ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई पराजित भएको छ। बार्सिलोनाले ओसासुनालाई २-१ ले हराउँदै अंक तालिकाको शीर्षमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। खेलको पहिलो हाफमै जेरार्ड पिकेले सन्यासअघिको अन्तिम खेलमा रातो कार्ड पाए। पिके बेन्चमा रहेको भएपनि रेफ्रीसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो। ३१औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीलाई दोस्रो पहेँलो कार्ड देखाउने निर्णयबाट उनी रेफ्रीसँग आक्रोशित भएका…
डोटी : डोटी केन्द्रविन्दु भएर मंगलवार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। मंगलवार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्। डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ…
बनियानी : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ मुलुककै चासोको क्षेत्र बनेको छ। यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। यस क्षेत्रको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले अहिले सबैको ध्यान यसतर्फ केन्द्रित भएको छ। नेता सिटौलालाई नेपाली कांग्रेस,…
कैलालीः सुदूरपश्चिम प्रदेशको डोटीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः०७ बजे ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली प्रदेश र अन्य आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।
काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रचारमा रोक लगाएको भन्दै आपत्ति जनाएपछि आयोगले सबै स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएको हो। आयोगले गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको हो। आयोगले…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। जुम्लाको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भन्दै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी…
हेटौंडा : नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन्। मकवानपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार रहेका खतिवडालाई घरदैलो अभियानका क्रममा एक स्थानीयले हातपात गरेका हुन्। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडालाई गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेका थिए। खतिवडामाथि हातपात भएपछि इलाका प्रहरी…
काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो। खेलमा दुबै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन्। जितसँगै पुलिस समूह 'बी'को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको…
अमेरिकामा आज 'मिड टर्म' निर्वाचन हुँदैछ। अमेरिकी मतदाताहरुले ‘कंग्रेस’अन्तर्गत हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) को ४३५ सिट र माथिल्लो सदन सिनेटको ३५ सिटका लागि मतदान गर्नेछन्। आजको निर्वाचनले अमेरिकी कंग्रेसको दुवै चेम्बरमा कसले नेतृत्व गर्छ भनेर फैसला गर्नेछ। सन् २०२० मा अमेरिकामा राष्ट्रपति निर्वाचन भएको थियो। नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुनु आधा समयअघि संसदीय निर्वाचन हुने भएकाले अमेरिकामा यसलाई ‘मिड…
हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमै संघीय सरकार बन्ने बताएका छन्। आज हेटौंडामा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ वटामा कांग्रेस एक्लैले उम्मेदवारी दिएको बताए। 'प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ। यहाँबाटै प्रष्ट हुन्छ नेतृत्वदायी भूमिकामा कांग्रेस रहेको छ भन्ने,’ उनले भने। महतले सहमति…
जनकपुरमा अहिले चुनावी रौनक चर्किएको छ। जाडो याम सुरु भए पनि यहाँ त्यति चिसो लागिसकेको छैन। मौसमले तापक्रम केही घटाएको त छ तर चुनावी सरगर्मी शहरदेखि देहातसम्म हप्प बनाउन पर्याप्त छ। सांस्कृति र चेतनाको हिसाबले पनि मधेशको राजधानीमा चुनावी रौनक अन्यत्रभन्दा कडा हुने गर्छ। घात प्रतिघातका श्रृङ्खला यहाँका लागि नियमित आकस्मिकता नै हुन्। शहरी क्षेत्रमात्र होइन, धनुषाका भित्री गाउँ चुनाव चिह्न…
काठमाडौं : धनुषा र सिरहा जिल्लाको सिमाना छुुट्याउने कमला नदीमा आज श्रद्धालुको घुइँचो लागेको छ कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो। ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ यस्तै यस्तै आ-आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण…
हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशमा संचालित सहकारी संस्थालाई मंसिर ४ गतेसम्म साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ। साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधिसभा एवम् प्रदेशसभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको हो। ‘प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन (२०७९) को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको सबैमा सर्वविदितै छ।…
बुटवल : रुपन्देहीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्लाको गैडहवा गाउँपालिका २ मा गएराति लु ५ प ९७३२ र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा परी गैडहवा गाउँपालिका २ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी…
काठमाडौं : बाँके क्षेत्र नं २ बाट जनता समाजावादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले उम्मेदवार राईले अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको हो। निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका परेको थियो। स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय…
काठमाडौं : मोटरसाइकलको लेग गार्डमा तरबार राखेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर २ सानो भर्याङ घर भएका २३ वर्षीय दिपेश महर्जन र दोलखा मेलुङ्ग गाउँपालिका घर भएका २२ वर्षीय श्रवण लामालाई नियन्त्रणमा लिएको हो। उनीहरूले बा ५१ प ४६३९ नम्बरको को मोटरसाइकलको लेग गार्डबाट धारिलो हतियार तरबार झिकेको भिडियो खिची…
काठमाडौं :सोमवार अष्ट्रेलियामा रहेका प्रकाश दुतराजले आत्महत्याको प्रयास गरेको खबर फैलिएको थियो। तर, उनलै दुतराजले आफूले आत्महत्याको प्रयास नगरेको दाबी गरेका छन्। सोमबार मध्यरातमा फेसबुकमा सन्देश लेख्दै उनले मिडियामा आएका आत्महत्याको प्रयाससम्बन्धि खबरले परिवार र आफू केही असजिलो महसुस गराएको बताएका छन्। गतल बुझाई तथा सुचनाको आधारमा प्रकाशित समाचारहरुले पर्न गएको असरप्रति प्रकाशले क्षमा समेत मागेका छन्। आफू कहिलेकाँही त्यतिकै हराइदिने…
प्रकाश भण्डारी/सविन ढकाल चितवन : चुनावी माहोलका फरक दृश्यहरुले ध्यान खिचिरहेकै बेला हामी चितवनको गीता नगरमा पुग्यौं। यहाँ हामीले जे देख्यौं त्यस्तो अन्यत्र भने देखिएको थिएन। सडक किनाराका पसलमा होचो कदका हँसिला व्यक्ति भेटिएकाहरुसँग नमस्ते गर्दै कुराकानी पनि भ्याउँदै थिए। उनी रहेछन् डाक्टर भोजराज अधिकारी। उनलाई सडकमा भेट्नेहरुको प्रतिक्रिया रोचक थियो। हामी उनका गतिविधि नियालिरह्यौं आफ्नो परिचय नखुलाइ। भोजराज हिडिँरहेका…
काठमाडौं : दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राजकुमार राई २४ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन्। उनको फिल्म ‘द सोल अफ कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने भएको छ। सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’मा उनले मुख्य भूमिका निर्वाह गरेका थिए। सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौं एसियाली खेलकुदमा उनले तेक्वान्दोमा कास्य तथा सन् १९९९ मा नेपालमा…
काठमाडौं : आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिनेछ। बेलुकी ५:२७ बजे ग्रहणको…