ एक लेनदेन

    मतको मूल्य नगदमै, उधारोमा होइन ! चुनाव बन्दैछ एक लेनदेन

    सविन ढकाल/प्रकाश भण्डारी - नवलपरासी : पश्चिम नवलपरासीको भुताहामा मध्याह्नतिर मौसम तात्दै थियो। सडकमा राजनीतिक दलका गतिविधिले अलग्गै रौनक। देखिएका र नदेखिएका अनुहारहरु नेताका रुपमा उदाइरहँदा बजार क्षेत्रमा चर्चा परिचर्चा पनि उत्तिकै। मुखैमा आएको निर्वाचन केन्द्रित हुँदै नेताको भाषण र जनतालाई दिने प्रतिबद्धता सुन्नको लागि भेला हुँदै थिए स्थानीय। त्यही भिडमा उमेरले ७० वर्ष काटेका नरबहादुर मगर जीवनको अर्को निर्वाचनलाई…

    विस्तृतमा पढ्नुस्

  • छोरीको आमाबुवा बने आलिया र रणवीर

     छोरीको आमाबुवा बने आलिया र रणवीर

    बलिउड कपल रणवीर कपुर र आलिया भट्ट आमाबुवा बनेका छन्। आज आइतवार एचएन रिलायन्स अस्पतालमा आलियाले छोरीलाई जन्म दिएकी हुन्। आलियाले इन्स्टाग्राममा एक विज्ञप्ति सार्वजनिक गदै आफूहरु छोरीको आमाबुवा बनेको जानकारी दिएकी छिन्। पहिलो सन्तानको आमाबुवा बनेको खबरसँगै आलिया र रणवीरलाई फ्यानहरुले बधाई दिइरहेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आलिया आजै बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन्। गत अप्रिल १४…

    विस्तृतमा पढ्नुस्

  • जनताले वर्तमान सरकार फेरि चाहेका छन् : कांग्रेस प्रवक्ता महत

    जनताले वर्तमान सरकार फेरि चाहेका छन् : कांग्रेस प्रवक्ता महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने दाबी गरेका छन्। आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले भने, 'लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ।' विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थालेको…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमाथि पाकिस्तानको जित, यी हुन सेमिफाइनल पुग्ने चार टिम

    बंगलादेशमाथि पाकिस्तानको जित, यी हुन सेमिफाइनल पुग्ने चार टिम

    अस्ट्रेलियामा जारी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ। एडिलेड स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशमाथि ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। बंगलादेशका लागि नजमुल हुसैन सान्टोले सर्वाधिक ५४ रन बनाउँदा अफिफ हुसैनले अविजित २४, सौम्य सरकारले २० तथा लिट्टोन…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा जिप दुर्घटना : ११ दिने नवजात शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

    धनुषामा जिप दुर्घटना : ११ दिने नवजात शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

    जनकपुरधाम : धनुषामा बोलेरो जिप दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, ६ जना गम्भीर घाइते भएका छन्। जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। दुर्घटनामा परि एक शिशुको मृत्यु भएको र गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न…

    विस्तृतमा पढ्नुस्

  • एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणको घोषणासँगै आवेदन खुल्ला

    एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणको घोषणासँगै आवेदन खुल्ला

    काठमाडौं : एपिक नेपाल म्युजिक अवार्डको चौथौ संस्करण हुने भएको छ। प्रियसी म्युजिक प्रालिको आयोजनामा हुने अवार्डको घोषणासँगै आवेदन समेत खुला गरिएको छ। ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारा रहेको अवार्डमा गीतका सम्पूर्ण विधाहरुलाई समेटिनेछन्। अवार्ड कार्यक्रममा नेपाली लोक गीत/संगीतको क्षेत्रमा क्रियाशील एवम् नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुको साथै आधुनिक, पप, लोकपप,…

    विस्तृतमा पढ्नुस्

  • पुन: मतदान गर्ने परिस्थिति सिर्जना हुन्न दिन्नौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

    पुन: मतदान गर्ने परिस्थिति सिर्जना हुन्न दिन्नौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन्। झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले संयुक्तरुपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उनले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरि तयारी गरिरहेको बताएका हुन्। थपलियाले…

    विस्तृतमा पढ्नुस्

  • १५ वर्षीया किशोरीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक समातिए

    १५ वर्षीया किशोरीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक समातिए

    काठमाडौः १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सुन तोलामा १४ सय बढ्यो, प्रतितोला ९४ हजार ५ सयमा कारोबार

    सुन तोलामा १४ सय बढ्यो, प्रतितोला ९४ हजार ५ सयमा कारोबार

    काठमाडौं : साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रवारका तुलनामा आइतवार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रवार एक सय रुपैयाँ बढ्दा प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आइतवार कायम मूल्य कात्तिक लागेयताकै सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका क्रिकेटर बलात्कारको आरोपमा पक्राउ

    टी २० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका क्रिकेटर बलात्कारको आरोपमा पक्राउ

    टी २० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका श्रीलंकन क्रिकेटर दनुष्का गुणतिलक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनीमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि सिड्नीमा उनी पक्राउ परेका हुन्। उनलाई आइतवार बिहानै प्रहरीले पक्राउ गरेको इएसपीएनक्रिकइन्फोले जनाएको छ। उनीमाथि २९ वर्षे महिलाले यौनदुर्व्यवारको आरोप लगाएकी हुन्। ‘ती महिलाले एक अनलाइन डेटिङ एप्लिकेसन मार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि पुरुष (गुणतिलक)सँग भेटिन्, त्यसपछि बुधवार २…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित भएसँगै पाकिस्तान र बंगलादेशलाई सेमिफाइनल पुग्ने मौका

    दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित भएसँगै पाकिस्तान र बंगलादेशलाई सेमिफाइनल पुग्ने मौका

    टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को खेलमा दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित भएको छ। अस्ट्रेलियाको एडेलेल अभलमा भएको खेलमा नेदरल्याण्ड्ससँग दक्षिण अफ्रिका १३ रनले पराजित भएको हो। हारसँगै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ। यता, पाकिस्तान र बंगलादेशलाई भने सेमिफाइनलमा प्रवेश गर्ने मौका मिलेको छ। यी दुई टोली भर्खरै मैदानमा उत्रिएका छन्। टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटरले ‘ब्लू-टिक’का लागि लिन थाल्यो ७.९९ डलर मासिक शुल्क

    ट्वीटरले ‘ब्लू-टिक’का लागि लिन थाल्यो ७.९९ डलर मासिक शुल्क

    ट्वीटरले प्रयोगकर्ताहरूलाई ‘ब्लू-टिक’ प्रमाणीकरणका लागि ७.९९ डलर मासिक शुल्क लिन सुरु गरेको छ। कम्पनीलाई संसारकै धनी व्यक्ति इलोन मस्कले अधिग्रहण गरेसँगै महत्त्वपूर्ण परिवर्तनको रुपमा यो सेवा सुरु भएको हो। ब्लू-टिक प्रमाणीकरण प्रणाली सुरुवातमा प्रयोगकर्ताहरूलाई प्लेटफर्ममा सरकारी व्यक्तित्वहरू, खेलकुद स्टारहरू, मनोरञ्जनका व्यक्तिहरू, पत्रकारहरू, ब्रान्डहरू र संगठनहरूलगायत आधिकारिक र प्रभावशाली व्यक्तिहरू पहिचान गर्न मद्दत गर्ने हिसावले डिजाइन गरिएको थियो। तर, शनिवार ट्वीटरले…

    विस्तृतमा पढ्नुस्

  • यी १० स्टार खेलाडी जो आफ्नो टिम क्वालिफाई नहुँदा गुमाउनेछन् कतार विश्वकप

    यी १० स्टार खेलाडी जो आफ्नो टिम क्वालिफाई नहुँदा गुमाउनेछन् कतार विश्वकप

    फुटबलको सबैभन्दा ठूलो इभेन्ट हो विश्वकप, जुन १६ दिनपछि कतारमा हुँदैछ। यो महाकुम्भमा फुटबलका ठूला स्टारहरूले उत्कृष्ट प्रदर्शन गरेर आफ्नो नाम अझ चम्काउनेछन् र आफ्नो टिमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्नेछन्। साथै, प्रशंसकहरूलाई पनि मंत्रमुग्ध गर्नेछन् भन्ने सबैको आशा छ। तर, नोभेम्बर २० बाट सुरु हुने यस वर्षको इभेन्टमा फुटबल जगतका केही ठूला सुपरस्टारहरूले आफ्नो प्रदर्शन देखाउन पाउने छैनन्। २११…

    विस्तृतमा पढ्नुस्

  • फुलहममाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

    फुलहममाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको सिटीले फुलहममाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको १६ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा सिटीले अग्रता बनाएको थियो। खेलको २६ औं मिनेटमा सिटीका जोआओ क्यान्सेलोले फुलहमका ह्यारी विल्सनमाथि फउल गरेपछि रेडकार्ड खाँदै बाहिरिए। लगत्तै पाएको पेनाल्टीमा आन्द्रेस परेइराले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell